नेपाली राजनीति र नेपालको अवस्था

  •   
  •  

सुभाष न्यौपाने
पुराना ठूला भन्ने को हुन्, नेपालका दल ?
रवि ज्ञानेन्द्रले यहाँ मचाउँदै छन् हलचल !
धर्म संस्कृति हेर बिगार्ने पुरानै भए !
दल र सदन उज्यालो पार्ने एउटै चन्द्र भए !!

नेपाली राजनीतिमा पुराना र ठुला भन्ने दलहरुको आजसम्मको राजनैतिक गतिविधि हर्दा र उनीहरुको राज्यसत्ता सञ्चालन अवस्थाको बारेमा राम्रोसँग अध्ययन गर्ने हो भने उनीहरुले लगाएको समृद्ध नेपाल सुखी नेपालीको नारा उनीहरुको हातबाट पूरा होला जस्तो देखिँदैन । भ्रष्टाचार र तस्करीको सञ्जालमा उनीहरु र उनीहरुका आफन्त जेलिएका छन् । जसको कारण ति ठुला भनिने राजनैतिक दलका नेताहरुले एकले अर्कालाई विरोध गरे पनि आरोप लगाउन सक्दैनन् । जसले गर्दा उनीहरुको मिसन चौरासी त्यति सार्थक हुने देखिँदैन ।

त्यसैले नेपाली राजनीतिमा नयाँ भनौ या युवाहरुको अपेक्षा र आशा नेपाली जनताले गरेका छन् । पछिल्लो समयमा आएर काठमाडौँ महानगरमा नगरप्रमुखको नेतृत्व गर्न बालेन शाह आइपुगेपछि काठमाडौँ सहर बालेन सिटी बन्न पुग्यो । अन्तर्राष्ट्रिय स्तरमा के विश्व समुदायले काठमाडौँ सहरलाई बालेन सिटी अध्ययन नै नगरेर, नबुझेर भनेका हुन त ? सारा नेपालीको बुझिसकेको र मनभित्र पसिसकेको कुरालाई पनि ठुला भनिने केही गर्न नपर्ने राजनैतिक दल र तिनका आसेपासे तथा सरकारमा बसेका जसलाई ठुला मान्छे विशिष्ट मान्छे बन्नुपर्ने ।

जसलाई आमनागरिकले सँधै सम्मान गर्दै अभिवादन गर्नुपर्ने अवस्था अब मुलुकबाट अन्त गर्नुपर्ने र हुनुपर्ने जरुरी छ । मान्छे सबैले मानवीय स्वभाव र मानवीय समवेदना सबैले प्रकट गर्छन् त्यसमा मात्राको मात्र फरक हो । त्यो परिस्थति जसको पनि आउन सक्छ । बालेन कै सन्दर्भमा सिंहदरबारमा आगो लाग्छ भन्ने शब्द सञ्चार माध्यममा धेरै उचालिएर आयो । त्यस बोरमा सत्ताधारी र बालेन विरोधी सञ्चार माध्यमहरुले त्यस वाणीलाई सके जति उचाले तर कहाँ लगेर राखे थाहा छैन ।

बालेनकै सन्दर्भमा भन्नुपर्दा काठमाडौँ महानगर भित्र गरेका कामहरुको समीक्षा गर्दा मुलुकबासीले नै उनलाई एउटा आशाको दियो मानेका छन् भने विश्वास पनि गरेका छन् । त्यसैले पनि होला सञ्चार जगत भनिनेहरु विरोधमा आउँदा आउँदै पनि सामाजिक सञ्जालमा आएको समर्थन र टिप्पणीले पनि ति सञ्चार माध्यमहरुको बालेन विरोधी कमललाई बन्द गराइ दियो ।

बालेनका जन्मिएका दुई जुम्ल्याहा बच्चामध्ये एकको निधन भएर अर्को बच्चा पनि सधन उपचार कक्षमा उपचाररत रहेको र ति बच्चाको सुत्केरी आमा बिरामी भइ अस्पताल जाने आउने क्रममा विदाको दिनमा सरकारी गाड किन चढेको भन्ने विषयमा ट्राफिक प्रहरीले रोक्नु सोध्नु स्वभाविकै भए पनि बालेनका चाटुकारहरुले बालेनसँग भेट्न गएका व्यक्तिलाई तत्काल भेट गर्न नदिएर दुव्र्यवहार गर्नु बालेनको प्रसिद्धीलाई मजाएर रस पान गर्न चाहनेहरुको आन्तरिक स्वार्थले पनि घटना अतिरंजीत भएको हुन सक्छ ।

उता सन्तान वियोगको पीडा भोगिरहेको मान्छे जसको पत्नि र सन्तान अस्वस्थ भएर उपचारको लागि सधन उपचार कक्षमा राखेर उपचार गराइरहँदा कहिले उसको सम्यमता हराउन सक्छ, पदीय दायित्व बिर्सन सक्छ । त्यो मानवीय स्वभाव हो । त्यो प्रधानमन्त्री प्रचण्डलगायतले नबुझेको पनि होइन, तर मान्छे आफूलाई पर्दा पीर, व्यथा, वेदना भन्छ तर अर्कोले त्यही व्यवहार देखायो भने सार्वजनिक पद धारण गरेको व्यक्तिले गरेको त्यो व्यवहार ठिक भएन भनेर आलोचना गर्दै हिड्छन् ।

अर्काको सन्तान मार्दै हिड्नेले आफ्ना सन्तान वा परिवार मर्दा किन रुनु ? मान्छे जति कुर या दयावान जस्तोसुकै भए पनि मानवीय स्वभाव उसले दर्शाएरै छाड्छ । मात्राको तलमाथि मात्र हो । प्रकृतिले यो गुण स्वभावत रुपमा सबैलाई दिएको छ । नेपाली राजनीतिमा जो जसरी राजनीतिमा उदाय या उदियमान भए पनि मानवीय स्वभाव र सभ्यताभन्दा पृथक कहिले पनि रहन सक्दैन । यी सबै कुरा जनताले बुझ्दा बुभ्m्दै पनि नेपाली राजनीतिज्ञहरुले अझैँ पनि जनता ढाँट्ने र ठग्ने चेष्टा राख्छौँ भने तिमीहरु नै आफै सकिने अवस्था आइरहेको छ ।

यी कुराहरु अझैसम्म पनि बुझेर हो या नबुझेर हो । आफूलाई सच्याउन किन प्रयत्न नगरेको ? अब तिमीहरुलाई खेद्न घण्टी बजाउँदै, लौरो टकटकाउँदै युवाहरु आइरहेको छन् । यहि दुरावस्था मै मुलुकलाई ठेपलरहेने सपना यदि देखिरहेका छौ भने त्यो दूभाग्य हो । सरकारी मिलेमतोमा निकटबाट भन्सार छिराउने सुन अब फरक मार्ग गरेर किलोबाट तस्करी हुन थालेको छ । सरकार निस्पक्ष छानविनको लागि भन्दै उच्च अदालतका पूर्व न्यायाधिस डिल्लीराज आचार्यको नेतृत्वमा उच्चस्तरीय छानविन समिति समेत गठन गरेको छ ।

यस विषयमा जनताको एउटा मात्रै चाहना छ उच्चस्तरीय छानविन समितिले छानविन प्रतिवेदन तयार पार्न प्रधानमन्त्री, गृहमन्त्री तथा अर्थमन्त्रीको आदेश कुर्नुपर्ने विडम्बना नआवस । हिजो जनताको उन्मुक्तिको लागि जनताको राजनीति भन्दै सशस्त्र युद्धमा गएको माओवादी जतिबेला जनताले उसलाई शेर सम्झेका थिए । शान्ति प्रक्रियामार्फत् ऊ क्रमस स्याल बन्दै गइरहेको छ । जनताले आशा गरेका थिए माओवादी निमुखा र निर्दाहरुको बाँच्ने आधार हो तर माओवादीका नेताहरुको चरित्र त्यस्तो देखिएन ।

उनीहरुको सपना रहेछ गरिब निमुखाको ढाडमा टेकेर आफूहरु उनीहरुलाई नै कजाउने गरी उन्नत, समुन्नत बन्ने । त्यो अवस्था त हिजो जनयुद्धको बेलामा उनीहरुलाई लुकाएर बचाएर राख्ने उनीहरुका जनाधार तहमा रहेका नागरिकले देखिरहेका छन् । अहिले आएर हिजो माओवादीले सञ्चालन गरेको जनयुद्ध नामको लडाई त कांग्रेस, एमाले र दरबारका विरुद्ध उत्पन्न भएको इष्र्या, द्धोयसको राग रहेछ भन्ने पनि माओवादीको जनयुद्धको बेला जनाधारमा रहेका नेपाली नागरिकले प्रष्टसँगै बुझ्न पाएका छन् ।

कमाउ जोगाउको अभियानमा जुटिुकेका छन् नब धनाज्यको सूचिमा नाम अग्रपंक्तिमा नाम अगाडि सारिरहेका छन् । सुन र जमिनको खेलो उनीहरुकै नेताहरुको हातमा छ । कहिले किलो, कहिले क्विन्टलको तौलमा सुन आयात भइरहको छ । नेपालीलाई समृद्ध बनाउनको लागि सरकार र यसको नेतृत्वकर्ताहरुको चरित्र कस्तो छ भने नाङ्लो ठटाएर हात्ति तर्साउने खालको भनौ या छोरी कुटेर बुहारी तर्साउने । यो प्रवृत्ति भनेको उपचारको अर्थात् समस्या मुलुको कुनै वास्ता नगरी दुई हप्ताभन्दा लामो समय विदेश भ्रमणको नाममा विदेश सयर गर्छन् ।

मुलुकका मँहगीले घाँटी थिचिरहेको छ , गर्दन रेटिरहेको छ, त्यो थाहा छ ? कानमा तेल हालेर बस्न पाइन्छ सरकार प्रमुख ? फौजदारी अभियोग लागेका अपराधीहरुको सजाय मुक्त गर्न सरकारले पीडितसँग सरोकार नै नराखी उन्मुक्ति दिने अधिकार नेपालको संविधानको कुनधारा र मुलको ऐनको कुन अनुसूचिमा उल्लेख गरेको छ ? मानव अधिकार पीडित र पीडक दुवैको बरावरी नै हुन्छ तर पीडितले न्याय पाउनु पर्छ ।

यस्तै गतिविधिहरु मुलुकमा प्रजातन्त्र, लोकतन्त्र जे आए पनि नियन्त्रण हुनुको साटो बढोत्तर भएर गएका छन् । त्यसैले मुलुकमा हालीमुहाली गरेर राज गरेका पुराना राजनैतिक दलका नेताहरु सुध्रिन नसक्ने अवस्थामा पुगेको कारणले गर्दा पनि उनीहरुको आत्मबल गिरेर गइरहेको छ । राजनैतिक साख पनि गिर्दो छ । आफ्नै गतिविधिका कारण पुराना राजनैतिक दलहरु लौरो र धनिका कुरा छौडौ, हलोसँग डराइरहेका छन् । आफूले नगर्ने र गर्न नसक्नेहरु अरुको धेरै कुरा काट्छन् । धेरै विरोध गर्छन्, उनीहरु लाज मान्दैनन् तर डरचाहीँ छ हाम्रो मिसन चौरासी पक्कै असफल हुन्छ ।

तर पनि मतिचाहीँ सप्रिने देखिँदैन त्यसैले पनि उनीहरु अत्ताली रहेका छन् । निश्चित पनि हो मार्ग अधोगतिको पच्छाइ पनि रहेका छन् । बाउन्न साल फाल्गुन १ गतेबाट सुरु भएको नेकपा माओवादीको भुई मान्छेका निमित्त भन्दै सुरु र्भको जनवादी आन्दोलन शान्ति प्रक्रिया पश्चात डनवाद, धनवाद हुँदै अहिले सुनवादमा परिणत भएको छ । वर्तमान सरकारको नेतृत्व अहिले गरिरहेका नेकपा मानवादीका अध्यक्ष प्रचण्डलाई सत्तामा ठड्याउने र अड्याउने सबै काम नेपाली कांग्रेसले गरिरहेको छ ।

जसको जस नेकपा माओवादीले लिइरहेको छ भने अपजस जति नेपाली कांग्रेसलाई दिइरहेको छ । त्यो अपजसको पोको डोकामा हालेर भाउजुको फरियाको बरियो बनाएर दाजुले बोकेर हिडिरहेका छन् । अवस्था यस्तो छ रे दाजुले त्यो डोकका् भारी न त सम्हालेर बोकेर हिड्न सक्छन् । न त त्यो फालेरै हिड्न सक्छन् । सम्हाल्न खोजे नसम्हालीने अमेरिको जापानी के हो । सिफन जार्जेट हो र े जति सम्हाल्न खोज्यो उति लर्कने फाले र हिडुन भने डोको र नाम्लो दुवै नयाँ, बलियो र राम्रो पो छ रे । यस्तो अवस्थाबाट नेपाली कांग्रेस गुर्जिएको छ ।

अधिकारिक रुपमा नेपाली कांग्रेसले न त विरोध गर्न सक्छ न त समर्थन सत्तासिन दलहरुले विशेषगरी नेकपा माओवादीले सत्ता साझेदारीको नाममा नेपालीको कांग्रेसलाई ढाल बनाएर विरोधीसँग लडाइ लडिरहको छ । महासभाको बैठकमा भाग लिने नाममा दुई हप्ताभन्दा लावो रिक्रेसन टुर गरेर प्रधानमन्त्री स्वदेश फर्कदा शिक्षकहरुले माइतिघरबाट बानेश्वर सम्मको क्षत्र गुन्जायमान गराइसकेका थिए । उनी फर्कदा संविधान दिवसको नाममा सात प्रतिशत कैद मिनाहा गरेर सरकारले मुक्ति दिएका योगराज ढकाल, ‘रिगल’ को आममाफीको विरोधले राष्ट्र अन्तर राष्ट्रमा व्यापकता पाइसकेको थियो ।

प्रधामन्त्रीलाई यस्ता घटना सामान्य लाग्न सक्छ किनभने उनी पनि गोली र बन्दुकको सुप्रीम कमाण्डर बनेर आएका हुन् । कहिले काहीँ उक्त कमाण्ड दोहराउन पनि मन लाग्दो हो तर लोकतन्त्रमा नागरिक अधिकार र सुशासनसहितको कानुनले त्यस्ता विषय र घटनाको विरोध गर्छ, न्यायदिन घचघचाउँछ । यसरी भएभरको सरकारी अपजस आफूले बोकेर राम्रा जति सबै कार्यको जस माओवादीलाई दिएर राजनीति गुजारिरहेको छ । हुन पनि हो, असल कार्यको जस माओवादीलाई जाने पनि भयो किनभने सरकारको नेतृत्व त नेकपा माओवादीले गरेको छ ।

सबै नेपालीले बुझेको कुरा राष्ट्र अन्तरराष्ट्रमा नेकपा माओवादीके साखत खस्के कै छ । अनि उसले अर्काको साखमाथि उठन दिन्छ ? यो राजनीतिको धर्म पनि हो । पुराना भनिएका राजनैतिक दलहरु जनताको जीवन स्तर उकासेर मुलुकलाई समृद्धतिर लैजानुको साटो आफू र आफ्ना आसेपासेहरुलाई मात्र सिस महलका मालिक बनाउने र साधारण जनता जसले खाडी क्षेत्रलगायतका मुलुकहरुमा पसिना बगाइरहेका छन् । उनीहरु र उनका परिवारको जीवन र जीवनस्तर उकास्ने बारेमा नसोच्ने भएपछि आउँदा मिसनहरु ति ठुला र पुराना भनिने दलहरुको लागि अपूर्ण र अप्राप्य हुन सक्छन् ।

अझ भन्नुस् असि, एकासी कै मिसन नभएकाहरुले कसरी चौरासीको मिसन आउला र पूरा गर्लान् ? अब यो प्रश्न जनताबाट आउन थालिसकेको छ । जनताले विकल्प पनि खोज्न थालिसकेको छ । उनीहरु नयाँ उदाएका दलहरुलाई भन्छन्– की नआदर्श, नदर्शले कसरी राजनीति हुन्छ ? उनीहरुले पनि जवाफ दिउ आदर्श र सङ्गठनको राजनीतिले मुलुक कति सपा¥यौँ ? आसेपासे धुपाउरे र भरौटे पोस्नेभन्दा अरु केही काम ग¥यौ ? मुलुकलाई शरणार्थीको बासस्थान र मुलुकबासीलाई शरणार्थी बनायौँ । मुलुकभित्र भ्रष्टाचारको विगविगी गरायौ, तस्करहरुलाई तस्करी गर्न सजिलो हुने गरी धेरै नाकाहरु खुलायौ, खेतीपातीको बेला किसानलाई मल, बिउ उपलब्ध नगराएर तस्करसँगको कालो बजारमा

किनमेल गर्न लगायौ । स्वदेशमा रोजगारको प्रवन्ध नमिलाएर युवालाई अरब खाडीमा पसिना बगाउन जाने गरायौ । जहाँ पसिनाको उचित मूल्य मिलिरहेको छैन तर तिमीहरुलाई रेमिट्यान्स भने पठायकै छन् । तिम्रा आफन्त बाहेक विदेशमा काम गर्न गएका नेपालीहरु लास बर्सौसम्म उतै सडाएर राख्छौ, उद्धारको लागि रवि र दुर्गाको मुख ताक्छौ, अनि मिसन चौरासी भाक्छौ ? मुलुक र मुलुकबासीको यस्तो अवस्था आउँदासम्म पनि तिमीहरुको यस्तो प्रवृत्ति हट्दैन र तिमीहरु सुध्रन्नौ भने पनि केही हुँदैन ।

तिमी सुध्रे सुध्र न सुध्रे उघ्र जनतालाई केही सरोकार छैन । मुलुकमा व्यवस्था परिवर्तन गराएर तिमीहरुलाई ल्याएर जनताले सत्तामा राखेकै हुन्, तिमीहरुलाई राष्ट्रको सेवक बनाएर जनताले सत्तामा पुराएका हुन् विडम्बना तिमीहरु मालिक बन्न पुग्यौ । याद राख तिमीहरुलाई जनताले कहिले पनि मालिक स्वीकार्ने छैनन् ?