Goraksha

National Daily

भ्रष्टाचारको अखडामा सरकार

भूपेन्द्र सुवेदी

नेपालको राजनीतिक अवस्था विगत सात दशकदेखि अन्य बल र निषेधग्रस्त अवस्था हुँदै यहाँसम्म आइपुगेको छ । तर जस्तो र जेसुकै जुगाड गरुन् नेपालका राजनेताहरुले आखिर नेपालको लोकतान्त्रिक संविधानको नाममा कुन संविधानलाई छिमेकी भारत, अमेरिका, चीनजस्ता राष्ट्रहरुले खुलेर नेपालको संविधानको बिषयवस्तु स्वीकारेको अवस्था बिगतदेखि बर्तमानसम्मको ईतिहासमा लेखिन सकेको छैन ।

यो किन हुन सकेन ? कसको कमजोरी ? भन्दा प्रश्न विगतदेखि हालसम्मका नेपालको राज्य सञ्चालकहरुकई गलत ब्यबहार र आफ्नो राष्ट्रको राष्ट्रियताको बारेमा त्रिपक्षीय राष्ट्रहरुसँग आफूलाई नेपाली जनताले दिएको जिम्मेवारीको महत्व नबुझ्नु र आफ्नो कर्तब्य पालना गर्न नसक्नुकै कारण त्रिपक्षीय छिमेकी तथा सहयोगीको रुपमा नेपालको राजनीतिमा अधिकार जमाइरहेका छन् भने नेपालमा जति-जति बेला नेपाली जनतालाई सडकमा ओराल्नेदेखि विध्वंस गर्न र बिद्रोह गर्ने, एकआपसमा लडाएर फुट र पार्टीहरुको ध्रुवीकरण गराउन नेपालकै राजनीतिक पार्टीभित्रैबाट भारत, अमेरिका, चीनजस्ता देशहरुले आफू नदेखिएर नेपालबाटै आ-आफ्ना राजदूतमार्फत नेपाली नेताहरुलाई नै रको रुपमा सञ्चालन गर्दै आएका छन् ।

अझ विगतदेखि आजसम्म नेपालको लैनचौरमा गाँजा गाडेर बसेको भारतीय दूताबास होस्, अमेरिकन दूताबास होस्, चिनिया दूताबास होस् यी दूताबासहरुले नेपालकै उच्च पदस्थ कर्मचारी, दल बदल गर्दै भित्र-बाहिर जता पनि छिर्न लाज नमान्ने नेपालको ब्यूरोक्रेसी र नेता आफैहरु उनीहरुको तर्फबाट आर्थिक लाभ पनि लिने र रको काम पनि गर्दै आएको हामी सबैलाई जानकारी भएकै बिषय हो ।

आज आफै एउटै पार्टीभित्र मिल्न नसकेर रोइलो मच्चाएकै छन्, हिजो जनताको मत लिएर बहुमतको सरकार निर्माण गर्छौ र समृद्ध नेपाल र सुखी नेपाली बनाउँछौ भन्नेहरुको ब्यबहारले आजको कोरोना भाइरसको आक्रमणमा परेका नागरिकहरुको क्वारेन्टाइनमै आत्महत्या, क्वारेन्टाइनमै बलात्कार उपचारबिना मृत्यु, उपचारमा खटिएका चिकित्सक स्वयंले उपचारमा उपलब्ध भएका सामग्री चोरी गर्ने, आज अर्को समस्या थपिएको छ ।

सलहको सलहले लगाएको खेतबारी रित्तो भएको छ, त्यसको पक्षधर कृषि ज्ञानकेन्द्र तमासे बनेको छ । फेरी बर्षाको कारण बाढी पहिरो डुबानबाट हजारौ नागरिकको ज्यान गएको छ, हजारौको संख्यामा बेपत्ता भएको लाससमेत फेला परेको छैन, हजारौ क्षेत्रमा लगाएको खेतको धान नदी कटानले सिध्याएको छ । तर बाढी पहिरो पीडितहरुको अवस्था उही ०७२ को भूकम्प पीडित जनताको अवस्थासरह हुँदैछ । के यही हो समृद्ध नेपाल र सुखी नेपाली भएको ? गर्नेले विभिन्न बहानामा भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको छ भने कति छाकबास सकिएर कमाएर खान दिने अभिभावक गुमाएर रुदै हिँडेका छन् ।

तर सरकार कस्तो अवस्थामा पुग्यो ? रात दिनको राइलो मच्चाएर कुर्सी तानातान र आरोप-प्रत्यारोपको श्रृंखला उर्लँदो छ । के यही हो त गणतन्त्र ? के पाए जनताले आज ? किन क्वारेन्टाइनमै आत्महत्या, किन क्वारेन्टाइनमै बलात्कार ? किन दिइन्छ यस्तो यातना नागरिक हरुलाई ? खै कहाँ गयो न्यायालय ? खै कहाँ गयो सुरक्षा संयन्त्र ? खै कहाँ छ सरकार ? किन नियन्त्रण हुँदैन नेपालको अनियन्त्रित व्यवस्था कसले गर्ने हो यो सुधारमुखी कार्यान्वयन ?

नेपालमा राणाहरुलाई पाखा लगाएर कांग्रेस भित्र्याउने पनि भारतको खेल थियो, कांग्रेस, कांग्रेस लडाएर राजा ल्याउने खेल पनि उनीहरुकै थियो, राजासहितको पञ्चायती ब्यवस्थामा पनि उनीहरुकै इशारा थियो, पञ्चायत फालेर नेपालमा बहुदलको अवधारणाअनुसार बहुदलीय व्यवस्थामा पनि उनीहरुकै हात रहेको छ र बहुदलीय व्यवस्थाको बिरुद्धमा २०५१ देखि तत्कालको नेकपा माओबादी उत्पादन गर्ने र उनीहरुको पार्टीलाई मलजल गर्ने पनि उनै छिमेकी राष्ट्रहरुकै हात रहेको र आज पनि उनीहरुकै इशारामा चल्न बाध्य पारिएको नेपालको राजनीति नेपालको राजनीतिक इतिहास अब नेपालका केही नजान्ने लाटा गाउँले समाज समेतले बुझिसकेको अवस्था छ ।

नेपालको परिपाटी बिगार्ने र सपार्ने स्वयं नेपालका राजनीतिक दलहरुका नेताहरुनै हुन्, किनभने जनताले त जतिबेला जे आह्वान गरे पनि स्वीकारेकै छन् तर आफ्नो देशको भविष्य के-के गर्दा सुरक्षित रहन्छ र देशका जनताको आकांक्षा कसरी पूरा हुन्छ भन्ने विषयमा हाम्रो देशका राज्य सञ्चालनमा पुगेका सबै दलका नेताहरुले देश र जनताको भलाइ हुने काम गर्न सकेनन् ।

हामी किन आज हरेक बस्तु बाहिरैबाट आयात गरेर मात्र बाँच्न सक्ने अवस्था आयो ? के हाम्रो देशमा पानी छैन, के हाम्रो देशमा खानीहरु छैनन् ? के यहाँको जमिन कृषियोग्य छैन ? के यहाँका नेपाली नागरिकहरुले कृषि पेशा गर्न जान्दैनन् ? किन कसले नेपाललाई परनिर्भर बनायो ? यो विषयमा अवका युवायुवती, विद्यार्थी, शिक्षक, प्राध्यापक, देशका विभिन्न बिषयका बिज्ञहरुको एक जमात एकजुट हुन र नेपालको भलाइको लागि हाम्रो कुन-कुन क्षेत्र र जिल्लाहरुमा के-के सम्भावना छ ।

आ-आफ्नो अनुभव र ज्ञानको आधारमा अब नेपाली जनता र नेपाल राष्ट्रलाई नै आत्मनिर्भरताको बलियो जग बसाल्न आवश्यक छ र हामी हिजो हाम्रै देशको खाद्यले बाँचेका थियौं, आज किन धान चामल, मकै, गहँु, दाल, दलहन, सबै भारतमुखी कसको कारणले भयो ? अब यसको खोजमूलक बिषय बनाउने एउटा नेपालमा हुनसक्ने उत्पादनको बिषयबस्तुको बारेमा छुट्टै टिम निर्माण गर्नुपर्छ जो आजको फोहरी राजनीतिदेखि बाहिर रहेर स्वच्छताको विकास गर्नुपर्नेछ ।

नेपालमा कुन बस्तु खाद्य यहाँ उत्पादन हुँदैन होला ? हिमालदेखि तराईसम्मको हावापानी सुहाउँदो खाद्य बस्तुले नेपालका नागरिक पालिएका थिए । खाली मध्यपहाडी र हिमाली क्षेत्रमा जमिन नै कमी भएको र सिचाई सुविधा नभएको कारण खेती कम हुने भएकोले त्यस क्षेत्रको लागि नेपालकै तराई, भित्री मधेसको अन्न खाद्यबस्तुले बिगत ४०।४५ सालसम्म राम्रोसँग धानेको थियो । आज किन पुग्दैन ? तराईको धान बोटमै आएर भारतीय ब्यापारी र भारतीय सरकारको पोलिसीले उतै खरिद गरेर लग्छ र पछि हामीलाई त्यसैको दोब्बरमा मूल्यमा नेपाल पठाईन्छ ।

यदि नेपाल सरकारले नेपालका किसानको जमिनमा उब्जिएको सम्पूणर् खाद्यको आफूलाई घर खर्च राखेर बाहिर बिक्री हुने सबै खाद्यबस्तु नेपाल सरकारले अग्रीम खेती लगाउने बेला आवश्यक पर्ने मल, बिउ, किसानको अन्य सिचाईसमेतको व्यवस्था गरिदिने र उसको जमिनमा उत्पादन हुने खाद्यबस्तु सबै बजारीकरण स्वयं सरकारले जिम्मा लिने प्राबधान गरेमा नेपालको खाद्य नेपाललाई पुग्ने गरी राखेर बाँकी रहेको खाद्यबस्तु स्वयं नेपाल सरकारले नै बिक्री गर्ने गरे किन हाम्रो देशको खाद्य हामी फेरि अरुसँग लिनुपर्ने थियो र ?

हामीले हाम्रै देशको खाद्यबस्तु यहाँको जनसंख्यालाई पुगेर ३५ देखि ४०-४५ सालसम्म दाङबाट यहाँको तोरी, मसुरो, अरहर, चना, अरसी, मकै, गहुँ, धान, सम्पूणर् खाद्य सामान घोडा, राँगा र मानिसद्वारा ढुवानी गरी भारतमा बिक्री गरिन्थ्यो । दाङको भारतीय बजार कोइलाबास बजामा पुराइन्थ्यो र आजको नेपालगञ्जको रुपैडिहा, भैरहवाको सुनौली बोडरजस्तै निकै चहलपहल हुन्थ्यो ।

कोइलाबासको बजार भारतबाट यो क्षेत्रको पहाडी जिल्ला रुकुम, रोल्पा, सल्यान, प्यूठान, दाङमा खाली नून, मट्टीतेल, चिनी, गुंण, सिध्रामाछा, बर्ष भरीलाई पुग्ने कपडा, मात्र खरिदेर लईन्थ्यो, तर आज नेपालीहरुले खुर्सानी, बेसार, तरकारी, दाल, चामल, तेल, घ्यु, आलु, गोभी, सम्पूणर् खाद्यबस्तु भारतकै निर्भरतामा छौं । र रेडिमेड कपडा अनेक फेसनले ग्रस्त छ नेपाल तर यी सबैको तुलना गर्दा सबैतिरबाट आउछ प्रश्न उही राजनीतिप्रति भनिन्छ बनाउने पनि राजनीति र बिगार्ने पनि राजनीति यो दोष अरुलाई दिने ठाउँ पनि छैन ।

सर्बप्रथम नेपालको ०४५।४६ पश्चात कुन समय हो एकिन भएन नेपालबाट नेपाली युवा युवतीको जमातलाई श्रमिकको रुपमा बिभिन्न पश्चिमा मुलुक, खाडी क्षेत्र, र छिमेकी भारत छँदैछ यी सबै श्रमिकहरुलाई विदेश लखट्ने नीति राजनीतिले लियो र यहाँका युवायुवतीहरुको जमात विदेश पठाउने नीति पारित भयो यो नै सबैभन्दा गलत कार्य भएको छ ।

दोश्रो पक्ष भनेको नेपाललाई बिभिन्न राष्ट्रहरुले सहयोगको रुपमा दिएका कल कारखाना उद्योगहरु जस्तै बासबारी छालाजुत्ता कारखाना, गलैचा उद्योग, गोरखकाली टायर उद्योग, हेटौडा गलैचा, कपडा उद्योग, भृकुटी कागज कारखाना, यस्ता १०-१२ उद्योग सबै निजीकरण गरेर कहाँ बिलय भयो ? अझ यस्ता उद्योग स्थापना भएको जग्गासमेत कहाँ कही हिनामिनासमेत भएको बुझिन्छ ।

ती उद्योग आज नेपालमा सञ्चालन गर्नुपर्नेमा ती बिदेश पठाइएका युवायुवतीहरुलाई परिचालन गरेको भए नेपालका विदेसियका श्रमिक बर्गहरुको कमाईले खास स्वयं नेपाल सरकारको समेत आर्थिक ब्यबस्थाको लागि एक उदाहरणीय काम पनि हुने र स्वयं नेपालका आफ्ना नागरिकले आफ्नै देशमा बसेर देशको विकासमा पनि योगदान दिन पाउने र आफ्नै देशको कमाईमा रमाई-रमाई घरमै बसेर आफ्नो जीविका निर्वाह गर्ने अवसर प्राप्त गर्ने थिए ।

र यो कसको कमजोरी भन्ने प्रश्नमा फेरि उतै फर्कन्छ राजनीतिमै, दूरदर्शिता नभएका मै खाऊ, मै लाऊ, भन्नेमात्र बिचार बोकेका स्वार्थी नेताहरुको गलत निणर्यको कारण नेपालमा भित्रिएका उद्योग, कलकारखानाहरुले नेपालको विकासमा हुनसक्ने सहयोगबाट बन्चित गराइयो र आज भन्छन् बासबारी छालाजुत्ता कारखानाको मसिन भारतको कानपुरमा पुगेको छ भनिन्छ । राजा बीरेन्द्रको समयमा चीनले र अन्य कुन-कुन, देशले सहयोग गरेका कारखाना हाम्रा देशका पछिल्लो पिढीहरुलाई देख्न भएन र बिक्री गर्न पुगे ।

आज ती उद्योग जीवित रहेको भए आज विदेशबाट कोरोना लिएर फर्कने नेपाली युवायुवतीको लागि मात्र होइन सिंगो नेपालको स्वस्थ्य क्षेत्रमा कति राहत हुँदो हो ? खास स्वदेशमै बसेर आफ्नो जीबिकोपार्जन हुने क्रियाकलापमा नेपाल सरकारको ध्यान जान आवश्यक छ । आफ्नै देशको सम्पदाले सम्पन्न हुनसक्ने नेपालको खानी र नेपालको पानी नेपालको कृषि, नेपालको जडीबुटी, र नेपालीको जागर र पसिनाको स्वयम नेपाल सरकारले मूल्यांकन गर्न सकेको छैन ।

विदेशीले नेपालको सम्पदामा अनुसन्धान गरिसकेकोले अमेरिका नेपालमा छिर्ने माध्यम तयार गर्न घनीभूत लागेको छ तर खै नेपालका नेताहरु उसैको जुठोपुरा खान किन मरिहत्य गर्छन् ? यो हो बिबेक नहुनु र बुद्धि भ्रष्ट हुनु, शिक्षाको अभाब, बिज्ञहरुलाई नजिक पर्न नदिनु र उनीहरुको सुझाव सुन्नै नचाहनु, सर्बेसर्बा आफै भएको सधै बहाना गर्नु यो हाम्रो देशले स्वच्छ र इमान्दार नेता नपाउनु र सधै गरीबीको रेखामुनी आफ्नो देशलाई अंकित गर्दै छिमेकीहरु र त्रिदेशिय मित्रहरुसँग सधै भिख माग्ने भिखारी जस्तो भएर सधै सहयोगको याचना मात्र गर्ने आफ्नो आँगनमा सडेको सम्पदाको पहिचान गर्न नसक्नु यही हो घरीघरी छिमेकीहरुले ल्याउने समस्या अब भरीसक आफै सक्षम होऊ भन्ने राजनीतिक पार्टीहरुले आँट गर्नुपर्छ र सधै सहयोगको नाममा देशको र आफ्नो घटियापन नदेखाऊ र हामी आफै बलिया छौं अमेरिकाको सहयोगको आवश्यक छैन भनेर जसरी आज एमसिसीको बिरुद्ध सबै नागरिक तयार भए र आज सरकारलाई हामी एक छौं राष्ट्रियताको पक्षमा भनेर छाती फुलाउने हैसियत देखाउन एक स्वरमा आवाज उठाउने जनताको लागि र राष्ट्रको भलाइको लागि अब सरकारले आफ्नै देशमा रहेको बिभिन्न खानी हरुको पहिचान गरेर नेपाली युवा जमात बिदेशीको गुलामी हुनबाट रोक्ने योजना ल्याउनुपर्छ युवालाई विदेश जाने भिसा खोल्ने होइन ,ती युवालाई आफ्नो क्षमता अनुसारको श्रम स्वदेशमै कलकारखाना, उद्योग खोलौ र जति विदेशिएका युवाहरुलाई स्वदेशी उद्योगको जिम्मा लगाऊ ।

नेपालमा खाली हाम्रो पानीको ब्यबस्था, अन्य खानीको ब्यबस्था गर्नसके हामी कोहीसँग मगन्ते हुनु पर्ने छैन । नेपालमा पेट्रोल, मट्टीतेल, ग्यास, युरिनियम बस्तुहरु प्रशस्तै छन् । नेपालमा दैनिक नदीमा बगेर आएको बालुवामा सुन चालेर दैनिक आफ्नो गुजारा चलाउनेहरु पनि छन् । नेपालमा ठूला-ठूला, सुन र तामो फलाम खानी प्रशस्तै छ, विदेशीको अडरमा चल्दा नेपाल सधै गरीब ठहरिएको हो । तर नेपालको हिमाली क्षेत्रको रत्तन पथर, टुरमिनलहरु नेपालमा हिरा सरहका पत्थरहरु विदेशीले आँखा गाडेको छ र नेपालको सम्पदा कसरी कुन बहानामा पसेर लुट्न सकिन्छ योजना बनाइँदैछ । यहाँका नेताहरु सबै क्रिश्चियन बनेर होली वाइनको नशा लागेर मस्त भएकाहरुबाट अब यो काम हुन पनि सक्दैन । अब यो राष्ट्रको सम्पदाको संरक्षण गर्ने हो भने नेपालमा बिज्ञ, प्रा,डा, विद्यार्थी, शिक्षक, युवाहरुको जमातको क्षमता स्वदेशमा प्रदर्शन गर्दै देशको विकास गरौ ।

बिकासको नाममा बिनासको सीप सिकेकाहरुको जमातले सरकार चलाउन पुगेको कारण आज देशका धेरै पहाडी भूभागमा बसोबास गरेका नागरिकहरुको आज बर्षाको कारण बाढी पहिरो, डुवानको मारमा खुला आकासमा रात काट्न बाध्य छन् । हजारौ बेपत्ता छन् भने हजारौको ज्यान पहिरो, नदी उनीहरुको काल बनेको छ । तर बिपत परेको २-४ दिनसम्म बिपत ब्यबस्थापनको जिम्मेवारी लिएकाहरु सडक पहिरोले लगेर त्याँ पुग्न सकियको छैन भन्ने गुनासो गरेका छन् । तर नेपाल सरकारको नीति नियमको अभावको कारण आज आम नागरिक जोखिममा छन् यो कारण नेपाल सरकार स्वयंलाई थाहा भए पनि नभएको जस्तो भान पारेर पहाड खनेर खोला खनेर ढुंगा, गिट्टी बालुवा, बनभित्रका ठूला-ठूला परिणाममा रहेका सालका र सिल, साज, अन्यजातका रुख धमाधम कटान गरी भूक्षयको वास्तै नगरी उत्खननले सीमा नाघेकोछ । हालको स्थानीय सरकारमा प्रदेश सरकारमा आसिन दलहरुका नेताहरु अधिकांश स्काभेटर, डोजर टिप्परका मालिक आफै छन् र आ-आफ्नो साधन प्रयोगमा ल्याउनका लागि एउटा घरमा जानको लागि अरबौंको स्थानीय साधन स्रोतको दोहन गर्दा बिना बायो इन्जिनियरिङ जथाभावी सडक खन्दाको परिणाम आजको बिपत ब्यबस्थापनको समस्याको साथै राज्यको ढुकुटी ब्यक्ति विशेषको नाममा जाने र बिपत ब्यबस्थापनको लागि आज हुँदै आएको समस्या अन्त खोज्नु र राहत माग्दै हिँड्नु कस्तुरीले विना अन्तै खोजेको परिणाम हो । जनताले यहाँको गिट्टी बालुवा निकाल्नु हुँदैन यहा सडक, पुल खेतीयोग्य जमिन, मानवबस्ती जोखिममा पर्छ भनेर जनता सरकारसँग डेलिगेशनमा आउँछन् बिरोध गर्छन् स्थानीय नेताहरुले जनताको कुरा कोही जिल्लामा सुनेर बुझेर रोकेको अवस्था छैन र उनी हरुले यही हो मौका कमाउने भनेर कमाउ ध्यानमा मात्र तल्लीन छन् । यसैको परिणाम आम नेपाली नागरिक हरुले सधै भरी बर्षा लाग्यो कि बाँच्ने कसरी भन्ने चिन्तामा रहनुको विकल्प छैन । नेपालमा एक त कोरोनाको कारण आफ्नै घरमा बन्धक भएको अवस्था र त्यही समयको सदुपयोग गरेर लगाएको खेती स्याहार्ने बेलामा सलहको प्रकोप, अझ त्यसैमा नेपाल भारतबीचको सीमासम्बन्धी द्वन्द्व व्यवस्थापनको चटारो छ भने अर्को समस्या भनेको सरकारको कुर्सी तानातानको तनावले नेपाल र नेपाली नागरिकका समस्या झन्पछि झन् बिकाराल बन्दैछ । अब तनावको कारण आत्महत्या जस्ता समस्या र अबको आउँदो दिनको आद्य समस्या र भोकमरीको तनाब अब नेपाल सरकारको निजी स्वर्थमा तानातानको अवस्था कसरी सहज बन्ला ? आम नेपालीको चिन्ताको विषय यही रहेको छ ।