विद्यार्थीमा पढ्ने रुचि भएन
युवराज शर्मा
विद्यार्थीका लागि स्कुलीय शिक्षा दुईथरीका छन् । प्रथम स्कुल सामुदायिक हो । जसलाई सरकारी स्कलुल भन्छन् । दोस्रो हो, संस्थागत बोर्डिङ स्कुल । जसलाई व्यक्तिगत वा संस्थागत वा संगठनात्मक स्कुल भन्छन् ।
अहिले पढ्ने विद्यार्थीको संख्या संस्थागत वा संगठनात्मक स्कुल भन्छन र अहिले पढ्ने विद्यार्थीको संख्या संस्थागत बोर्डिङ स्कुललाई सरकारले चलाए पनि त्यहाँ भएका शिक्षकले पढ्ने प्रेरणा दिन्न्न् तर बोर्डिङ स्कुलले विद्यार्थीलाई पढ्ने प्रेरणाभन्दा दबाब र नियन्त्रण कडा हुने हुँदा पढ्ने बाध्यता जनाउँछन् । यसले उनीहरुमा लोसेपन बढेको पाइन्छ । जो भविष्य निर्माणमा घातक बन्छ ।
त्यहाँ मनोवैज्ञानिक प्रविधि अपनाइँदैन । खदवता, दबाब र दण्ड प्रविधिले नै लोसोपन सिर्जना गर्छ । अझ घरमा मादक पदार्थ खाने बाबुआमा छन् भने छोराछोरीलाई स्कुलमा पढ्न पठाउँदै गर्दा उनीहरुमा आत्मिय प्रेरणा पढाइप्रति जाग्दैन । उनीहरुले आफूलाई हिनताबोध गर्छन् । पढाउने शिक्षकहरु तालिम प्राप्त हुँदैनन् । आफूले पढेको आधार छ ।
पढाउने शिक्षकको शिक्षण शैली अनुकरण गरेर कक्षामा पढाउँछन् । चाहे त्यो शिक्षक बोर्डिङ स्कुलमा पढाउने होस् वा सामुदायिक स्कुलमा पढाउने शिक्षक होस्, तालिमको समान अवसर दिएर सरकारले शिक्षण सिपको विकास हुँदैन, तबसम्म गुणस्तरीय शैक्षिक वातावरण बन्न सक्दैन । विद्यार्थीको पढाइ पनि अगाडि बढ्दैन ।
नेपालका सामुदायिक स्कुलमा राजनीतिक प्रभाव छ । यसले शिक्षामा गुणस्तरीयता विकास हुन सकेको पाइन्न । स्थानीय सरकारले स्कुलीय शिक्षालाई निर्देशन, नियन्त्रण, निरीक्षणको जिम्मा दिए पनि राजनीतिक दलीय वातावरण शिक्षक र विद्यार्थीमा बढ्दो छ । शिक्षाले राजनीतिज्ञहरु उत्पादन गर्ने हो भन्छन्– धेरै दलका राजनीतिज्ञहरु तर शिक्षाको मुख्य उद्देश्य भनेको गुणस्तरीय जनशक्ति सिपमूलक जनशक्ति उत्पादन गर्ने हो । अहिले पनि नेपालमा गुणस्तरीय जनशक्ति उत्पादन हुन नसकेर विज्ञान क्षेत्रमा आयात गर्नु पर्ने अवस्था छ । यसतर्फ संघीय सरकारको शिक्षा नीति बाहिरिन सकेको छैन । पञ्चातकालीन शिक्षा नीतिमा स्कुल चलेका छन् ।
संघीय गणतन्त्रले शिक्षा ऐन बनाउन सकेको छैन भने शिक्षा ऐन २०२८ लाई परिमार्जन गर्न पनि सकेको छैन । दुईथरीका स्कुलीय शिक्षाको विद्यार्थीले परीक्षा दिने संस्था परीक्षा नियन्त्रण कार्यालय पनि एउटै छ । जसले एसइई परीक्षा र कक्षा १२ को स्कुलीय परीक्षा लिने गर्छ । विद्यार्थीले यस्ता परीक्षा उत्तीर्ण गरेपछि पढाइ छोड्छन् ।
विश्वविद्यालयीय शिक्षा पढ्दैनन् । रोजगारको खोजीमा विदेशीन दलालको पञ्जामा पर्छन् । अन्तमा घर नघाटका बन्छन् । घरबासको जग्गा जमिन पनि बेचिसकेका हुन्छन् । यस्ता काममा मध्यवर्गीय जनताका छोराछोरी पर्छन् । धनपैसा पनि कमाई भएन । यस्तो वातावरणमा युवा छन् । विद्यालयमा पढ्ने विद्यार्थीको रुची पनि घट्यो । उनीहरुमा पढ्ने रुची भएन ।
नेपालमा तीन तहका सरकार भए पनि स्थानीय सरकारको अपेक्षा प्रदेश र संघीय सरकारबाट जनताको लागि अनुभूति हुने काम कार्यहरु बढ्न सकेको छैन । त्यहाँका जनप्रतिनिधिहरु अन्तरकलह, प्रतिशोध, दलबदल र दलीय सोचाईमा समय बिताइरहेको अवस्था छ । यो गणतान्त्रात्मक शैली भएन ।
व्यक्तिको इच्छाशक्तिमा रमाउने काम मात्र भएको छ । त्यसैले होला गणतन्त्रले नागरिकलाई अनुभूति गर्ने अवस्था भएन । सरकार तीन तहका भए पनि गणतान्त्रात्मक कार्यशैलीले प्रणाली, व्यवस्थापन र नीति नियमहरु लागु भएनन् । यसको असर शिक्षण संस्थामा पढ्ने विद्यार्थीको पढाइमा परेको छ ।
देशले दक्षजनशक्ति उत्पादन गर्ने कार्यहरु भएनन् । त्यस्ता संस्थामा पढ्ने विद्यार्थीमा दलीय भावना बढ्न गयो । दलप्रति आस्थावान बन्न सकिएन भने पढेर जागिर पाइन्न । रोजगार बन्न सकिन्न भन्ने सोचाई विद्यार्थीमा गहिरो छाप बसेको छ । त्यसैले होला विद्यार्थीमा पढ्ने रुचीभन्दा देश छोड्ने सोचाई बढिरहेको छ । यसले नेपालमा बेरोजगारको संख्या बढिरहेको अवस्था देखिन्छ । देशलाई राजनीतिले कता डोराइरहेको छ ? युवाहरुले जान्न सकेका छैनन् । उनीहरुको ध्यान विदेशमा रमाउने मात्र छ ।
विद्यालयमा विद्यार्थीलाई शिक्षकको पढाइप्रति रुची जगाउने विषयबस्तु छैनन् । शिक्षकको पढाइ रुचिकर नभएपछि निराश बन्छन् । स्कुल पठाउँदैमा छोराछोरी ज्ञानी र गुणी बन्छन् भन्ने छैन । उनीहरुमा अनुकरणात्मक ज्ञान गर्ने हुँदा बाबुआमाले गर्ने व्यवहार हेर्छन् र राम्रो पक्षको अनुकरण मात्र गर्दैनन्, खराब पक्षप्रति सोचाई गर्छन् ।
पढेर के हुन्छ ? भन्ने जिज्ञासालाई बाबुआमाले आफ्ना बाबुनानीलाई हप्काउने होइन, उसको जिज्ञासालाई शान्त पारिदिनुपर्छ । त्यस्तै स्कुलमा शिक्षकले पनि आफूले पढाइएका विषयबस्तुमा विद्यार्थीले जिज्ञासा राखेमा उसले सोचाई विषयमा ज्ञान गराउनुपर्छ । जुन शिक्षकले विद्यार्थीको सोचाई विषयमा ज्ञान गराएनन् भने पढ्नु निरर्थक ठान्छन् । पढाइप्रति रुची गर्दैनन् ।
नेपालमा शिक्षण संस्थामा पढ्ने विद्यार्थीले बिचमै पढाइ छोड्ने मुख्य कारण नै पढाइ विषयबस्तु रुचिकर नहुनु, शिक्षकमा विद्यार्थीलाई रुची जगाएर पढाउने प्रविधिको ज्ञान छैन । सरकारले रचनात्मक, सिर्जनात्मक र निर्माणात्मक प्रविधिको ज्ञान शिक्षकलाई तालिम दिने गरेको पाइन्न । त्यसकारण विद्यालयमा पढ्ने विद्यार्थीको पढाइप्रति रुची जगाउन सकेको छैन । त्यसैले शिक्षण संस्थाहरु पढाइप्रति विद्यार्थीको रुची हुन सकेको पाइँदैन ।
