Goraksha

National Daily

मैले कोरोना देखिन…

खेमराज रिजाल

आज मेरो मुड अर्कै छ । तपाईले किन भन्न सक्नुहुन्छ, त्यो मैले पछिल्लो प्याराग्राफमा बताउने छु । धेरै स्थानमा आज घुम्ने अवसर मिल्यो, किनकि हामी चल्न खोजेका थियौं, रुक्न होइन ।

अस्तीको लेखमा मैले देखें भन्ने थियो, तर आज मैले नदेखेको लेख्दैछु । नदेखेको कसरी लेख्छौ भन्नेहरु होलान, तर मलाई उनीहरुसंग कुनै गुनासो छैन । कहिले काही नदेखेको पनि लेख्नुपर्छ ।

विहानै विश्वकर्मा पुजाका दिन शर्मा एलाइट निर्माण कम्पनीको गाडी विश्वकर्मा पुजाको निम्तो दिन आयो । गाडीसहित आएकाले मैले अस्वीकार गरिन । किनकि गतिलो पुल निर्माण र तोकिएको समयभन्दा चांडै निर्माण सम्पन्न गर्ने उद्देश्यकासाथ लाडिरहेका थिए ।

यातायात व्यवसायीहरु जसरी पनि गाडी चलाउन लागेका थिए । विश्वकर्मा त्यसैले पुजिएका थिए, किनकि विश्वकर्मा वावाको आसिर्वादमा धेरै श्रमीकहरु आश्रीत छन् । विश्वकर्मा वावाकै आशिर्वादले धेरै मज्दुरहरुको भोक मेटिएको छ । व्यवसायीहरुको रोजीरोटी चलेको छ ।

हो,मैले देखिनभन्दा तपाइहरुलाई अचम्म लाच्न सक्छ, त्यो तथ्यसहित लेखदै छु, मैले लेखेको हरेक शव्दपछि तपाइहरुलाई तान्न चाहन्छु, । यदि चाहनुहुन्न भने, यतिमै विश्राम लिन पनि तपाइहरुलाई छुट छ ।

तर मैले आज विहिवार कोरोना देखिंन । शान्तिनगरमा पनि देखिन, घोराहीमा पनि देखिन, तुलसीपुरमा पनि देखिन, अनि दाङ जिल्लाका सवै पालिकामा देखिन । सायद सवै पालिका आज मिठो निद्रामा हुने छन्, किनकि आज दाङ जिल्लामा कसैलाई कोरोना नदेखिएको जिल्ला श्वास्थ्य कार्यालयका कोरोना फोकल पर्शन कमल चन्दे पुष्टि गरेका छन्् ।

हो, आज मेरो मुड जस्तो थियो, कमल चन्दको पनि मुड त्यस्तै थियो । नको अभिव्यक्ति थियो, आज कुनैपनि जिल्लाबासीमा कोरोना संक्रमणको पुष्टि भएको खवर छैन । आहा, विश्वकर्मा पुजाका दिन यस्तो अवसर ।

मैले सोंचिरहेको छु, अव फेरी विश्वकर्मा वावाले आफ्ना मजदुरहरुलाइ कोरोना लाग्नबाट बचाउने छन् । इच्छाशक्ति प्रदान गर्ने छन । अनि आत्मविश्वास बढाउने छन् । आनिवानी र खानपानमा पनि सुधार ल्याउन अनुयायीहरुलाइ सिकाउने छन् ।

किनकि अव संंघीय सरकारको विश्वास धेरै नेपालीलाई छैन, प्रदेश सरकारको विश्वास पनि छैन, अनि स्थानीय पालिका घोराही उपमहानगरपालिकाका नगरपिताको पनि विश्वास छैन । किनकि सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा अहिलेसम्म जेजति बजेट खर्च गर्यो, त्यो अर्थहिन सावित भएको छ, उपलव्धि विहिन भएको छ ।

अवत सरकारले परीक्षणनै नगर्ने उद्घोष गरेको छ । कोरोना भाइरसको संक्रमणको नियन्त्रणमा ७ सय ५० रुप्पेमा खरीद गरेको मास्क अहिले बजारमा ७० रुप्पेमा आउँदा सरकार छटपटाएको छ ।

२५ हजार रुप्पेमा पिसिआर परीक्षण हुने दावी गरेको सरकार आफैले दुई हजार रुपैयामा परीक्षण घोषणा गरेको छ । सायद मलाई लाग्छ, तपाईहरुपनि नआत्तिनुहोला अवको दुई महिना पछि ५ सय रुप्पेमा पिसिआर परीक्षण हुनेछ ।

हो, मैले फेरी लेख्दालेख्दै फेरी कोरोनाकै कुरा लेखेछु, त्यसमा म तपाई पाठकहरुसंग क्षमायाचना गर्दछु । किनकि मैले आज कोरोना देखेको छैन । किनकि दाङका कुनैपनि पालिकाले कोरोना परीक्षण गर्न छाडेका छन् ।

परीक्षणनै नगरे कोरोना देख्न सकिन्छ र ? साधुवाद छ, स्थानीय पालिकाहरुलाई, सधै दाङमा संक्रमितको समाचार लेख्ने अवसर नदिनुहोला, त्यसकालागी परीक्षणै नगरे हाइसन्चो .। किनकि दाङ जिल्लामा पालिकाहरुले संम्भावित संक्रमितको स्वाव संकलननै गरेका थिएनन् ।