किसानले के पाए, के गुमाए ?
युवराज शर्मा
नेपाली राजनीतिज्ञले नेपाललाई कृषिप्रधान देश भन्छन् तर किसानका लागि गणतन्त्रमा भेदभावको वातावरण बन्यो । वास्तविक किसानहरु उपेक्षित भए भने खेतीपाती नगर्नेवर्गलाई किसान भनियो र राहतका योजनाहरु उपलब्ध गराइयो । गणतन्त्रमा लुटतन्त्र भन्थे, हो रहेछ भन्ने भनाइ किसानहरुको छ । पहुँच र सम्बन्धका आधारमा स्थानीय सरकारको अनुदान वितरण भयो ।
खेतीका समयमा पैसा तिर्दा पनि मल, बिउ र किटनाशक औषधी पाइन्न । कतै पाइयो भने व्यापारीको मनोमानी मूल्य भन्छन् । मूल्य हेर्ने निकाय छैन । कृषि ज्ञान केन्द्र, कृषि शाखा भए पनि नगर प्रमुख धेरै नगरपालिका र अध्यक्ष गाउँपालिकाहरुमा बेखबर छन् । पशुपतिनाथको आशीर्वादमा कृषि कर्म चलेको सुनाउँछन् गाउँले किसानहरुले । त्यसैले होला नेपाल खाद्यान्नमा परतन्त्र निर्भर छ भन्छन् गाउँले किसानहरुले ।
उनीहरुले गणतन्त्र आएपछि के पाए के गुमाए ? कुनै दलको नेताले भन्न सक्दैनन् तर झुठा नारा र आश्वासन बाँड्दै गाउँमा मत माग्दै हिड्नु उनीहरुलाई लाज लाग्दैन । नाङ्गा नाचे तीन फन्को भएको वातावरण बन्यो । गणतन्त्रमा किसानहरुले आर्थिक विकास गर्ने कृषि व्यवसायको प्रगति र उन्नति होला । किसानहरुको जीवन स्तरमा परिवर्तन आउला भन्ने आशामा थिए । अहिले निराशामा देखिएका छन् ।
प्रकृतिले साथ दिन छाड्यो । राजनीतिले बाटो बिरायो । नेताहरुका बोली वचनहरु मिथ्या सावित भए । उनीहरुका भनाइहरु स्वार्थकेन्द्रित बने । मानव रुपी समाज पनि समाजोपयोगी भएन । राजनीतिज्ञहरुले समाजवाद भने पनि समाजविपरीत भएको वातावरण बन्यो । यसले समाजमा विकृति र विसंगति देखायो । समाज स्वार्थी भावनामा व्यक्तिगत हैकम बढ्दै गयो । समाजमा मानव सभ्यता र संस्कृतिमा विकृति आयो । यसले समाजोपयोगी वातावरण बनेन ।
गाउँघरको समाज पनि एक आपसमा भ्रमित बन्यो । दाजुभाइहरुले एकअर्कालाई दूरदृष्टि गर्न लागे । सहरबासीको स्वभाव व्यवहार पनि गाउँघरमा देखियो । के गाउँ, के सहर भएपछि समाजोपयोगी वातावरण हरायो, मासियो र नासियो । यस्तो वातावरण भएपछि खेतीपाती गर्ने वातावरण भएन । खेती गरेर जीवन यापन गर्नेहरु विदेशिन लागे । विदेशको कमाइ रमाइ खाने घर बन्यो । गाउँबाट पलायन भएर सहर पस्न लागेपछि कृषि व्यवसाय घट्दै गयो ।
नेपालको आर्थिक र सामाजिक वातावरण बनाउन दलीय राजनीति असफल भयो । आर्थिक संकट बढेर आयो । उत्पादन घट्दै गयो । खेतबारीहरु प्लटिङ बन्दै गए । राम्रो घर सहरमा बनाएर बस्ने रहर मानव सभ्यता देखियो । यसले देश ायातमा खाद्य निर्भर छ भन्ने ज्ञान भयो । हिन्दूका अक्कल पिछे आता है भनाइ युवाहरुले वृद्ध अवस्थामा पुगेपछि मात्र ज्ञान गरेका छन् । अब युवाहरुले देश निर्माणमा नलाग्ने हो भने हामीले हामी भन्न पाउने अवस्था हुन्न, सोचाइमा छन् । नेपालको एक मात्र आर्थिक विकास कृषि व्यवसाय हो भन्छन् युवाहरु ।
गाउँघरका किसानहरुलाई अध्ययन गर्दा उनीहरुका लािग चार क्षेत्रमा विकासको वातावरण बन्न सके खेतीपातीको विकास हुन्छ भनाइ सुनिन्छ तर कृषि भूमिको संरक्षण, सम्बद्र्धन र सुनिश्चितता हुनुपर्छ । जसमा सडक र यातायात, सिंचाइ कुलो र जलाशयहरु, विद्युत सेवा सर्वशुलभ, खानेपानीको सुप्रबन्ध गरी एक घर एक धाराको व्यवस्था सरकारले गरिदिए गाउँबाट सहर सर्ने क्रम बन्द हुनेछ । खेतीपातीमा आधुनिकीकरणका नाममा विकृति बढेको छ । मादपदार्थ सेवन गर्ने, जुवातास खेल्ने, एकले अर्कालाई गाली गलौज गर्ने कार्यशैलीले गर्दा विकृति आएको हो । यसमा नियन्त्रण, दण्ड सजाय नभएसम्म राज्यको सुरक्षा नीति कामयाव बन्दैन ।
ठाउँ–ठाउँमा प्रहरी चौकी भएर मात्र हुँदैन । यी सबै कार्य सम्पादन गर्न सवल र सक्षम नेतृत्वको आवश्यकता छ । देशको प्रधानमन्त्री सवल र रक्षम भएन भने मन्त्रीहरु चलायमान हुँदैनन् । गृहमन्त्री सक्षम र सुझबुझको भएन भने सुरक्षा प्रमुख सवल बन्दैन । राज्यको सुरक्षा प्रमुखले आफ्ना निकायहरुलाई निर्देशन गर्न सक्षम भएन भने सरक्षा निकायहरुमा उर्जा आउँदैन । त्यसता निकायको सुरक्षा कार्यहरु सफल हुँदैन । नागरिकले सुरक्षा अनुभूति गर्न पाउँदैनन् । त्यस्तै प्रकारका कार्यशैलीहरु राज्यलाई सञ्चालन गर्ने अङ्गहरुको हुनुपर्छ । तब मात्र देशको राम्रो विकास हुन्छ तर देशमा नेताहरुमा प्रतिशोधात्मक कार्यशैली छ ।
वर्तमान समयमा राजनीति मागी खाने भाँडोको रुपमा छ । आफूलाई नेताहरुले जनवादी, लोकतन्त्रवादी र समाजवादीका नारा जप्नेहरुबाट नयाँपन आउने आधार देख्दैनन् । यसबाट उम्मेदवार छनोटमा सभापतिका अध्यक्षले आ–आफ्नो दलमा चाकडीवादको झल्को देखाएका धेरै नेताहरले भन्छन् । के गणतन्त्र र राजतन्त्रमा फरक के भयो र ? गणतन्त्रमा राजतन्त्रमा फरक आउँछ भन्दै क्रान्ति चर्काउनेहरु अहिले अवसरवाद अपनाइरहेका छन् । यस्तो वातावरणमा कृषि विकासका नाराहरु नागरिकलाई भुलाउने कार्यशैली मात्र भयो ।
न त देशमा रासायनिक मलको कारखाना खुल्यो न त समयमा कृषि मल उपलब्ध, पैसा तिरेर खरिद गर्न पाएनन् । किसानहरु समस्यामा परे । छिमेकी देशबाट रासायनिक मल भिœयाउँदा प्रहरीद्वारा लाठी खानुपर्छ । सरक्षा मल ल्याउनेलाई मात्र देखाएको रहेछ । धेरै व्यापारिक सामानहरु निर्वाध रुपमा आउजाउ हुन्छन् । त्यहाँ सुरक्षा चेकजाँच हुन्न । झोले, बोरे र झिटीगुण्टामा धेरै चेकजाँच भएको नागरिकले धेरै महसुस गर्छन् । उनीहरु भन्छन्– सुरक्षा शक्तिको प्रहार गरिब र निमुखा नागरिकका लागि धेरै दुःख छ ।
यस्तो वातावरणमा कृषि व्यवसायहरु लड्न र लाभकारी प्रतिफल पाउन सक्दैनन् । यस्तो अवस्थामा युवाहरु पलायन भइरहेका छन् । कृषि व्यवसाय सहज छैन । उनीहरुले रोजगारी गर्न विदेशिनु बाहेक विकल्प छैन । पढेर पनि काम छैन । खेतीपाती गरेर स्वदेशमा बस्दा पनि उत्पादित मालसामान बिक्दैन । यहाँको सरकारले पनि खरिद गर्दैन । बिचौलियाहरुको भर पर्नुपर्छ । त्यस्ता बिचौलियाहरुले खरिद गरेको मालवस्तुबाट पाउने पैसा पनि दिँदैनन् । ठगी व्यवहार बढ्दो छ । सुनुवाई हुँदैन ।
नागरिकले परिवर्तन पछि के पाए ? के गुमए ? उनीहरुले व्यक्तित्व गुमाए । कृषि पेसामा लागेको हुँदा मालवस्तु बेच्दा हीनताबोध पाए । अन्तमा आफूलाई विदेश पलायन हुने अवस्था आएको पाए । नागरिक भन्छन् – गणतन्त्रका नेताहरुले युवायुवतीहरुलाई विदेश पलायन हुने वातावरण बनाएको हुँदा कृषि व्यवसायमा उनीहरुको झुकाव घटाए । कृषि व्यवसायप्रति आकर्षण बढाएनन् । कृषकहरुलाई सुविधा दिनेमा पक्षपाती व्यवहार भयो । उनीहरुले शून्यता मात्र पाए । आफ्नो अस्तित्व र व्यक्तित्व गुमाएका छन् ।
