निःशुल्क दन्त शिविर, सय बढीले लिए सेवा
प्रिया स्मृति गजमेर
लमही, १७ चैत । लमही नगरपालिका–८ को वडा कार्यालयको आयोजना तथा राप्ती डेन्टल केयर लमहीको प्राविधिक सहयोगमा वडाका एक सय १० जनाले निःशुल्क सेवा लिएका छन् ।
राप्ती डेन्टल केयर लमहीका डाक्टर रोजिना अधिकारीको संयोजनमा राप्ती डेन्टल केयर लमहीका डाक्टर सुदांशु न्यौपाने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका डाक्टर निरोज खनाल र डाक्टर आयुष गौतमले बिरामीको चेकजाँच गरेका थिए । बिरामीलाई राप्ती डेन्टल केयर लमहीका तर्फबाट तीसजना दाँतका बिरामीलाई ब्रस, मन्जन, मुख कुल्ला गर्ने झोल औषधी, एन्टिबायोटिक र दुखाई कम गर्ने औषधी वितरण गरिएको थियो ।
शिविरमा सहभागी भएकालाई राप्ती डेन्टल केयर लमहीमा निःशुल्क टिकट उपलब्ध गराउने साथै दाँत सफा गर्ने, जरा नशादेखि उपचार गर्ने, सिमेन्ट भर्ने नक्कली दाँत राख्दा २० प्रतिशत छुटको व्यवस्था गरिने राप्ती डेन्टल केयर लमहीका प्रमुख डाक्टर रोजिना अधिकारीले जानकारी दिइन् । शनिवार लमही नगरपालिका–८ सतबरियामा आयोजना गरिएको निःशुल्क दन्त शिविरमा २० जनाको बिग्रेका, भाँचिएका दाँत फालिएको थियो ।
एकै दिनको शिविरमा यति धेरै दाँतका बिरामी भेटिनु जन चेतनाको कमी भएको राप्ती डेन्टल केयर लमहीका प्रमुख डाक्टर रोजिना अधिकारीले बताइन् । महिलाको पाठेघर जस्तै मुख पनि मानिसको संवेदनशील अंग हो भन्ने कुराको ज्ञान नभएकै कारण मुखका बिरामी धेरै बढ्ने गरेको उनको भनाई छ । ‘६÷६ महिनामा दाँत चेकजाँच गर्ने, हरेक तीन महिनामा ब्रस बदल्नु पर्दछ’ डाक्टर अधिकारीले भनिन् ।
