Goraksha

National Daily

‘धार्मिक विचलनमा संस्कृत विश्वविद्यालय’

गुरुप्रसाद शर्मा रेग्मी
युधिष्ठरले भगवान् कृष्णलाई सोध्नु भएको रहेछ ! हे कृष्ण ! कलियुगको असहज र व्यवस्थाको चर्चा परिचर्चा सुनिन्छ । यस्तो अवस्था आउनुको कारणले होला युधिष्ठरको सान्दर्भिक प्रश्न सुनेर मुस्कुराउँदै भनेको कुरालाई पाठकहरु सामु पस्किने जमर्को गरेको छु ।

कृष्णले भन्नुभयो– हे युधिष्ठर यो कलियुग आउनुको कारण के हो सुन्नुहोस् । मानिसले मानवताको चादर ओढेर दानवता देखाउने छन् । महिलाहरुले लाज, शरम, मान, मर्यादालाई आफ्नो पछ्यौरीमा बाँधेर राखी मातृ शक्तिलाई अपमानिनत गर्ने छन् ।

मानिसको हक हित र सुरक्षाको लागि स्थापित भएका संघ संस्थाहरु आफू र आफ्नो परिवारको हकहितमा लाग्ने छन् । देवीदेवताले गर्दा बाबुआमालाई अपहेलित र उपेक्षित भएर बस्नु पर्ने अवस्था हुनेछ । बाबुआमाको अवस्थालाई देख्दा मानिसबाट असन्तुष्ठ देवीदेवताहरु पनि असन्तुष्ठ भएर लृप्त हुनु पर्ने छ ।

तैपनि यस धार्मिक क्षेत्रसँग सम्बन्धित विज्ञ, विद्धान र धार्मिक नेताहरुले पाप पुण्य स्वर्ग नरकको डर त्रास देखाएर आफ्नो दुनो सोझाउने छन् । मानिस मानिसको नातामा न आत्मियता रहने छ । न दायित्व र जिम्मेवारी बहन गर्ने भावना पाउन सकिने छ । पशुपंक्षी, किप, पतंग कसैले पनि आफ्नो संस्कार संस्कृति मूल्य मान्यता न छोडे पनि मानिस सबैकुरा बिर्सेर जीवन जिउने छन् । यस्तो अवस्था सिर्जना मानिसले गर्न थालेपछि कलियुग नआएर अरुल के आउने ?

मानिसलाई धर्मले आत्मशक्तिको बोध गराइदिएर सही या गलत छुट्टाउने शक्ति मात्र दिँदैन । मानिस भित्रको अन्तरमुखी प्रतिभाको पहिचान गराइदिएर त्यसैमा संकल्पित हुने शक्ति प्रदान गर्दछ । जसले गर्दा मानिसलाई आफूभित्र रहेको विशिष्ठता प्राप्त गरेर जीवन सार्थक मात्र बनाएको हुँदैन । इतिहासको पानामा सधै चर्चित भइरहन्छ ।

यस्तो धर्ममा नै विचलन आउने हो भने मानिस कसरी मानिस भएर बस्न सक्दछ । मानिसको जीवन सार्थक र सफल बनाउन धर्मले निर्देशित गरेका जे जति संस्कार र संस्कृति छन् । ती सबैमा पूर्ण वैज्ञानिकता छ । त्यसमा कुनै शंका गर्ने ठाउ छैन ।

हामीले गर्ने नित्य नै मित्य जे धार्मिक कार्यहरु छन् त्यसबाट अवस्य पनि प्रतिफ प्राप्त हुनेछन् तर ती नित्य नै मित्य धार्मिक कार्यहरु गर्ने गराउने मानिसहरुको सोच र चिन्तनमा आएको विचलनले गर्दा कुनै पनि नित्य नैमित्य कार्यबाट प्रतिफल पाउन सकिँदैन ।

किनभने हाम्रा नित्य नैमित्य धार्मिक कार्यहरुलाई छोटा लामा नयाँ–नयाँ परिथानहरु लगाइदिएर उनको मौलिकता र परिणाममुखी अवस्था नै विलुप्त गराइदिने स्थिति देखिँदै गएको छ । यदि यही स्थिति रह्यो भने हाम्रो भोलिको धार्मिक अवस्था के होला अनुभव गर्न सक्ने अवस्था छैन ।

धार्मिक यस्तो विचलनको अवस्था मौन धारण गरेर बस्ने, त्यसमा सुधार गर्नेतर्फ कुनै प्रयास नगर्ने संस्कृत विश्वविद्यालयका पदाधिकारी र प्रधानाध्यापक हौ भन्नेहरुको उपस्थितिको कुनै अर्थ हुन्छ या छ । वास्तवमा भन्नुपर्दा धार्मिक भ्रष्टाचारका मुलकारक संस्कृत विश्वविद्यालय परिवार नै देखिन थालेको छ । भ्रष्टाचारका कारणहरु के छन् त

क) नित्य नै मित्य धार्मिक कार्य गर्ने गराउने दुवैको आचरण शुद्ध हुनुपर्दछ । यो शुद्धता कही देख्न पाइँदैन ।

ख) धार्मिक कार्य गराउँदा मन्त्र शुद्ध हुनुको साथै विधि र विधान अनुसार हुनुपर्दछ । न विधि विधानको मान्यता छ न मन्त्रको शुद्धता । मन्त्र स्थान हेरेर छोटो र लामो हुने प्रवृत्ति जता कतै देखिन्छ ।

ग) श्राद्ध गर्ने समय तोकिएको हुन्छ तर बिहानदेखि साँझसम्म १०÷१२ वटा श्राद्ध एउटै व्यक्तिले गराउँदछ भने त्यो श्राद्ध न पितृले पाउँछन् न श्राद्ध गर्ने छोराले प्रतिफल पाउँछ । जे पाउँछ गराउनेको पाकेट भराउँछ । यस्तो श्राद्ध किन गर्ने । यस्तो गर्नुभन्दा रामकृष्ण बुद्ध जयन्ति मनाए झै बाबुआमाको जयन्ति मनाउने हो भने बरु पितृको आर्शिवाद पाउन सकिन्छ ।

घ) १ केजी घ्यू हाोम गर्दा दशटन अक्सिजनको उर्जा प्राप्त भएर वातावरण शुद्ध गराउने मौसम अनुकुल बनाउने भएकाले लाख बत्ति बाल्ने गरेको हो । तर, यतिबेला तेलमा मिलेर लाख बत्ति बाल्नुको वातावरण शुद्ध गराउने कुनै उर्जा दिँदैन भने त्यसमा खर्च गर्नुके के अर्थ ब्राहमणहरुले भात खाने बेला घ्यूमा भात पुछेर अग्निमा चढाउँदा निस्केको धुवाले वरपरको प्रदुषणलाई रोक्ने गरिन्छ ।

ङ) एकाहा सप्ताहको कहीँ कतै उल्लेख छैन । तैपनि गुरुहरु एकाहामा दौडधुप गरेको देखिन्छ । यो भ्रष्टाचार नभएर के हो ।
च) धार्मिक कार्य सम्पन्न भएपछि मात्र तपर्णमार्जन गर्ने विधान छ तर यहाँ एकैसाथ तर्पणमार्जन र पूजा गरेको देखिन्छ । के यो विधि संगत हुन्छ ।

हाम्रा धार्मिक संस्कार संस्कृतिहरु विधि विधानमा भएको वैज्ञानिकतालाई वैज्ञानिकहरुले पनि स्वीकार गरिसकेका मात्र छैनन् । अनुकरण पनि गर्न थालेका छन् ।

उनले राम्रोसँग बुझिसकेका छन् कि विधि विधान त गरिने यी धार्मिक कार्यहरुले मानिसलाई स्वरुप स्वच्छ र नितेजी बनाउने अर्नाैठो उर्जा शक्ति दिने गर्दछ तर कस्तो विडम्बना हो यस्तो वैज्ञानिक कुरालाई हाम्रो संस्कृत विश्वविद्यालयले बुझ्न नसक्नु र त्यसमा दृष्टि नदिनलाई धार्मिक विचलन नभनेर अरु के भन्ने ।

शिव विष्णुदेवी गणेश आदि देवताको पूजा अर्चना गर्दा एउटालाई मुल बनाएर पञ्चायन देवताको पूजा गर्ने गरिन्छ । देवताहरु सबै आपसमा एक अर्काप्रति सद्भाव राख्दछन् । एक अर्काको सम्मान गर्दछन् तर तीनै देवताका भक्तहरु शैव वैण्यवदेवी भनेर विद्रोह गर्दछन् । भेदभाव गर्दछन् कस्तो विडम्बना हो ।

यी र यस्ता सबै कुरामा धृत राष्ट्र झै बनेर संस्कृत विश्वविद्यालय के को लागि र किन भन्ने प्रश्न उठ्न थालेको छ । के उसको संस्कृतका किताव हटाउने काम मात्र हो । धार्मिक क्रियाकलापमा एकरुपता ल्याउन र विधि सम्मत गर्ने गराउने उसको जिम्मेवारीमा पर्दैन । धार्मिक विचलन र धार्मिक भ्रष्टाचारप्रति उसको कुनै जिम्मेवारी छैन ।

संस्कृत विश्वविद्यालयले धार्मि उच्चतामा केही अनुसन्धान गरेको छ । लघु शंका दीर्ध शंका गर्दा कानमा जनै राख्ने बारे यहाँ कसैलाई थाहा छैन । लण्डनको एलिजा वेथ अस्पतालमा पोस्टेल, हर्नियार लघु शंका दीर्घ शंकाको कुनै पनि समस्यामा यसैलाई उपचारको माध्यम बनाएको छ । धार्मिक कार्यलाई प्रदर्शन गरेर उच्चता देखाए झै विश्वविद्यालय पनि प्रदर्शनीको स्थल बन्नुलाई के भन्ने ।