नेकपाका सचिवालय सदस्य श्रेष्ठ पक्राउ
गोरक्ष समाचारदाता
दाङ,४ कार्तिक । नेकपा दाङका सचिवालय सदस्य विवेक श्रेष्ठ पक्राउ परेका छन् । उनलाई राप्ती स्वास्थय जिबज्ञान प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलमाथि अभद्र व्यवहार र प्रहरीमाथी हातपात गरेको आरोप छ ।
दाङ प्रहरीमा मुद्दा दर्ता भएपछी उनी फरार थिए । गत भदौको ११ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउँ समितिले प्रतिष्ठानको प्रशासनिक भवनमा ताला लगाउने क्रममा श्रेष्ठले रजिष्टार प्याकुरेलमाथि हातपात गरेका थिए । हातपातपछि फरार रहेका श्रष्ठका नाममा प्रशसनले तीन महिने वारेन्ट जारी गरेको थियो ।
श्रेष्ठलाई कैलालीको भजनीमा लुकीछीपी बसेको अवस्थामा सोमवार प्रहरीले पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।