दोस्रो पुस्ता नेतृत्व र सामथ्र्य
सुभाष न्यौपाने
वक्ता मात्र होइन सामथ्र्य नेतृत्व हो निरन्तर ।
मिडियामा बोलेर मात्र नेतृत्व कहाँ हुन्छ र ??
सक्छौ जाग दोस्रो पुस्ता आरोप, दोष लगाएर होइन ।
तिमीलाई जोख्ने तराजु चाँच्ने कसी जनता होइन ??
त्यसै हुन्न हस्तान्तरण सजिलरी पुस्ता अरे ।।
स्वार्थमात्र होइन राजनीति लगाव पनि त्यत्तिकै छ रे ।।
चौथो महाधिवेशन सम्पन्नताको मिति नेपाली कांग्रेसले आउँदो फागुन ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरेको भए तापनि वर्तमान परिस्थितिका कारण महाधिवेशन सम्पन्नताको भने अझै अन्योलतामै हरेको छ ।
सामान्य बहस र जानकारीकै कुरा गर्ने हो भने अर्को वर्षको भदौसम्म पनि महाधिवेशन सम्पन्नताको समय चर्चामा आइसकेको छ । हालसालै अर्थात् यही भदौ अघिल्लो साता सम्पन्न भएको सत्ताधारी दल नेकपाको वहुचर्चित र विवादित रुपमा रहेको सचिवालय, केन्द्रीय कमिटीको बैठक सम्पन्न गरेर आफ्नो र आफ्नो सरकारको नेतृत्वमा रहेको समस्या समाधान भएको बताउका छन् ।
यसै सन्दर्भमा नेकपाले एकताको महाधिवेशन यही चैतमा भनेर तोकिसकेको पनि छ । उसले आफ्ना सम्पूर्ण क्रियाशील सदस्यहरुकै सदस्यता नवीकरणको कार्य पनि तुरुन्तै थालनी गर्ने सार्वजनिक समेत गरेको छ । यसै महाधिवेशनबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सबै सदस्यहरु नेकपामा समायोजन हुने छन् ।
यति, यसरी सत्ताधारी दलले आफ्ना महाधिवेशनका गतिविधिहरु थालनी गरिसक्दा पनि अझै अन्योलमा रहेको नेपाली कांग्रेसको महाधिवेशनप्रति नै आम नेपालीको चासो, जिज्ञाशा र दृष्टि रहेको छ । यो विषय नै नेपाली कांग्रेसको अस्तित्व र पहिचानको विषय हो ।
नेपाली कांग्रेसको अन्योलग्रस्त महाधिवेशनप्रति जनताको चासो उत्सुकता र जिज्ञाशाको दृष्टि र दृष्टिकोण पर्नु भनेको नेपाली जनता लोकतन्त्रप्रति सजग र सचेत छन् भन्ने बुझाउँछ । यो पनि कांग्रेस मापनको जनताको कसी र कडी हो । जब–जब मुलुकमा संकट र असहजता उत्पन्न हुन्छ तब–तब नेपाली जनताले नेपाली कांग्रेसको भूमिकाको अपेक्षा पनि राख्दछन् ।
नेपाली कांग्रेसको नेतृत्वपंक्तिका नेताहरु आपसमा सकारात्मकताका साथ स्वस्थ प्रतिस्पर्धामा जाउन् र देश र जनताको हितमा काम गर्ने र गर्न सक्ने वातावरण तयार पारोस् भन्ने जनचाहना छ । यति कुरा बुझ्दाबुझ्दै पनि नेपाली कांग्रेसले जनचाहना अनुरुप कार्य नगरेर रु अर्थात् नेपाल कम्युनिष्ट पार्टीको शैलीमा नै आफ्ना राजनैतिक गतिविधि सञ्चालन गर्न थाल्यो भने मुलुक र मुलुकवासीको लागि विडम्बना हो ।
पुस्तान्तरण र पुस्ता हस्तान्तरणको विषयमा छलफलले व्यापकता पाइरहेको छ । त्यस विषयमा बहस गरिरहँदा पार्टीका नेताहरुले महाधिवेशनको लागि महाधिवेशन प्रतिनिधिको रुपमा प्रस्तुत हुनसक्ने महिला महाधिवेशन प्रतिनिधिको संख्या र ती चेहराको बारेमा पनि नेपाली कांग्रेसको महाधिवेशनको बहस गरिरहँदा त्यसतर्फ पनि ध्यान दिनुपर्ने देखिन्छ ।
नारी प्रधानन्यायाधीश र राष्ट्रपति बनाइसकेको कुलुकले पार्टी नेतृत्वमा महिला आकांक्षीहरु देखिन हिच्किचाएको हो वा उनीहरुको सम्बन्धमा पार्टीमा बहस हुन नसकेको के हो ? महिला नेतृत्वमा जान चाहनेहरु पनि आकांक्षीको रुपमा बहसमा उत्रिन कोशिस गर्नुप¥यो । पुरुष भन्नेहरुले पनि भाले मात्र नेतृत्वमा रहनुपर्छ भन्ने मान्यताबाट अलिकति उन्नत भएर आउन सिक्नु प¥यो ।
महिला नेतृहरु पनि भालेको आडमा मात्र राजनीति गर्न खोज्ने हो भने सधैँ दोस्रो दर्जामा रहिरहनु पर्ने पनि हुनसक्छ । त्यसैले आफ्नो क्षमता प्रदर्शन गर्न कसैलाई सोधिरहनु पर्दैन । समयमा आफ्नो क्षमताको विशिष्ट प्रदर्शन गर्नसकेमा सोचेको भन्दा अगाडि जाने अवसर पनि मिल्नसक्छ । महिला दिदीबहिनीहरलाई मेरो तर्फबाट के पनि अनरोध छ भने हारलाई स्वीकार गर्न सक्नुभएन तपाईंको बारेमा पुरुष नेता भन्नेहरुले कहिल्यै पनि सोच्ने छैनन् ।
तपाईं १४औँ महाधिवेशनमा समर्थन जोसुकैलाई गर्नुहोस् तर आफ्नो लागि आफू अग्रपंक्तिमा रहेर राजनीतिमा अगाडि बढ्नुहोस् । अनि मात्र नारी अस्तित्व र शक्तिको पुरुष भन्नेहरुले महशुस गर्ने छन् । होइन शेरबहादुर र रामचन्द्रसँग दाइ मेरो पनि नाम टिममा राख्दिनुस भनेर भन्ने मात्र हो भने नाम त उनीहरुले राख्लान् नराख्लान् तर महिला नेतृत्व भन्नेहरुको बल त उनीहरुले आफ्ना तराजुमा लिराख्ने छन् ।
महिला नेतृत्वको लागि तपाईंहरुप्रति त्रास र सस्म्मान आउँदैन । जहिलेदेखि नेपाली कांग्रेसभित्र चौधौँ महाधिवेशनको नाममा बहस र विवाद सुरु भयो त्यसभित्र महिला नेतृत्वहरुको भूमिका भनेको पार्टी सभापति शेरबहादुर देउवाले गरेको निर्णय र अभ्यास ठीक छ । रामचन्द्र पक्षधरले गरेको विरोधको केही अर्थ छैन । अथवा रामचन्द्र दाइले गरेको ठीक छ ।
पार्टी सभापतिले गरेको कार्य गलत छ भन्ने भन्दा अर्को तर्क पाइएन तर पार्टीभित्रको दोस्रो पुस्ताको नेतृत्वपंक्तिमा रहेका युवाहरु निरन्तर जसो बहस र सम्वादमा छन् । के उनीहरु मात्र पार्टीभित्रका युवा हस्ती हुन् ? कि लिङ्ग पहिचानको आधारमा महिलाहरुमा त्यो आत्मबल नआएको हो ? यदि त्यसो हो भने त हामीले इतिहास पढेको कहाँ गयो ? अमेरिकामा हिलारी क्लिन्टन, बेलायती महारानी यलजाबेत, जर्मनी मार्गरेट थ्याचर, भारतमा इन्दिरा गन्धी कम्तिको त्याग र समर्पणले भएका होइनन् ।
तर नेपालका आशालाग्दा नारीहरु जसको मुलुकले समेत आशा गरेको हुन्छ उनीहरु अझै पनि पोल्टाको खाजा जस्तै छन् । जतिबेला राख्न चाह्यो उतिबेला राखिन्छ, जतिबेला झिक्न चाह्यो उतिबेला झिकिन्छन् । अहिलेका नेतृत्वहरुबाट मंगलादेवीको क्रान्तिकारिताको आशा त गर्न सकेनौँ नै । कम्तिमा सैलजा, सुजातासम्म त बन्न सिकौा । युवा नेताहरुको नेतृत्व सम्बन्धमा बहस गरिरहँदा मुल नेतृत्वको सम्बन्धमा चाहिँ ६० वर्षभन्दा माथिका नेताहरुको अनुहार सार्वजनिक गरिएका छन् ।
त्यसमा महिला नेतृहरु कसैको पनि न त सम्बोधन छ न त उद्धरन नै । तै पनि उनीहरुको एकमत रहेको विषय हो, अब ७० वर्ष उमेर काटिसकेका नेताहरुलाई ससम्मान नेतृत्वबाट निवृत्त गरेर अभिभावक बनाएर बसल्ने । त्यस विषयमा उनीहरु सफल हुनको लागि एकमत हुनै पर्छ । उनीहरु आ–आफ्नो खेमाको नेताको नाममा बहसमा उत्रिए भने उनीहरुको सत्तरी वर्षलाई राजनीतिक निवृत्त वर्ष सफल हुँदैन ।
अन्ततः उनीहरुको राजनीतिमाथि पनि प्रश्न उठ्नसक्छ । यदि ती युवा पंक्तिका भनिनेहरुले आफू कसैको दायाँवायाँ रहेकै भरमा आफूलाई फलानो नेताको पूर्ण सहयोग रहने भनेर चुरिफुरी गर्नथाले भने तिनका खुट्टा त्यहीँबाट तानिन्छ । तिनको जति अध्ययन तिनलाई मत दिने कार्यकर्ताहरुले पनि गरेका छन् । सामाजिक, राजनीतिक विषयमा पनि सायद ती नेतृत्वपंक्तिका व्यक्तिभन्दा राम्रो अध्ययन गरेका छन् ।
राजनीतिमा जतिसुकै अग्रपंक्तिका नेता भए पनि उनीहरुले आफ्ना सहयोगीहरुलाई प्रतिस्पर्धीको रुपमा लिनु पर्छ । युवा नेतृत्वका आकांक्षीहरुले पुराना नेतृत्वकर्ताहरुलाई सम्मान गर्दै उनीहरुको योगदानको कदर गर्दै आफू युवाहरु एकजुट भएर अघि बढेमा युवा नेतृत्वमा नेपाली कांग्रेस अघि बढ्न सक्ने प्रशस्त सम्भावना देखिन्छ । तर आ–आफूमा एकले अर्काको उछितो काडेर उनी पूर्वजहरुलाई आयु तीस मानेर सबै भक्ति र शक्तिलाई प्रसाद मात्र दिने छन्, वरदान दिने छैनन् ।
त्यस्तै महिला आकांक्षीहरुले पनि तिनै नेताहरुलाई महादेव सम्झेर आफू सहरका नारीहरुको एक आपसमा तथानाम गालीगलौज र अपमानमा उत्रिने हो भने उनी महादेवले यिनीहरु यस्तै स्वभावका हुन भनेर मुखले ठिक्क पार्दै प्रसाद समेत दिन कन्जुस्याई गर्ने छन् । त्यसैले नेतृत्वपंक्तिमा रहन चाहने नारीहरुले आफूमा एकता गरी केहीलाई महिला सिटमा राखेर सामथ्र्य हुनेहरु जसले भोलिको पार्टीको बागडोर सम्हाल्ने अभिलाषा बोकेकाहरु खुला प्रतिस्पर्धामा जाँदा उपयुक्त देखिन्छ ।
होइन खुला प्रतिस्पर्धामा हार पनि हुनसक्छ भनेर आरक्षण खोज्नेहरुलाई जसले हारलाई स्वीकार्नुसक्ने सामथ्र्य राख्दैन, त्यस्तालाई राजनीतिमा नेतृत्व मिल्न सक्दैन । नेपाली कांग्रेसको संवैधानिक कष्टकर अनुसार दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको व्यवस्था गरेको छ । विगतको महाधिवशनबाट एउटा के कुराको नजिर जस्तो बनेको छ भने कोषाध्यक्षमा महिला तर उनीहरुको भूमिका चाहिँ त्यति प्रभावकारी देखिएन ।
यति हुँदाहुँदै पनि महिला नेतृत्वको आकांक्षीहरुले सबै महिलालाई समेटेर अघि बढ्ने प्रयास गरे भने उनीहरु पुरुष प्रतिपष्र्धीभन्दा बलिया हुनसक्छन् । होइन भने बाहिरबाहिर उफ्रने तर विरालोको घाँटीमा घण्टी कले बान्ने भन्ने अवस्था हो भने त युवा न त महिला कसैले चुरीफुरी नगरे हुन्छ ।
यसमा पनि महिलाहरु एकआपसमा सहमति जुटाएर अघि बढ्ने अवसर पनि प्राप्त भइरहेको छ । महाधिवेशन प्रतिनिधिमा महिलाहरको संख्या पनि बढ्दै गइरहेको छ । त्यसैले मति नबिगारिकन एकजुट हुन आवश्यक छ । होइन महादेव र विष्णुकै भरपरेर एउटी महिलाले अर्काको उछितो काड्दै हिड्ने हो भने ती महादेव विष्णुले न त पार्वती नै बन्न दिने छन् न त लक्ष्मी नै । त्यसैले आफू एकमतका साथ सबैलाई समेटेर अघि बढ्न चाहने हो भने पार्वती र लक्ष्मी बन्न कुनै गाह्रो छैन ।
युवाहरु सत्तरी वर्ष माथिका नेताहरुलाई निवृत्त गर्ने भन्दैमा आ–आफूमा सहमति नगरेर एकआपसमा नेतृत्वको निमित्त हुने टकराव स्वाभाविकै भए पनि आपसमा उछितो काडाकाड गर्ने हो भने ती सत्तरी वर्षेले नै ती तन्नेरीहरुलाई थिचिराख्ने छन् । त्यसैले पार्टी कार्यकर्ताहरुले भनौ या नेपाली जनताले नै नेपाली कांग्रेसभित्र युवापंक्ति नेतृत्वमा आउनुपर्छ भन्ने आवाज सबैतिर आइरहेको छ । त्यो देश र जनताको लागि आवश्यक पनि छ ।
