चीनको अर्थतन्त्र बढ्नुको रहस्य
युवराज शर्मा
नेपालको छिमेकी देश चीन हो । यो देशको अवस्था ज्यादै दैनीय थियो । खान लगाउन र बस्नका लागि नागरिक समस्यामा थिए । संघर्ष गरेर बस्नु पर्ने बाध्यता नागरिकमा थियो । त्यहाँको सभ्यता, संस्कृति, मानवीय व्यवहार र अनुशासनले मानिसलाई क्रियाशील बनाउँछ ।
चीनलाई बनायो पनि । नेपालीहरुले चीनहरुसँग सिपको विकास गर्न सकेनन् । कारण थियो– उत्तरतर्फ भएको विशाल हिमाल पर्वतका श्रृङ्खलाहरु । यसले नेपाली र चिनियाहरु बिचमा सांस्कृति, संस्कारिक र माननीय वातावरण बढ्न सकेन । नाकाहरुमा मात्र सीमित भयो । जहाँका नेपालीहरुले आफूहरुलाई तिब्बतीय मूलका बासिन्दाहरु भन्छन् भने दक्षिण पूर्व र पश्चिमको भू–भाग भारतसँग जोडिएको नेपाली बासीहरु छन् ।
जसले आफूहरु भारतका मुलबासी ठान्छन् । जहाँका सीमानाकाहरु खुला छन् । दुवै देशका नागरिकलाई आउजाउमा कुनै प्रकारको बन्देज, रुकावट र झन्झट छैन तर चीन र नेपालका सीमावर्ति भू–भागमा आउजाउ गर्न भिसा चाहिन्छ । खुला सीमाना छैन । त्यसकारण चीनको विकास नेपालीहरुका लागि अनुकरणीय बन्न सकेको छैन । जहाँ सभ्यताको विकास पहिले भएको मानिन्छ । भाषा, संस्कृति, संस्कारहरु पहिले नै थियो । अहिलेको अवस्था परिमार्जित स्वरुप हो भन्छन्– चिनियाहरु ।
चीनको मध्यकालीन समयमा कम्युनिष्ट पार्टीका महान व्यक्ति माओत्सेतुङका लङ्गमार्च क्रान्ति सुरु भयो तब त्यहाँका शासक च्याङग्रा साई अपदस्थ भए, त्यस समयदेखि चीनमा अर्थतन्त्रको सुरुवातमा धेरै विकास भयो । उनका पछि लिनपिआयो र सोजोफिङले सत्ता सम्हाले पछि पहिले कै सिद्धान्तमा रहेर विकास गर्न जुटेका हुन् ।
अहिले पनि ठु–ठुला योजनाहरुलाई मूर्तरुप दिएका छन् । चीनको अर्थतन्त्र सुधार गर्नका लागि सिजिफिङको प्रयास अटल अमर रहने छ । नेपालका राजा महेन्द्र शाहले माओत्सेतुङसँग भेट गर्दा कालो रंगको दौरासुरुवाल र कोट लगाएका थिए । उनको शीरमा कालो भाद गाउँले टोपी थियो भने आँखामा कालो चश्मा लगाएका थिए । यो देखेर उनले (माओत्सेतुङ) राजाको प्रशंसा गरेका थिए ।
राजाले नेपालको आर्थिक, सामाजिक र शैक्षिक विकासको आधार शिलामा चीनको सहयोग रहेने छ भन्ने भनाई माओको थियो । त्यसकारण आर्थिक विकास गर्न उद्योगहरु खोल्ने क्रममा बाँसबारी छाला जुत्ता कारखाना नै पहिलो उद्योग स्थापना भयो । जसको सम्पूर्ण सहयोग चीन सरकारबाट भएको थियो ।
चीनको अर्थतन्त्र विकासमा तीन तहहरु छन् । पहिलो तह– निगरानी तह, दोस्रो तह राजाका र निजी क्षेत्रका व्यवसायीहरु र पुच्छार तहमा–कामदारहरु हुन्छन् । पहिलो तहको निगरानी समूहमा कम्यूनदेखि केन्द्रका व्यक्तिहरु हुन्छन् । जो पदाधिकारीहरु मानिन्छन् । उनीहरुले कामको गुणस्तरीयता, उत्पादनको लागत, मूल्य निर्धारण र कामको मूल्याङ्कन गर्छन् ।
खराब काम गराउने र गुणस्तरहीन वस्तु उत्पादन गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्छन् । सजाय र जरिवाना तोक्छन् । त्यस्तो अधिकार पद अनुसार वर्गिकृत गरिएको हुन्छ । जसले अधिकार प्रयोग गर्दैन, त्यो व्यक्तिलाई पदमुक्त माथिल्लो निकायको कमिटीले गर्छ । यस्तो व्यक्तिलाई पदयुक्त माथिल्लो निकायको कमिटीले गर्छ ।
यस्तो चेनअफ कमाण्डको राजनीतिक संयन्त्र छ र पो देशले चाडै प्रगति गरेको छ । त्यहाँको राजनीति ४ विषयहरुमा केन्द्रित छ र सबैलाई प्रेरणा दिन्छन् । त्यसबाट धेरै विषयहरुको ज्ञान गर्छन् ।
१. राष्ट्र र राष्ट्रियताप्रति बफादार छन् । २. राष्ट्रको गल्ती र कमजोरी हुन दिन्नन् । ३. समस्यामा परेकालाई सघाउने परम्परा छ । ४. अनुमतिको ज्ञान, सिप र अनुभवलाई धेरै परिमार्जन गरी अनुशरण गर्छन् । अनुभवीय ज्ञान, विकासशील ज्ञान र सिपको अध्ययन गर्छन् । उनीहरुको अध्ययन गरेर भन्छन्– राष्ट्रहितको काम अपनाउँछन् ।
२. बिचमा– राज्यद्वारा र निजी क्षेत्रबाट सञ्चालित उद्योगहरु छन् । जहाँ बाहिरी देशका नागरिकले पनि व्यवसाय गरेर बसेका छन् । उनीहरुको आयस्रोत नै व्यापार हो । यो क्षेत्र औद्योगिकमा पर्छ । यसले बजार व्यवस्था, बजारीकीकरण, आयात निर्यात र उत्पादनमा गुणस्तरीयता मूल्य निर्धारण माग र आपूर्ति गर्ने गर्छ । यो काम राज्यको नियन्त्रणमा गर्छन् ।
३. मजदुर वर्ग नै हरेक क्षेत्रका कामदार हुन् । उनीहरु उत्पादकमा जोडिएनन् भने राष्ट्रको अर्थतन्त्र चलायमान हुन्न । देशको उद्योग, कृषि व्यवसाय र निर्यात एवम् आयत सामग्रीहरुको ओसारपसारमा मजदुरको भूमिका ठुलो छ । मजदुर जसलाई कामदार भन्छौँ उसको मान सम्मान हुने देश नै चीन हो ।
मजदुर भन्ने वित्तिक्कै नेपालमा गरिब र विपन्न वर्गलाई सम्झन्छन् तर चीनमा मजदुर भनेपछि सिपको विकास भएको व्यक्तिलाई जनाउँछ । त्यसैले होला त्यहाँका मजदुरहरुलाई तीन वर्गमा वर्गिकृत गरेको छ ।
जसमा दक्ष कामदार, मध्यम कामदार, दक्षरहित कामदार । यिनीहरुको ज्याला दरभाउ पनि फरक पर्छ । यसले कामदारहरुमा सिपको विकास गर्ने प्रतिस्पर्धा बढ्छ । चीनमा सिपको महत्व हरेक क्षेत्रमा छ तर कार्यक्षेत्रमा महत्वपूर्ण भएकोले कामको सिपका आधारमा महत्वपूर्ण छ ।
वर्तमान समयमा पनि प्रधानमन्त्री बालेन्द्र शाहको सरकारले राजा महेन्द्र शाह सरकारको सिको गर्दै देश विकास गर्ने तरिका अपनाउँदै छन् । उनको लक्ष्य देशको अर्थतन्त्र सुधार्ने हो । जबसम्म आर्थिक रुपमा सम्पन्न हुँदैन, तबसम्म देशले काँचुली फेर्न सक्दैन । त्यसैले होला निगरानी दलले गर्ने नीति रास्वपाले अपनायो ।
रास्वपाको पार्टी पदका लागि, सभापति रवि लामिछाने र सरकार प्रमुख प्रधानमन्त्री बालेन्द्र शाह भएका छन् । यसबाट के देखिन्छ भने शीरमा पार्टी बिचमा सरकार अन्तमा जनतालाई सर्वोपरी बनाएका छन् । कामको मूल्याङ्कन पार्टीले गर्छ । सरकारको सञ्चालन, व्यवस्थापन नीति, ऐन नियमको कार्यान्वयन सरकारले गर्छ भने जनताले पार्टी र सरकारको मूल्याङ्कन गर्ने छन् ।
देशको चौथो अंग पत्रकार हो । यसले खराब पक्षको व्याख्या गर्ने र सबल पक्षको प्रशंसा गर्ने गरेमा झोले पत्रकारहरु पाखा लाग्ने छन् । कुनै पनि पत्रकार कोपभाजक बन्नु हुँदैन । दलगत रुपमा आवद्ध भएको पनि हुनु हुँदैन । तब मात्र स्वतन्त्र पत्रकार मानिन्छ । त्यस्ता पत्रकारले निस्पक्षता, निडर, सहनशील, सद्भावपूर्ण व्यवहार गर्न सक्ने छन् ।
नेपाल सानो मुलुक भएको र विकासमा पछि परेको मुलुक हो । २००७ सालदेखि रसास्वादन गर्दै आएका दलहरुले भ्रष्टाचार मात्र बढाए । छिमेकि देशहरुको अनुकरण गरेर नेपाललाई सुन्दर शान्त र अस्तित्वमा राख्न सकेनन् । रास्वपाले पनि देश बनाउन सकेन भने नेपाल दास्वतमा बाँधिने छ । बहादुर नेपाली दास बन्ने छन् ।
