माध्यमिक तहको नयाँ आधार : सामाजिक–भावनात्मक शिक्षा
यादव गिरी
माध्यमिक तहका कक्षामा सामाजिक र भावनात्मक क्षमता निर्माण गर्नु आजको शिक्षाको सबैभन्दा गम्भीर र अनिवार्य कार्य हो । शिक्षा केवल पुस्तकका अक्षरहरु र परीक्षाका अंकमा सिमित वौद्धिक अभ्यास होइन, यो जीवनलाई अर्थपूर्ण, संयमित र मानवीय ढंगले बाँच्ने कला हो ।
विद्यार्थीले ज्ञान आर्जनमार्फत् शैक्षिक उपलब्धीमा उचाइ हासिल गर्नु महत्वपूर्ण छ, तर त्योभन्दा गहिरो रुपमा आवश्यक छ, उनीहरुको व्यवहारिक परिपक्वता, भावनात्मक सन्तुलन, नेतृत्व र सहयोग मनोवृत्ति, सामाजिक सहिष्णुता र दयाभाव जस्ता मौलिक जीवन–कौशलहरुको पुनस्र्थापना र सबलीकरण तर दुर्भाग्यवश, हाम्रो वर्तमान शैक्षिक अभ्यासले ‘जानकारीको अत्यधिक भार तर व्यवहारिक दुर्बलता’ सँग पहिचान हुने पुस्ता उत्पादन गरिरहेको छ ।
डिजिटल युगको चटारोले एक्लोपन, तनाव, असहिष्णुता, साइवर दुव्र्यवहार, नशा, हिंसा र आत्महत्या जस्ता समस्यालाई किशोर मनोविज्ञानको दिनचर्यामा स्थापित गरिदिएको छ । यस्ता सङ्कटको मूल जरा प्रायः विद्यालय स्तरमै सामाजिक र भावनात्मक सीप–विकासलाई उपेक्षा गरिनुमा छ । विशेषतः माध्यमिक तहका विद्यार्थी, जो पहिचान निर्माण र भावनात्मक उतारचढावको गहिरो यात्रामा हुन्छन्, उनीहरुलाई आत्मअनुशासन, मनोव्यवस्थापन, स्वस्थ संचार, सहानुभूति र जिम्मेवार निर्णय क्षमतामा दिगो मार्गदर्शन आवश्यक पर्छ । किनकि यतैको दृढ जगले भविष्यको व्यक्तित्व र नागरिकता निर्माण गर्दछ । त्यसैले, शिक्षा प्रणालीले अब विषयगत ज्ञानका पर्खालभित्र मात्र सीमित नभई सामाजिक–भावनात्मक विकासलाई शिक्षाको केन्द्रविन्दु बनाउँदै नयाँ युगको उत्तरदायी, विवेकी र मानवीय पुस्ता तयार पार्ने दिशामा साहसिक रुपान्तरणको नेतृत्व लिनुपर्छ ।
आवश्यक्ता
नेपालको माध्यमिक शिक्षाको वर्तमान संरचनाले अझै पनि रटानप्रधान, परीक्षामुखी र अङ्क–केन्द्रित संस्कृतिलाई निरन्तरता दिइरहेको छ, जसले शिक्षालाई जीवन–कौशल होइन, केवल प्रतिस्पर्धाको साँघुरो चौतारीमा सीमित गरिदिएको छ । पाठ्यक्रममा मूल्य–मान्यता र व्यक्तित्व विकासका पक्ष औपचारिक रुपमा उल्लेखित भए पनि ती कक्षाकोठाको व्यवहार र विद्यार्थीको दैनिकीमा गरिने अभ्यासमा परिणत हुन नसक्नु शिक्षा प्रणालीकै ठूलो कमजोर पक्ष बनेको छ ।
परिणामस्वरुप, आजका किशोरहरु मानसिक स्वास्थ्य सङ्कटको भीषण चपेटामा परिरहेका छन्, चाप, चिन्ता, निराशा र आत्महत्याको भयावह वृद्धि यसको प्रत्यक्ष दृष्य हो । साथै, विद्यालय तथा डिजिटल वातावरणमा समेत हिंसा, बुलिङ र दुव्र्यवहार जस्ता समस्याहरुले सामाजिक सहिष्णुता, मित्रता, विश्वास र जीवनप्रतिको हार्दिकता कमजोर बनाएको छ ।
मोबाइलको अत्यधिक प्रयोगले वास्तविक जीवनका संचार कौशल एवं मानवीय संवेदनशीलता क्षयीकरणतर्फ उन्मुख भएकै छ । भावनात्मक उतारचढावलाई नियमन गर्ने कौशल अभावमा उनीहरु रिस, आवेग र अराजक व्यवहारको छालमा फसिरहेका छन्, जसको प्रतिफल कक्षाकोठाभित्र अनुशासनहीनता र शिक्षक–विद्यार्थी बीचको भावनात्मक दूरीका रुपमा देखापर्छ । अभिभावक र विद्यालयबीचको सहकार्य कमजोर हुँदा बाल–मनोविज्ञानलाई आवश्यक परिक्षण र मार्गदर्शन अभाव देखिन्छ ।
यस्ता जटिल वास्तविकतालाई दृष्टिगत गर्दा सामाजिक भावनात्मक शिक्षा (SEL) कुनै वैकल्पिक वा सहायक विषय होइन, शिक्षाको मेरुदण्डका रुपमा स्थापित हुनुपर्ने अनिवार्य आवश्यकता हो । विश्वव्यापी अध्ययनहरुले पुष्टि गरिसकेका छन् कि क्भ्ी प्रभावकारी रुपमा कार्यान्वयन भएका विद्यालयहरुमा विद्यार्थीको शैक्षिक उपलब्धि समेत ११ प्रतिशतभन्दा बढीले वृद्धि हुन्छ ।
यसले स्पष्ट प्रमाणित गर्छ, सामाजिक(भावनात्मक क्षमता केवल अनुशासन र व्यवहारमै सुधारका निम्ति होइन, विद्यार्थीको सम्पूर्ण जीवन(उत्कर्ष र शैक्षिक सफलताको आधारभूत ऊर्जा हो । यसर्थ, शिक्षा प्रणालीले अब ज्ञान र कौशलको पूर्ण समन्वयमार्फत मनमस्तिष्क–व्यवहारलाई एकीकृत गर्ने नयाँ मूल्यपरक यात्राको अडान लिनुपर्छ ।
मूल अवधारणा
सामाजिक तथा भावनात्मक शिक्षा (SEL) मूलतः विद्यार्थीको सम्पूर्ण व्यक्तित्व विकासलाई केन्द्रमा राख्ने जीवन(कौशल अभिमुख शैक्षिक अवधारणा हो, जसको लक्ष्य विद्यार्थीलाई केवल सूचना र ज्ञानले सम्पन्न बनाउनु मात्र होइन, ती ज्ञानलाई जिम्मेवार व्यवहार र मानवीय अभिव्यक्तिमा रुपान्तरण गर्न सक्षम बनाउनु हो ।
यसले पाँच आधारभूत क्षमताहरुको विकासमार्फत् व्यक्तिलाई चेतनाको उच्च धरातलमा उभ्याउन मद्दत गर्छ। पहिलो, आत्म–पहिचान र आत्म–बोध, विद्यार्थीले आफूभित्रका भावनाहरु, शक्तिहरु, कमजोरीहरु, मूल्य र आकांक्षालाई सही रुपमा चिन्न सक्ने क्षमता । दोस्रो, स्वनियमन र भावनात्मक व्यवस्थापन, आवेग, तनाव, निराशा, खुशी जस्ता मनस्थितिलाई सन्तुलित गर्दै जिम्मेवार व्यवहार प्रदर्शन गर्न सक्ने योग्यता ।
तेस्रो, सामाजिक संवेदना र सहानुभूति (Social-awareness), अन्यको भावना, आवश्यकता, संस्कृतिगत विविधता र सामाजिक सन्दर्भलाई सम्मानपूर्वक बुझ्ने र ग्रहण गर्ने क्षमता । चौथो, स्वस्थ सम्बन्ध निर्माण (Relationship skills), सकारात्मक संचार, सहयोग, नेतृत्व, संघर्ष समाधान र पारस्परिक विश्वासका आधारमा दिगो र सुन्दर मानवीय सम्बन्ध कायम गर्ने सामथ्र्य ।
पाँचौँ, जिम्मेवार निर्णय क्षमता (Responsible decision-making), नैतिक मूल्य, तथ्य, दीर्घकालीन प्रभाव र सामाजिक हितका आधारमा विवेकपूर्ण निर्णय लिन सक्ने क्षमता । यी पाँच आयाम व्यक्तिमा विकसित नभएसम्म शिक्षा केवल अक्षरज्ञानको तहमै सीमित रहन्छ, तर विकसित भएमा यसले विद्यार्थीलाई जीवनका हरेक चुनौतीसँग विवेक र संवेदनशीलतापूर्वक जुध्न सक्षम बनाउँछ । सारतः SEL भनेको मन, बुद्धि र व्यवहारबीचको सुन्दर सेतु हो, जसले मानव अस्तित्वलाई मात्र उन्नत बनाउँदैन, समग्र समाजलाई दयालु, न्यायपूर्ण र सामूहिक प्रगतितर्फ अघि बढाउने दिगो आधार पनि निर्माण गर्छ ।
औचित्य
नेपालमा सामाजिक तथा भावनात्मक शिक्षा (SEL) लाई शिक्षाको केन्द्रीय आधार बनाउनु पर्ने औचित्य अत्यन्त गहिरो र बहुआयामिक छ । वर्तमान शिक्षा व्यवस्थामा रटान, परीक्षामुखी दबाब र अंक(प्रतिस्पर्धाले विद्यार्थीलाई शैक्षिक दौडमा धकेले पनि सिकाइप्रतिको मनोवैज्ञानिक लगाव कमजोर बनाइरहेको छ, जसले तनाव, डूप(आउट र आफ्नै क्षमताप्रतिको अविश्वासलाई प्राथकिता दिएको छ ।
यस्तो अवस्थामा SEL ले विद्यार्थीको आत्मविश्वास, आत्म(पहिचान तथा सकारात्मक सिकाइ मनोविज्ञानलाई सबल बनाउँदै शिक्षा प्रणालीलाई मानवीय उर्जाले परिपूर्ण बनाउँछ । सामाजिक पक्षमा हेर्दा आजको समाज बढ्दो हिंसा, असहिष्णुता, विभाजन र अविश्वासको सङ्कटमा छ, जहाँ बालक किशोरहरुको व्यवहारिक दिग्दर्शनको अभाव स्पष्ट देखिन्छ । क्भ्ी ले सहानुभूति, सहकार्य र सामूहिक जिम्मेवारीजस्ता मूल्यहरु प्रत्यारोपण गरेर समाजलाई अधिक समावेशी र शान्तिपूर्ण दिशातर्फ उन्मुख गराउँछ ।
प्रविधिको उग्र विस्तारले युवाहरुलाई डिजिटल सीमान्तरणमा डुबाए पनि साइबर सुरक्षा, सभ्य संचार, संवेदनशीलता र जिम्मेवारीका पक्षहरु अत्यन्त कमजोर छन् । क्भ्ी ले नैतिकता र विवेकको आधारमा प्रविधि प्रयोग गर्ने संस्कार निर्माण गर्छ । किशोरावस्था आफैँमा भावनात्मक उतारचढावको संवेदनशील चरण भएकाले यस अवस्थामा अनुशासन, भावनात्मक सन्तुलन र आत्मनियमन सिकाउनु जीवनभरिको मानसिक सबलताको जग निर्माण गर्नु हो ।
त्यस्तै, आधुनिक श्रमबजारले केवल प्रमाणपत्र होइन, नेतृत्व, संचार, निर्णय क्षमता र समस्यासामाधान जस्ता जीवनकौशलको माग गर्दछ । SEL ले विद्यार्थीलाई यिनै भविष्यमुखी दक्षताबाट सम्पन्न बनाउँदै करियर क्षेत्रमा आत्मविश्वासपूर्वक उभिन सक्ने क्षमताको पोषण गर्छ । अतः नेपालको शिक्षा प्रणालीले अब केवल ज्ञानको सञ्चार होइन, संवेदना, नैतिकता र सामाजिक उत्तरदायित्वको घनत्वसहित व्यक्तित्व निर्माण गर्ने युगमा प्रवेश गर्न आवश्यक छ । यसरी SEL शिक्षाको विकल्प होइन, शिक्षा रुपान्तरणको मूल औचित्य र आत्मा हो ।
कार्यान्वयन
विद्यालय तहमा सामाजिक भावनात्मक शिक्षालाई कार्यान्वयन गर्न व्यवस्थित, दुरदृष्टियुक्त र व्यवहारमै परिवर्तन ल्याउन सक्ने मोडेल आवश्यक हुन्छ । यसका लागि पहिलो चरण कक्षा आधारित नियमित गतिविधि हो, जहाँ प्रत्येक दिनको पाठ सुरु गर्नु अघि १०–१५ मिनेटको क्भ्ी अभ्यासमार्फत् विद्यार्थीले आफ्नो मनोअवस्था पहिचान गर्ने, सहपाठीसँग सम्मानपूर्वक अभिवादन आदानप्रदान गर्ने, भावनात्मक कार्ड, समुदाय आधारित छलफल, समस्या समाधान खेलजस्ता विधिबाट अन्तरव्यक्तिक सम्बन्ध र भावनात्मक सन्तुलनलाई मजबुत बनाइनेछ ।
दोस्रो चरण विषय एकीकृत शिक्षण हो, जसअन्तर्गत सामाजिक, नेपाली, स्वास्थ्य तथा नैतिक शिक्षा जस्ता विषयहरुमा उदाहरण, संवाद, कहानी, नाटक र परियोजना आधारित सिकाइमार्फत मूल्य, सहानुभूति, नैतिक निर्णय र सहयोगका अभ्यासहरुलाई पाठ्य सामग्रीसँगै जोडिनेछ, ताकि शिक्षा जीवनबाट विच्छिन्न नभई जीवनमै घुलमिल होस् । तेस्रो, विद्यालय स्तरीय नीतिगत संरचना आवश्यक छ, विद्यालयको भिजन, आचारसंहिता, द्वन्द्व समाधान प्रणाली, सुरक्षित र समावेशी वातावरणका सुनिश्चितता, तथा विद्यार्थी मैत्री व्यवहारलाई संस्थागत रुपमा लागू गर्ने स्थायी कार्ययोजनाका साथ ।
यसका लागि विद्यालयमा SEL संयोजक, विद्यार्थी समर्थन समिति तथा नियमित समीक्षा संयन्त्र अभिवृद्धि गर्न सकिन्छ । चौथो चरण शिक्षकको क्षमता विकास हो, किनकि शिक्षक नै कक्षा वातावरणका निर्देशक हुन् । उनीहरुलाई विद्यार्थी मनोविज्ञान, सकारात्मक संचार, आवेग व्यवस्थापन, समावेशी कक्षा सञ्चालन तथा सहयोगात्मक व्यवहार प्रवद्र्धनसम्बन्धी तालिमहरु उपलब्ध गराइनुपर्छ, ताकि शिक्षक मात्र अध्यापन होइन, मार्गदर्शक, उत्प्रेरक र भावनात्मक संरक्षकको भूमिकामा स्थापित हुन सकून् ।
अन्त्यमा, अभिभावक सहकार्य कार्यक्रम माध्यमिक तहमा अत्यन्त अनिवार्य छ । नियमित अभिभावक संवाद, SEL उन्मुख गृह अभ्यास, र अभिभावक विद्यार्थी सहकार्य गतिविधिमार्फत विद्यालय र घरले एउटै संदेश ‘विद्यार्थीको सम्पूर्ण जीवन विकास हाम्रो साझा दायित्वु लाई व्यवहारमा उतार्न सकिन्छ । यसरी बहुआयामिक, व्यावहारिक र सरोकारवालासँग सहकार्यपूर्ण कार्यान्वयन मोडेलले मात्र SEL लाई विद्यालयमा प्रभावकारी रुपमा जरो गाड्न सक्छ ।
चुनौती र समाधान
सामाजिक तथा भावनात्मक शिक्षालाई विद्यालय प्रणालीमा सार्थक रुपमा संस्थागत गर्न खोज्दा केही जटिल र संरचनात्मक चुनौतीहरु अपरिहार्य रुपमा देखापर्छन् ।
