कविता : यात्रा
श्रीराम दहित
एक्लै हिड्न मजा आउँछ उद्देश्य अनुसारका मार्ग खुल्छन्!
अप्ठ्यारा मार्ग होउन् पहाड ठडिउन् लक्ष्यमा हिड्दा अवश्य पुग्छन् !
तेर्सो समथल मार्ग हुँदैन यात्रा ठाडो उकालो मार्गमा सामना गर्नुपर्नेछ !
सहज सरल सहयात्री मात्र हुँदैनन्
यहाँ करनि र कथनिसंग सामना गर्नुपर्नेछ!
शिखर सुख्खा मरुभूमि गाउँ शहर जुनसुकै पथ होस् भेडो नबनि गर्नुछ यात्रा !
नदि जलाशय दह समुन्द्रमा जसरी नि तैरिनु पौडिनु छ जाल भित्रको माछा नबनि गर्नुछ यात्रा !
काँडाले चिथोरे पनि थचारिए पनि
ढुङ्गामा लक्ष्य शिरोधार्य गर्दै गर्नुछ यात्रा !
टन्टलापुर गर्मी मुटु कपाउँने जाडो झरी बादल अनि भोक तिर्खा जसरी नि गर्नुछ यात्रा !
लक्ष्य एक छ प्रकृतिसंग जिस्किदै मुस्कुराउँदै निश्पत्त अँध्यारोमा गर्नुछ यात्रा !
कलियुगमा एक्लै जुध्नु हिँड्नुको बेग्लै आनन्द हुन्छ ,लक्ष्य शब्दमा सिमित नराखी गर्नुछ यात्रा !
यात्रीले यात्रा गरि रहँदा प्रदर्शित हुन्छ दुरि शुन्य देखि असंख्यसम्म अशान्त शान्त भोग्दै लक्ष्यमा पुग्नुछ!
सुर्य चन्द्र पृथ्वी वायु अग्नि अनि जल निरन्तर एकात्मक गतिमा युगौं
स्वतन्त्र निष्पक्ष द्वन्द रहित यात्रा लक्ष्यमा पुग्नुछ!
