Goraksha

National Daily

आईटिएफ तेक्वान्दो प्रतियोगिताका लागि दाङबाट चार खेलाडी छनोट

दाङ, ३ बैशाख । काठमाडौँमा हुने २५औँ आईटिएफ तेक्वान्दो तथा दोेस्रो यू–१५ विद्यालयस्तरीय राष्ट्रिय प्रतियोगिताका लागि लुम्बिनी प्रदेशसस्तरीय टिममा दाङबाट चार जना खेलाडी परेका छन् ।

बुटवलमा भएको प्रदेशस्तरीय छनोट खेलबाट दाङको प्रतिनिधित्व गर्दै प्रदेशस्तरीय टिममा सञ्जना विक, व्रिटिसा गुरुङ, सोयल अन्सारी र हुमानी रावत छनोट हुन सफल भएका हुन । जसअन्तर्गत सिनियरतर्फ ४५–५० केजी तौल समूहमा दाङकी सञ्जना बिक छनोट भएको दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिएका छन् ।

अध्यक्ष थापाका अनुसार जुनियर ४५–५० केजी तौल समूह व्रिटिसा गुरुङ, जुनियरतर्फ ३०–३५ केजी तौल समूहमा सोयल अन्सारी र जुनियरमै २५–३० केजी तौल समूहमा हुमानी रावत छनोट हुन सफल भएकी छिन् । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको आयोजनामा काठमाडौँमा यहि बैशाख ४ र ५ गते काठमाडौँस्थित दशरथ रंगशालामा २५औँ आईटीएफ तेक्वान्दो तथा दोस्रो यू–१५ विद्यालयस्तरीय राष्ट्रिय प्रतियोगिता हुन थालेको छ ।

छनोटमा परेका खेलाडीहरूले स्पारिङ, प्याटन तथा सेल्फ डिफेन्स विधामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि खेलाडी काठमाडौँ काठमाडौ प्रस्थान गरिसकेका छन् ।