श्रीराम दहित
एक्कासौं शताब्दीको वसन्त मनमा उत्साह जाग्दैछ ।
साधना गर्नेलाई स्वागत छ सधैं पुकार यहीँआउँदैछ ।
शताब्दीले रचनात्मक सिर्जनात्मक विश्व बन्नेछ
साधनाले नेपाल आमा अब दुव्र्यसन मुक्त हुँनेछ ।
प्रकृति पर्यावरणसँग सबैको प्रेम सद्भाव बढ्नेछ
धर्तीको संरक्षणमा अब साधक अगाडि बढ्नेछ ।
स्वस्थ नेपाल हुनेछ हाम्रो जल जीवनले हरियाली
संस्कारित स्वच्छ समृद्ध जागरण आउँदै खुसियाली ।
संस्कार सोह्रै व्यावहारिक बनाउन लाग्दै युवा पिढी
शताब्दी अब चढ्दैछ सत्य युगको प्रगतिशील सिढी ।
नारीको गरिमा बढ्नेछ पवित्र गंगा स्वच्छता हुनेछ
धर्ती हुनेछन् हरियाली जननीको सदिच्छा पूर्ण हुनेछ ।
राष्ट्रभक जिम्मेवार नागरिक वीर विश्वमा कहलिनेछ
साधना लाई स्वागत गर्दै चारैतिर शङ्खनाद हुनेछ ।
छड्म भेषी भ्रष्ट आतंककारी सबैको अन्त्य हुनेछ
गुमेको वैभव सम्पत्ति दुरदर्शिताले पुनः फर्किनेछ ।
स्वर्गद्वारी बगारबाबा लुम्बिनी पशुपति सगरमाथा
साधनाले मात्र उजागर हुनेछन् स्वर्गसरी बिरगाथा ।