calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

डायरीः राजनीतिक उथलपुथल र बजेट नीति

बिनोद पोख्रेल

२०७६ जेठ २० गते

नचाहँदा पनि कहिलेकाहीं कुनै कुरा विषय बन्दोरहेछ, मनमा । राजनीतिमा निष्क्रिय नै छु तर पनि कहिलेकाहीं तरंग आउँछ । आज त्यस्तै भएको छ । फेरि सहमतिका कुरा, सरकार फेर्ने कुराको चर्चा छ । यत्रो वहुमत प्रापत अवस्थामा समेत सरकार स्थायी बन्न सक्दैन र नेतृत्व फेरि रहनु पर्छ भने देशले एक अवधि पूरा गर्ने सरकार कसरी पाउन सक्छ ? कोसँग के कस्ता सहमति भए किन भए र के आधारमा भए त्यो आम जनताको मतलवको विषय होइन । देशलाई र आम नेपालीलाई त ५ वर्षको लागि स्थायी सरकार चाहिएको हो । त्यो सरकारले केही काम गरोस् भन्ने चाहना हो ।

यस्तोमा सहमति वा अन्य कुनै निहुँमा सरकार बीचमै फेरिने उही रोग यथावत रहन्छ भने वहुमत किन चाहियो ? त्यस्तै यस्तो रोगले आम नागरिकको मूल्यांकनमा नेताहरु राष्ट्रप्रति जिम्मेवार हुन नसकेको, सत्ता नै लक्ष बनाएको, आपसमा विश्वास नभएको भन्ने नै देखिन्छ । यहँ समर्पण आदि अन्य कुरा त परै हुने भए । तर्क दिनेले त्यही दलले सरकार चलाउने हो । व्यक्ति मात्र फेरिन हो भन्ने गरेको पनि सुनेको छु । तर एउटा आम नागरिकको हैसियतले भन्नुपर्दा नेतृत्वमा आपसमै शंका, अविश्वास तथा सत्ताकेन्द्रित सोच भएको नै बुझिन्छ । हुन त मैले जति ढाक्न खोजे पनि दलहरुबीच, दलभित्रका नेतृत्वबीच आपसी सद्भाव, विश्वास आदि नभएको यथार्थलाई लुकाउन सक्दैन ।

तर नेतृत्व गर्ने व्यक्ति जिम्मेवार त हुनु प¥यो । अस्थिरताको कारक हुन भएन । यति त अपेक्षा गर्न सकिन्छ । त्यस्तै यत्रो वहुमत प्राप्त गरेर पनि स्थिरता दिन नसक्ने हो भने के गरेर स्थिरता दिन सकिन्छ भन्ने प्रश्न सधैं रहिरहन्छ । सरकार सञ्चालन जस्तो करालाई पालो पालो गरेर खाने जस्तो सस्तो र तल्लो स्तरमा बुझ्नुपर्ने नबनाए हुन्थ्यो । २ वा ३ वर्ष पर्खन सक्नेले ५ वर्ष पनि पर्खन सके हुन्थ्यो । आपसी व्श्विास निर्माण गर्न नसक्ने नेतृत्वले जनताको विश्वास कसरी जित्न सक्छ ? त्यसमा पनि अहिले अविश्वासको वातावरण बढी छ ।

त्यो बनाउने पनि नेतृत्व तह नै हो । फलानो व्यक्ति (नेता) यस्तो उस्तो भनेर अपेक्षा आम नागरिकले लगाएको छैन । नेतृत्व तहले नै एकले अर्कालाई घोकेवाज, भ्रष्टाचारी, विदेशी दलाल, रिमोट कन्ट्रोलबाट सञ्चालित भनेर जनता माझ एकले अर्कालाई परिचित गराउने काम गरिरहेको बेला यस्ता अस्थिरता बनाउने कुरा गर्नुले उनीहरुमाथि लागेको आक्षेप प्रमाणित हुने मात्र हो । कमसेकम आफ्नै लागि भए पनि वदनाम हुने काम नगरे राम्रो हुने थियो ।

२०७६ जेठ २१ गते

आजभोलि केन्द्रीय संसदमा बजेट बारे छलफल चलिरहेको छ । यस्तो छलफललाई मैले रमाइलो रुपमा लिन्छु । किनभने यो दोहोरिरहने दृश्य हो । जे–जस्तो भए पनि सत्ता पषले बजेट ठीक, अतिराम्रो छ भन्ने र प्रतिपक्षले ठीक छैन भन्ने । अनि संख्यात्मक हिसाबमा पास हुने । पास हुने दिन पनि तोकिएको छ । त्यसै दिनमा पास पनि हुन्छ । अझ रमाइलो त सत्ता पषकै केहीले केही कुरामा असहमति अथवा यस्तो भए राम्रो हुन्थ्यो भनेर आफ्नो धारणा राख्छन् । तर पनि बजेट पास हुँदा जस्ताको त्यस्तै पास हुन्छ । छलफलको प्रभाव केही पर्ने छैन । त्यही भएर मैले दोहोरिने प्रक्रिया भनेको र रमाइलोको रुपमा लिने गरेको छु । यसको अर्को पक्ष पनि छ । सधैं नीति तथा कार्यक्रम आउँछ । त्यस्तै सधैं बजेट पनि आउँछ । यी दुवैलार्य मिलाएर हेर्ने हो भने सधैं देश धेरै मस्तै धेरै विकास भएको हुन्छ । धेरै सामाजिक समस्याहरु पनि समाधान भएका हुन्छन् । तर वास्तविकता सधैं अलग हुन्छ । व्यापार घाटा बढेकै हुन्छ ।

जनशक्तिको देशमा प्रयोग हुँदैन र बाहिर जाने वातावरण बनेकै हुन्छ । राजनीतिभित्र अविश्वास र किचलो चलिरहेको हुन्छ । विकास निर्मणको लागि छुट्याइएको रकम खर्च नभएको समाचार पनि स्थायी समाचार बनेको छ । पछिल्ला दिनहरुमा भ्रष्टाचारको चर्चा अलि बढी हुने गरेको छ । अब त यी सबै स्थायी विषय भइसके । सुन्नैपर्ने अनि सुनेर एकछिन हाँस्ने । यहाँसम्म कि शिक्षा, स्वास्थ्य जस्ता विषय समेत सरकारले निजी क्षेत्रमा जिम्मा लगाएको छ ।

उनीहरु यति बलिया भइसके कि अब सरकारले यो क्षेत्र आफ्नो नियन्त्रणमा लिन सक्दैन जस्तो लाग्छ । बलिया पनि किन नहुनु, उनीहरुले माथिल्लो तहका या माथिल्लो तहमा प्रभाव पार्न सक्ने राजनीतिज्ञहरुलाई शेयर दिएर वा कुनै न कुनै तरिकाले आफूहरुमा मिलाएका छन् र आफ्नो वकालत गर्न लगाउँछन् । राष्ट्रिय समाचारकै आधारमा भन्ने हो भने विकासको अलि धेरै ठूलो रकम एनजिओ मार्फत् खर्च भइरहेको छ । यो गोप्य पनि छैन तर यसलाई नियन्त्रण पनि गरिँदैन । एनजिओ र नेतृत्वको सम्बन्ध पनि माथि भनिए जस्तै छ ।

कतै नेताहरुकै छन् कति नेतृत्वलाई सजिलोसँग प्रभाव पार्ने छन् । यस्तोमा भ्रष्टाचार स्वाभाविक कुरो हुन्छ । त्यतातर्फ न त नीति तथा कार्यक्रम बोल्छ न त बजेट नै बोल्छ । केही विषय छोए पनि त्यो हुने प्रयास गरेको जसतो गरेको देखावटी गतिविधि मात्र हो । नयाँ केही हुने छैन । प्रक्रिया दोहोरिने मात्र हो ।