पार्टीको घोषणापत्र, उसैले देखेको बन्दसत्र
मधुसूदन सुवेदी
चुनावको मुखैमा आएर जनताका अगाडि देखाउने भाट–बेइमानीको पुलिन्दा नै आजको चुनावी घोषणपत्र हो । घोषणापत्र केका लागि ? घोषणापत्र कसका लागि ? घोषणापत्र किन र घोषणपत्र कहिले ? आदिजस्ता थुप्रै प्रश्नहरुको उत्तर नबोकेको आजको घोषणापत्र आउनु र नआउनुमा के फरक ? फेरि त्यो घोषणापत्र लेख्दा कसले ? बनाउँछ कसले ? ल्याउँछ कसले ? बनाउँछ कहिले ? कुनै विज्ञ टोलीले बनाएको घोषणापत्र हो ?
कुनै काुनले बनाएको घोषणापत्र हो ? कुनै विधि र नियमले बनाएको घोषणापत्र हो ? कुनै आदर्श र सिद्धान्तले बनाएको घाषणापत्र हो ? विल्कुनै होइन । पार्टीमा भएका, काम नपाएका, पद नपाएका, कर्सी नपाएका नितान्त फुर्सदिला व्यक्तिले समयको सीमालाई नछाड्न र समय बिताउन निधार खुम्च्याएर सोचेर सपना देखेर, जनताको आँखामा छारो उडाउनका लागि तयार पारिएको दस्ताबेज हो । यसमा के दम छ ? आजसम्म नेपालमा कति पटक चुनाव सम्पन्न भए ? आजसम्म सम्पन्न भएका चुनावहरुमा भाग लिने दल र पार्टी उनी भए ?
आजसम्म चुनावी कार्यक्रममा भाग लिनएका दर र पार्टीले कतिवटा घोषणापत्र लेखे ? ती घोषणपत्रले देशमा के ग¥यो ? जनतामा के ग¥यो ? राज्यमा के ग¥यो ? राष्ट्रमा के ग¥यो ? यो मुलुकमा के ग¥यो ? कतिपयलाई त घोषणापत्रको परिभाषा समेत थाहा नहोला । घोषणापत्र कुनै व्यक्ति र शक्तिको मनोवाद हो ? घोषणापत्र कुनै सांसद र मन्ीको आत्मकथा हो ? यो प्रेमिकाले प्रेमीलाई पठाउने प्रेमपत्र हो ? यो गफाडीको गफ छाप्ने माध्यम हो ? पार्टीको घोषणापत्र भनेर जनतालाई भ्रममा पार्ने ? लाज लाग्दैन ? आजसम्म यो देशमा कुन दल र कुन पार्टीको घोषणापत्र कार्यान्वयनमा आयो ? समीक्षा गरेको छ ? हावाका भरमा घोषणापत्र बनाउने ?
हाम्रा देशका नेता कति विज्ञ हुन् ः हाम्रा देशका नेता कति विद्वान् हुन् ? बिना विज्ञ, बिना विद्या तयार पारिएको कस्तो घोषणापत्र ? अकबरी सूनलाई कसी लगाउनु पर्दैन, देशभक्ता पार्टीलाई घोषणापत्र बनाउनु पर्दैन । अब जति घोषणापत्र लेखे पनि जनताले नचिनेका र जनताले परीक्षण नगरेका कुनै दल र पार्टी छैनन् । छेपारोको तमासा नदेखाए हुन्छ । दम भएका शक्ति र पार्टी मुखैले घोषणापत्र भन्न सक्नुपर्छ । लेखेर भन्ने त जसले पनि भन्छ ।
५० वर्ष देशमा राजनीति गरेका आधा दर्जन पटक मन्त्री र प्रधानमन्त्री भएकालाई लेखेर घोषणात्रप वाचन गर्न लाज लाग्नु पर्दैन ? आफ्नो परिचय दिँदा सफल, योग्य, जेल, नेल, प्रजातन्त्रवादी, लोकतन्त्रवादी भनेर फुइँ मार्ने जाबो सानो घोषणापत्र नलेखेर भन्न नसक्ने ? हाम्रा नेताले जेलमा बस्दा दाम्लो बाटे कि राजनीतिको अध्ययन गरे ? दाम्लो बाटेको भए घरमा गाईबाख्रा पालेर बस्नुपर्ने ? राजनीतिक अध्ययन गरेको भए राजनीतिमा पाख्त हुनुपर्ने । आखिर गरे के ? यो अचम्मको कुरा छ । सबैले जेल खाको भन्छन् ।
आखिर जेल खाको कि जिल्ल खाको, जेलमा बस्नेले ? किताबै लेख्छन् ? नाम्ला बाट्छन्, दाम्ला बाँध्छन्, सुपा बुन्छन्, डोको बुन्छन्, टोपी बुन्छन् । हम्रा नेताले के गरेछन् ? जेल आएको जेल खाएको वा जेल पाएको नेतालाई सबैले सोध्नैपर्ने भयो ? तपाईँले जेलमा के गरेर दिन बिताउनुभयो भनेर । कि यिनीहरुले त्यहाँ पनि जेलको बारेमा घोषणापत्र लेखे ? जेलबाट छुटकारा पाउनको लागि घोषणापत्र त लेखेनन् ? म जेलबाट छुटे भने यो कारागारलाई यस्तो बनाउँछु, उस्तो बनाउँछु भनेर घोषणपत्र पो बनाए क्या हो ? राजनीतिका विज्ञले गर्ने काम यस्तै हो ? जनता समक्ष आउनुप¥यो । दैलो–दैलोमा आउनुप¥यो । आसेपासे र झोले नेतालाई भेटेर भोट पाउने जमाना गए । प्रत्यक्ष भोटरलाई भेटुनुप¥यो ।
भोटरका प्रश्नको एक–एक जवाफ दिनुप¥यो, भोटरलाई प्रतिबद्धता प्रकट गर्नुप¥यो । भर्खरैको समयमा हामीले पाएको सूचना के हो भने कुनै अमुक उम्मेदवार गाउँको मै हुँ भन्नेका आयो, आएर भेट ग¥यो, उसले गाउँमा आफ्नो मत आफैतिर ल्याउने गफ दियो, उम्मेदवार मख्ख भयो । त्यसैले उसले पनि सागसब्जी सबै उसैलाई अर्पण ग¥यो तर त्यो मै हुँ भन्नेलाई गाउँमा कसले टेर्ने ? उसले गाउँमा भोट हामीलाई हाम्रै पार्टीलई र फलानोलाई दिनुपर्छ है भन्दा गाउँलेले के भनेर भन्ने ए ! पाउर खाने तिमी, लाहुर जाने हामी ? कुन आधारमा तिमीले भनेको व्यक्तिलाई र पार्टीलाई हामीले भोट दिनुपर्ने ? भोट कसलाई चाहिएको ?
उम्मेदवारलाई कि तिमीलाई ? जसलार्य चाहिएको हो उही आउँछन्, हाम्रो चित्त बुझाउँछन् र भोट पाउँछन् भनेर पठाए । अब भन्नुहोस् नेताले कार्यकर्तालाई भेट्ने कि जनता ? प्रत्यक्ष जनतालाई भेट गर । तिमीले लेखेको घोषणापत्र तिमीले नै सपनामा देखेको बन्दसत्र, त्यसलाई आधार र प्रमाण मानेर कसैले पनि भोट दिँदैनन् । भोट दिने घोषणालाई होइन । काम गर्ने घोषणापत्रले होइन । घोषणापत्र नेता ठग्ने पुलिन्दा हो । घोषणापत्रका आधारमा चुनाव जित्ने अभिलाषा कोही कसैले जुराउँदा राम्रो । राम्रो र हाम्रो बन्नलाई घोषणापत्र होइन, आफै सच्चिएर आउ ।
जनताको ढुकढुकी समाउ, जनताको खुसीमा रमाउ, जनताको घरदैलोमा समय–समयमा आउ, सपथ खाउ, हामीलाई हँसाउ । धर्म र न्यायको बाटो समाउ, धेरै सौखिनमा नजाउ, सिद्धान्त र आदर्शलाई पछ्याउ, आफ्नो दुनो होइन देश र जनताको दुनो सोझ्याउ । देश बन्न र बनाउन अघि सर्नेले जान्नुपर्ने आवश्यक कुरा जान । जनताका सल्लाह, सुझाव मान । लोकलाई आदर्श ठान । लोकतन्त्र भनेको नै जनताको तन्त्र हो, मन्त्र हो, जन्त्र हो, संयन्त्र हो भन्ने ज्ञान हामीलाई थाहा छैन, जेल, नेल, कर्नेल भनेको के हो ? आफै जान ।
