calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

ज्यामिरे महिला सहकारी सस्थाद्धारा रक्तदान

पार्वती बस्नेत

दाङ,२३ कार्तिक । ज्यामिरे सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले एक कार्यक्रमको आयोजना गरि रक्तदान गरेको छ । सहकारी सस्थाले शनिवार विहान घोराही उपमहानगरपालिकला वडा नं. १३ बनगाउँमा आयोजना गरेको कार्यक्रममा १४ जनाले रक्तदान गरेका हुन ।

रक्तदान गर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष रविलाल घर्ति, ज्यामिरे सामाजिक उद्यमी सहकारी सस्थाका आकांक्षा हमाल, सरस्वती खड्का, भुमा स्वर्णकार, सुशीला वली,परियोजना संयोजक भिमकान्त चौधरी,पुरन अधिकारी,कुमार पुनलगायत १४जनाले रक्तदान गरेका थिए ।

सहकारी सस्थाकाक अध्यक्ष सहकारीका अध्यक्ष पद्मा हमालको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष रबिलाल घर्तीको प्रमुख आतिथ्यमा भएकको कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारीले महिलाहरुले आर्थिक रुपमा जीवनस्तर सुधार गर्न सहयोग पु¥याउने बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष घर्तिले महिलाहरुले रक्तदान कार्यक्रम गरेर पुण्यको काम गरेको भन्दै प्रशंसा गरेका थिए । साथै उनले आगामी दिनमा समेत यस्ता पुण्यका कामलाई निरन्तरता दिन आग्रह गरेका थिए । सहकारीका सस्थाका कोषाध्यक्ष सरस्वती खड्काको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका प्राबिधिक प्रमुख ठाकुर पौडेलले रक्तदान गरेपछि कमजोर भईन्छ भन्ने गलत मानसिकता रहेको भन्दै यसलाई हटाउन आग्रह गरेका थिए ।

कार्यक्रममा सुशिला वली, पार्वती बस्नेतलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सहकारी ब्यवस्थापक शान्ता घतीले गरेकी थिइन ।