Goraksha

National Daily

प्रवास कविता : चुप लाएर घरमा बसौ

मित्र लाल पार्दे

हामिले मलाम गएर नुहाउने सस्कारलाई अन्धविश्वास देख्यौ
तर आज बाहिर बाट आउदा बित्तिकै हात धोइरहेछौ
हामिले १३ दिने कृयालाई अन्धविश्वास देख्यौ
तर आज आफै १४ दिन क्वारेन्टाइन कृया बसिरहेछौ
हामिले खाना खानु भन्दा अघि नुहाउने र कपडा फेर्ने सस्कारलाई अन्धविश्वास र ढोङी देख्यौ
आज आफै कपडा टक्टकाएर हिडिरहेछौ ।
हामिले तामाको गाग्रीमा पानी राख्ने सोचलाई आडम्बरी देख्यौ
तर आज हजारौं बैज्ञानिकहरुले तामामा भाइरस कम बाच्ने प्रमाणित गरिरहेछन्
हामिले लास जलाउने सस्कारलाई ढोङी देख्यौ
तर आज किटाणु मार्न सूर्यको घाम तापिरहेछौ ।
हामिले नमस्कार तिरस्कार गरेर चुम्बन सस्कारमा भुल्यौ
तर आज छुन पनि डराइरहेछौ ।
हामिले मान्यजनलाई हातमा ढोग्ने सन्स्कारलाई ढोङि देख्यौ
तर आज बैज्ञानिक देखिरहेछौ
हामिले काचो मासु खानुलाई प्रगति देख्यौ
तर आज पकाएर खानुपर्छ भनिरहेछौ
हामिले गास बास कपास सहबासमा ध्यान पुर्याएनौ
त्यसैले त अक्रान्त भैरहेछौ ।
हामिले स्वतन्त्रता खोज्यौ
तर स्वतन्त्रताको नाममा समाज नै भाड्ने सोच खोज्यौ
त्यहि परिणाम हामी भोगिरहेछौ
हामी मान्छे हाम्रै कर्मको भोग हो बसौ
अब केही दिन हामी मानव समुदाय हाम्रो कुकर्मको लागि प्रायस्चित गर्दै
१४ दिन क्वारेन्टाइन कृया चुप लागेर बसौ ।

 

हाल :पोल्यान्ड