Goraksha

National Daily

भ्रष्टाचारको सन्दर्भमा नेपाल

सुभाष न्यौपाने
विश्वमै कहलिएको छ भ्रष्टाचार नेपालको ।
सुडान अफगानिस्तान स्वमिलिया बराबर ।।
के यस्तै हुन्छ विश्वमा लोकतन्त्र भनिने मुलुक ।
मौलाउने भ्रष्टाचार ढुकुटीमा लुटालुछ ।।

आर्थिक अपराधमा नेपाल विश्वमै अग्रपंक्तिमा आएको छ रे अहिले त्यही अनुसारको चर्चा परिचर्चा पनि चलिरहेको छ । फ्रान्सको पेरिसमा रहेको एउटा पारदर्शीता सम्बन्धी लेखा जोखा राख्ने संस्थाले नेपाललाई ग्रे–लिस्टमा राखिसकेको छ । उसको वार्षिक प्रतिवेदन अनुसार एक वर्षको प्रतिवेदनले ग्रे–लिष्स्टमा पारेको हो । उसको प्रतिवेदन वार्षिक् प्रतिवेदन हो । ग्रे–लिस्ट भनेको आर्थिक अपराधले युक्त देशहरु पर्दछन्, जसमा नेपाल पनि परेको छ । अरु देशहरु त जोसुकै परुन त्यससँग कुनै सरोकार भएन, तर त्यसमा नेपाल पर्नुु भनेको नेपालीको लागि विडम्बना हो ।

विश्वमा आर्थिक अपराध युक्त मुलुकका हामी नागरिक जुन मुलुकका शासकहरुले विदेशबाट ऋण सापट गरेर ल्याएको रकम आफ्नो हातमा ढुकुटीको साँचो पर्दा वित्तिकै ढुकुटीको रकम लुट्न आतुर देखिन्छन् । आसेपासेको झोला भराउन उद्यत छन् । अर्कालाई गाली गर्ने यस्तो उस्तो भ्रष्टाचारी भन्ने आफूले चाही त्यही आर्थिक अपराधको बाटो अगाली ? त्यो पनि कुनै तरिका हो ? त्यस्ता प्रवृति भएका नेतालाई जनताले कति दिन विश्वास गर्ने ? यो मुलुकमा अहिले विश्वासको संकट बढिरहेको छ । अति भ्रष्टको सूचीमा मुलुक परिरहँदा पनि मुलुकका शासकहरुलाई त्यस विषयमा कुनै चिन्ता छैन ।

भ्रष्टहरु नै न्याय गर्ने स्थानमा पुगेको हुनाले नै नीतिगत न्याय गर्ने विषयमा पनि अलमल रहेको छ, यो मुलुकमा । यदि भ्रष्टाचार नियन्त्रणको निमित्त जबसम्म सरकारले ०४७ सालदेखि यतातिर मौलाएका सबैखाले भ्रष्टाचार र विकृतिको उचित कानुनी छानविन गर्नु जरुरी छ । आवश्यक पर्छ भने नागरिकस्तर ट्रान्स परेन्सी मिडिया कानुन व्यवसायी समूह र भ्रष्टाचार विरोधी अभियन्ताहरुको आयोग पनि सरकारले गठन गर्छ । हैन सत्तामा बसेर आफै रक्षक आफै भक्षक बनिरहने, आरोप चाहीँ मैले हैन त्यसले हो खाएको, भ्रष्टाचारी त उनाउ पो हो भनेर फलानोलाई आरोप लगाउने म त पवित्र छुँ भनेर मुलुकलाई भ्रष्टाचारको डुंगुरले पुरी रहने ? हैन मनै जान्ने हुँ भन्ने र हामीले नै मुलुक बनाउने हो र बनाउन आएका हौ भन्नेले भ्रष्टाचारको कसिंगर फाल्न त कोशिस गर्नुप¥यो ।

जुन मुलुकमा गृह प्रशासनले भ्रष्टाचारी र आर्थिक अपराधकर्ताको सुरक्षा गर्छ अख्तियार भन्ने निकाय जहिलेसम्म भ्रष्टाचारी शासकको लाज छोप्ने निकाय बन्न मन्जुर हुन्छ, जबसम्म न्यायधिसहरु दलीय भागवण्डामा नियुक्ति र पदोन्नती भएकोमा आभार तथा धन्यवाद प्रकट गर्न दलको कार्यालयमा पुग्छन्, जबसम्म शिक्षा सुधारको नाममा पैसाको चलखेलमा विश्वविद्यालयको उपकुलपतिहरुको नियुक्तिमा चलखेल हुन्छ । यस्ता–यस्ता धेरै विकृतिबाट जबसम्म मुलुक गतिविधिले उन्मुक्ति पाउँदैन तब भ्रष्टाचार युक्त राष्ट्र नेपालको लोगो नेपाली जनताले फाल्न सक्दैनन् । तसर्थ शासक भ्रष्ट रहेसम्म मुलुक भ्रष्ट रहिरहन्छ ।

शासक भनेको व्यक्ति हो शासकले आर्थिक अपराध गर्ने मुलुक आर्थिक अपराधी बन्ने ? सत्ता र निर्वाचनमा सुरु भएको राजनैतिक गठबन्धन पद्धति नै मुलुक नेपालको सन्दर्भमा आर्थिक अपराधको स्रोत हो । के नागरिक कुकर्मले मुलुक अति भ्रष्ट बनेको हो त ? घर सफा राख्नलाई आँगन सफा गरेर मात्र पुग्दैन, घरको पेटी, वरन्डा हुँदै मित्रबाट कसिंगर बाहिर निकालेर फाल्यो भने मात्र सफा हुन्छ । घर सफा गर्ने नाममा आँगन मात्र जति सफा गरे पनि सफा हुँदैन त्यस घरको घरमित्रको फोहर जबसम्म आँगनमा निस्कँदैन तबसम्म घर सफा हुँदैन । जसले गरिब जनताको सम्पत्ति माथि आँखा लगाएर जनताले जसमा गरेको सम्पत्ति अन्टसन्ट तरिकाले हिनामिना गरी आफ्नो विलासिता पूरा गर्ने अर्थ रहित चाहना पूरा गर्न जस्तो पनि कदम चाल्न बाँकी राख्दैनन् उनीहरु नै जननायक बन्न खोज्छन् ।

जनता उनकै पक्षमा नारा लगाउन र कानुनको विरोध गर्न तत्पर रहेर निस्कन्छन्, मुलुकमा यस्तो अवस्था रहनु भनेको दुर्भाग्य पूर्ण अवस्था हो । यस्तो परिस्थिति रहँदासम्म मुलुक ग्रेट भ्रष्टहरुको सूचीबाट बाहिरिन सक्दैन भन्नोस् यस्तो परिस्थिति अझ कहिलेसम्म रहने हो ? जनताको नाममा जनताको ढुकुटी सिध्याउने राष्ट्रसेवक, जनसेवक र जननेता बन्ने प्रवृति जबसम्म हट्दैन तबसम्म नेपाल भ्रष्टाचारको अ ग्रपंक्तिबाट पछाडि सर्ने संकेत देखिँदैन ।

जनताले ख्याल गर्नु पर्ने एउटा मात्रै कुरा के भने मुलुकमा सम्पन्न सबै क्रान्ति र आन्दोलन परिवर्तन जे भने पनि सबै जनताकै तागतमा जनताकै नाममा भएका हुन्, त्यसैले यी भ्रष्टाचारीहरुको हातमा मुलुकको बागडोर रहँदासम्म मुलुकबासीहरु यी भ्रष्टाचारीको हातबाट ठगिने परिस्थितिको अन्त नहुँदासम्म मुलुक भ्रष्टाचारको अग्रपंक्तिबाट पछि हट्ने छैन भने हामी पहिलो भ्रष्टाचार युक्त मुलुक कै नागरिक रही रहने छौ ।

कस्तो विडम्बना सगरमाथाको देश भ्रष्टाचारको देश, बुद्धको देश भ्रष्टाचारीको देश, जनक सिताको देश भ्रष्टाचारीको देश । यो भन्दा के हुन्छ विडम्बना ? हामी तिनै भ्रष्टाचारी जसले अकुत सम्पत्ति कमाएर खाएर बसेका छन् । हामी तिनै भ्रष्टाचारीहरुलाई बोकेर हिडिरहेका छौँ । जबसम्म हामी भ्रष्टाचारीलाई नेता मान्न छोड्दैनौ, भ्रष्टाचारीलाई अगुवा बनाउन छोड्दै नौ तबसम्म हामी भ्रष्टाचार मुक्त देशका नागरिक बन्न सक्दैनौ । अति भ्रष्ट मुलुकको सूचीमा नेपाललाई पार्ने नेताहले यो मुलुकको नेतृत्व गर्दासम्म यो मुलुकमा व्यवस्था पनि यही नै रहिरहने हुँदा व्यवस्था परिवर्तनको पहिलो खाँचोको संकेत यो भ्रष्टाचार युक्त नेपालको तथ्यले औँल्याइरहेको छ ।

साना हुन या ठुला नयाँ हुन् या पुराना वर्तमानमा सदनभित्र र बाहिररहेका दलहरुको सँठगाँठमा जबसम्म यो मुलुकमा सरकार सञ्चालन हुन्छ । तबसम्म हामीले भ्रष्टाचार मुक्त नेपालको परिकल्पनाको सम्भावना अझैसम्म यो मुलुकमा देखिएको छैन । त्यसैले मुलुकलाई भ्रष्टाचार मुक्त गराउन र नागरिकको अवस्था परिवर्तन गर्नको लागि पनि यो राजनैतिक व्यवस्था परिवर्तन जनताको लागि आवश्यक छ । वर्तमान नेतृत्वले गठन गर्ने जतिसुकै न्याय र छानविनका आयोग भए पनि तिनीहरु पनि यिनक प्रवृतिका हुने गर्दछन् । त्यसैले वर्तमान नेतृत्वले गठन गरेका कुनै पनि छानविन आयोग जताद्वारा अमान्य पनि हुन सक्छन् ।

राजनैतिक दलहरुको वेथितिका कारण मुलुक भ्रष्टहरुको सूचीमा अग्रलिष्टमा दर्ज हुन पुगेका कारण नै वर्तमान राजनीति ले फेरि राजा आउ भन्न थालेको छ । राजा आउने र ल्याउने विषयमा अझै समय सीमा र मापलण्ड कुनै निर्धारण भई नसकेको भए तापनि वर्तमानका ठग र भ्रष्टहरु किन राजा भन्ने वित्तिकै तर्सन्छन् ? यदि उनीहरु इमान्दार राजनीतिज्ञ तथा इमान्दार राष्ट्रसेवक हुन्थे भने त निर्धक्कसँग जनतालाई वर्तमान परिस्थितिको बारेमा जानकारी गराउन सक्थे नि किन उनीहरु जनतासँग छद्रम मेषी कुरा गर्छन् ? छद्रम भनेको ढाँट हो चोर हो, ठग हो र भ्रष्ट हो । जति कांग्रेस कम्युनिष्ट दलका नेताहरुले आफू इमान्दार बन्न जनतालाई ठग्दै र ढाट्दै जान्छन् ।

उति–उति उनीहरुको भ्रष्टाचारको जालो चिर्दै जानेछन् । नेपाललाई भ्रष्टाचारले युक्त देश बनाउने यी अपराधीहरुलाई अब जनता कारबाही गर्न तत्पर छन्, पछि पर्ने छैनन् । संसारको इतिहासमा स्वाधिन राष्ट्रको सूचीमा रहेको मुलुक जसरी विकास र परिवर्तनको नाममा नागरिक अधिकार र लोकतन्त्रको नाममा विश्वकै भ्रष्ट देशहरुको अग्र सूचीमा पर्नुभन्दा विडम्बना के हुन्छ ? आजको परिवर्तन जनताको नाममा भएको हैन ? आजको परिवर्तन राष्ट्र निर्माणको नाममा भएको हैन ? यति कुरा बुझ्दा बुझ्दै पनि यी दलालहरु राष्ट्रलाई दाउँमा राखेर राष्ट्रलाई कलंकित बनाएर अझै पनि नेपालको नेतृत्व गर्न चाहने तिमीहरुलाई कुनै पनि प्रायस्चित छैन, तिमीहरु त अपराधको कठघरामा उभिनै पर्छ, उभ्याउनै पर्छ ।

चाहे तिमी जतिसुकै लोकतन्त्र र नागरिक अधिकारको दिङ–हाँक चाहे समृद्ध नेपाल र सुखी नेपालीको नारा देउ तर तिमीहरु भ्रष्टाचारी नै हौ । आफ्ना विरुद्धमा जनताले आवाज निकाले भने घुसपैठ भयो रे, तिमीले भ्रष्टाचार गर्ने तिमीलाई नभनेर कसलाई भ्रष्टाचारी भन्ने ? राजनीतिमा कसैको विरोध गर्नु घुसपैठ हो ? तिमी नालायकहरु तिमीहरुमा कहाँ राष्ट्र निर्माणको अभिलासा छ, तिमी भ्रष्टाचारीहरुमा कहाँ राष्ट्र गौरव लुकेको छ ? अहिले त तिम्रा हरेक कर्तुतहरु संसारले औँल्याउँदै छ, खोई हामीले गरेको सहयोग रकममा तिमीहरुले गरेको विकास ?

बहुदल र लोकतान्त्रिक गणतन्त्रको नाममा तिमीहरुलाई जनताले कति वर्ष अवसर दिए, के त्यो सबै अवसर मुलुकलाई ग्रे–लिस्टामा कायम गर्नलाई थियो ? ग्रे–लिस्टले पहिलो असर वित्तीय प्रणालीमा पार्छ, वित्तीय प्रमाण ग्रे–लिस्टको भाषामा आर्थिक अपराध हो, त्यसैले तिमीहरुले नेपाललाई आर्थिक अपराधीको देश बनायौ ? शासकीय अपराध, राजनैतिक अपराध हुँदा हुँदा मुलुकलाई विश्वकै आर्थिक अपराध युक्त बनाएर छाड्यौँ, धन्य छ, तिमीहरुलाई ।