Goraksha

National Daily

कविता : कोरोना काल

तारानाथ दाहाल

मान्छे जगतकै सर्वश्रेष्ठ प्राणी
हुँ भन्थ्यो
जगत आफ्नै गतिमा चलीरहेछ
तर मान्छे भयभित भएर घरमा लुकेको छ
प्राण नै नभएको भाईरस कोरोनाको त्रासले ।

कोरोना त मान्छेले दिएको नाम न हो
के हो के हो देख्न नसकिने
अनुमान गरिएको एउटा मुसल
एक-दुई हुँदै लॉखौमा सल्किएको छ
यदु वंशी झैँ सखाप पार्न।

मान्छे व्रम्हाण्ड नष्ट गर्नसक्ने हतियार
बनायौँ भन्थ्यो
शरीरको एउटा सुक्ष्म सेलबाट सिंगो मान्छे
अब आफै बनाउन सकिन्छ भन्थ्यो
मान्छेका ती सुक्ष्म सेलहरु निस्तेज गर्ने
के आयो,के जन्मियो,कस्ले बनायो रु

मान्छे मान्छेसँग तर्सिएको छ
हातमा हात मिलाएर बलियो बनौँ
नारा लगाउँथ्यो मान्छे
आज हातबाट हातमा मृत्यु फैलाईरहेछ
अज्ञानी,निरिह मान्छेको सभ्यता ।

कोरोना नामको काल
मान्छेकोअहमले फूलेको सभ्यतामा
सन्त्रस्त सन्देश बनेर
युद्दमा ओर्लेको छ
मान्छे -मान्छेसँग भागेररलुकेर
कालसँग जोगिन घर भित्र
विवस विचारा बनेको छ।

जगत त आफ्नै गतिमा
गतिमान,स्वच्छ र निर्मल
आकाशको अस्तित्वबाट मान्छेलाई
पृथ्वीको खुला सडकमा खोज्दैछ
तर मान्छे,कोठामा थुनिएर
अझै गफ लगाउँदै छ
हामी सर्वश्रेष्ठ प्राणी !!

दाहाल नेपाल पत्रकार महासंघका पुर्वअध्यक्ष हुनुहुन्छ ।

मिति :२०७६/१२/१६