Goraksha

National Daily

जलवायु परिवर्तनको परिणाम

भुपेन्द्र सुवेदी

विश्वमा भइरहेको मौसम परिवर्तनले दिन प्रतिदिन जलवायुमा परिवर्तन देखिइरहेको छ । यही जलवायु परिवर्तनले निम्त्याउन सक्ने समस्याप्रति हामी कति सचेत छौँ त ? गत हिउँद वर्षा नहुनुका कारण प्रतक्ष वा परोक्ष रुपमा हाम्रो वातावरणमा असर परेको छ । जहाँ पहिले कृषि क्षेत्रलाई ठुलो मारमा परेको छ भने अन्य वन क्षेत्र हाम्रो राष्ट्रिय सम्पदा समेतमा ठुलो क्षति पुगेको छ । सम्पूर्ण नेपालको वन क्षेत्र त उसै पनि नष्ट हुँदै छन् ।

वन क्षेत्रको नजिकका बासिन्दालाई भू–क्षयको सङ्कटमा पारेको छ । यो जोखिमले अत्यन्तै समस्यामा पारेको स्थिति छ । नेपालका विभिन्न क्षेत्रका वनमा आश्रित नागरिक तथा सामुदायिक वन समूहले अहिले सचेतता अपनाउनु पर्ने बेला आएको छ । त्यसका लागि उपभोक्ता समूह जो वन क्षेत्र नजिक बसोबास गर्छन् उनीहरुलाई सरकारी निकाय, वन कार्यालय अन्तर्गका विविध कार्यालयसँग समकार्य र समन्वय गर्न सचेत बनाउनु पर्छ ।

विशेष गरेर वर्षाको समयमा बाढी, पहिरो, भू–क्षयको जोखिम हुने हुँदा यसप्रति विशेष सचेतता अपनाउन जरुरी छ । यिनै बाढी, पहिरो, भूक्षय तथा डढेलोलगायतका प्राकृतिक प्रकोपसँग बच्न र त्यसको नियन्त्रणमा सके वनसमूहले आफै प्रयास गर्नु पर्छ । यदि त्यो वन समूहको वशभन्दा बहिर र आर्थिक भार बढी हुने स्थिति आउ सरकारी निकाय, वनसँग सम्बन्धित विविध निकायसँग सहकार्य र समन्वय गर्नु अत्यन्त जरुरी छ । अझ सरकारी निकाय वा वनसँग सम्बन्धित विविध नियकाले आफै सामुायिक वन उपभोक्ता समूहहरुसँग सहकार्य र समन्वय समयमै गरी आर्थिकसँग अन्य सहयोग पनि गर्नु सरकारको दायित्व हो भने हामीले त्यस्ता खालका जानकारी सरकारी निकायसम्म पु¥याउनु नागरिकको प्रमुख दायित्व हो ।

यसैगरी पहाडी र तराई क्षेत्रमा आजको समयमा राज्यबाटै जथाभावी सडक निर्माण गर्दा वायोइन्जिनियरिङ बिना खनिएका ती सडकका परिणाम पनि मानव जीवनलाई दीर्घरुपी प्रभाव पर्ने देखिन्छ । पानीका मुहान सुक्दै जानु, बाढी, पहिरोका प्रमुख कारण नै सडकका लागि खोलिएका नयाँ ट्रयाक बनेका छन् । सडक खन्ने होस् या वनमा लाग्ने डढेलो होस् यस सम्बन्धमा सामुदायिक वन समूहका उपभोक्ता जानकार छन् । जानकार हुँदाहुँदै पनि कतिपय स्थानमा आफ्नो हेल्चक्राइले मानवीय क्षति हुने खालका ठुला घटना घटेका छन् । कैयौ सुरक्षाकर्मी तथा वन समूहका उपभोक्ताले ज्यान गुमाएको हामीले थाहा पनि पाएका छौँ ।

वनमा लागेको डढेलो गाउँ तथा मानव बस्तीमा सल्किएर गाउँ नै सखाप पारेको घटना हामी सामु छर्लङ्गै छन् । सडक निमार्णको कामले देशको धेरै भू–भागमा बाढी, पहिरो, डुबानलगायतले पु¥याएका क्षति भरणले प्रत्येक वर्ष राज्य–कोष रित्तिँदै छ । त्यसैले डढेलो नियन्त्रण, सडक निर्माण नीति सरकारले बनाउनु पर्छ । वन क्षेत्रसँग नजिक बस्ने वन उपभोक्ता तथा गाउँबस्तीको जीवनलाई मध्यनजर गरेर सरकारले वन नीति उपभोक्तामैत्री बनाउन जरुरी छ । यसमा वन पभोक्ता समूहले सरकारसात दिनु र सहकार्य गर्नु गर्नु पर्छ । सरकारको पक्षबाट काम भएकाछन्, भएका छैनन् भन्न मिल्दैन । तापनि सुख्खा मौसममा राष्ट्रिय वन क्षेत्रमा बढी डढेलो फैलर्ने गर्छ । राष्ट्रिय वन क्षेत्रमा लागेका आगोले त्यस क्षेत्र आसपासका बस्ती मारमा परेको देखिन्छ । यसप्रति पनि सरकारी निकायको विशेष ध्यान जनु जरुरी छ ।

जलवायु परिवर्तनको प्रभावले पानीका मुहान सुक्दै गएका छन्, त्यसैमाथि सरकारी निकायका आडमा वन क्षेत्रमा अवैज्ञानिक तवरले सडक निमार्ण र अन्य निमार्णका नाममा जथाभावी डोजर चलाइनुले हामीले अनाहकमा प्राकृतिक प्रकोप भोग्न बाध्य भएका छौँ । सडक निर्माण गर्ने नाममा खनिएका माटो खोला, नदीमा फालिनाले खोला, नदीका धार परिवर्तन भएर पानीका मुहानले बाटो फेर्नुका साथै बाढी, पहिरो मानव बस्तीमा पुग्ने समस्या निम्तिएका छन् । यस्ता खालका समस्याले गाउँबस्तीको उठीबास लाग्ने अवस्था निम्तिएको छ । अब पनि अवैज्ञानिक तवरले पहाडी क्षेत्रमा सडक ट्रयाक खन्ने हो भने केही वर्षमा खोला, नदी तट आसपासका गाउँबस्तले बसइँ सर्ने छन् ।

खोला, नदीले धार परिर्वतन गरे पानीको मुहानमा समेत असर परेको देख्न सक्ने छौा । पुर्खौँदेखि बस्दै आएका ती बस्तीले पानीकै हाहाकारले आफ्नो वासस्थान छोड्न बाध्य हुने छन् । राज्यले विकास निमार्णका काम गर्दा, जुन स्थानमा विकास निर्माण गर्ने हो त्यहाँका गाउँबस्तीसँग राय, सुझाव लिएर मात्र गर्नु पर्ने देखिन्छ । किनभने हिजो हामीले सार्वजनिक सडक, सार्वजनिक स्कुल, सार्वजनिक स्थान मानव बस्तीको वास्ता नगरी धेरै स्थानमा सिमेन्ट उद्योग खोल्ने इजात सरकारले दिएको छ ।

त्यसको असर पनि बिस्तारै ती क्षेत्रका आसपासका गाउँबस्तीमा देखिन थालेको छ । यसमा स्थानीय विद्यालय, सार्वजनिक यातायात, विद्यालयका बालबालिका समेत मारमा परेका छन् । यसप्रति पनि सरकारी पक्ष तथा आम नागरिकको पक्ष सचेत हुनु पर्ने बेला आएको छ । हुँदा–हुँदा नेपालको महङ्खवपूर्ण वनसम्पदाभित्र पर्ने कालीगण्डकीका शिला समेत भारतको अयोध्या पु¥याइएको छ । आगामी दिनमा राम जन्मभूमि मानिएका अन्य स्थलमा समेत पठाउने होला । दुईवटा ठुला चट्टान नेपालको सौगात बनेर भारतको अयोध्यामा पुगेका छन् । यो फरक पाटो भयो ।

मानव लापरवाहीका कारण वातावरणमा परेको असरले जलवायुमा परिवर्तन व्यापक रुपमा देखिन थालेको छ । यसरी भएको जलवायु परिवर्तनले यही वातावरणमा प्रभाव पार्ने हो । त्यही वातावरणमा परेको प्रभावले पुनः यही मानव जातिमै फिर्ता हुने हो । यसको परिणाम हामीले अल्पवृष्टि, अनावृष्टि, अण्डवृष्टि, अतिवृष्टि, बाढी, पहिरो, भूक्षय, डढेलोलगायतका प्राकृतिक प्रकोप भोग्न बाध्य छौँ । तसर्थ मानव क्रियाकलापमा सुधार ल्याउन जरुरी छ । वाताअनुकूल, वातावरणमैत्री अनुसार मानव क्रियाकलापमा सुधार ल्याउनु पर्छ । त्यो चाहे सरकारी निकायबाट होस् या आम नागरिकबाट, यदि हामीले मानव क्रियाकलापमा सुधार ल्याउन सकेनौँ भने आगामी वर्षमा अझ भयानक प्राकृतिक प्रकोप हामीलाई भोग्नु पर्ने छ ।