Goraksha

National Daily

राजतन्त्र आउँन सक्दैन रे !

सुभाष न्यौपाने
बिर्सेछन् कि यिनले बहुदल फेरि आएको !
राजतन्त्र फाल्न जनता सडकभरी धाएको !!
नेता भन्ने तिमीहरु कुकर्मी भइ देशमा !
राजतन्त्रको नारा ओर्लिएको सडकमा !!

नेताहरुले बिर्सेछन् कि क्या हो सात सालमा आएको बहुदल सत्र सालमा राजाले खोसेको हैनन् र ? राजा र जनता मिलेर ल्याएको प्रजातन्त्र किन राजाले खोसे भन्ने आक्रोस त जनतामा थियो । त्यसमा पनि विपी, पुष्पकमल जस्ता नेताहरुले राजाले बहुदलीय व्यवस्थामाथि गरेको आक्रमणको भत्सर्ना गर्दै जनतालाई उत्साहित गर्दै जनताको मन जित्दै बहुदलीय व्यवस्था र बहुदलीय राजनैतिक गतिविधि प्रति विश्वास दिलाउँदै बहुदलीय राजनैतिक पद्धती जनताको लागि भन्ने सन्देश मुलुकभरी फैलाउन सकेकै कारण छत्तिस सालको आन्दोलनमार्फत मुलुक जनमत संग्रहमा जान बाध्य भयो । जुन विषय जनताको चाहनाको विषय पनि थियो ।

जनमत संग्रहमा राखिएको एजेण्डा थियो सुधारिएको पञ्चायति वेवस्थाको निर्वाचन चिन्ह थियो । पहेलो चिन्ह भने बहुदलीय व्यस्थाको चुनाव चिन्ह थियो पहेलो । त्यसजनमत संग्रहमा सामदाम, दण्डभेद जसरी भए पनि पञ्चायती व्यवस्थाले प्राप्त गरेको विजयलाई नेपाली जनताले स्वीकार किनभने पञ्चायत सरकारले आफूलाई सुधार गरेको देखाउनलाई घोषणा गरेको थियो । उक्त कार्यक्रममा पञ्चायती व्यवस्थाको जित गराउने चाहना दरबारको हुनु स्वभाविकै थियो । किनभने त्यहीँ विधानअनुसार नै राजा यो मुलुकमा संविधानभन्दा माथि थियो ।

त्यसैले उनको आदेशलाई हुकुम प्रवांगीन भनेर सम्बोधन गर्ने गर्दथे । त्यो प्रवृत्ति जनतालाई मन परेको थिएन । उनीहरु आन्दोलित नै थिए । जसले गर्दा मुलुकमा सत्याग्रह लगायतका गतिविधि मुलुकमा सञ्चालन भइरहेका थिए । छत्तिस सालको जनमत संग्रहको सन्दर्भमा भन्नु पर्दा दाङमा कम्युनिष्ट पार्टीले विरोध गरेका थिए । उनीहरुको नारा थियो ‘जनमत संग्रह ध्वाखा हो, यहीहेन बहिस्कारकरी’ हुनु पनि जनमत संग्रहको कार्यक्रम अर्थात निर्वाचनमा पञ्चायतले जनतालाई धोका दिएकै थियो । जुन निर्वाचनलाई नेपाली कांग्रेसले भने स्वीकार गरेको थियो ।

नेपाली प्रजातन्त्रवादी पार्टी भएको कारण जनताको मतदानबाट प्राप्त नतिजा स्वीकार गर्नुपर्ने भन्दै महामानव विश्वेश्वरप्रसाद कोइरालाले नेपाली जनता तथा नेपाली कांग्रेसको कार्यकर्तालाई निर्वाचनबाट प्राप्त नतिजालाई स्वीकार गर्न आग्रह तथा अनुरोध गर्दै मुलुकमा प्रजातन्त्र प्राप्तीको लक्षमा निरन्तर अगाडि बढिरहने लक्ष जनता सामु प्रष्ट पार्दै आफ्नो लक्षमा अविचलित अघि बढ्ने धारणा समेत प्रष्ट पारेका थिए । जनमत संग्रहको विरोध गरेको कम्युनिष्ट पार्टीका नेताले सोहद मतदान बहिस्कार गरे होलान् तर उनका कार्यकर्ताले भने पहेलोमा मतदान गरे भन्ने हल्ला त उतिबेलै आएको थियो ।

विश्वेश्वरप्रसाद कोइरालाको अथक प्रयासबाट जनमत संग्रहमा सहभागी हुन र मन्जुर भएका कम्युनिष्ट घटकहरु नेता पुष्पलाल श्रेष्ठको निधनपछि धेरै घटकको रुपमा विभाजित भएर रह्यो । यता नेपाली कांग्रेस भने विश्वेश्वरप्रसाद कोइरालाको निधन भइसकेपछि नेता त्रय गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरीजाप्रसाद कोइरालाको संयुक्त निर्णयबाट सञ्चालन हुने गरी अगाडि बढ्न थाल्यो । प्रजातन्त्रवादी पार्टी भए कै कारण जनमत संग्रह स्वीकारेको नेपाल कांग्रेस प्रजातन्त्र पुनःस्थापनाका निमित्त अहोरात्र लागि रह्यो । एवम क्रमले अगाडि बढ्दै जाँदा मुलुक फेरि प्रजातन्त्रको नाममा फेरि प्रतिबन्धित पार्टीहरु पुनः छयालिस सालको जनआन्दोलनमा एकताबद्ध हुन पुगे ।

त्योभन्दा पहिले कांग्रेस र कम्युनिष्टलाई सुधारिएको पञ्चायती व्यवस्थाले लडाइरहेको थियो । भूमिगत अवस्थामा त उनीहरु एक अर्कालाई देखि सक्दैनथे । तत्काल जिल्लामा रहेका सुरक्षा प्रमुखले कांग्रेस र कम्युनिष्टका नेतालाई भेट हुँदाका बखत निम्ता गर्थे आउनु न चिया खाएर केही कुरा गरौँला भन्दै अलग–अलग दिन र समयमा बोलाउँथे । सोहीअनुसार दुवै पक्ष आ–आफ्नो समयमा जिल्ला सुरक्षा प्रमुखलाई भेट गर्न जान्थे, भेट पनि सहज पाउँथे, सौहार्दताको स्वागत हुन्थ्यो, केही मिठा र रमाइला कुराकानी पनि हुन्थ्यो । चियाको चुस्कोसँगै प्रहरी प्रमुख भन्ने गर्दथे सरहरु हात, खुट्टा भाँचेर टाउको फुटेर केही हुँदैन, टाउको फुटे पनि केही फरक पर्दैन, ज्यान नजावस भन्दै ढाडस दिन्थे उक्साउथे । जसअनुसार उनीहरु केही समय भिडन्तमा पनि जान्थे ।

सुरक्षाकर्मीहरु तमासे बनेर हेरिरहन्थे । सोही घटनालाई कुटपिट तथा सार्वजनिक अपराध तथा ज्यान मार्ने अभियोगको मुद्दाको निवेदन लिएर दुवै पक्षका वकिल पुलिसमा धाउँथे । अनि सुरक्षाकर्मीहरु भन्थे हामीले त भनेकै थियौ नि तपाईहरु नलड्नुस् भनेर तपाईहरु न मानिकन लड्नु हुन्छ, अब त हामी के गर्न सक्छौ र ? कानुनअनुसार कारबाही प्रक्रियाा त अगाडि बढाउनै प¥यो । अनि थुनि कारबाहीको प्रक्रिया सुरु हुन्थ्यो । एक दुई वटा बारदातका घटना घटिसकेपछि पालो–पालो यसरी घटना किन घटिरहेका छन् भने विषयमा केही बाठा र पुराना नेताहरुले थाहा पाउँथे कि । यो त प्रहरीको दुवै पक्षलाई अलग–अलग दिएको उक्साहट पूर्ण उत्साहको कारण घटेका हुन् भन्ने बुझ्थे ।

दुवै पक्षले आ–आफ्ना पक्षधरलाई बुझाउँथे अनि केही समय उनीहरुको दुई पक्षीय झडप बन्द हुन्थ्यो । त्यो कुरा पुलिसले थाहा पाउँथ्यो, अनि फेरि प्रतिवन्धितलाई पुलिसले चिया खान निम्ता गथ्र्यो । फेरि चिया खान आउँथे पाहुनाहरु, प्रहरी फेरि पहिलेकै कुरा दोह¥याउथ्यो । केही पाहुनाहरु उत्तेजित र उत्साहित भएर फर्कन्थे । यस्ता खालका घटना बहुदलवादीहरुको बिचमा पञ्चायतले धेरै वर्षसम्म घटायो । तै पनि जनताको साथमा रहेकै कारण मुलुकमा ०४६ सालको ऐतिहासिक प्रथम जनआन्दोलन मार्फत प्राप्त ऐतिहासिक सफलताको कार्यान्वयन हुन तथा मूर्तरुप दिन नपाउँदै मुलुकमा फेरि अर्को झिल्को राँकोको रुपमा निस्कियो ।
जसले मुलुकलाई बम र विस्फोटले घाइते गरायो यो क्रम बढ्दै जाँदा ०५८ जेठ १९ मा कसैले पनि देख्न नसक्ने र सुन्न नसक्ने गरी अपत्यारीलो घटना घट्न गयो । दरबार हत्याकाण्ड जो अहिलेसम्म न बहसमा छ न अनुसन्धानमा फगत आधारहिन रटानमा मात्र । त्यसपछि नेपालमा नयाँ राजकीय पद्धति सुरु भयो । जसमा महाराज धिराज ज्ञानेन्द्रबाट नयाँ राजकीय गतिविधि सुरु भयो ।

राजाको वंसनास भए पञ्चायत गद्दिसिन भएका ज्ञानेन्द्रको बारेमा विभिन्न टिप्पणी तथा विश्लेषणहरु हुन थाले ।कोही भाग्यमा लिएर आएका रहेछन् दोह¥याएर राजा हुन्छन् भन्थे यही रहेछ भनेर विभिन्न राजकीय गुणगान गाउन थाले भने कोही राजा भइरादेको दाजुको वेसनास गरेर भएको राजा अपराधी नै त होलान् नि यिनले पाए हामीलाई पनि बाँकी राख्दैनन् भन्दै आलोचना र विरोधपूर्ण कुराहरु विश्लेषणको रुपमा राख्न थाले । भर्खर सिंहासनमा विराजमान राजा ज्ञानेन्द्र भने आफ्ना राजकीय गतिविधिलाई षडयन्त्रपूणए तरिकाले जनताको नाममा जनता विरुद्ध अगाडि बढाउन थालेको महसुस जनताले गरे ।

यही क्रममा राजाको राजकीय गतिविधि नेकपा माओवादीसँग नजिक हुँदै अरु राजनैतिक दल नेपाली कांग्रेस र नेकपा एमालेलाई परास्त गर्न राज्यसत्ता अघि बढ्न खोजेको देशबासीलाई अनुभूत भयो । यतिबेलासम्म नेपाली कांग्रेस पार्टी फोडेर वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवाले प्रजातान्त्रिक कांग्रेस भन्ने गठन गरी सकेका थिए भने शेरबहादुर राजा भक्त भइसकेका पनि थिए । उनी हरेक प्रसंग र विषयमा जवाफ दिनुप¥यो भने मैले भनेको विश्वास लाग्दैन भने महाराजा धिराजलाई सोध्न भनेर जनता र कार्यकर्तालाई जवाफ दिन्थे । जतिबेला शेरबहादुर राजाको विज्ञापनबाट प्रधानमन्त्री बनेका थिए ।

जतिबेला शेरबहादुर प्रधानमन्त्री भए पनि राजनैतिक रुपमा कमजोर थिए । जसको कारण उनी राजालाई रिजाएर बलियो राजनीतिज्ञ बन्ने दाउँमा पनि थिए । कम्युनिष्ट नेताहरु लगायत प्रधानमन्त्री पनि राजालाई दाम चढाउने व्यक्ति थिए भने नेपाली कांग्रेसका सभापति गिरीजाप्रसाद भने सरकार र राजाको शासन पद्धतिको विरोधमा शाही सरकार र राजाको शासन पद्धतिको विरोधमा शाही सरकारद्धारा गरिएको नागरिक विरोधी कार्यक्रमको विरुद्धमा आन्दोलन छेडिसकेका थियो । शेरबहादुर चाहीँ राजाको साख्खै भएर तह परे आन्दोलन दबाउने पक्षमा थिए ।

त्यसैले उनी राजाकै गुनगान गाइरहेका थिए जबसम्म निकम्बा प्रधानमन्त्री भनेर राजा ज्ञानेन्द्रले प्रधानमन्त्री पदबाट बरखास्त गरेका थिएनन् । राजा ज्ञानेन्द्रले जब शेरबहादुर देउवा नेतृत्वको सरकारलाई इतिहासकै असफल सरकार भनेर अपदस्त गरी गृह नजरबन्दमा राखेपछि बल्ल थाहा भयो की शाही शासन सत्ता कस्तो हुदो रहेछ भनेर त्यसपछि उनी यता न उताका भए । सडकमा गिरीजाप्रसादको नेतृत्वमा आन्दोलन चलिरहेको थियो । शाही शासन सत्ताको विरुद्धमा भने सरकार राजा ज्ञानेन्द्रले आफ्नो अध्यक्षतामा गठन गरेर उपाध्यक्षमा तुल्सी गिरीलाई मनोनयन गरेर कार्य सम्पादनको जिम्मा समेत लगाइ सकेका थिए ।

राजा ज्ञानेन्द्रले असक्षम सरकार घोषणा गरेर अपदस्तमा परेका नेता शेरबहादुर आन्दोलनमा जाउन त सडक गिरीजाप्रसाद कोइरालाका नेतृत्वको आन्दोलनले ओगटि सकेको थियो । उनको नेतृत्वको सरकार असक्षम भन्दै राजाले बिघटन गरेपछि उनी गिरी केही समय निशब्द रहे भने आन्दोलनमा सहभागी भइसकेपछि राजाको विरुद्धमा चर्को आवाज उठाउने नेतामध्ये शेरबहादुर नै प्रमुख थिए । नयाँ जागीले धेरै खरानी घस्छ भने झै शेरबहादुर उक्त सडक आन्दोलनमा राजसंस्था विरोधी नेता कै रुपमा चिनिए । यी सबै आन्दोलनहरु जनताको प्रत्यक्ष सहभागीतामा सम्पन्न भएको थियो । आफ्नो सहभागीतामा सम्पन्न भएको आन्दोलनबाट प्राप्त प्रजातान्त्रिक व्यवस्थाका सरकारले पक्कै पनि जनताको अपेक्षा अनुसारको कार्य पक्कै पनि गर्नेछन् भनेर अहिलेसम्म पर्खेर बसिराखेका थिए ।

जति माफि दिएर दललाई सरकार चलाउने अवसर दिएको भए पनि राजनैतिक दल र उनीहरुको दल कांग्रेस, कम्युनिष्टद्वारा सञ्चालित सरकारले जनअपेक्षाअनुसार काम गर्ने परिस्थिति नदेखेकै कारण पनि जनताले दायाँबायाँ कदम चाल्न खोजेका मात्र हुन् । यति हुँदासम्म पनि दल र सरकारले जनतालाई प्रजातान्त्रिक व्यवस्थाबाट विचलित नहुन भन्दै जनअपेक्षा अनुरुप काम गर्दै, जन चाहनाअनुसार काम गरेर मुलुक र जनतालाई समृद्ध र सुखी बनाउन बाचा गर्नुको साटो उल्टै जनतालाई थर्काउँछन् । हाम्रो व्यवस्थाका विरुद्ध आवाज उठाउने र आन्दोलन गर्ने को ? भनेर दम्काउने थर्काउने प्रवृत्ति अझै पनि हराएको छैन तर उनीहरुलाई ख्याल छैन यो वेवस्था कसरी आएको र कसको बलीदानीमा आएको भनेर जनताले त्यसै प्रसाईको होस्टेलाई हैंसे गरेका हैनन् ।

प्रसाईले थालनी गरेको आन्दोलनले जनतालाई के–के न दिन्छ भने विश्वासले नभई प्रजातन्त्रवादी सरकारले केही गर्ला भन्ने आशाले नभइ वर्तमान राज्यसत्ताको विरुद्धको विरोध र आक्रोस मात्र हो । आफैले ल्याएको व्यवस्थाको विरुद्धमा जनता उत्रिएका हैनन् । तिमीहरुले जनतामाथि गरेको अन्याय र जनताले तिमीहरुप्रति गरेको विश्वासमा देखाउनुपर्ने इमान्दारिता नदेखिएकाले जनताले तिमीहरुका विरुद्ध आवाज ओकलेका मात्र हुन् । जनता अझै विद्रोहमा गइसकेका छैनन् तर जनताले अवस्था परिवर्तन गर्न देशमा ल्याएको राजनैतिक परिवर्तनको हिसाब भने तिमीहरुबाटै लिने छन् । तिमीहरुले त्यो मूल्य चुकाउनै पर्नेछ ।

आफै भन मूल्य के–के र कसरी तिर्नु पर्ला भन्ने विषयमा हिसाब किताब सरासरी ग¥यो भने हिसाब सरासरी अर्थात साँवा मात्र होला हैन जनताले सडकबाट लिनुप¥यो भने ब्याजसहित हुनसक्छ । तिमीहरुको हातमा केही पनि नरहन सक्छ । धर्म, राष्ट्र र राष्ट्रियता अभियानले तिमीहरुलाई केही नहोला तर नेपालीलाई देश र धर्मको माया छ । यसैसँग जोडिएर राजा आउ देश बचाउ भन्ने नारा पनि सडकमा गुन्जिएका छन् । उनीहरुसँग जनमत छैन तर मुलुकमा प्रजातन्त्र आइसकेपछि बनेकासबै सरकारले राष्ट्रिय धर्म र राष्ट्रको रक्षाका निमित्त के–के काम गरे ? सिमा सुरक्षा सम्बन्धमा केही बोल्यो कि, सनातन धर्म र ओमको रक्षाका निमित्त केही बोले ?

भनौला राष्ट्रको पनि धर्म हुन्छ ? निर्जज्ज गतिछाडा हो सुन राष्ट्रको किन धर्म हुँदैन ? सुन गतिछाडाहरु अमेरिकाको राष्ट्रपतिले सपथ लिँदा वाइवल हातमा लिएर सपथ गर्छन् यो राष्ट्रिय धर्म हैन ? पाकिस्तान, अफगानिस्तामा मै स्ला हुँ भनेर सपथग्रहण सुरु गर्छन् । त्यो राष्ट्रिय धर्म होकी हैन ? के अमेरिकामा इसाई मात्र बस्छन् ? पाकिस्तान, अफगानिस्तान लगायतका अरब मुलुकमा स्लामहरुको मात्र बसोबास छ ? पञ्चायत कालका धार्मिक सहिस्णुता थियो ।
प्रजातन्त्रको लोकतन्त्रको नाममा तिमीहरुले धार्मिक असहिष्णुता, द्वन्द्व र धर्मयुद्ध मचाइरहेका छौ त्यसैले नागरिकले राष्ट्र, राष्ट्रियता र धर्म जोगाउ अभियानमा राजा र राजसंस्था जोडिन पुगेको हो । यदि तिमीहरु यस्तै प्रवृत्तिले अगाडि बढ्न खोज्यौ भने तिमीहरु रोएर मात्र के गर्ने जनताले फेरि पनि सनातन गर्न सक्छन् । त्यो जुनसुकै आकारको हुनसक्छ ।

वेवी होस् या परम्परागत शैलीको यी सबै कुरालाई बुझेर जनअपेक्षाअनुसार दलीय र सरकारी गतिविधिहरु अगाडि बढाउन खोज्यौ वा बढायौ भने तिमीहरुद्वारा सञ्चालित राज्यसत्ता यथावत रहन सक्ला हैन भने गहुँको साथमा धुनको रुपमा भए पनि जनताले राजसंख्या अगाडि सार्न सक्छन् त्यसपछिको कार्य दुर्गा प्रसाईको मात्र नभएर समग्र नेपालीको एजेण्डा वा नारा बन्न सक्छ । राजा आउने नआउने कुरासँग नेपालीको कुनै चासो र चिन्ता छैन तर राष्ट्रवादी नेपालीप्रति नेपाल राष्ट्रको चिन्ता छ । आज लोकतन्त्रसम्म आइपुग्दा मुलुकमा लोकतान्त्रिक गणतन्त्रको नेतृत्व गर्ने अवसर नेपाली जनताबाट प्राप्त गरेका राजनैतिक दलका नेताले मुलुक र मुलुकबासीको हितमा केही गर्न नसकेको कारणले पनि दुर्गा प्रसाईको आन्दोलनको कारणले सरकार र राज्यको स्वामित्व ग्रहण गरेका राजनेताहरु अत्तालिएका छन्, आत्तिएका छन्, बर बराउँदै भन्छन् राजा आउँदैन रे ।