calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

शिक्षाले ल्याउने समृद्धि : एक विश्लेषण

यादव गिरी

शिक्षा मानव जीवनको आधारभूत आवश्यकता हो । यसले व्यक्तिको मात्र नभई सम्पूर्ण समाज र राष्ट्रको समृद्धिमा पनि महङ्खवपूर्ण भूमिका खेल्छ । शिक्षा मानिसलाई चेतना, ज्ञान, सिप र व्यक्तित्वको विकास गराउने मूल उपकरण हो । यस आलेखमा शिक्षा र यसले ल्याउने समृद्धिबारे विस्तृत विश्लेषण गरिनेछ ।

शिक्षा ज्ञान, सिप र मूल्यहरुको प्रसारण प्रक्रिया हो । यो औपचारिक, अनौपचारिक र अव्यवस्थित रुपमा प्राप्त हुन सक्छ । विद्यालय, कलेज, विश्वविद्यालय र व्यावसायिक तालिमले औपचारिक शिक्षाको भूमिका निर्वाह गर्दछ । घरपरिवार, समाज र अनुभवले अनौपचारिक शिक्षा प्रदान गर्छन् । शिक्षा जीवनभरि सिकिरहने प्रक्रिया हो, जसले व्यक्तिलाई आफ्नो क्षमताको अधिक्तम प्रयोग गर्न सहयोग पु¥याउँछ ।

व्यक्तिगत विकास :

शिक्षाले मानिसलाई नैतिकता, अनुशासन र जिम्मेवारी सिकाउँछ । यसले मानिसको व्यक्तित्वलाई परिपक्व बनाउँदै आत्मनिर्भरता विकास गर्दछ । शिक्षा मानिसको जीवनलाई परिष्कृत, सुसंस्कृत, र उद्देश्यपूर्ण बनाउने प्रमुख साधन हो । यसले व्यक्तिलाई आफ्नो क्षमता र व्यक्तित्व विकास गर्न, चुनौतीहरुको सामना गर्न, र जीवनका विभिन्न पक्षमा उत्कृष्टता हासिल गर्न प्रेरित गर्दछ । व्यक्तिगत विकास भनेको मानसिक, भावनात्मक, सामाजिक, र व्यावसायिक रुपान्तरणको प्रक्रिया हो, जसमा शिक्षा महङ्खवपूर्ण आधारशीला हो । शिक्षाले मानिसलाई आत्मज्ञान प्रदान गर्छ । यसले आफूलाई चिन्ने, आफ्नो क्षमताहरु पहिचान गर्ने र कमजोरी सुधार गर्ने मार्गदर्शन पनि गर्दछ । शिक्षाले जीवनका विविध आयामबारे ज्ञान दिँदै चेतनास्तरलाई उच्च बनाउँछ ।

शिक्षित व्यक्तिमा तर्क र विवेकपूर्ण सोचको विकास हुन्छ । यसले मानिसलाई परिस्थितिलाई सही रुपमा विश्लेषण गरी उचित निर्णय लिन सक्षम बनाउँछ । शिक्षाबिना मानिसहरु अक्सर परम्परागत मान्यतामा बाँधिएर गलत निर्णय गर्न सक्छन् । शिक्षाले व्यक्तिलाई आत्मनिर्भर बनाउँछ । आर्थिक, सामाजिक र भावनात्मक रुपमा आत्मनिर्भर हुन शिक्षाले सिप र ज्ञान प्रदान गर्दछ । शिक्षित व्यक्तिहरुमा आत्मविश्वास उच्च हुन्छ, जसले उनीहरुलाई चुनौतीहरु सामना गर्न तयार बनाउँछ । शिक्षाले मानिसको बोलीचाली, व्यवहार र आचरणलाई सुसंस्कृत बनाउँछ । यसले व्यक्तित्वलाई सन्तुलित, सहिष्णु र परिपक्व बनाउँछ ।

शिक्षित व्यक्तिहरुले आफ्नो विचार प्रस्तुत गर्न सक्षम हुँदै आफ्नो व्यक्तित्वलाई प्रभावकारी समेत बनाउँछ । साथै व्यक्तिलाई व्यावसायिक, सामाजिक र व्यक्तिगत जीवनका लागि आवश्यक ज्ञान र सिप प्रदान शिक्षाले नै गर्छ । कुनै पनि कार्यमा दक्षता हासिल गर्न शिक्षा अपरिहार्य छ । व्यावसायिक तालिम र शैक्षिक पाठ्यक्रमले व्यक्तिको दक्षतामा सुधार ल्याउँछ । शिक्षाले मानिसलाई सत्य, अहिंसा, सहिष्णुता र आदरजस्ता मूल्यहरु सिकाउँछ । यसले नैतिकता र सामाजिक जिम्मेवारीको महङ्खव बुझ्न सहयोग गर्छ । शिक्षाले मानिसलाई केवल व्यक्तिगत सफलता मात्र नभई समाजप्रतिको दायित्वबोध पनि गराउँछ ।

शिक्षाले मानिसलाई जीवनमा उद्देश्यपूर्ण काम गर्न प्रेरित गर्छ, जसले मानसिक सन्तुलन र खुसी प्रदान गर्छ । शिक्षित व्यक्तिहरुमा मानसिक समस्या कम हुने सम्भावना हुन्छ, किनभने उनीहरु समस्याहरुको समाधान खोज्न सक्षम हुन्छन् । शिक्षाले सृजनशीलतालाई प्रोत्साहन गर्छ । नयाँ विचार र नवप्रवर्तन शिक्षित व्यक्तिहरुबाटै सम्भव छ । यसले व्यक्तिलाई सिर्जनशील गतिविधिमा संलग्न गराउँदै आफ्नो जीवनलाई अर्थपूर्ण बनाउँछ । शिक्षित व्यक्तिहरु स्वास्थ्य, सरसफाइ र जीवनशैलीमा सचेत हुन्छन् । उनीहरु स्वस्थकर खाना, शारीरिक व्यायाम र समय व्यवस्थापनको महङ्खव बुझ्छन् । शिक्षाले सकारात्मक र व्यवस्थित जीवनशैली निर्माण गर्न मद्दत पु¥याउँछ ।

शिक्षित व्यक्तिहरु समाजका लागि प्रेरणादायी उदाहरण बन्न सक्छन् । उनीहरुको ज्ञान, व्यक्तित्व र कार्यशैलीले अन्य व्यक्तिहरुलाई सकारात्मक रुपमा प्रभावित गर्छ । व्यक्तिगत विकासका लागि शिक्षा एक अनिवार्य उपकरण हो । यसले व्यक्तिलाई मानसिक, सामाजिक र व्यावसायिक रुपमा सक्षम बनाउँछ । शिक्षा भनेको केवल औपचारिक प्रक्रिया मात्र होइन यो जीवनको निरन्तर यात्रा हो, जसले व्यक्तिलाई सफल सन्तुलित र सशक्त बनाउँछ । शिक्षित व्यक्ति समाज र राष्ट्रको समृद्धिमा योगदान पु¥याउने आधारशीला हो ।

सामाजिक परिवर्तन :

शिक्षा सामाजिक अन्याय, जातीय भेदभाव र लैङ्गिक असमानता हटाउन सशक्त माध्यम हो । आर्थिक प्रगतिले शिक्षित जनशक्ति उत्पादनशील हुन्छ नै । यसले रोजगारको अवसर सिर्जना गर्दै आर्थिक समृद्धि ल्याउँछ । शिक्षा समाजको परिवर्तन र विकासका लागि एक सशक्त साधन हो । यसले व्यक्तिहरुमा चेतना, सोच र व्यवहारमा परिवर्तन ल्याएर समग्र समाजलाई रुपान्तरण गर्न मद्दत पु¥याउँछ ।

सामाजिक परिवर्तन भनेको परम्परागत अभ्यास, मूल्य र संरचनाहरुमा सुधार ल्याएर नयाँ र प्रगतिशील समाज निर्माण गर्ने प्रक्रिया हो । शिक्षाले यस परिवर्तनमा महङ्खवपूर्ण भूमिका खेल्छ । शिक्षाले समाजमा रहेका जातीय, धार्मिक, लैङ्गिक र आर्थिक असमानताहरु हटाउन मद्दत गर्दछ । शिक्षित समाजमा समान अवसर र सम्मानको महङ्खवलाई प्राथमिकता दिइन्छ । शिक्षाले महिलाहरुलाई सशक्त बनाउँदै उनीहरुको अधिकारको बारेमा सचेत बनाउँछ भने जातीय विभाजनलाई तोड्दै एकतामा जोड दिन्छ ।

अन्धविश्वास, बालविवाह, छुवाछुत, दाइजो प्रथा र अन्य कुरीतिहरु विरुद्ध चेतना फैलाउँदै शिक्षाले वैज्ञानिक सोच र तर्कशक्ति विकास नागरिकहरुलाई लोकतन्त्रको महङ्खव र आफ्नो जिम्मेवारीबारे सचेत बनाउँदै शिक्षित नागरिकले आफ्नो अधिकारको संरक्षण मात्र गर्दैनन् बरु सामाजिक न्याय, पारदर्शिता र जवाफदेहितालाई प्रवर्धन समेत गर्दछन् । भ्रष्टाचार अधिनायकवाद र विभेदका विरुद्ध आवाज उठाउने भनेकै शिक्षित समाजले हो । शिक्षाले रोजगारमूलक सिप र ज्ञान प्रदान गरेर मानिसलाई आत्मनिर्भर बनाउँछ ।

यसले गरिबी घटाएर आर्थिक असमानतालाई कम गर्न सहयोग गर्छ । नयाँ उद्यम स्थापना गरेर रोजगारी सिर्जना गर्न गर्दैे समाजको समग्र जीवनस्तर सुधार शिक्षित व्यक्तिहरुले गर्ने हो । यस अर्थमा पनि समाज परिवर्तनमा शिक्षाको महङ्खव झल्किन्छ । शिक्षाले विभिन्न धर्म, संस्कृति र समुदायबिच सहिष्णुता र आपसी समझदारी विकास गर्छ । यसले सामाजिक एकतालाई प्रोत्साहन गर्दै द्वन्द्वको अन्त्य गर्न शिक्षित समाजले विविधतालाई स्वीकार गर्दै सहयोग र सहकार्यलाई प्राथमिकता दिएको हुन्छ ।

शिक्षाले समाजलाई नयाँ प्रविधि र विज्ञानको प्रयोगमा सक्षम बनाउँन जीवनलाई सहज र प्रभावकारी बनाउँदै सामाजिक विकासलाई तीव्र बनाउँछ साथै डिजिटल साक्षरता समाजमा सूचना र सञ्चारको सहज पहुँच प्रदान गरेको हुन्छ । साथै वातावरणीय सचेतना विकास गरेर दिगो विकासको मार्गप्रशस्त गर्न शिक्षित समाजले प्रकृतिसँग सन्तुलन कायम राख्दै स्रोतहरुको सही उपयोग गर्न समेत सिकाउँछ ।

शिक्षा सामाजिक परिवर्तनको मुख्य आधार हो । यसले चेतना, समानता, र न्यायको भावना विकसित गरेर समाजलाई नयाँ युगतर्फ डो¥याउँछ । शिक्षित समाजले परम्परागत कुरीति र अन्धविश्वासलाई परित्याग गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक प्रगतिमा योगदान दिन्छ । यदि शिक्षालाई सबै क्षेत्रमा समान रुपमा प्रवाह गरियो भने समाजमा दिगो परिवर्तन सम्भव छ । ‘शिक्षा’ केवल व्यक्तिको जीवनको परिवर्तन होइन, यो सम्पूर्ण समाजको प्रगतिका लागि दीपक हो ।

सांस्कृतिक संरक्षण :

शिक्षा विभिन्न समुदाय र संस्कृतिको पहिचान र संरक्षणको लागि महङ्खवपूर्ण छ । सांस्कृतिक संरक्षण भनेको एक समाज, समुदाय वा राष्ट्रको परम्परा, मूल्य, भाषा र सम्पदालाई सुरक्षित राख्नु हो । यो भविष्यका पुस्तालाई आफ्नो पहिचान र इतिहासबारे जानकारी दिनका लागि अनिवार्य छ । शिक्षा सांस्कृतिक संरक्षणको सबैभन्दा प्रभावकारी साधन हो । यसले व्यक्तिहरुलाई आफ्नो सांस्कृतिक सम्पदाप्रति गर्व गर्न सिकाउँछ, यसको महङ्खव बुझ्न प्रेरित गर्छ र यसको दीर्घकालीन अस्तित्व सुनिश्चित गर्न योगदान पु¥याउँछ । शिक्षाले पुस्तौँदेखि पुस्तामा परम्परा र इतिहासको हस्तान्तरण गर्न महङ्खवपूर्ण भूमिका खेल्छ ।

पाठ्यक्रम, पुस्तक र अन्य शैक्षिक सामग्रीमार्फत् विद्यार्थीले आफ्नो संस्कृति र परम्पराबारे जानकारी प्राप्त गर्छन् । अर्कोतर्फ भाषा संस्कृति संरक्षणको मूल आधार हो । शिक्षाले भाषाको महङ्खव बुझाउँदै यसको प्रयोगलाई प्रवर्धन गर्छ । मातृभाषाको शिक्षा प्रदान गरेर भाषा विलयको जोखिमलाई कम गर्न सकिन्छ । शिक्षाले समाजको भौतिक र अमूर्त सम्पदाको महङ्खव र संरक्षणबारे जनचेतना फैलाउँछ । सङ्ग्रहालय भ्रमण, सांस्कृतिक कार्यक्रम, र अध्ययन परियोजनाहरुले सम्पदाप्रति विद्यार्थीहरुको चासो र जिम्मेवारी बढाउँछ । शिक्षाले भिन्न–भिन्न संस्कृतिबारे जानकारी दिँदै विविधतालाई सम्मान गर्न सिकाउँछ । यसले सहिष्णुताको भावना विकास गरेर विभिन्न समुदायबिच आपसी सद्भाव कायम राख्छ । शिक्षाले संस्कृति र परम्परालाई नयाँ युग अनुसार रुपान्तरण गर्न प्रेरित गर्दछ ।

यसले पुरानो परम्परालाई आधुनिक जीवनशैलीसँग सन्तुलन गर्न मद्दत गर्दछ । शिक्षाले चाडपर्व र सांस्कृतिक परम्पराको महङ्खवबारे जनचेतना फैलाउँछ । विद्यार्थीलाई यस्ता पर्वहरुको ऐतिहासिक र सामाजिक पक्षबारे जानकारी दिइन्छ, जसले तिनको संरक्षणमा योगदान पु¥याउँछ । शिक्षाले सांस्कृतिक पर्यटनको महङ्खव बुझाएर पर्यटनसँग सम्बन्धित क्षेत्रको संरक्षणमा ध्यान केन्द्रित गर्दछ । यसले देशको सांस्कृतिक पहिचानलाई प्रवर्धन गर्छ । शिक्षाले संस्कृति, इतिहास र परम्पराबारे अनुसन्धान गर्न प्रेरित गर्दछ ।

विश्वविद्यालयहरु र अनुसन्धान संस्थाहरुले सांस्कृतिक सामग्रीको दस्तावेजीकरण गरेर यसको संरक्षणमा योगदान पु¥याएको हुन्छ । सांस्कृतिक संरक्षणका लागि शिक्षा एक प्रभावकारी र दिगो उपाय हो । यसले परम्परागत ज्ञान, भाषा, कला र सम्पदालाई जोगाउन मात्र होइन, नयाँ पुस्तालाई तिनको महङ्खव बुझाउन र संरक्षण गर्न प्रेरित गर्छ । यदि शिक्षालाई सांस्कृतिक संरक्षणको केन्द्रमा राखेर नीति निर्माण गरियो भने हाम्रो पहिचान र परम्परा सर्दाका लागि जीवित रहन सक्छ । ‘शिक्षा भनेको संस्कृति र सभ्यतालाई भविष्यसम्म जोड्ने सेतु हो’ ।

शिक्षा र समृद्धिबीचको सम्बन्ध :

शिक्षा र समृद्धिबिच गहिरो अन्तरसम्बन्ध छ । शिक्षा व्यक्तिको ज्ञान, सिप र क्षमता विकास गर्दै व्यक्तिगत र सामूहिक जीवनलाई समृद्ध बनाउँछ । समृद्धि भनेको केवल आर्थिक सम्पन्नता मात्र होइन, यो सामाजिक, सांस्कृतिक, र मानसिक प्रगतिसँग पनि जोडिएको छ । शिक्षाले दिगो विकास, जीवनस्तरको सुधार र समाजमा समग्र परिवर्तन ल्याउन महङ्खवपूर्ण भूमिका खेल्छ ।

शिक्षाले मानिसलाई रोजगारीका लागि आवश्यक सीप र ज्ञान प्रदान गर्छ । यसले उत्पादकत्व र आयमा वृद्धि गराउँछ । शिक्षित व्यक्तिहरु रोजगारका अवसरहरुमा सहज पहुँच राख्छन् जसले आर्थिक गतिविधिलाई तीव्रता दिएको हुन्छ । व्यक्तिहरुलाई नयाँ व्यापार सुरु गर्न प्रेरित गर्छ, जसले अर्थतन्त्रमा योगदान पु¥याउदै व्यक्तिहरुको आम्दानी स्तर सहयोगी वन्दै परिवार र समाजको आर्थिक समृद्धिमा सहयोग गरेको हुन्छ ।

अर्कोतर्फ आयमा वृद्धि हुनुनै गरिबी घटाउनमा शिक्षाको भूमिका रहनु हो । शिक्षाले मानिसलाई आत्मनिर्भर बनाउँदै गरिबीको दुष्चक्र तोड्न सहयोग गर्नु हो । समाजमा समानता, न्याय र समावेशीताको वातावरण सिर्जना गर्दै विभेद र असमानता हटाएर सामाजिक सद्भावलाई प्रवर्धन गर्नु पनि हो । शिक्षाले स्वास्थ्य, सरसफाइ र पोषणबारे सचेतना फैलाउँदै स्वस्थकर जीवनशैली अपनाउन प्रवर्धन गर्दै बालमृत्युदर घटाउन, खोप लगाउने दर बढाउन र जीवन प्रत्याशा सुधार गर्न मद्दत गर्दछ ।

शिक्षाले व्यक्तिको मात्र नभई समाज र राष्ट्रको समृद्धिमा योगदान पु¥याउँछ । शिक्षित जनशक्ति उत्पादन गरेर राष्ट्रले औद्योगिक, कृषि र सेवा क्षेत्रको विकास गर्न सक्छ । शिक्षाले व्यक्तिलाई सशक्त, आत्मनिर्भर र सामाजिक रुपमा जिम्मेवार बनाउँछ । शिक्षा र समृद्धि एकअर्काका परिपूरक हुन् । शिक्षा बिना दिगो समृद्धि सम्भव छैन र समृद्धि बिनाशिक्षा सबल बन्न सक्दैन । यसैले प्रत्येक व्यक्तिको शिक्षामा पहुँच सुनिश्चितता गर्न सरकार र समाजले संयुक्त रुपमा प्रयास गर्न आवश्यक छ । समृद्ध समाज निर्माणका लागि शिक्षा नै प्रमुख आधार हो ।