Goraksha

National Daily

शिक्षा र सिकाईको बाटो बिराउँदा

युवराज शर्मा
शिक्षा भनेको ज्ञान हो । मानिसले हासिल गर्ने शिक्षालाई ४ भागमा विभाजित छ । हरेक व्यक्तिले आफ्नो ज्ञान बढाउने शिक्षा प्राप्त गर्छन् । स्कुलीय शिक्षा र विश्वविद्यालयीय शिक्षा हासिल गर्नु औपचारिक शिक्षा हो । घरमा स्वअध्ययनबाट ज्ञान सामाजिक व्यवहार,स्वास्थ्य शारीरिक शिक्षाको ज्ञान पढेलेखेका अर्थात् औपचारिक शिक्षा हासिल गरेका व्यक्तिबाट गरिन्छ । अतिरिक्त शिक्षा हासिल गर्नेहरु गरेर सिक्ने कामहरु हुन् । जस्तै डकर्मी, सिकर्मी मूर्ति, बनाउने र माटाका भाडाहरु बनाउने काम हुन् ।
वंशानुगत शिक्षालाई जन्मजात शिक्षा पाएको भन्छन् । हरेक स्तनधारी प्राणीले बच्चालाई दुध चुसाउनु र बच्चाले दुध चुस्नु पनि जन्मजात ज्ञान गरेको शिक्षा हो । यस्तो सबै स्तनधारी प्राणीहरुले गर्दै आएको पाइन्छ । यस्ता तरिकाहरुबाट ज्ञान प्राप्त हुन्छ । ज्ञान प्राप्त गर्ने प्राणीहरुमा मानव प्राणी सर्वश्रेष्ठ मानिन्छ । मानिसबाट विधि, प्रविधि, प्रयोग र अभ्यासहरु निरन्तर भइरहन्छन् । त्यसैको उपज नै वैज्ञानिक शिक्षा हो । जसका माध्यमवाट यान्त्रीक शिक्षाको विकास भयो । यन्त्रहरुका माध्यमबाट गरिएका विकसित कार्यहरुको मानिसलाई सचेत प्राणी ठानिन्छ  ।
औपचारिक शिक्षा पद्धति पाठ्यक्रममा आधारित हुन्छ । अनौपचारिक, अतिरिक्त र जन्मजात शिक्षाका पाठ्क्रम हुँदैन । यिनीहरु प्रविधिमा अध्ययन गरेर सिक्ने हुन्छ । यस्ता सिकाईहरु अभ्यास, प्रयोगात्मक तरिका, अनुभवीय ज्ञान बढाएर दक्ष बन्ने हो । यसले यान्त्रीक ज्ञानको विकास गर्न सघाउँछ । वर्तमान समयमा विकसित देशहरुले मानिसलाई औपचारिक शिक्षाका माध्यमवाट वैज्ञानिक शिक्षाका लागि पढ्नेहरुलाई अग्रसर पारेका छन् । यस्ता व्यक्तिहरुमा ज्ञान र सिपको विकास भइ वृद्धि विकास गरेको देखिन्छ ।
मानिसको बौद्धिक विकास सबैमा एकै प्रकारले हुँदैन । हरेक व्यक्तिमा सिक्ने सम्झने र प्रयोग गर्ने आधारहरु फरक–फरक हुन्छन् । जुन मानिसमा तिक्ष्ण बुद्धि हुन्छ उसले चाडै बुझ्छ । मध्यम बुद्धिले दोहोराएर बुझ्छ । जड बुद्धि भएकोले धेरै समयपछि बुझ्छ । ढिलो, चाडो र धेरै समयपछि बुझेपनि सिकाउने व्यक्तिमा निर्भर हुने विषय हो । त्यसकारण मानिसको गिदीमा चार प्रकारका महत्वपूर्ण नशाहरु छन् । जसले मानिसको भविष्यमा हासिल गर्ने कर्म, धर्म, धारण र वास्तविकताको लक्षण देखाउछ ।
त्यसैलाई हुने बिरुवाको चिल्लो पात, नहुने बिरुवाको खर्सो पात भनिन्छ । बालबालिकाले सानै उमेरदेखि आफ्नो लक्षण, क्षमता र ज्ञान देखाउने गर्छन् । त्यसैले उनीहरुको मस्तिष्कमा भएका चार प्रकारका मुख्य नशाहरु अग्रभाग, (फ्रन्टीय) कर्मभाग (अक्सीपिटियल) वंशानुगत वा पैतृक भाग (पेरेन्टियल) उन्मात वा उग्रभाग (टेम्पोलोव) हुन्छन् ।
अग्रभागको नशा र कर्मभागको नशामा भाईव्रेशन (थरकन) बढ्न गयो भने पैतृक भागका नशाहरुमा उग्रता बढ्छ र उग्र भागले उन्मात देखाँउछ । यस्तो देखिनु वंशानुगत वा पैतृक स्वभावको प्रदर्शन हो । त्यसैले होला वर्तमान समयमा नेपाली राजनीति गर्ने नेतृत्वमा उन्मात र उग्रता बढेको पाइन्छ । सहनशीलता, धैर्यता र नम्रता प्रायः पाइन्न । यस्ता वर्गका मानिसले कसरी धन पैसा कमाउने ? ढिका सपनामा समय बिताउँछन् ।
उनीहरुले गर्ने काम कार्य पनि धन पैसा प्राप्त गर्ने जुक्त्ति निकाल्छन् । यो कर्मशैलीले नैतिकता हराएको, व्यक्तित्व गिरेको र समाजमा मर्यादा सकिएको ज्ञान गर्न सक्दैनन् । जतिसुकै औपचारिक शिक्षाको शैक्षिक योग्यता भए पनि नजर ओइलाको हुन्छ । व्यक्तिहरुले आफुलाई शैक्षिकस्तरको स्थानमान देखाएर पनि र सिपमा पछि परेको पाइन्छ । यस्ता व्यक्तिमा अहंकार र आडम्बर धेरै हुन्छ । उनीहरुमा संयमता पाइन्न । धैर्य धारण गर्ने क्षमता पनि हुन्न ।
बालबालिकाका लागि आमाको व्यवहार नै अनुकरणीय ज्ञान हो । उनीहरुले व्यावहारीक ज्ञान आमाबाट नै पाउँछन् तर आमा गुमाएका बालबालिकामा एक्लोपनको अनुभव हुन्छ । उनीहरुको भविष्य संरक्षकमा निर्भर हुन्छ । हुनत ःकतिपय बालबालिकाको जीवन सौतेनी आमासँग बितेको हुन्छ । त्यस्ता बालबालिकाले अनुकरणात्मक ज्ञान पाउन सक्दैनन् । साथी संगीसँगको संगठनले असल ज्ञानभन्दा खराब ज्ञान धेरै मात्रामा पाउँछन् । जस्तै ः धुम्रपान, मद्यपान, लागू औषधीको प्रयोग गर्ने बानी बस्छ । यदि पढाइमा भएका साथी संगीहरुको संगत भएमा साथी संगीका राम्रा गुणहरु पनि ग्रहन गर्छन्  ।
उनीहरुमा सिक्ने इच्छा आकाञ्क्षा बढ्छ । यो अवस्थाले उनको भविष्य सकेको पाइन्छ । त्यसैैले भन्छन् टुहुराको पनि दिन (समय) आउँछ । बावुआमा गुमाएका टुहुरा बालबालिकाले पढ्ने अवसर पाए भने उनीहरुमा कर्मष्ठा, तत्परता र लगनशीलता बढ्छ । पढ्न लेख्न सहजै सक्छन् । उनीहरुलाई शिक्षा र सिकाईले धरै प्रभाव पार्छ । ज्ञान प्राप्त गर्ने बाटो बिराउदैनन् तर बुवाआमा धन सम्पत्तिले धनवान छन् त्यस्ता वर्गका बालबालिकाले बाटो बिराउँछन् । पढाइमा कमजोर बन्छन् । जब कक्षामा पढाइमा कमजोर बन्छन् तब उनमा हीनता बोध हुन्छ । आफ्नो जीवनलाई निराश ठान्छन् ।
जीवनमा नैराश्यताको लक्षण हर समयमा देखाउँछन् । पढ्न रुची हुन्न र बिचैमा पढाइ छोडेर गलत बाटो लाग्छन् । यस्तो अवस्था कक्षा ७ र ८ मा पढ्ने विद्यार्थीमा धेरै पाइन्छ । यस्ता वर्गका विद्यार्थीहरुले पढाइ बिचैमा छोड्छन् । कक्षामा आफूलाई जान्ने मान्नेहरुले सिकाएको ख्याल गदैनन् । उनीहरुले पेनसील्प, टङ्गसिल्प प्रोन्टाउनस जस्ता ज्ञान गर्न सकेका हुँदैनन् । शिक्षा र सिकाईको बाटो बिराउँछन् । बावुआमालाई चिन्ता बढाउँछन् । आफू पनि चिन्तित हुन्छन् ।
बुवाआमाले बालबालिकालाई शिक्षा र सिकाई गर्न प्रेरणा जगाउनु गर्नुपर्छ । कतिपय बालबालिकाले उमेरगत खेल गर्ने गर्छन् । उनीहरुको पढाइभन्दा खेल प्यारो हुन्छ । यो बाल स्वभावमा निर्भर हुन्छ । खेल प्यारो लाग्ने बालबालिका धेरै रिसाहा, झोकी र अटेरी हुन्छन् । उनीहरुको स्वभाव मोबाइल हेर्ने हुन्छ । मोबाइलमा लत बसालेका बालबालिका र विद्यार्थीहरुले मोबाइलको गेम खेल्न रुची गर्छन् । उनीहरुको झुकाव मोबाइलको गेममा भयो भने स्मरण शक्ति घट्छ । आँखा कमजोर हुन्छ । रिसाहा प्रवृत्ति बढ्छ । विद्यार्थीहरुले मोबाइलमा धेरै समय लगाउने र धेरै समय सुनाइ, बोलाइ, पढाइमा र हनु पर्छ । मोबाइल पनि आधुनिक प्रविधि हो । विद्यार्थीले राम्रो उपयोग गर्नुपर्छ । त्यसबाट राम्रो लाभ लिनुपर्छ र पढाइलाई असर पर्नु हुन्न । ज्ञानलाई राम्रो सिकाईले साथ नदिएमा, विद्यार्थीहरुले ज्ञान प्राप्तीको बाटो बिराउदाँ पछुताउँछन् । भविष्य अन्धकार बन्छ ।