डरबाट प्रभावित हुन्छ,रोग प्रतिरोधात्मक क्षमता, संंकटमा राखौ सकारात्मक सोच
ब्रह्माकुमार माधव तिमिल्सेना
जीवनमा धेरै यस्ता चीजहरु छन् जसलाई हामी राम्रोसँग वुझ्न सक्छौ । यही समाज सुन्दर भएको अवस्थामा हामी हिड्ने मार्गपनि सहज लाग्छ । अपरिचित वस्तुको कारण मुश्किल सामना गर्नुपर्छ । कठीन परिस्थिति र असहज स्थितिमा के गर्ने ? यो कुरा जान्नु जरुरी छ । पछिल्ला केही दिनहरुमा हामीले जे कुरा देखिरहेका छौ,भोगीरहेका छौ,जे जस्तो वास्तविकतालाइृ नजिकबाट नियालीरहेको छौ । अव हामीले के गर्नुपर्ला? अक्सर विमारी एक्लै हुदैन । विमारीसँगै मृत्यु र मृत्युसँगै भय पनि हुन्छ ।
वर्तमान समय चारैतिर डर,त्रास र चिन्ताको माहौल हावी हुदै गईरहेको छ । यस्तो विषम एवं विकराल समयमा हामीले के गर्दा उत्तम हुन्छ त्यो सोच्नु र कर्म गर्नू नितान्त आवश्यक छ । जीवनमा केही यस्ता घटनाहरु अचानक घटित हुन्छन् जसको वारेमा पूर्ववत कुनै जानकारी नै हुदैन । हाम्रो जीवनमा अरुको जस्तो नजिकका मित्र सम्वन्धि कसैको निधन हुनु,कसैको दुर्घटना हुनु,कसैको नोकरी छुटुनु त कसैको नाता टुट्नु नहोस् भन्ने चाहाना हुन्छ नै । तैपनि अपृय लाग्ने ति घटनाहरु हामीलाई हुन गएमा सामना गर्न निकै दर्दनाक हुन्छ । कार्यक्षेत्रमा घर वाहिर निस्कदा बाटोमा ट्राफिक जाम हुन्छ भन्ने वारे हामी जानकार छौ । ट्राफिक जाम हुनु स्वाभाविक हो फेरीपनि त्यसलाई सहजताका साथ स्वीकार्न सकिरहेका हुदैनौ । जुन परिस्थिति हाम्रो जीवनमा दैनिकजसो हुन्छ,त्यो कुरा हामीलाई पनि थाहा छ तैपनि हामी निकै परेशान एवं वेचैन भईरहेका देखिन्छौ । तर यस समय हाम्रो सामू एक अकल्पनीय ,अस्वाभाविक र पिडादायक स्थितिको सृजना भएको छ जसबाट पूरै विश्व प्रभावित भएको र अत्यन्तै जोखिममा गुज्रिरहेको छ । सम्भवतः यो विश्वमा पहिलो घटना होला जहाँ संसारका सवै देश एकै पटक आक्रमण भनौ संक्रमणकोे चपेटामा फसिरहेका छन्– एउटा सुक्ष्म भाइरसबाट । विज्ञान र प्रविधिले सुसम्पन्न मानव निरीह हुँदै उक्त भाइरसको प्रत्यक्ष शिकार बनिरहेको छ यतिवेला ।
कोरोना भाइरस(कोडिभ–१९) महामारी (२०१९–२०२०) को शुरुवात संक्रमणको रुपमा मध्य चीनको वुहान शहर जुन पृथ्वीमा पाईने सवै प्रकारका जनावरको होलसेल मार्केटको रुपमा चिनिन्छ । त्यहीबाट २०१९ को मध्य डिसेम्वरमा भएको थियो । यो जनावरबाट सर्ने एक प्रकारको भाइरस हो तर नयाँ भाइरस मानिसमा सरेको र अहिले फैलिएको भाइरस कोरोना समूहका अन्य भाइरसहरुसँग नमिल्ने भएकोले यसलाई २०१९ नोवेल कोरोना भाइरस नाम दिइयो । यस वारे अहिलेसम्म पनि आधिकारिक पुष्टि हुन सकिरहेको छैन । विश्व स्वास्थ्य संगठनले २३ जनवरी २०२० मा अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ । यो लेख तयार गर्दासम्मको पछिल्लो विवरण हेर्दा विश्वका करिव २०० देशहरुमा कोभिड–१९ को संक्रमणबाट करिव चौतिस हजार मानिसहरुले ज्यान गुमाईसकेका छन् भने सात लाख वाईस हजार चारसय पैतिस जना संक्रमित भैसकेका र डेढलाख भन्दा बढी व्यक्तिहरु निको भएको अवस्था देखिन्छ भने नेपालका ५ जना यसको संक्रमणमा परेको तथा १ जना सञ्चो भएको सरकारी तथ्यांकमा उल्लेख छ ।
हामीले खाएको खानामा पाईने पोषक तत्वले हाम्रो शरीरलाई असर पार्दछ त्यसैगरी सूचनाले हाम्रो मनको स्वस्थता एवं सोच प्रभावित हुन्छ । सूचना जसलाई मनले ग्रहण गर्छ । नकारात्मक सूचनाले मनमा नकारात्मक भावना पैदा गर्छ र त्यसको प्रत्यक्ष प्रभाव हाम्रो कार्य व्यवहार देखा पर्छ । आज हाम्रो जीवनमा हरेक कुराको लागि संकल्प गर्नुछ । पहिला ट्राफिक जाम थियो आज भाइरस छ । दुवै कुरा परिस्थिति हुन । यी दुइटै परिस्थिति वाहिरका हुन तर मनको स्थिति हामी भित्र छ । जुन समिकरण जीवनको कैंयन वर्षदेखि हामीसँगै लिएर हिडिरहेका छौ। परिणम चिन्ता र डर वढिरहेको छ । त्यो समिकरण हो– जस्तो परिस्थिति त्यस्तै मनको स्थिति । यति ठूलो समस्यामा विचलन आउनु सामान्य हो, त्यस्तै तनाव देखिनु पनि स्वाभाविक हो भने डर उत्पन्न हुन नी सामान्य हो भन्दै नकारात्मतालाई समेत सामान्य रुपमा दिऔं । यही विश्वास लिएर हामी वचपनदेखि बाँचीरहेको छौ, साहेद संसारका प्रत्येक मानिसहरुले हामीले जस्तै विश्वासलाई आत्मसात् गरिरहेका छन् । वास्तवमा कोरोना भाइरसको विश्वव्यापी आतंकमा शान्त रहनु,स्थिर हुनु, निडर वन्नुका साथै निर्भयको अवस्था वनाउनुमा सवैको कल्याण समाएको छ । आज त्यही समिकरणको जाँच गर्नु जरुरी छ । परिस्थिति वाहिरको हो भने मनको स्थिति मेरो हो । परिस्थितिलाई ठीक गर्न नसकेपनि म आफ्नै मनको स्थितिलाई संयमित मर्यादित तथा व्यवस्थित त गर्न सक्छु नि? परिस्थितिले मनको स्थिति निर्माण गर्न सक्दैन । तर मनको स्थितिको प्रभाव परिस्थितिमा १००% पर्दछ । कोरोना भाइरसबाट आफ्नो परिवार,स्वदेश एवं विश्वलाई वचाउनको लागि हामी सवैको दायित्व वा जिम्मेवारी के हो ? यस विषयमा धेरै कुरा सिकिरहेको छौं र व्यवहारिक जीवनमा गरिरहेका पनि छौं । परन्तु सोच्न सकेनौ कि हामीले आफैलाई र अरुलाई वचाउनुपूर्व आफ्नै मनभित्र के गर्न आवश्यक छ ?
भाइरसबाट हाम्रो स्वास्थ्यमा असर पर्छ,संक्रमण वढ्छ र संक्रमित व्यक्तिको मृत्यु हुन्छ । त्यसैले कसैसँग भेट गर्दापनि उक्त व्यक्ति संक्रमणमा त छैन सावधान भएर ३ फिट टाढा रहने प्रयास गछौं किनकी हामी आफै जोखिमबाट वच्न सकौं । हामीभित्र भाइरसको डर पहिलादेखि नै छ त्यसैगरी अर्को व्यक्तिमा पनि यही डरले डेरा जमाएको छ । घरभित्र प्रत्येक सदस्यको मनमा भाइरसको त्रासदी व्याप्त छ कि कतै मलाई संक्रमण नहोस् । यही डर र त्रासले आज विश्वका आधा मानिसहरु वाँचेर पनि मनबाट मरिसकेका छन् । के धनी के गरिव के विकसित, के ठूलो के सानो के कालो के गोरो सवैतिर हंगामा मच्चिएको छ यतिवेला । मनोविज्ञ एवं डाक्टरहरु भनिरहेका छन् डरले हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा प्रभाव पार्छ । सामान्यतया ६०–७० वर्ष माथिका मानिसहरुमा रोग प्रतिरोध क्षमता कमजोर हुन्छ त्यसैले त्यस्ता व्यक्तिहरु संक्रमणको चपेटामा पर्छन भन्नु त्यति सान्र्दभिक देखिदैन । यदि ८० उमेर भैसकेको मानिसभित्र डर छैन,नकारात्मक सोच छैन र मन सशक्त छ भने त्यस्ता व्यक्तिलाई भाइरसले प्रभाव नपार्न पनि सक्छ । तर भर्खरको यूवा जसमा सकारात्मक सोंच छैन, भित्रभित्रै डरको आगो सल्किएको छ भने तिनीहरु सुरक्षित रहन्छन् भन्नु मूर्खता हुनसक्छ । वर्तमान समय वनको डढेलो भन्दा पनि मनको डढेलोले समग्र मानवलाई जलाईरहेको छ । यसको मतलव सावधानी अपनाउनु पर्देन भन्ने भावार्थ नलागोस् । वाहिरी सावधानीसँगै मनको सशक्तिकरणको महत्वपूर्व भूमिका रहन्छ भन्न्ो आशय मात्र हो ।
मानव जीवन विचार,ईच्छा,भावना तथा क्रियाको मुख्य धारा हो । जसको जीवनशैली सात्विक छ,त्यस्ता साधकहरु कम भयभित हुन्छन् । वाह्य स्वच्छता र आन्तरिक स्वच्छताको साथै आवश्यकता छ सादगीपूर्ण जीवनको, आद्यात्मिक उन्नतीको । आत्मिक स्वरुपमा स्थित हुनु नै अद्यात्म हो । भक्तिमा प्रार्थाना,स्तुती र गायनपूजन हुन्छ । धर्म भनेको श्रेष्ठ धारणा हो । आत्माका सात गुणहरु–ज्ञान,प्रेम,सुख,शान्ति,
आद्यात्मिक सशक्तिकरणले जीवनमा सुख शान्तिको पुनःसञ्चार हुन्छ, फलस्वरुप भिन्न भिन्न रोगहरुबाट मुक्त वन्न सकिन्छ । अशुद्ध वातावरणबाट सुरक्षा कवजको काम गर्दछ । कमजोर विचार तथा न्यून मनोवल हुनेलाई भाइरसले सजिलै शिकार वनाउन सक्छ । शुद्ध सात्विक जीनशैलीमा आफूलाई रुपान्तरित गरौ र नयाँ यूगको लागि तयारी होऔं । कोरोना भाइरस होइन करुणा भाइरस वनेर आपसमा दया करुणाको भावले समस्त मानव सेवा समर्पित वनौं यसैमा सर्व जनहिताय कल्याण छिपेको छ । मनुस्यले आज अनेक साधनहरुमा आफूलाई परवश गरिदियो । धन,बस्तु वैभवको प्राप्तीको लागि मानिस यति लिप्त भैसक्यो कि मानिसले अरुलार्इृ त के कुरा आफैलाई समय दिन सकिरहेको छैन । अव आउनेवाला समयमा सवै साधन खतम हुनेछन् साधनहरुको ध्वस्ततासँगै मानसिक कमजोरीको कारण मानिस कतै ध्वस्त नहोस् । यसका लागि वस्तु वैभव नहुँदापनि आफैले आफैसँग समय विताउन सकियोस् यो एक अवसर हो । कोरोना भाइरसभन्दा पनि आज डिप्रेसन,नकारात्मक सोचरुपी भाइरसलाई समेत रोक्नुपर्ने भैसक्यो । सहज उपाय हो आद्यात्मिक विचारबाट मनलाई परिवर्तन सकारात्मक र श्रेष्ठ दिशा निर्देश गर्न प्रेरित गर्दछ । मनको कमजोरी माथि विजय पाउन सहज हुन्छ ।
बीसौं शताव्दीसम्म हामी सोच्थ्यौ कि हामी एकदमै सुरक्षित छौ तर अहिलेको अवस्थामा परिवर्तन आएको छ । मानवले अहिलेसम्म जलवायू परिवर्तन,परमाणु युद्ध, कोरोना भाइरस जस्ता अन्य महामारी वा उल्कासँग पृथ्वी ठोकिनसक्ने जस्ता संभावित खतराहरुको सामना गरिरहेको छ । यो शताव्दीको अन्त्यसम्म मानव जातीको विनाश वा अस्तित्व मेटिने त होइन यस चिन्ताले सताउन समेत थालेको छ । तिव्रतर रुपमा वढिरहेको जनसंख्या बृद्धि र अनियन्त्रित संशाधनको दोहनसँगै जलवायू परिवर्तनले पनि एक गम्भिर पेचिलो संकट निम्त्याएको छ । यी सवै घटनाको सूत्रधार हामी मानव नै हौं । हामीले गर्नु गर्यौ, नगर्नु गर्यौ,खाने खायौ,नखाने खायौ । अति गरेको निशानी हो हाम्रै अन्त्य । अवपनि चेत नखुले कहिले खुल्ला? अझै नसच्चिए कहिले सुध्रिने ?? विज्ञान र प्रविधिको विकासको युगमा विनाशकारी हमलाहरुको संभावना वढी रहन्छ । दुनियाँमा पछिल्लो आँकडा हेर्दा ३० करोड मानिसहरु मानसिक विरामी छन् । तिनीहरुमध्ये विनाशकारी वटन थिचेर सवैकुरा नष्ट गरिदिने र सार्वजनिक स्थलहरुमा अन्धाधुन्ध गोलावारी गर्नेहरु साथै धार्मिक कट्टरपन्थीहरुको कारण मानव सृष्टि खतराउन्मुख संकेत आभास भैरहेको छ यतिखेर । तसर्थ यस्ता खतराहरुलाई गम्भिर रुपमा लिएर हाम्रो प्राचीनम् सभ्यता अपनाउदै समयमै सचेत वन्न तथा केही सिक्न र परिवर्तन हुन जरुरी छ ।
पाठकगण, संसारको सवैभन्दा धनी व्यक्ति विल गेट्सले हरेक घटनामा जे हुन्छ त्यसका पछाडी एउटा दरिलो आद्यात्मिक कारण हुने कुरामा म विश्वास गर्छु भन्दै समग्र मानव समुदायलाई कोरोना भाइरसले निम्त्याएको सन्देशलाई सम्प्रेषण गर्नु भएको कुरा यहाँहरुलाई पस्किन सान्दर्भिक लागेको छ ।
विल गेट्स भन्नुहुन्छ– कोभिड–१९ ले सवैलाई समान व्यवहार गरेको छ । एकातिर छोटो समयका लागि यो संसारलाई दमन र दवावमा राखेर वाँचीरहेकाहरुको अवस्थाको सम्झना गराएको छ भने अर्कोतिर हाम्रो स्वास्थ्य कति महत्वपूर्ण छ भन्ने समेत दर्शाएको छ । त्यसैगरी हामीले जीवनमा एक अर्कालाइृ सहयोग गर्नुपर्छ भनी सिकाएको छ साथै हाम्रो समाज कति र कसरी भौतिकवादी वनेको छ भन्नेतर्फ संकेत गरेको कुरा उल्लेख गर्नु भएको छ । यस परिवेशले हामीलाई हाम्रो परिवार र घरेलु जिन्दगीको महत्व सम्झाएको छ र हामीभित्रको अहंकार र दम्भको परिक्षण गर्न झक्झक्याएको छ । यतिमात्र हैन हाम्रो स्वतन्त्र कर्मको शक्ति हाम्रै हातमा रहेको स्मरण गराउँदै हामी कति आत्तिन्छौ र धैर्यवान छौ भनी जाँच्ने मौका दिएको भन्नुहुन्छ । यस घटनाले हामीलाई यो मानव सृष्टिको अन्त्य वा नयाँ शुरुवात के हुनसक्छ सोच्न वाध्य वनाउँदै जीवन एउटा चक्र हो हरेक जटिल समयपछि सजिलो आउँछ भनी विश्वस्त तुल्याएको भाव व्यक्त गर्नु भएको छ ।
अन्तमा कोरोना भाइरसको कारण हाम्रो गल्ती सञ्चाउने अवसर तथा हामीले विर्सिएका महत्वपूर्ण पाठहरु सिकाएको हँदा सिक्ने वा नसिक्ने,गर्ने वा नगर्ने त्यो सवै हामीमाथि नै निर्भर छ भनी सवै कुरामा जिम्मेवार मानव नै रहेकोतर्फ ईशारा गर्नु भएको छ ।
भारतीय पूर्व राष्ट्रपति वैज्ञानिक प्रो.डा.ए.पि.जे. अव्दुल कलाम भन्छन– “जीवनमा कठिनाईहरु हामीलाई वर्वाद गर्न आउँदैनन् वरु हामीभित्र लुकेका सामथ्र्य र शक्तिहरु बाहिर निकाल्नमा मद्धत गर्दछन् । आत्मवश्विास,धैर्यता र कडा मेहनत जस्तोसुकै जटिल रोगलाई मार्ने अचूक औषधी हुन ।” डा. योगी विकासानन्दले कोरोनालाई जित्नका लागि प्रकृतीसँग रमाउन सुझाउनु भएको छ । वहाँको भनाईमा “हामी नेचरबाट टाढा हुनु भनेको शरीर कमजोर वनाउनु हो । नेचरसँग रिकनेक्ट गरियो भने इम्यूनिटी सिस्टम वढ्छ जसले खुसी र आनन्द प्राप्त हुन्छ ।” त्यसैगरी नेचुरल फूडले भाइरससँग लड्न क्षमतामा बृद्धि गर्ने र रोग प्रतिरोध गर्नमा हाम्रो शरीर सफल हुने भएकोले जंक फूड प्रयोग नगर्न सल्लाह दिनुहुन्छ ।
विज्ञानले भाइरस मार्ने औषधी वनाएको छैन । भाइरसले मानिसलाई इन्फेक्सन त गर्छ तर सवै संक्रमित मानिसहरु मर्दैनन् । हाम्रो शरीरको भाइरस मार्ने औषधी हाम्रै रगतमा छ । जसलाई नेचुरल किलर भनिन्छ । जुनसुकै भाइरसबाट वच्ने सहज उपाय भनेकै हामीभित्र विद्यमान डरलाई हटाउनु र रोग प्रतिरोधात्मक क्षमता वढाउनु हो । जति व्यक्ति दुःखी अशान्त एवं तनावमा रहन्छ त्यति नै रोगसँग लड्ने क्षमता कमजोर हुन्छ ।
त्यसैले कोरोनाले यही सन्देश दिएको छ कि हे मानव ! अव आफ्नो दिनचर्या व्यवहारलाई वदल । यो केवल सावधानी वा रिहर्सल मात्रै हो । मांशाहार प्रोटिनका लागि हाम्रो शरीरमा आवश्यक छ भन्ने सोच वदलौ,प्रकृतीले त्यस भन्दापनि अझ हाम्रो स्वास्थ्यका लागि चाहिने खनिज तत्व प्रदान गरेको छ । भान्सामा पाकेको खाना खाने समय थिएन, आफन्ती र परिवारजन वालवच्चाहरुसँग सँगै वस्ने र रमाउने पटक्कै फुर्सद थिएन हिजोसम्म तर आज समय वदलिएको छ तसर्थ अदालतमा वढ्दै गरेका सम्वन्ध विच्छेदका मुद्धाहरु समेतमा कमी आउने देखिन्छ । यो मनको सफाई गर्ने समय हो । मनभित्रको पुरानो कलुषित मैलोपनलाई शुद्ध गरी सुन्दर वनाउने सुनौलो अवसर पनि हो । त्यसैले दैनिक शारिरीक योग प्रणायाम गरौ,अरुलाई सहयोगका लागि हातहरु बढाऔं साथै राजयोग मेडिटेशन ध्यान साधनामा मन आनन्दित पारौै त्यसैगरी आद्यात्मिक धार्मिक पुस्तक अध्ययन गरौ । संंगीतमा रमाऔं,गलत सूचना सम्प्रेषण नगरौ, जतिखेरपनि कोरोनाको मात्र चर्चा नगरौं । सरकारी निर्णयको पूर्णरुपले पालना गरौ । सावधानी अपनाऔं,आफू वचौ र अरुलाई वाँच्ने वातावरण वनाऔं । प्रकृती र शरीरलाई शुक्रिया भनौ किनकी हामी ठीक छौ,जे नहुनु थियो त्यो भयो तर भैसकेको चिन्ता नगरौ वर्तमान राम्रो वनाउने प्रयास गरौ ।
यस्तो सकारात्मक चिन्तनले कोरोना भाइरसको भयबाट वच्न सकिन्छ– “म शान्तस्वरुप आत्मा हुँ, म कस्मिक इनर्जी हुँ,संसारका हरेक आत्माहरु परमात्माका सन्तान आपसमा भाइ भाइ हौं । मेरो शरीर स्वस्थ र पूर्ण छ । मेरो शरीरका प्रत्येक कोषिकाहरुमा शान्ति पवित्रता र शक्तिका किरणहरु विचरण गरिहेका छन् । मेरो रोग प्रतिरोध क्षमता सशक्त अनि मजवुद छ । हामी सवै मनुस्यहरुका आत्मिक परमात्मा पिताको छत्रछाँया ममाथि वनिरहेकोछ । मेरो विश्व अनि मेरो परिवार सुुरक्षित छ ।” यो समय भनेको हामी वदलिने उत्तम र उपयुक्त समय हो यो महामारीलाई कुनै एउटाको प्रयासले मात्र नियन्त्रण संभव छैन तसर्थ हामी सवै आफैमा अनुशासित वनौ अन्यथा संसारको कुनै शक्ति वा ताकतले हाम्रो गल्तीको क्षमादान गर्नसक्ने छैन । सवैलाई चेतना भया ! ओम् शान्ति ।।
