Goraksha

National Daily

पुराना नेताहरुको चर्तिकला

 

युवराज शर्मा

भन्छन्– जो जोगि उसको ठुलो झोली । यिनीहरुमा केपी ओलीको स्वर ज्यादै चर्को छ भन्छन्– जनता । उनी राजनीतिक दल नेकपा एमालेका पार्टी अध्यक्ष र पूर्वप्रधानमन्त्री पनि हुन् ।

टुक्का उखान गर्न र झुठा आश्वासन जनतामा बाड्न सक्छन् । उनका भनाईमा विश्वास गर्ने व्यक्तिहरु घट्दै छन् । उनले पार्टीलाई कमजोर बनाएका छन् । गणतन्त्रका नायक आफूहरुलाई भने पनि अहिले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दहाल प्रचण्ड यी तीनैजना नालायक नेताहरुमा जनताले गणना गर्छन् ।

पुराना नेताहरु भए पनि यिनीहरुको ३५ वर्षे शासनकालले सत्ताको दुरुपयोग मात्र गरेनन्, देशमा सत्तालाई लुटतन्त्रको थलो बनाएका थिए । यिनीहरुको विरुद्धमा बोल्न सक्ने नेताहरु नभएको होइन । जो बोल्दथ्यो उसलाई पार्टीबाट निकाली दिन्थे । यिनीहरुले राजनीतिक दलमा हैकमवाद र तानाशाही प्रवृत्ति अपनाउँथे । भन्थे– हामीले ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र ।

राजालाई हटाऔँ । पञ्चायती व्यवस्थालाई फाल्यौँ । २०४६ सालदेखि शासन सत्ताको बागडोर चलायौँ । नेपालका उद्योग धन्धाहरुलाई बेच्यौँ । धेरै पैसा कमायौँ । धनिमानी बन्न सफल भयौँ भन्छन्– दलका पुराना नेताहरु । वास्तवमा पुराना नेताहरु धेरै छन् तर प्रधानमन्त्री भएकाहरुको चर्चा धेरै सुनिन्छ ।

जसमा नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराल, शेरबहादुर देउवा, सुशील कोइराला, नेकपा एमालेका मनमोहन अधिकारी, केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल नेकपा माओवादीका पुष्पकमल दहाल प्रचण्ड, बाबुराम भट्टराई हुन् ।

तर, सत्ता केन्द्रित शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दहाल प्रचण्डमा गणतन्त्र केन्द्रित भयो । राष्ट्रपति देशको संरक्षक पद भए पनि अभिभाकत्व बहन गरेको पाइएन । तीनजना रामबरण यादव, विद्यादेवी भण्डारी र रामचन्द्र पौडेल भए पनि राजनीतिक दलीय व्यक्तिहरु भएपछि दलीय भावना भएको व्यक्ति नेपालीहरुले संरक्षक पाएका थिए ।

नेपालमा लागु भएको संविधान २०७२ ले सङ्घीयता, धर्मनिरपेक्षता र समावेशिता लागु गरेको छ । जुन देश परापूर्वदेखि हिन्दुराज्य थियो । विश्व हिन्दु समाजले राजालाई विष्णुको अवतारका रुपमा हेर्छन् । हेर्दै आएको पनि छ । तैपनि नेपाली कांग्रेस हिन्दुको पक्षमा थियो तर नेकपा माओवादीको उद्देश्य नै सबैखाले संस्थाहरु भत्काएर देशलाई लथालिङ्ग र भताभुङ्ग पार्ने रणनीतिक योजनामा थियो ।

त्यसलाई रोक्न भारतबाट विशेष दु्रत बनेर यस के. शिवशंकर आए । उनले तीन दिन संविधान घोषणा गर्न सकेका थिए तर केपी शर्मा ओली र पुष्पकमल दहाल प्रचण्डले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई दबाब दिएर संविधान २०७२ को घोषणा डा. रामवरण यादव राष्ट्रपतिलाई गर्न लगाएका थिए । त्यस संविधानमा धर्मनिरपेक्षता घुसाउने काम पुष्पकमल दहाल प्रचण्डले गरेको २ दिनेपछि मात्र थाहा पाए भन्थे प्रधामन्त्री सुशील कोइरालालाले ।

देशमा लथालिंग भताभुंग पार्ने काम पुष्पकमल दहाल प्रचण्डको थियो भन्छन् माओवादीका नेताहरु । अहिले उनले नेकपा माओवादीको नाम भताभुंग पारेर नेकपा नयाँ पार्टी हो र तारा चिन्ह हो भन्छन्– प्रचण्ड । उनी अहिले उम्मेदवार भएका तारा चिन्ह लिएर पूर्वी रुकुम पुगेर जिते । उनको काम जिल्ला छान्ने र चुनाव जित्ने लक्ष्य मात्र छ । केपी शर्मा ओली पनि झापा–५ का उम्मेदवार बनेका थिए । यिनले उक्त स्थानबाट जित्दै आएका थिए– भन्छन् झापा–४ का बासिन्दाहरु ।

राजनीतिक दलका पुराना नेताहरुको चर्तिकला राजनीतिक उद्देश्य पूरा गर्ने नभएर प्रतिशोधात्मक कार्य गराउने भएको थियो । भर्खरै दाङमा रवि लामिछाने आउँदै गर्दा राजनीतिक दलका एमाले नेताको निर्देशनमा आफ्ना कार्यकर्ताहरुलाई उस्काएर आफ्नै दलको झण्डा जलाउने कार्य गरेका थिए । अर्को दललाई बदनाम गर्ने सोचाई थियो । यस्ता कार्यले गर्दा नेताहरुको बदनाम भयो ।

दाङ जिल्ला अपमानित भयो । राजनीतिक सोचाईभन्दा प्रतिशोधात्मक क्षमता नेताहरुमा छ भन्ने भाष्य बनेको छ । अहिले दाङ जिल्लामा ३ क्षेत्र छन् । प्रतिनिधिसभा सदस्य (सांसद) मध्ये रास्वपा पार्टी अगाडि छ भने नेकपा एमालेको रणनीति प्रतिशोधात्मक कार्य थियो ।

लोकतान्त्रिक पद्धति बन्न सकेन । यस्तो राजनीतिक दल भएपछि नयाँ दलहरुले के सिक्छन् र ? नेपालको राजनीतिलाई हेर्ने हो भने दलको सिद्धान्त, नीति (वैदेशिक सम्बन्ध) र आर्थिक नीति हेरिन्छ तर लोकतान्त्रिक दल नेपाली कांग्रेस भएपनि त्यस दलका नेता कार्यकर्ताहरुमा लोकतान्त्रि संस्कार बनाउन सकेनन् ।

नेताहरुले चर्तिकलाले गर्दा दाङ धेरै पछाडि छ । एमालेप्रति धेरै वितृष्णा जनताले बढाएका छन् । कुबुद्धिका नेता र कार्यकर्ता भएकोले अनैतिक कार्यहरुलाई बढवा दिन्छन् । नेपालीहरुले बदनाम गराउँछन् । यसले एमालेको सान र मान सुन्न पाइन्न ।

नेताहरुले दलगत सिद्धान्त र नीति आफै अपनाउन नसकेको अवस्था देखिएकोले राजनीतिक दलप्रति झुकाव जनताको घट्दो छ । युवाहरुलाई गुण्डागर्दी शैली अपनाउने चर्तिकला त्यागेर इमानदारिता र जनताप्रति जिम्मेवारी बहन गर्न नेपाली समाजको आग्रह । नेताहरुले बेलैमा सोच्नुपर्छ ।

प्रतिनिध सभाको निर्वाचन नजिकिँदै गर्दा नेताहरुमा बढ्दो उत्सङ्खललाई प्रोत्साहित गर्छन् । सुरक्षामा चुनौती थपिन्छ । लोकतान्त्रिक पद्धतिमा दलका नेताहरुको धेरै भूमिका ठुलो हुन्छ । यसैबाट नेताको भविष्य झल्किन्छ । साथै नेताको गुण र अवगुण देखिन्छ । पुराना नेताहरुले संघर्ष गरेर लोकतान्त्रिक पद्धति ल्याएको भन्छन् तर आफै अलोकतान्त्रिक क्रियाकलाप गर्छन् ।

सुरक्षा निकायहरुले कानुन अपनाउनु पर्ने अवस्था नेपालमा देखिएको छ । यस्तो चर्तिकला देखाउने नेता कहिल्यै पनि सफल मानिन्नन् । सङ्घीय लोकतन्त्रात्मक गणतन्त्र प्रणालीको शासन पद्धतिमा लुटतन्त्र भएपछि २०८४ मा गरिने निर्वाचन २०८२ फागुन २१ गते भयो । यो पनि जेन–जी विद्रोह भएर हो । जसलाई अन्तरिम सरकारले निर्वाचन गरायो । जहाँ तीन तहका सुरक्षाकर्मीहरु मैदानमा थिए ।

यदि साच्चिकै लोकतान्त्रिक भएको भए नेपाली सेनालाई मैदानमा ल्याउनु पर्ने थिएन । पुराना दलका नेताहरु आफै बोक्सी आफै धाँमी भएपछि सरकारी सुरक्षाका लागि नेपाली सेना परिचालन भएको बुझियो भन्छन् नेपाली जनता । राजनीतिक दलहरुले निर्वाचनमा धाउनुपर्छ । सरकार, राजनीतिक दलका नेताहरुको दायित्व पनि हो ।

निर्वाचनमा धाधली अपनाउने नेताको चरित्र नांगो भएको छ । धेरै स्वच्छ प्रतिस्पर्धा गर्नु र हार स्वीकार्नु असल, आदर्शवान, लोकतान्त्रिक चरित्रको नमुना मानिन्छ । त्यसलाई जनताले आदर गर्छन् । जनतामा भिज्न सकेको मानिन्छ ।