calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

डायरी : आफ्नो सकल बिर्सेर अरुकै नकलमा छौं

२०७६ जेठ २५ गते
कहिलेकाहीं मनमा नकारात्मक कुराहरु आउँछन् । आज फेरि त्यस्तै छ मनमा । एउटा सामान्य भारतीय व्यापारीले ४० वर्षभन्दा पनि पहिले हुनुपर्छ मजाकमै कुनै प्रसंगमा भनेको थियो – नेपालीहरुले ‘अकल’को भरमा काम गर्दैनन्, ‘नकल’को भरमा काम गर्छन् । हुन त त्यतिबेला भारतले डुब्लिकेट सामान बनाउर नेपाली बजारमा बेच्थ्यो र हामी नक्कली सामान बनाउन पसिपालु देश भन्थ्यौं । आजको सोचको कुरा गर्ने हो भने त्यसरी नक्कली सामान बनाउन पनि ‘अकल’ चाहिन्छ । हामीले त्यही पनि त गरेनौं । बरु उनीहरुकै बजार बन्यौं । अरु देशसँग व्यापार सम्झौता गरेर अरु देशको नि बजार नै बन्यौं ।

हामी भारतमा मात्रै आधारित होइनौं भनेर ठूला कुरा पनि ग¥यौं । तर हामी बनेको त अरुको बजार नै हो । हामी आत्मनिर्भर हुनतर्फ पटक्कै लागेनौं । अझ भनौं त्यसतर्फ हाम्रो सोच अझै पनि गएको छैन । सामान उपभोग गर्ने होडमा मात्र लाग्यौं । त्यसैलाई विकास सम्झ्यौं । तर उत्पादनतर्फ ध्यान नै गएन ।

अरुको एत्पादन उपभोग गरेर हामी परनिर्भर बन्यौं । यो त सामान र उत्पादनको विषयमा भयो । हामीमा अकलको कमी सामाजिक, राजनीति क्षेत्रमा समेत देखिएको महशुस गरेको छु, मैले । सामाजिक क्षेत्रको करो गर्ने हो भने पहिचान र अधिकारको नाममा घोषित वा अघोषित रुपमा द्वन्द्व बढाउन सफल भयौं । समाज टुक्राउने प्रयासमा लागि परेका छौं । तर सामाजिक मान्यता, सामाजिक अनुशासन र सामाजिक सद्भावको पूर्ण रुपमा नास ग¥यौं । यो परिवेशले समाजमा स्वाभाविक रुपमा अविश्वासको वातावरण बरु बनेको छ ।

तर यी दुई पक्षमा कुन ठीक हो ? हामी जुन बाटोमा छौं त्यो सही वा गलत भन्नेतर्फ हामी जानै चाहन्नौं । समाज टुक्रिन्छ भने टुक्रियोस्, देश ररहन्न भने नरहोस् तर हामीले लगाएको नारा पूरा हुनै पर्छ भन्ने रुढ सोचको सिकार भएका छौं, हामी । हामीलाई परिणामसँग मतलव नै छैन । राजनीतिमा त्यस्तै स्थितिमा छौं । मेरो सरकार भनेकोमा सफाई दिन कुनै देशहरुमा यस्तो प्रचलन छ भनेर तर्क दिन्छौं ।

त्यहाँ अग्रगमन वा प्रगतिशीलताको कुरा गर्दैनौं । रहर पूरा गर्छौं । अहिले सांसदलाई छ करोडको कुरा आएको छ । यसरी सांसदलाई बाँडेको रकमको ५० प्रतिशत पनि सदुपयोग भएको छैन । यो सबैलाई थाहा छ । तर भारतमा ८ करोड दिन्छन् भन्ने तर्क छ हामीसँग । हामीले आफ्नो ‘अकल’ले के ग¥यौं भन्ने खोज्नुपर्ने भइसक्यो । जबसम्म नकलकै भरमा काम गर्ने सोच हुन्छ तबसम्म हाम्रा सबै गतिविधिहरु स्वाभाविक रुपमा नकली नै हुन्छन् । आफ्नो देश समाज र परिवेश बन्छ र गएर नकलको भरमा काम गर्ने कहिल्यै जिम्मेवार हुन सक्दैन र यसले देश पनि बन्दैन ।

२०७६ जेठ २६ गते

हामीमा एउटा ठूलो कमजोरी छ । हामीले आफूमा र आफ्नो ज्ञान अनि क्षमतामा व्श्विास गर्दैनौं । अरुले खास गरेर अलि विकसित देशका मानिसले जे गर्छन् वा जे भन्छन् त्यसलाई ठीक मान्छौं । त्यसको सकारात्मक नकारात्मक पषतिर जाँदै जाँदैनौं । यसका प्रमाणहरु धेरैपल्ट बुझ्नेगरी देखिएका पनि छन् । तर पनि हामीले आफ्नो सोच, संस्कार र क्षमताको भरमा बुझ्ने प्रयास नै गर्दैनौं । बुझ्ने बुझाउने कुरामा समेत अरुको भर पर्छौं । त्यही ठीक भनेर वकालत गर्छौं । आजभोलि अलि बढी पढाईको शैली बारे प्रचार गरिन्छ । प्रष्ट बुझिने गरी कराएर पढ्नुपर्छ भन्ने त्यो प्रचारको आशय छ ।

त्यो प्रचारमा युएसएआइडीको समेत सहभागिता छ । तर संस्कृत शिक्षामा प्रष्ट बुझ्ने गरी रटेर गुरुलाई पाठ बुझाउने शैली हामीले बिस्र्यौं । त्यतिबेला त्यसलाई अवमूल्यन ग¥यौं । अहिले त्यही शैली ठीक भनेर प्रचार गरिँदै छ र हामी त्यही ठीक भन्दै छौं । केही समय पहिलेसम्म हात धोएर खाना खाने पनि खुबै प्रचारको विषय बन्यो । हामी हात मात्रै होइन पूरै नुहाएर, त्यतिमात्रै होयन चोखो (सफा) कपडा लगाएर मात्रै खाना खानुपर्छ, होइन भने जात जान्छ भन्ने संस्कारमा हुर्केको हामीले बिस्र्यौं । हातमात्रै धुँदा हुन्छ भन्नेमै रमायौं ।

त्योभन्दा पहिले विकासको नाममा वा प्रगतिशीलताको नाममा हाम्रा संसकारहरुलाई जसरी भए पनि गलत सावित गर्न र तिनीहरुलाई मास्नमै बहादुरी सम्झ्यौं । अनि पुरानै नुहाउनुपर्ने संस्कार गलत भयौ भन्यौं । हात मात्र धुँदा पुग्ने नारामा रमायौं । आजभोलि केही फलहरुको बढी प्रचार छ । ती फलहरु सामान्यतया नेपालमा छैनन् । उनलाई त्यो फलको व्यापार गर्नु छ र त्यसको बारेमा प्रचार भइरहेको छ । हामीहरु पनि यहाँ भएका फलहरुको महत्व खोज्न लाग्दैनौं । यतिका थरि–थरिका फलहरु कसैको महत्व बुझ्दैनौं ।

तर त्यही फलको महत्व बुझ्छौं । जुन बारे अरुले हामीलाई नियोजित तरिकाले आफ्नो व्यापार बढाउनलाई गरिरहेका छन् । यस्ता उदाहरण धभेरै छन् । मेरो विचारमा त हामीले आफूलाई यसरी अरुको सोच र अरुले गरेको प्रचारमा यसरी नबगाएको भए हामी धेरै कुरामा धेरै माथि हुने थियौं । अरुले हामीलाई यति मूर्ख बनाए वा बनाइरहेका छन् कि हामी यहाँ केही छैन, केही हुँदैन भनेर अरु देशमा नोकर बन्न जाने हतारमा छौं । त्यहाँ काम गर्नुपर्छ र त्यति काम वा त्यति मिहिनेत गर्ने हो भने हामीले आफ्नो जीवन धेरै सजिलो बनाउन सक्छौं भन्ने सोच समेत हामीबाट हटाइसकेको अवस्था छ ।