Goraksha

National Daily

नेपालमा कोरोना बढेको बढ्यै

युवराज शर्मा

नेपालमा बढेको कोुोना आयातीत हो । विभिन्न देशहरुमा रोजगारी गर्न गएका नागरिकले ल्याएको उपहार हो । यो रोगको नियन्त्रण गर्न चिनियाहरुले प्रयोगमा ल्याएको प्रविधिहरु, क्वारेन्टाइन, आइसोलेशन र स्वाब जाँच विधिहरु मात्र हुन् । यसलाई उपचार गर्ने औषधिहरु बनेका छैनन् । औषधि बनाउनसकेको पनि छैनन् । उपचारको अर्को उपाय छैन । यस रोगले धनी र गरिब छुट्याएको छैन ।

अमेरिका, चीन, युरोपियन देशहरु, अफ्रिकी देशहरु, एसियन मुलुकहरु, अष्टे्रलियन, दक्षिण अमेरिका, क्यानाडा, इङ्लैण्डजस्ता देशका नागरिकहरु पनि रोगले सताइएका छन् । उनीहरुलाई के गरौँ र के नगरौँ भएको छ । नेपालमा आयातीत कोरोना बढ्दै छ । समुदायमा पुगन लागिसक्यो । स्वास्थ्य मन्त्रालेले कुनै उपाय गर्न लागेको पाइन्न ।

क्वारेन्टाइनमा भएका विरामीहरुको अवस्थामा सुधार गर्नुपर्छ भने क्वारेन्टाइनमा बसेकाहरुको स्वाब परीक्षण नगराएर घर पठाउनुपरेको अवस्था छ । सरकारले स्वाब परीक्षणको दायरा बढाउन सकेको छैन । यस्तो अवस्थामा कोरोना बढेको बढ्यै छ ।

नेपालमा संघीय, प्रदेश र स्थानीय सरकार छन् । बजेट सञ्चालन संघीय सरकार गर्छ । कर प्रशासन संघीय सरकारै निर्देशनमा चल्छ । प्रदेश सरकारबचिमा बड्केको छ । कामको बोझ सबै स्थानीय सरकारलाई छ भन्छन् नेताहरु । भारतमा रोजगारी गरेर कमाई गरिरहेका नेपाली कोरोनाका कारण घर फर्कने क्रममा धेरै दुःख दशगजा सीमानामा पाएका थिए ।

त्यस समयमा नेपाल पस्न दिएन भने भारतले पनि बस्न दिएन । दुःख भोग्नसम्म भोगेको गुनासो गाउँघरमा गर्छन् । यी तीन तहका सरकार चलाउनेहरु कहाँ बसेका थिए ? जुन नेताले नेपालीलाई चिनेन । त्यस्ता व्यक्तिहरु नेताहरु होइनन् । तलब खानेवर्ग हुन् । उनीहरुलाई जनताको माया हुन्न । स्वार्थ मनोभावनाका हुन्छन् ।

त्यसैले परदेशबाट घर फर्कने व्यक्तिहरुले स्वार्थी नेताहरु भनेका थिए । नेपालमा रोजगारीको वातावरण नभएर विदेशिने नेपाली प्रायः किसान परिवारका छोराछोरीहरु हुन्छन् । जसलाई घरमा खाद्य समस्या छ । वर्षभर खान नपुग्ने खाद्यले सताएको हुन्छ । त्यो अभाव पूरा गर्न अधिकांश युवाहरु भारतीय भूमिमा काम गर्न जान्छन् । यो अवस्था देखिनु उनीहरुको वाध्यता हो ।

गाउाको खेतीपाती भिœयाएर काम गर्न भारत जाने र खेती गर्न फर्कने गर्छन् । अधिकांश व्यक्तिहरु भारतको उत्तराखण्ड, हिमाञ्चल, राजस्थान, गुजरात, हरियाणा, महाराष्ट्रजस्ता प्रदेशहरुका जिललाहरुमा मजदुरी, खेतीकिसानी गर्ने गर्छन् । यस्ता कामहरु नेपालका पाइन्न, पाइए पनि ज्यालामजदुरी धेरै कम रकम हुन्छ ।

भारतमा भारतीय रुपैयाँमा ज्याला पाइने हुँदा त्यसको नेपाली रुपैयाँ धेरै हुन्छ । थोरै समयमा धेरै रकम जुट्ने हुँदा भारतीय भूमिमा काम खोज्ने नेपालीको कार्यशैली बनेको छ । तर सुरक्षा भरपर्दो हुन्न ।

नेपालमा राजनीति गर्नेहरुले आफूलाई राजनेता आफै भन्छन् । जनताको प्रतिनिधि हौ पनि भन्छन् । भारतबाट आउने नेपालीले कोरोना ल्याए भन्छन् । तर नेपालमा कोरोना ल्याउने प्लेन चढेर आउने नेपाली थिएनन् । भारतबाट आउने नेपालीलाई आफ्नो मातृभूमिमा पस्न नदिने नीति बनाउर सीमाना रुवाउनेहरुलाई राजनेता भन्न सुहाउँदैन ।

क्विक डिसिजन गर्न नसक्नेले किन विद्यार्थीहरुको परीक्षा बिगारे ? यो प्रशन गाउँमा चर्चाको विषय बनेको छ । सीमानाकामा भोकभोकै बसेर रातभर जागाराम बस्दा, नदी पौडेर आफ्नो देशमा भित्रँदा सरकारको निर्दयी व्यवहार धेरै भोगनुपरेको थियो । त्यस समयमा धेरै विरामी भए, कतिपयको मृत्यु बाटैमा भयो । त्यसको लेखाजोखा सरकारले गरेन । विरामी भएकालाई स्वाब परीक्षणमा नतिजा नआउँदै कोरोनाले मृत्यु भएको भन्न सरकारी निकाय चुकेन ।

कोरोना भाइरस बढ्दै गयो, २० हजार पनि नाघ्यो र मृत्यु पनि ९० भन्दा माथि भयो । स्वाब परीक्षण गराउन ५५ सय लाग्ने सरकारी भनाई छ । गरिबका लागि स्वाब परीक्षण गर्नुभन्दा मृत्यु वरण गर्नु सस्तो हुने भयो । कस्तो रहेछ गणतन्त्र सरकार, नागरिकलाई दुःखको दुखै मात्र । सरकारका स्वरुपहरु तीन प्रकारका छन् । स्थानीय, प्रदेश र संघीय सरकार । सबै तहका नेताहरु सत्ताको स्वाद चाखिरहेका छन् । तर नागरिकलाई मास्क लगाउन र सामाजिक दूरी कायम गर्न भन्ने व्यक्ति प्रहरहिरु मात्र छन् । के राजनीतिक नेता र कार्यकर्ताहरुको कर्तव्य होयन ? राजनीति गर्नेले कर्तव्य पालन गर्नुपर्छ । अनुशासित बन्नु पर्छ ।

तै पनि मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्नेवर्गमा राजनीति गर्नेहरु नै धेरै छन् । बाटोमा हिड्दा एकले अर्कालाई धक्याउँदै बैशको मातमा हल्लिनेहरु महिलाहर नै छन् । यसले के देखाउँछ भने कोरोना फैलाउनेहरुमा महिलाहरु बढी भएको सर्वेक्षणले पनि देखाएको छ । कोरोना भाइरस सरुवा रोग भएकोले छुवाछूतबाट सर्छ । तसर्थ सतर्क बस्नु, बन्नु पर्छ । आफ्नो सुरक्षा आफै गर्नोस् नत्र रोगले छोला ।

कोरोनाको प्रभाव मन्त्री, सांसद नेता उच्चवर्गका व्यक्तिहरुलाई भएमा नेतृत्ववर्गमा चेतना बढ्ने थियो । सबै रोग नियन्त्रणमा लाग्ने थिए । अब रोग नियन्त्रण गर्नेहरुमा प्रहरी, स्वास्थ्यकर्मी, गाडी चालक, पाले र सफाईका कर्मचारीहरु धेरै खटिएका छन् । उनीहरुलाई कोरोनाले छोएको छ । उपचारमा सरकारी ध्यान प्रभावकारी छैन । नेताहरुको झगडा प्रधानमन्त्री पदमा भइरहेको छ । उनीहरुलाई कोरोनाको समस्या छैन । कम्युनिष्ट नेताहरु पद्का लालची छन् भन्ने उदाहरण दिएका छन् । यस्ता काममा पूर्व प्रधानमन्त्रीहरु नै लोभी बनेका छन् ।

सुधारात्मक कार्य गर्न चाहनेवर्गको वहुमत छ । वहुमत भएमा जे पनि गर्न सकिन्छ । सोचाईका नेताहरु भएपछि गणतन्त्रले नागरिकलाई के दिन सक्छ र ? भन्छन् जनताजनार्दन । आपसमा दुःख व्यक्त गर्छन् ।

जनताले कम्युनिष्टहरुको शासन व्यवस्था हेर्न खोजेका थिए । त्यसैले यो दलको दुइतिहाई वहुमत भयो । तर हिरा पाएर किरा देख्ने, स्वाद पाइसकेपछि फेरि स्वाद खाइरहन खोज्ने झिँगाहरुको स्वभाव देखाउने नेताहरुबाट नागरिकले आशा गर्नु नै मूर्खता हो । नेताहरुले आफ्नो व्यवहार सुधार्नु पर्छ । नागरिकलाई गणतन्त्रको अनुभूति गराउनु पर्छ ।

सत्ता सञ्चालकहरुले राज्यको समुन्नति विकास गर्ने योजना जनमानसमा ल्याइनुपर्छ । राष्ट्र र राष्ट्रियतामा असर पर्ने काम गर्नु हुन्न । राजनीतिक सिद्धान्त, विधिको शासन, विकास र उन्नतिको अनुभव, अनुभूति नागरिकलाई गराउन सक्ने गणतन्त्रात्मक शैलीको असल नेता हो । घृणाभाव र प्रतिशोध बढाउने नेताहरु खराब प्रवृत्तिका हुन्छन् । त्यस्ता नेताले राष्ट्र र राष्ट्रियताको संरक्षणमा वाधा पुर्‍याउँछन् ।

देशलाई परतन्त्र बनाउने र दासत्वमा बाँध्ने गर्छन् । सचेत नागरिकले आँसु बगाउँछन् । कोरोना पीडितहरुले ज्यान गुमाउँछन् । लुटेराहरुले धन कमाउँछन् । कोरोना भाइरस बढ्दै गयो र सरकारी नियन्त्रणका प्रयासहरु उपचारविहीन बने भने कोरोनाले महामारीको रुप लिने छ । अहिले नागरिक त्रासमा छन् । कोरोना बढेको बढ्यै छ । नेताहरु अन्तरकलहमा भाइरस बन्दै छन् ।