Goraksha

National Daily

के धरौटी फैसला हो ?

सुभाष न्यौपाने
धरौटी फैसला हैन राम्रोसँग बुझ्नु पर्दछ ।
लंग जम्प हाईजम्प नाग्न राम्रोसँग कुद्नु पर्दछ ।।
बैसाखी टेकेर दौडका समयमा पार हुन्न एलेटिक ।
हिसाबै नजान्नेले पास गर्न सक्दैन मेथमेटिक ।।

धरौटी फैसला सम्झे लडाई जितिन्न कहिले नि ।
न्याय युक्त कानुन र प्रमाण भए जितिन्छ नि ।।
धरौटी त मौका मात्र हो यदि तिमी सज्जन छौ भने ।
मुठिमा लिएर कानुन हुन्न न्याय कहिले पनि ।।

कास्की जिल्ला अदालतको ०८१÷०८÷२५ गतेको फैसलाले पूर्व गृह तथा उप प्रधानमन्त्री तथा राश्वपा सभापति रवि लामिछानेलाई सहकारी प्रकरण मुद्दामा ६५ लाख धरौटीमा रिहा गरेको छ । यो घटना त कास्की जिल्लाको सूर्य दर्शन सहकारीमा भएको आर्थिक अपचलन भनौ कि आर्थिक अनियमितताको विरुद्धमा भएको उजुरीका आधारमा भइरहेको थुनी कारबाहीको प्रसंगमा सरकारी वकिलको कार्यालय कास्कीका न्यायधिश वक्ता र रवि लामिछाने समर्थक वकिलको बिचमा भएको बहसको आधारमा गरिएको प्रारम्भिक सुनुवाई मात्र हो । यस प्रकरणमा कास्की जिल्लामा अदालतले अंग पु¥याएर फैसला गर्न अझै बाँकी नै छ ।

धरौटीमा रिहा गरेका कास्की जिल्ला न्यायाधिश नितिज राई विरुद्ध राष्ट्रिय स्वतत्र पार्टीकोतर्फबाट मुद्दा परेको छ । नितिजले त घटनाको बारेमा धेरै पढेर धेरै बुझेर गरेको यो प्रारम्भिक सुनुवाई मात्र हो । मान्छेबाट घटना घट्छ तर मान्छेबाट मानवता हराउनु हुँदैन भन्ने मानवीय समवेदनालाई ख्याल गरेर भएको आदेश हो धरौटीको आदेश । मान्छेबाट त्रुटी हुन्छ जसलाई सच्याउन मिल्दछ, मान्छेबाट अपराध हुन्छ, त्यसको पश्चाताप सजायबाट मात्र हुन्छ । रवि कुन सतह र श्रृंखलामा रहन्छन् त्यो त न्यायालयले आफ्नो अन्तिम फैसलामा बताउला ।

कुनै पनि संघ, संगठनका सदस्यहरुले आफ्नो नेतृत्वलाई देवदेवी मानेर स्तुती र स्मरण नगरौँ । उनीहरुमा पनि मानवीय स्वभाव त पक्कै आउँछ । उनहरु आफू मातहतकालाई तह लगाएर सज्जन, दर्जन र अपराधी कुनै पनि तहमा रहन सक्छन् । सज्जन छन् भने सदैव सम्मानित छन् । उनीहरु स्मरण योग्य छन्, दुर्जन छन् भने सुध्रन चाहेमा सुध्रने मौका दिनुपर्छ, यदि क्षमा, याचना गर्छन् भने सामान्य नसिहत अर्थात् चेतावनी दिइकन यदि अपराध नै भएको छ भने अपराधको घटना हेरेर घटना र बिगो अर्थात् क्षति बिगो त उनीबाछ हुनैपर्छ र हुन्छ र अपराध वाफत भोग्नु पर्ने कैद सजायलाई पनि बिगोमा परिणत गरेर भराउने प्रचलन पनि छ भने कुनै घटनामा सजाय वाफतको रकम जरिवाना बुझाउन नसक्ने भएमा सो जरिवाना वाफत पनि कैद सजाय भोग्नु पर्ने हुन आउँछ ।

कुनै पनि मुद्दाका अभियुक्तलाई थुन छेकको पैरवी पश्चात न्यायालयले छोडेका घटनाहरुलाई धरौटी भन्ने वित्तिकै मान्छेले कारागार नबासिकन बाहिरबाट झुवाट्ट हेर्दा साधारण तारिक जस्तो देखिने र सहज जीवनयापन जस्तो देख्दा अत्यन्त सरल देख्ने र मान्य गर्छन् । अदालतले त्यस्ता घटनाका दोषिलाई मात्र धरौटी जमानीमा कारागार मुक्त गर्न सक्छ जसबाट अब कुनै पनि हालतमा बयान फेरिन वा प्रमाण नष्ट हुन सक्दैन भन्ने विश्वास लाग्न सक्छ, त्यस्ता घटनाका दोषिलाई मात्र धरौटीमा रिहा गर्न सक्छ । नेपालको राजनीति कै कारण हो, अभियुक्तहरु शेर बन्ने प्रचलन छ । यो किमार्थ राम्रो सन्देश हैन ।

मानव शरीरको पूर्णरुप रहेको राजनीति नै अपराध र भ्रष्टाचारमा लिप्त भएपछि कसरी राजनीति सकुसल रहन सक्छ, कसरी निष्पक्ष र न्यायीक बन्न सक्छ ? जबसम्म नेपाली राजनीति अपराध र अन्ययामा लिप्त हुन्छ, तबसम्म यो मुलुकमा न्याय प्रभावकारी बन्न सक्दैन । हाम्रो देशमा एउटै व्यक्ति हरेक विषयको ज्ञाता र विज्ञ छ, अझ त्यसमा पनि राजन्ीति गर्ने मान्छे त प्रसिद्ध व्यापारी बन्नुपर्छ, उसका आलिसन महल हुनुपर्छ, उसको लागि साधारण बासले सोभ दिँदैन । महलसँगै सुविधायुक्त सवारी साधनलगायत सबै कुरा विलासी नै चाहिन्छ तर पनि उनीहरु जनताको लागि जनताको राजनीति गरिरहेका हुन्छन् । उनीहरुको गल्ती जनताले औंल्याइदिनु हुँदैन, किनभने उनीहरु त साधारण नागरिकभन्दा माथिका विशेष नागरिक हुन्, उनीहरुले सबै कर्म कुर्म जनताले उनीहरुको गल्ती औंल्याउन मिल्दैन ।

उनीहरुको विरुद्धमा कुनै आवाज उठ्नु हुँदैन । उनीहरु न्याय प्रशासन र सुरक्षा सबैबाट आजाद हुन पाउनुपर्छ । अहिले रविको पनि त्यही हालत भएको छ । धरौटी जमानतले अझै बुझ्न सकेको छैन, धरौटी जमानतको तारिखलाई लडाई जिते झै उत्सव मनाइरहेका छन् । लोकतन्त्र भनेर के गर्ने ? राज्यले नैतिक शिक्षा भन्ने विषय नै पढाउन छाडिसक्यो, लोकतन्त्र लुटतन्त्रमा परिणत भइसकेको छ । त्यसैको उपज हो रवि लामिछानेको अहिलेको अवस्था पनि । हिजो टेलिभिजन चलाउँदा पाएको वा, वा को मजा अहिले रविले स्वाद लिँदै छन् । हिजो टेलिभिजनमा समाचारभन्दा र अन्य कार्यक्रम सञ्चालन गर्दा जसरी रवि जनताको नाममा सत्तासिनसँग कुर्लन्थे त्यो कुर्लाई मित्र त जनता नै ठानी राखेका रहेछन् ।

त्यो अहिलेको धरौटी जमानतले जनताले बुझेको अझै बुझिसकेका छैनन् है । घण्टी समूहमा आक्रोस र इष्र्या बाहेक केही छैन । उनहरुरसँग तर्क छैन, हाम्रो रविलाई मात्रै किन अरु पनि खोजी र अनुसन्त्रान गर भन्नु छैन । हाम्रो रवि त रवि देवता हुन् अरुलाई कारबाही गर भन्ने मात्र उनीहरुको आवाज छ । रविलाई कारबारी गर्ने हुँदैन, रवित देवता हुन् भन्दै तुकन तर्कका कुरा गर्दा समाजमा तर जनता रविको समाचार कै भरमा रविप्रति सहानुभूति देखाउँछन् । रविको कालाबजारीप्रति उनीहरुको न त ज्ञान छ न त जिज्ञासा नै । उनीहरुको न त तर्कमा तुकनै छ, केवल ईष्या मात्र छ ।
यस्तो हुनुको एउटा कारण त तिनले कमाउने हामीले कमाउन नपाउने भन्ने पनि हो । यो पनि राजनीतिले एउटा गलत आचरण र प्रवृति हो । हाम्रो राजन्ीति सच्चिने मार्गतिर अहिलेसम्म अघि बढेको देखिएन । नेपालको सम्बन्धमा एउटा यस्तो प्रवृति हरेक जानकारहरुमा हवि भएर गइरहेको छ । जुन व्यक्ति जानकार पनि छ, त्यो काम गर्न मन्जुर छ र गर्न पनि सक्छ, त्यो ओहदामा योग्य भएर निर्वाचित हुन्छ, नियुक्ति पनि हुन्छ । त्यसपछि जनताको नाममा जनताको गाथा गाएकै भरमा जनताको मालिक बन्नु पर्ने रे ?

नेपालमा अहिले सबैतिरबाट त्यो प्रवृतिको विकास भइराखेको छ । पछिल्लो समयमा नेपालमा घटेका विभिन्न सरकारी सम्पत्तिको हिनामिना तथा भुटानी शरणार्थी प्रकरण, गिरिबन्धु प्रकरण लगायतका देश बेचुवा घटनाहरु जस्तै पछिल्लो समयमो व्वलन्त उदाहरण हो सहकारी ठगि प्रकरणको अपराधमा रवि लामिछानेको गिरफ्तारी र धरौटी जमानीमा तारेखमा रिहा आदि प्रसंग र प्रकरणले मुलुक तातिराखेको छ । वरिष्ठ विद्धान साथीहरुले बहस गरेका छन् अरे उनीहरुले के रविको पक्षबाट पैसाको मात्रै बहस गरेका हुन् । कानुनी बहस गरेका हैनन् ? त्यत्रो बिगोको आरोप लागेको व्यक्ति के अदालतले त्यतिकै प्रमाण नष्ट हुने गरी धरौटीमा छोडेको होला त ?

वरिष्ठ विद्धानहरुले आफ्नो क्लाईन्टलाई त्यति पनि जानकारी गराउँदैनन् ? बिगो र बिगो बराबरको जरिवाना हुने कानुनमा ? आफ्नो बसहमा तर्क पेस गर्नु त उपयुक्त नै हो, त्यत्रो फोजदारी अभियोगको घटना घटिसक्दा पनि हामीले मुद्दा जिवी र छवि हुन् त्यहाँ जविी र छविको पनि बयान छ । उनीहरुले पनि पक्कै केही त भनेका छन् ।

आफ्नो छाउको फुटे मितको टाउको बेलसरी भन्ने उखान त ती विद्धानहरुले पक्कै पनि सुनेका बुझेका र पढेका होलान् ? जस्तो अपराध गरे पनि सडकमा उफ्रे फिर्ता हुन्छ ? गाली गलोजले अपराध क्षम्मे हुन्छ ? यस्तो पनि न्याय यिनले कसरी न्यया दिन्छन् ? उल्टै चोर को त वालको डाँठे भन्ने युक्ति यहाँ पुष्टि भइराखेको छ के चोर ठुलो स्वर गर्दैमा सज्जन बन्न सक्छ त ? आफ्नो श्रमको शुल्क लिनुपर्छ लिन्छन् तर गलत दलित गरेर गलत नजिर कायम गर्न खोज्नु अपराध हो ।

कुनै पनि विषय न्यायलयमा पुगिसकेपछि पनि सडकबाट र सञ्चार माध्यमबाट आफू कोही पनि पवित्र रहेको पुष्टि गराउन खोज्नु असाध्यै खतरनाक अभ्यास हो । जसले न्यायलाई कब्जामा राख्ने हतकण्डा निरन्तर अपनाइरहेको देखिन्छ । सामान्यतया न्यायमा आङको टाङ फरक पर्ने गरी निर्णय गरिनु र गर्न लगाउन दोषि गर्नु त्यो सबैभन्दा ठुलो अपराध मानिन्छ । हाम्रो नेपालमा पनि पहुँच बालाहरुले त्यसैगरी न्यायलाई घिसार्न र खेद्न उद्देश्य रहेको देखिन्छ । त्यस्ता घटनाहरुको आधार नै नेपालको सन्दर्भमा नेपाली राजनीति हो । उनीहरु सधै सुपर बन्न राजनीतिको आडमा न्यायलाई मुठिमा राख्ने कोशिस गरिरहन्छन् ।

जतिबेलासम्म गोरखा मिडिया सेन्टरलाई चाहिने आर्थिक व्यवस्थापन लगायतका सबैखाले व्यवस्थापनको जिम्मा जिवी र छविलाई दिएर आफूले सञ्चार केन्द्र हाक्दाका बखत जसरी जिवी राईको बयान हुन्थ्यो उहाँ त अत्यन्त होनाहार लगनशील तथा सहयोगी आफू सहभागी भएका निकायको जुनसुकै विभागमा पनि तुरुन्तै आँखा पु¥याउने त्यहाँको समस्याबारे अध्ययन गर्ने जानकारी लिने र समस्या समाधानका निमित्त तुरुन्त तत्पार हुने भनेर जसरी गुनगान गाउँथे, सहकारी प्रकरणको आगो सल्किँदै गएपछि संयोग पनि उनी पहिलो पल्ट गृहमन्त्री हुँदाखेर नै सहरकारी प्रकरणको आगो बलेर भुंग्रो भइसकेको थियो । जसको कारण रवि गृहमन्त्री हुँदा जिवी भन्ने शब्द र अक्षर बोल्न र लेख्न, अनि देख्न समेत नपरे हुन्थ्यो भन्ने अवस्थामा आइसकेका थिए ।

उनी गृहमन्त्री हुँदा अरुहरुको फाइल पल्टाउ ? भन्दै गर्दा उनको मुद्दामा देखिने धपक्क बलेको रोशनी जिवी राईके नाम लिने समयमा रोशनीमा रहेको चमक हराइसकेको हुन्थ्यो । त्यसैबेला फाइल पल्टाउ भन्ने बेलामा जो जो थिए तिको फाइल पल्टाइदिएको भए आज म माथि अन्याय भयो भन्दै रुनु पर्ने थिएन । जिविको नाम सुनद्या तर्सन पर्ने नियम नि ? तिम्रो हातको लाठी हान्देको भए जसलाई जहाँ लाग्थ्यो । तिमी पहिलेदेखि नै पानी माथि बसेर ओभानो भइरहन खोज्यौ, त्यसैको परिणाम हो यो बुझ्यौ ? विधिको विधानलाई कसैले पनि सधै मुठिमा लिइराख्न सक्दैन । यस्ता कुराको सधै हेक्का राख्नुपर्छ । हिजो टेलिभिजन चलाउँदाको तिम्रो प्रसिद्धिले तिमीलाई सकारात्मकभन्दा नकारात्मक सोचको विकास गराए छ ।

त्यो अवस्थाको बारेमा तिमिीले पहिले नै ज्ञान पाएको भए तिमी अलिकति भए पनि सकारात्मक सोचतिर अगाडि बढ्न सक्थ्यौ कि ? तर विडम्बना हरेक मानिसको मति बिग्रेपछि गति अर्थात् गन्तव्य लक्षित रहँदैन रे ? तिमी पनि त्यस्तै रह्यौ किनभने कास्कीमा पैसठ्ठी बुझायौ, काठमाडौँमा साठीको आदेश आयो क्रमश यस्तै प्रकारको धरौटी कति जिल्लामा राख्दै जान सक्छौ ? तिम्रो धरौटी राश्वपा ती माला र टिका लगाएर तिमी कस्डडीबाट बाहिर निस्कँदा थपडी बजाउनेले व्यहोर्छन् ? दुई तिनवटी स्वास्नी छन् रे कतिसँग त पारपाचुकेले पार पाएका छौ ? त्यो पनि त व्यहोर्नु प¥यो होला । कि तिम्रो धरौटी स्वर्णीय र मुकुले व्यवस्था गर्छन् ?

तिमीलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएपछि बल्ल सुरु भएको । सहकारी पीडित सरकार । रविको लडाई हजार चोर कस्डडीमा जाने चोरले पाएको जस्तो राम धुलाई त तिमीलाई दिइएन होला ? किनभने तिमी त अर्बको पोखरीमा डुबुल्की मारिराखेका थियौ ? सायद तिमीलाई देखेर पुलिस पनि डरायो होला हैन ?

त्यसै बसन्त कुवर तिमीलाई ढाइस दिन संसदीय समितिको बैठक बसिराखेको ठाउँमा निर्लज्ज प्रवेश गर्दै गृहमन्त्री जो हुनुहुन्छ । अब तिम्रो धरौटी प्रकरणले प्रहरी प्रमुख बसन्त कुवरलाई गिरफ्तार गरेर अपराध अनुसन्धानको प्रक्रिया थालनी गर्न सहज हुनेछ । बसन्तलाई धरौटी पनि मिल्नु हुँदैन, किनभने उनको चरित्र प्रहरी प्रमुखको जस्तो सम्वेदनशील ओहदाको चरित्र रहेन त्यसैले उनलाई तत्काल गिरफ्तार गरेर थुनी कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्छ ।