calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

सयपत्री फुलको व्यवसायीक खेती

गोरक्ष समाचारदाता
दाङ,४ कार्तिक । । जिल्लामा पछिल्लो समय सयपत्री फुलको व्यवसायीक रुपमा खेती गर्ने थालिएको छ । जिल्लामा व्यवसायीक रुपमा सयपत्री फुलको खेती नहुदा चाडपर्वमा तथा जिल्लामा हुने विभिन्न कार्यक्रमका लागि जिल्ला बाहिरवाट फुल ल्याउनु पर्ने वाध्यता रहेको थियो ।

तर पछिल्लो समय घोराही उपमहानगरपालिका वडा नं. १४ झिगौरामा व्यवसायीक रुपमा सयपत्री फुलको व्यवसायीक खेती गर्ने थालिएको छ । तिहारलगायतका अन्य विभिन्न कार्यक्रममा आवश्यक फुलको मागलाई मध्यनजर गर्दै घोराहीमा व्यवसायीक पुष्प खेती थालिएको हो । झिंग्रौरा निवासी लोकेन्द्र रोकामगरले व्यवसायीक रुपमा सयपत्री फुलखेती गरेका हुन् । सुरुका केही वर्ष तिहारको लागि मात्र फुल खेती गरेकाका रोकामगरले अहिले आएर व्यवसायिक रुपमा नै अगाडि बढेका बताए ।

जलजला पुष्प खेती फर्म दर्ता गरेर सयपत्रीको व्यवसायीक खेतीमा लागेको बताए । अहिले उनले १२ कट्टा जग्गा भाँडामा लिएर खेती गरेका छन । १२ कट्टाको वार्षिक ४८ हजार भाँडा तिर्ने गरेको उनले बताए । आगामी दिनमा व्यवसायलाइृ बढाउँदै जाने समेत बताए । रोजगारीको सिलसिलामा ७ वर्ष कतारमा विताएका रोकाले जिल्लामा तिहारलगायतका पर्व एवं अन्य शुभ कार्यका लागि फुलको माग देखेपछि आफुले व्यवसायमा लागेको बताए । ‘दाङमा पुष्पको व्यवसायीक खेती भएको देखिदैन,तिहारका अन्य कार्यक्रमहरुमा बाहिरबाट मगाउनुपर्ने बाध्यता छ’,उनले भने,‘बाहिरबाट मगाउँदा हजारौँ रुपैयाँ बाहिर जान थालेपछि मैले जिल्ला व्यवसाय गर्न योजना बनाएर सुरु गरेको हु ।’ विगत दुई बर्ष पहिलेदेखि सुरु गरेको व्यवसाय राम्रो चलेको समेत बताए ।

सुरुमा तँ जिल्लामा पुष्पको व्यवसायीक खेती हुदैन थियो तर अहिले हुन थालेको छ । ‘दाङमा व्यवसायीक रुपमा फुल खेती कतै थिएन, मैले पनि काठमाडौमा देखेको थिए’,उनले भने,‘तर मैले सुरु गरेपछि जिल्लाका अन्य ठाउँमा समेत सुरु भएको छ ।’ ं अहिले उनले भारतको कोलकत्ताबाट अफ्रिकन मेरिगोल्ड जातको सयपत्री फुलको विउ ल्याएर व्यवसायीक खेती गरेको बताए ।

घोराही बजार नजिकै फुलखेती गरेकाले बजारको लागि कुनै समस्या नभएको रोकाले बताउछन् । ‘दैनिक जसो फुलको माग आउने गरेको छ, उत्पादन गरेको फुल कहाँ लिएर विक्री गरौं भन्ने समस्या छैन’,उनले भने,‘उत्पादन भएको फुलहरु इहि विक्रि हुने गरेको छ ।’ जिल्लाका घोराही, तुलसीपुर, लमही, भालुवाङका शहरबाट फुल लिन आउने गरेको बताए ।

उनले प्रतिमाला एक सय रुपैयामा विक्री गर्ने गरेको बताए । पहिले तिहारका लागि मात्रै सयपत्री फुल उत्पादन गर्ने गरेपनि पछिल्लो समय बाह्रै महिना फुल उत्पादन गर्ने बताए । ‘जिल्लामा १२ महिना नै फुलको माग हुन्छ’,उनले भने,‘त्यसैले मैले तिहारमा मात्र होइन, बाहै्र महिना नै उत्पादन गर्ने गरेको छु ।’ गतवर्ष फुल खेतीबाट एक लाख रुपैया चोखो नाफा गर्ने सफल भएको बताए । आफुसंँगै परिवार तथा अन्य ३ जनालाइ रोजगार प्रदान गरेको उनको भनाइ छ ।

औपचारीक कार्यक्रम, विवाह, पुजा आर्जाका लागि फुलको माग हुने गरेको उनको भनाइ छ । थोरै लगानीवाट राम्रो आम्दानी गर्ने सकिने भएकाले यसतर्फ लाग्न समेत आग्रह गरेका छन् । यस वर्ष प्राविधिक कमजोरीका कारण फुल खेतीमा रोग लाग्दा केही क्षेती भएको समेत बताए ।