Goraksha

National Daily

एक्सक्लुसिप सेक्युरिटी : ताल्चा लगाएको थियो मालिका मन्दिरमा

खेमराज रिजाल
छिल्लीकोट , १८ बैशाख । पर्यटकीय क्षेत्र दाङ–रोल्पाको सिमाना र रोल्पाको रुम्टीगढी गाउँपालिकालाई समेत जोड्ने गरी छिल्लीकोटमा सुरक्षा इकाई स्थापना भइसकेकोछ । यसले छिल्लीकोटको पर्यापर्यटन र पर्यावरण सहित सडक लिङ्कलाई समेत सम्बोधन गर्नेछ तर छिल्लीकोटको मालिका मन्दिरमा ताला लगाएको थियो । मै हुँ पुजारी भन्दै स्थानीय एमाले नेता परवीर पुनले मन्दिर खोलेर पुजाआजाको नौटङ्की गरेका थिए । मनौ बाइसे चौबीसे राज्यका प्रत्यक्षदर्शी हुन्, उनी ।

छिल्लीकोट एउटा पर्यटकीय गन्तव्य हो तर त्यहाँको उपस्थिति देख्दा खसीको मासु र अतिथिलाई सत्कार बाहेक अरू केही थिएन । ‘कहाँ भागे पुजारी ?’ परवीर पुनले भनेका थिए, ‘उनी बिदामा छन्, अहिले मै हुँ पुजारी … ॐ नमः … ।’ उनको मन्त्र कुन भाषामा थियो ? हामीले थाहा पाएनौँ । उनीहरूले यस्तै व्यवहार गरे भने साच्चै छिल्लीकोटमा प्रहरी रहला वा स्तरवृद्धिको पनि सम्भावना आउला ?

तुलसीपुर क्षेत्रको मात्र नमएर यो राजारजौटाको राज्यसम्म पनि जोडिएको क्षेत्र हो । यो महत्वपूर्ण पर्यटकीय क्षेत्रको विकासका लागि सुरक्षा अपरिहार्य थियो । त्यसको समन्वय गरिरहेका थिए, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वीरबहादुर वली । स्वागत मन्तव्यकै क्रममा उनले प्रहरीलाई एक कप चियामा पनि नबिक्न सुझाएका थिए । स्थानीय सरकारका सहयोगको भिन्नै कुरा होला तर प्रहरीले एक कप चिया नपिएरै पनि जनताको सेवा गर्नुपर्ने उनको अभिव्यक्ति थियो ।

छिल्लीकोटमा प्रहरी इकाई बसिरहँदा जिल्ला प्रहरी प्रमुखले एक कप चिया नाखाएर पनि सुरक्षाको अनुभूति दिलाउन अनुरोध गरे । खासमा जिल्लामा कम्तिमा १८ स्थानमा अस्थायी प्रहरी चौकी स्थापनाको माग आएको थियो तर पहिलो प्राथमिकता छिल्लीकोट थियो’, जिल्ला प्रहरी प्रमुख वलीको भनाइ थियो । उनले जिल्लाका १८ स्थानमा यस्तै चौकीको माग भए पनि आफूले क्रमशः सम्बोधन गर्ने बताए । अहिले छिल्लीकोटमा कुलराज बोहरोको नेतृत्वमा सुरक्षा इकाई स्थापना विधिवत रूपमा सम्पन्न भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष प्रेमनाथ गोगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपवमहानगरपालिका प्रमुख टीकाराम खड्काले चैकीका इञ्चार्जलाई मोटसाइकलको चाबी हस्तान्तरण गरेका थिए । शान्ति सुरक्षाका विषयमा तुलसीपुर उपमहानगरपालिका सुरक्षा निकायसँग सहकार्य गर्न तया रहेको पनि बताएका थिए ।

खासमा बिजौरीमा जिल्ला प्रहरी प्रमुख वलीको अग्रसरतामा त्यहाँ प्रहरी बिट स्थापना भएको हो । यदि छिल्लीकोट पर्यटनको गन्तव्य भए थप प्रहरी पठाउन सकिने उनको अभिव्यक्ति थियो । स्वागत मन्तव्यपछि प्रदेश प्रहरी प्रमुख डिआइजी उमेशराज जोशीले योगभूमि र प्रागऐतिहासिक यागभूमि पनि रहेकाले यसको संरक्षणमा यहाँको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने बताएका थिए । शान्ति सुरक्षा चुस्त बनाउन प्रहरी एक्लैको प्रयासले नहुने भन्दै जनताको साथ र सहयोगको पनि अपेक्षा गरे । डिआइजी जोशी अनुसन्धान व्यूरो र प्रहरी कानुनका अधिवक्ता हुन् ।
विर्ता पाएको जग्गाले तुलसीपुरमा मजगैया परिवार जन्मे

यसैबीच तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा र प्रहरी नायव महानिरीक्षक उमेशराज जोशीको समुपस्थितिमा छिल्लीकोटमा स्थायी प्रहरी चौकी स्थापना भएको छ । यसै कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख खड्काले मज्गै र बाँसगडीका सबै जग्गा राजा मेघनाथले विर्तामा मग्गैया परिवारलाई दिएको बताएका थिए । त्यही कारण मजगैयाको आवास क्षेत्र मज्गै र बाँसगडीमा बढी भएको पनि बताए । राजाले विर्ता दिएको जग्गामा मजजैया परिवारको रजाइँ भएको तर त्यो विर्ता फिर्ता लिनलाई केही सन्दर्भ भने बताएनन् ।

सो बिटमा पहिलो चरणमा ५ जना सुरक्षाकर्मी छिल्लीकोट पुगिसकेका छन् तर उनीहरूलाई न स्थायी भवनको व्यवस्थापन भएको छ न त बस्ने भवनमा झ्याल–ढोका लागाइएका छन् । यसले पनि स्थानीय सरकारलाई चुनौती दिएको छ । कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख खड्काले चौकीको व्यवस्थापनमा प्रतिबद्धता जनाए । तर उनीहरू बस्ने भवनको झ्यालढोका खोइ ? स्थानीय टोल विकास समिति कहाँ छ ? होमस्टे सञ्चालनका लाग उपमहानगरपालिकाले के दिएको छ ? सबै गुमनाममा छ, छिल्लीकोट ।

बढीमा एक सय परिवारको व्यवस्थापनले छिल्लीकोट या त काकाकुल हुनेछ या त पर्यटकीय गन्तव्य बन्नेछ । त्यासो त छिल्लीकोटमा समूहिक व्यावसायिक लगानी पनि छ । जिपलाइनदेखि केवलकारका योजनाहरू पनि आएका छन् तर छिल्लीकोेटको मन्दिर चल्मलाएको थियो तर खोल्ने पुजारी थिएनन् ।