calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

पुस्तक समीक्षाः ‘गीता महात्म्य’ हेर्दा

गुरुप्रसाद शर्मा रेग्मी

१३, १४ सालदेखि नै अग्रज साहित्यकारको रुपमा चर्चित भए पनि स्वान्त मुखायको रुपमा लैख्ने र राख्ने, पत्रपत्रिकाले कसैले मागे भने प्रकाशनको लागि दिँदै आउनुभएका कवि एकराज शर्मको गीता महात्म्यको पुस्तक मेरो हातमा पर्न गयो । पुस्तक हेर्दा मलाई नयाँ अनुभव र अनुभूति हुन गयो । एउटा जीवनको उत्तरार्धमा पुगेको व्यक्तिले सरसर्ती पढेर सुनाउने अरु पुस्तक जस्तो नभएको गीताको अठार अध्यायको अनुवाद मात्र गर्नुभएको छैन । ज्ञानले अतृप्त भएका ऋषिहरुले आफ्ना अग्रज ऋषिहरुसामू जिज्ञाशाको रुपमा प्रस्तुत गरिएका विषयगत समस्याहरुलाई फरक ढङ्गले पस्केको देखिन्छ । ऋषिहरुले उठाएका जिज्ञाशाहरुमा आफ्नो अनुभूति र अनुभवलाई समेत मिश्रण गरिदिने काम भएकाले एकराज शर्माले लैख्नुभएको गीता महात्म्यमा साहित्यिक मौलिकता र विशिष्टता अझ बढी झल्किन गएको छ जस्तो लाग्छ ।

गतिमा महात्म्यका अठारै अध्यायमा सरल, सुबोध काव्यात्मक अभिव्यक्तिले गर्दा सामान्य पढेलेखेका व्यक्तिहरुले पनि गीता तत्व ज्ञानको भाव र मर्म बुझ्न सक्ने अवसर जुराइदिनुभए जस्तो लाग्छ । कविले स्पष्ट रुपमा के भन्नु हुन्छ भने जीवत र जगतलाई यथार्थ रुपमा बुझ्न गीता सरसर्ती पढेर मात्र हुँदैन । त्यसमा उललेख भएका विषयवस्तुहरुको मनन् गर्ने र त्यसलाई साधनामा रुपान्तरण गर्न सकियो भने मात्र दिव्य ज्ञान प्राप्त हुन सक्छ । यही आफ्नो अनुभव र अनुभूतिको प्रतिवेदनलाई पुस्तकाकारको रुपमा पाठकहरुको सामू पस्किदिने उभो काम गर्नुभएको छ । त्यो पठनीय छ, संग्रहणीय छ, अनुकरणीय हुन गएको छ ।

आध्यात्म, धर्म, स.सकृति, संसकार, परम्परा, मान्यता सबै अलग–अलग भए पनि धर्मसम् सबैलाई जोडेर एक साथ व्याख्या विवेचना गर्ने हाम्रो प्रवृत्ति र प्रकृतिले हामीलाई वैचारिक दासतामा बाँधिनु परेको छ । गीतालाई वेदको सारतत्व माने पनि यसले निर्देशन गरेका कतिपय कुरालाई हामीले कार्यान्वयन गर्ने गरेका छैनौं । सत्य, त्रेता, द्वापरमा कहीं कतै कुनै देवता र देवीको मूर्ति स्थापना गरेको कुरा, कसैले कसैको श्राद्ध गरेको, किरिया बसेको कुरा पुराणमा कहीं कतै उल्लेख छैन । यही कुरालाई गीताले पनि भन्छ । तर गीताको पूजा अर्चना गर्ने नित्य पाठ गर्ने तर उसले भनेको कुरा नमान्ने गरिरहेका छौं । यस सम्बन्धमा गीता महात्म्यका कवि परम्पराको पक्षपाती देखिन खोज्नुभएको छ ।

कविले गीता के हो, यसमा के छ भन्ने सम्बन्धमा भन्छुहुन्छ ः

पूर्वले मात्र मान्दैन पश्चिमी झन मान्दछन् ।
गीतामा शब्द मात्र के सिंगो सागर भेट्दछन् ।।

गीता महत्म्यले कविलाई आध्यात्मवादी र यथार्थवादीको रुपमा उभिन पनि सहज बनाइदिएको छ ।

धर्म क्षेत्र पनि युद्ध स्थल बन्छन् भने अहो ।
अधर्म स्थलको हाल के होला बुझ्न कष्ट भो ।।

यदि कविले गीताको अनुवादको नामाकरण गर्दा गीता मात्र भनेको भए पाठकहरुलाई अपच हुने थियो । गीता महात्म्य नामाकरण गरिएकाले सबै कुरा अटाउन सक्ने धरातल बन्न गएको छ ।
धार्मिक आडमा हुने युद्धजस्तो समस्यालाई प्रस्तुत गर्दा कठोर बनेको पनि देख्न सकिन्छ ।

लड्ने भिड्ने अनि मर्ने लछार्ने पशुधर्म हो ।
यस्तै कर्म गरे मान्छे कसरी भिन्न हुन्छ त्यो ।।

ढोंगी, घमण्डी अभिमानी क्रोधी, बोली वचनमा निठुरी कठोर ।
अज्ञान उसको हुन जान्छ लक्षण, आसुरीको भाव लिएर जन्म ।।
मानिस अज्ञानीझैं भएर गरेका कार्यहरु फलदायी हुँदैनन् ।
श्रद्धा न नै यज्ञ जहाँ गरिन्छन्, दिइन्छ दानै अनि तय गरिन्छन् ।
असत् सबै छन् फलदायी हुन्नन्, मरे पनि ती फलदायी हुन्नन् ।।

गीता महात्म्य हेर्दा कविले गीतालाई फरक ढङ्गले कतै आध्यात्मिकताको परिधान त्याग्न नसक्नुभएको पनि देखिन्छ । गीतामा स्पष्ट रुपमा मूर्ति पुज्य र श्राद्धको कुरालाई अनुपयोगी भएको उल्लेख छ । त्यो कुरालाई कविले उल्लेख नगरेकाले कवित बच्न खोजेको जस्तो अनुभूति गराउँदछ । अरु विषयलाई यथार्थताको धरातलमा ल्याएझैं यो विषयलार्य पनि उठाइदिनुभएको भए अति उत्तम हुने थियो । कुरुक्षेत्रमा अर्जुनलाई गीताको दिव्य ज्ञान दिने देवाधि देव कृष्ण भएको कविको मान्यता देखिन्छ । तर यस कुरालाई स्वयम् श्रीकृष्णले स्वीकार्नुभएको छैन ।

जब कृष्णलाई वाण लागेर मृत्यु शै®यामा हुनुहुन्थ्यो त्यो बेला पाण्डवहरु भेट्न आए । त्यही बेला कृष्णले पाण्डवहरलाई भने – तिमीहरु गुरु हत्या, गोत्र हत्याको पापले यस्ता छौ । सबै राजपाट त्यागेर उत्तराखण्डमा गएर परंब्रह्मपरमात्माको आराधना गर, भनेको सुनेपछि अर्जुन रिसाएर हिजो लड्दैन भन्दा लडाउने आज पापी भन्ने के हो ? अर्जुन रिसाएको देखेर हेर मैले हिजो तिमीलाई के भने मलाई नै जानकारी छैन । मलाई त यति मात्र थाहा छ तिमीहरु पापग्रस्त छौ । यो कुरा महाभारतको अन्यत्मा उल्लेख छ । यस सम्बन्धमा पनि कविले गीता महात्म्यमा निराकरको रुपमा रहेका परमब्रह्म परमात्मा शिवले विभिन्न मानवको आत्मामा प्रवेश गरेर जीवनोपयोगी कार्यहरु सम्पन्न गराएको कुरा उल्लेख गरिदिएको भए सुनमा सुगन्ध हुने थियो ।

कविको यो गीता महत्म्य पहिलो सृृष्टि भएकाले यसमा भएका आफूलाई लागेको अरुले औल्याइदिएका कमीकमजोरीहरुलाई परम्परागत रुपमा मात्र नहेरेर परिमार्जित र परिस्कृत भएर अरु पुस्तकहरु पनि दिएर जीवनको उत्तरार्धमा पुगेका व्यक्तिहरुको लागि उदाहरणीय बन्नु हुनेछ भन्ने शुभभाव रख्दै कलमलाई विश्राम दिन्छु