जलवायु परिवर्तन निम्त्याएको असर
भुपेन्द्र सुवेदी
जलवायु परिवर्तन अनुकुलनले विभिन्न विधिहरुलाई अपनाइ परिवर्तत जलवायुका कारण पर्ने प्रभावबाट प्रभावित नहुन वा कम प्रभावित हुन थालीने क्रियाकलापलाई बुझाउँदछ । जलवायु परिवर्तनको प्रभावहरुको प्रतिक्रिया स्वरुप क्षतिलाई संयत तुलाउन एवम् अवसरहरुको सिर्जना गर्न प्राकृतिक तथा मानवीय प्रणाली अपनाउने विधिहरुलाई आईपिसिसिले जलवायु परिवर्तन अनुकुलन भनेको छ ।
अनुकुलनका गतिविधिहरु पूर्व अनुमानित वा प्रतिक्रियात्मक हुन सक्छन् । यि दुवै गतिविधिहरुलाई मानव समुदायले आवश्यकता अनुसार निजी वा सार्वजनिक रुपमा कार्यन्वयन गर्न सक्दछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नै प्रभावकारी नीति तथा कार्यक्रमहरु तर्जुमा गरी योजनाबद्ध ढङ्गले पनि अनुकुलनका क्रियाकलापहरु सञ्चालन गर्न सकिन्छ ।
विश्वव्यापि चुनौतिको रुपमा देखा परेको जलवायु परिवर्तनको प्रभाव सामना गर्दै जिवनयापन सहज बनाउनका लागि अनुकुलनका उपायहरु अपनाउनु पर्नै हुन्छ । पृथ्वीमा भइरहने विभिन्न किसिमका परिवर्तन सँग सम्पूर्ण जीव र बनस्पतिहरु अनुकुलित भएका कारणले नै यिनीहरुको अस्तित्व रहेको छ । परिवर्तनसँग अनुकुलित हुन सकेमा जीव वा बनस्पतिहरु लेप हुने निश्चित परेको हुन्छ । त्यसैले सम्पूर्ण प्राणीहरुले नै आफ्नो अस्तित्व जोगाउन जलवायु परिवर्तनका प्रभावहरुसँग समयमै अनुकुलित हँुदै जानुपर्ने हुन्छ ।
नेपाल जस्तो विकसित मुलुकमा जलवायु परिवर्तनका प्रभावहरुबाट बच्नका लागि अनुकुलनका उपायहरु अपनाउने बाहेक अन्य विक्लपहरु छैनन् । त्यसैले स्थानीय र राष्ट्रिय स्तरबाट नै यसका लागि प्रयासहरु हुन अत्यन्त आवश्यक छ । यसरी अनुकुलनका लागि अपनाईने विधिहरु भने स्थान विशेष हुन सक्दछन् । उधारणका लागि बाढि, पैरो, प्रमुख जलवायु जन्य, समस्याका रुपमा देखा परेको स्थानमा बाध निमार्ण, बायो इन्जिनीयरीडङ, आदी अनुकुलनका उपायहरु हुन सक्छन् ।
खानेपानीका मुहानहरु सुक्दै जानथालेका स्थानहरुमा भने वर्षै पानी संकलनका उपायहरु अपजनाउन सकिन्छ । जलवायु परिवर्तनका प्रभावसंग जुध्नका लागि क्षेत्रगत रुपमका विभिन्न अनुकुलनका उपायहरु अवलम्बन गर्न सकिन्छ । ती मध्य केही मुख्य, उपायहरु मध्य, (१)जलश्रोत आकासे पानीको उपयोग(२) कृषि अन्नबाली लगाउने तिथीमिती समयोजन (३)भौतिक संरचना, नयाँ ठाउँ वा, क्षेत्रमा स्थाननान्त्र गुणस्तरीय माफदण्ड, (४) पर्यटकीय क्षेत्रहरुको विभिदीकरण गर्नै । (५) यातायात, सडक तथा अन्य यातायातको पुन रेखांकन, (६) उर्जा विधुत प्रसारण वा वितरण प्रणाली सशक्तिकरण, र सवलीकरणको प्रभावकारीताको माध्यममा पर्ने हुन्छ होला ?
यता भूतथापर्याबरण संरक्षणक कथालामो बनिसक्यो तर सरकार अत्यान्तै चिसो अबस्थामा लट्किएको माकुरो जालमा फसे जस्तो अबस्थामा छ । आजपर्याबरणको समस्या एउटा विश्वव्यापी संकट बनेको छ । पर्यावरणको संरक्षण, अत्यान्तै कठीन र जटील समस्या बनेको छ । विश्वव्यापी रुपमै कृषि योग्य जमिनको मरुभूमिकरण वा बिनास हुदै गएको छ । अब मानिसले पिउने पानी र जिवनका लागि नभै नहुने हावा समेत दिन प्रतिदिन प्रदुषित हुदै गएको छ, भने ओजन तहको पनि बिनास हुँदै गइरहेको छ ।
यहांँसम्म कि पृथ्वीमा बढीरहेको प्रदुषणको असर आकासबाट वर्ष ने प्रदुषित पानीको असर जीवजन्तु, वन सम्पदा र उर्बर माटोमा पनि पर्दछ । आजको विश्वव्यापी रुपमा जनसंख्याको चापको पनि पर्यावरणमा र असन्तुलन बढीरहेको छ । यस्तै कारणले ठूलाठूला माहामारी, र डर लाग्दा रोगहरुको वृद्धी हुँदै गइरहेको छ, उदारण टाढा छैन कहाबाँट भित्रन आएको कोभिट संकटलाई बुझे पुग्छ होला । नेपालमा पनि पर्यावरणको समस्या झन पछि झन गम्भीर बन्न लागेको छ । विश्वव्यापी रुपमा कृषियोग्य जमिनको बिनास, हावापानीमा, बढ्दो प्रदुषण, ओजनको बिनास आदीको असर नेपालमा परिरहेको छ ।
हिमालमा हिउँ लगातार घट्दै गइरहेको छ । बाढी, पइरो बढ्द्रै गइरहेका छन् । तीनीहरु पहिलेको तुलनामा सुक्दै गएका रहेका छन । टाढा कहाँ जानु पर्ने छैन नदीहरुको बारेमा हाम्रै दांका उत्तर महाभारतबाट झरेका खहरे खोला बिगत ३०, ३५ वर्षसम्म घोराहीबाट तुल्सिपुर जादाँ प्रत्येक खोलाहरुमालगाएको कपडा खोलेर मात्र खोला तरिनु पर्ने हुन्थ्यो । आज ती खोलाहरुमा पानी नै छैन कारण यही हो जलवायु, परिवर्तनको प्रभाव र हामी मानवीयता गुमाएका संरचना निर्माताहरुको कारण अझै के–के भोग्न पर्ने हो थाहा छैन ?
अझ भन्नु पर्दा पहाड र तराइ दुवैतिर वन जंगलको आजको डढेलो ले वन बन्यजन्तु, बनस्पति, जैविक विविधताको नास भइरहेको छ तराइबाट ठूलो मानमा काठको तस्करी हुँदै आएका दैनिक समाचारले सबैलाई जानकारी गराएकै छन् । उता खोलाको बालुवा गिट्टीको ठूलै मानमा उत्खनन् र निकासिका कारणनले पनि हाम्रो नेपालको पर्याबरणमा धेरै नै प्रतिकूल असर परेको छ । उता चुरे पहाडको बिनास हँुदै गइरहेको छ ।
जलवायु परिवर्तनको कारण पर्याबरणमा पैदा भएको संकटको सामना गर्न वा विश्वव्यापी रुपमा देखा परेको संकटबाट मानव जातीको रक्षाका लागि विश्वव्यापी रुपमा नै प्रयत्न भइरहेका छन् वा आन्दोलन चलिरहेका छन् । त्यो दिसामा नेपाल पनि कयौ संघसस्था आन्दोनहरुलाई सहयोग पुगाएकै छन् यस विषयमा एउटा लुजफमको रुपमा २०७०। ०७१ मा दाङ जिल्लामा समेत भूतथापर्यावरण समिति गठन भएको पनि हो ।
यहाँका कोइलाखानी, सिमेन्ट उद्योगहरुको र स्थानीय जनमानबीचमा उठेका समस्याको रुपमा लगत, उद्योगहरुमा पुगेर त्यहाँका कामदारहरुसंग छलपल समेत गरी पानीको भकारीको रुपमा रहेको काभ्रै गाबिसको तापामा पुगेर चुन ढुङ्गा उत्खनन् भइरहेको भिजुयल फोटो समेत खिचेर हामीले यहाँका सिमेन्ट उद्योगहरुले पुराएको समाजको असरको बारेमा प्रतिबदन नै पठाएका थिए तर सरकार सुनेको नसुनेको झइगरेको थियो तर एकातिर उद्योगले परेको असर अर्काे तर्फ जलवायु परिवर्तनले ल्याएको समस्याले गर्दा भूतथापर्यावरण परेको समस्याहरुको एक ठाउँमा रहेको छ ।
