Goraksha

National Daily

हप्तामा दुई दिन बिदा

सुभाष न्यौपाने

कुनै ठुलो कुरा हैन हप्तामा दुई दिन बिदा ।
यसमा कोही पनि कतै पुर्नु पर्ने छैन कुनै दुविधा ।।
उच्च मनोबल बढाउने सुविधा राष्ट्रसेवकलाई दिन ।
अन्तर्राष्ट्रमा गरिएको अभ्यास प्रयोगमा छ नेपालमा ।।

शिक्षा स्वास्थ्यको व्यवस्था र वित्त क्षेत्रको सेवालाई ।
बिदाले मात्र पुग्दैन राष्ट्रको टेवालाई ।।
सुरक्षा बसेको छ व्यारेकमा बिदाको अर्थ के छ त्यहाँ ?
बिदाको दिनको डिउटी ओभर टाइम मिल्नुपर्छ है ।।

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा गत चैत्र वाइस गते बसेको मन्त्री परिषद्को बैठकले त्याइस गते सोमवरदेखि लागु हुने गरी आफ्ना कार्यालयहरु बिहान नौ बजेदेखि सञ्चालनमा आउने र बेलुका पाँच बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

जुन निर्णयले अब सोमवारदेखि शुक्रवारसम्म कार्यालयहरु बिहानदेखि बेलुकासम्म सोही अनुसार सञ्चालनमा आउने बुझिएको छ । अब हेरौँ सरकारको नीति अनुसार कार्यान्वयनले कति सफलता हासिल गर्छ ? अहिले त सुरुवातको एक हप्ता पनि पुगेको छैन । सरकारले गरेका हरेक निर्णयले नागरिक अधिकारको सुरक्षा गर्दै सुशासन र समृद्धिको निमित्त गरिएके हुनुपर्छ । यो नै लोकतन्त्रको मान्यता हुनुपर्छ ।

त्यसैले सरकारले गत आइतवारको बैठकबाट गरेको हप्तामा दुई दिन बिदा दिने भनेर गरेको निर्णय पनि सुशसन र समृद्धि कै निमित्त गरिएको हुनुपर्छ । सरकार कर्मचारीलाई नीति नियमले बाँध सेवा सुविधा देउ । मुलुकमा शनिवार र आइतवार दिएको बिदाले मात्र मुलुक समृद्ध बन्न सक्दैन । नीति, नियम र नियमन नगरिकन सरकारले सुविधा मात्रै दिएर केही फरक पर्दैन, ती राष्ट्रसेवक भन्ने घुस्याहाहरु माथिको नियमन पहिलो आवश्यकता हो ।

यदि सरकारको समूहले नियमन गर्न सक्दैन भने सरकार पनि घुस्याहाहरुको हो । अरुलाई दोष अरोप लगाउनुभन्दा जनताको मेन्डेट अनुसार आफ्नो जिम्मेवारी सफल तरिकाले सम्पन्न गर्नतर्फ अघि बढ्नु राम्रो कुरा होे । जानकारहरु धेरै छन् सबै जानकारहरुले राम्रो काम गर्न सकेनन् भनौँ या गरेनन् र त जनताले मत फेरेका छन् । सरकारले हप्तामा दुई दिन निर्णयसहित सोही अनुसार कार्यालय सञ्चालन गर्न सुरु गरिसकेको छ ।

यस पद्धतिबाट सेवाग्राही लाभान्वइल हुनेको सेवा प्रवाही नेपाली जनताले कुनै वर्ग क्षेत्रलाई मात्र लाभान्वइत बनाऔँ भनेको हैन कि सबै नेपालीलाई सुरु भएको दुई दिन बिदाले लाभान्वइत भएको महसुस गराउनु प¥यो । आफूसँग साधन स्रोत, नभएको सरकार जसले ऋणमा बजेट बनाउँछ त्यसोत संरचनाले छलाङ मार्न खोज्यो भने के हुन्छ ?

त्यसैले आफ्ना गतिविधिहरु विस्तारै अगाडि बढाउादा राम्रो हुने देखिन्छ । छ्यालिस सालभन्दा पहिलेको सरकारले देशलाई आघात पुग्ने गरी सहुलियतको ऋण र अनुदानको हात आफन्तहरुसँग खासै फिाजाएको पाइदैनथ्यो । जसको कारण मुलुकमा बहुदल आएको भन्ने पनि सुनिन्छ । छ्यालिस सालको आन्दोलन पश्चात मुलुकमा प्रजातन्त्र स्थापना भइसकेपछि बहुदलवादी दलहरुले मित्र राष्ट्रहरुसँग प्रजातन्त्रको नाममा सहुलियत पूर्ण ऋण र अनुदान थप्दै गए जो उनीहरुको लागि ठुलो भारी बन्न पुग्यो ।

जुन भारी अन्तिममा बोक्न नै नसक्ने अवस्थामा ती दलहरुका सरकार पुगे । बालेन सरकार पनि कतै त्यस्तै अवस्थामा पुग्ने त हैन ? नेपालको प्रजातन्त्रलाई ऋण र अनुदानको नाममा जसरी पुराना भनिने दलहरु भासिन पुगे । त्यसैगरी उदयमान दल र सरकार नजाकियाृस् नेपाली जनताको कामना । दुई दिन मावली ससुराली जाने भनेर भु र ब संकेतका गी कति चल्छन् त्यो जनताले हेर्नै नै छन् ।

निर्णय गर्न सजिलो छ कार्यान्यवन गर्न गाह्रो । के मन्त्री, सांसद र सचिवहरुलाई बिदाको दिनमा सरकारी गाडी चलाउन छुट हुन्छ ? मुलुकको नियम कानुन सबैलाई समान रुपले लागु हुनुपर्छ । के प्रधानमन्त्रीलाई छुट छ तरकारी किन्न जानलाई सरकारी गाडी चढ्ने ? सरकारी गतिविधि न्यायपूर्ण हो वा आफ्नो प्रसिद्धीको लागि कति प्रतिसोध पूर्ण छ भन्दै नेपाली जनताले नजिकबाट नियालिरहेका छन् ।

त्यो स्वभाविक पनि हो, नेपाली जनताले चाहेको परिवर्तन न्यायिक हो । मुलुकको राजनैतिक स्थितिमा परिवर्तन आएको छ, परिवर्तित स्थितिमा सरकार मात्रै हैन प्रतिपक्षको पनि सकारात्मक भूमिका रहनु अनिवार्य छ । प्रतिपक्षमका नेताहरु सत्तापक्षका भन्दा चतुर खेलाडी छन् । त्यसैले उनीहरुको पनि सरकारको भन्दा प्रवल राष्ट्रिय सकारात्मक भूमिका निर्वाह गरिनुपर्छ यो जनताको चाहना पनि हो ।

सरकार जुन दलको बनोस् त्यो नेपाली जनताको बन्नुपर्छ । जनताको नाममा जनतालाई ठग्ने परिस्थितिको अन्त्य हुनुपर्छ । उत्तर होस् वा दाच्छिण जनतालाई सरोकार छैन पूर्व ह्रास वा पश्चिम त्यसमा कुनै खाँचो छैन । हप्तामा दुई दिन बिदाको अर्थ नेपाली जनताले थाहा पाउनु पर्छ, त्यो कुनै विदेशीले हैन, अंग्रेज हुन वा भारत । नेपाली राजनीतिज्ञहरुमा अहिलेसम्म बुझे अनुसार वीपी बाहेक अरुलाई आलोचना मन परेको पाइएन ।

त्यसैले नेपालमा प्रजातन्त्रको स्थायित्व रहने । जनताले जनताका लागि गरिने शासन पद्धति नेपालमा किन टिक्न सकेन ? नेपाली जनताले बुझ्नु पर्छ । नेपालमा सबै दलका नेताले जनतालाई जनार्दन मानेर भोट मागेका छन् तर भोट आइसकेपछि जनतालाई जनार्दन भन्न बिर्सेका पनि छन् । बालेन सरकारले पनि बुझ्नु पर्ने कुरा केछ भने अब जनतालाई ढाटेर ठगेर खान पाइँदैन । जसले जति ठगे ठँगे, जति ढाँटे ढाँटे ।

अब जनतालाई ठग्ने र ढाँट्ने अभ्यास कसैले नगरे हुन्छ । जनताले बुझ्न खोजेको कुरा यही हो । बालेन सरकार नेपालीको हो वा विदेशीको ? नयाँ सरकार गठनसँगै नेपाली नागरिकमा खुसी छाउनु पर्छ । नेपाली नागरिकको आधा संख्याले यो हामो सरकार हैन भन्ने सन्देश गयो भने सरकार फेल भएका ठहर्छ । सरकारले बिना प्रमाण र आधारमा कसैमाथि पनि कारबाही अगाडि बढाउनु हुँदैन ।

कांग्रेस र कम्युनिष्ट बनाएर सरकार आक्रामक शैलीमा अगाडि बढ्न खोज्यो भने सरकार फेल पनि हुनसक्छ । सरकारका हरेक निर्णयहरु न्यायिक र सार्थक बन्दै जाउन भन्ने जनचाहना पनि छ । हरेक देशका नागरिक आफ्नो देश भएको हेर्न र बनाउन चाहन्छन् । सोही अनुसार कर्म पनि गर्नुपर्छ यो मान्यता पनि हो । पुराना राजनैतिक दलहरुले सरकारले थालनी गरेका आवश्यक र राम्रा कामहरुलाई सकारात्मकताका साथ सहयोग गर्नुपर्छ ।

जसको उचित मूल्याङ्कन जनताले गर्ने छन् । सार्वजनिक पद धारण गरेकाहरुको सम्पत्ति जाँच बुझेको लागि आयोग गठन गरेको छ । त्यो राम्रो पक्ष हो, त्यस्तै सुरक्षा संयन्त्रबारे अध्ययन गर्न पनि समिति गठन गरिएको छ । न्यायिक छानविनको लागि जनता सहमत छन्, सहयोग गर्न तयार छन् ।

राज्य सत्ता जहिले पनि संयमपूर्वक विधि र विधान अनुसार कारबाही प्रक्रिया अगाडि बढाउनु पर्छ । जनता सधै साथ दिन तयार छन् । राज्य सत्ता सञ्चालन गर्नेहरु नागरिक माथि आक्रामक शैलीमा जाइलाग्नु स्वभाव दिँदैन ।

भदौ २३ र २४ गते भएको आन्दोलनबाट भएको जनधनको क्षतिबारे गौरीबहादुर कार्की नेतृत्वको छानविन समितिले सरकारलाई बुझाएको प्रतिवेदन निष्पक्ष अध्ययन गरेर कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन जनता आग्रह पनि गर्छन् । बिदाको दिनमा डिउटीमा खटिने सुरक्षाकर्मीहरुलाई मनोबल उच्च राख्ने कार्य गर्दा राम्रो हुने देखिन्छ ।

कार्य अनियमितता र आर्थिक व्यभभार कम गर्ने उद्देश्यले सरकारले दुई दिन हप्तामा बिदा दिने निर्णय ग¥यो यसमा जनताको पूर्ण रुपमा समर्थन छ । अनियमितता रोकिनु पर्छ जनताले सरकारबाट गरेको आशा र अपेक्षा पनि त्यही हो । नयाँ वर्षको पूर्व सन्ध्यामा गठन भएको सरकारले सबै क्षेत्रमा सफलता हात पार्न सकोस् भन्ने कामना पनि छ ।