Goraksha

National Daily

नेपाल प्रहरीलाई विशुद्ध कसरी बनाउने ?

भूपेन्द्र सुवेदी

भन्ने गरिन्छ एक्काइसौँ शताब्दीका एक चुनौती संगठित अपराध नियन्त्रण र तत्काल नेपालको फौजदारी न्याय प्रणालीसँग अघि बढेको नेपालको सुरक्षा व्यवस्था हो । वर्तमान अवस्थामा समाजमा कुनै न कुनै किसिमका अपराधहरु दिनहु भइरहेका हुन्छन् र पूणर् रुपले अपराधविहीन समाज भने हुन सक्दैन । ऐतिहासिक रुपमै विश्वका सबै मुलुकहरुमा विभिन्न प्रकृतिका संगठित अपराधीहरुको विद्यमान रहँदै आएको पाइन्छ ।

विश्वको सबैभन्दा पुरानो संगठित अपराधलाई आपराधिक व्यवसायको रुपमा पनि लिने गरिन्छ । विगतका त्यस्ता संगठित अपराधहरुमा अवैध व्यापार तथा सामान ओसारपसार, सशस्त्र डाँकु र लुटपात, मानिसको आवतजावत गर्ने गौडा, यातायात र सामुद्रिक पारवहन समेतमा लुट्ने गर्दथे । परम्परादेखि नै संगठित अपराधको गिरोह र सञ्चालकले विशेषतः कुनै अञ्जान बस्ती, जंगल वा समुद्री क्षेत्रलाई प्रयोगमा ल्याउने गर्दथे ।

यस प्रकृतिको अपराधबाट व्यक्तिको जिउज्यान, धनसम्पत्ति, समाज र राष्ट्रको सुरक्षामा समेत खतरा उत्पन्न गराउँथ्यो । संगठित अपराधलाई भूमिगत विश्व अपराधको रुपमा समेत लिने गरिएको छ । यसैगरी उनीहरुले विभिन्न मुलुक, क्षेत्र, समाजमा आ-आप्mनै प्रकारको संगठनात्मक विकाश गर्दैछन् र संगठित अपराधजन्य क्रियाकलाप सञ्चालन गर्दछन् । यस्ता संगठित अपराधमा तीन वा तीनभन्दा बढी व्यक्तिहरुको संंलग्न रहेको हुन्छ ।

यस्ता संगठित अपराध क्षेत्रभित्र पर्ने अपराधमा सामान्यतया धेरै व्यक्तिहरु मिलेर आपसमा श्रम विभाजन सहितको संगठनमा वा संस्था स्थापना गरी गैरकानुनी तवरले लाभ प्राप्त गर्ने उद्देश्यले लामो अवधिसम्म आपराधिक कार्यहरु गर्ने एकीकृत स्वरुपको विकास भएको हुन्छ । आपराधिक संगठनमा सहभागीहरुले आफ्नो अपराध लुकाउन, छिपाउन, हरसम्भव प्रयास गरिरहेका हुन्छन् भने उनीहरुले राज्य वा राष्ट्रको सीमा क्षेत्रको अनुचित फाइदा लिएका हुन्छन् ।

विद्यमान समयमा पनि थरि-थरिका संगठित अपराधहरु राष्ट्रभित्रकै आफ्नै टोल, छिमेक, समाजमा घटिरहेको हुन्छ । कतिपय संगठित अपराध र अपराधीहरुको क्रियाकलाप राष्ट्रको भौगोलिक सीमादेखि अन्तर्राष्ट्रिय क्षेत्रसम्म फैलिन पुगेको हुन्छ । वर्तमान समयको संगठित अपराधको प्रकृति या स्वरुप शक्तिशाली कार्यजालोकै कारण नेपालमा हुँदै आएको छोटो समयमै सुन तस्करदेखि निर्माला पन्तको बलात्कार पछिको हत्यको खोजमुलक अनुसन्धानमा रोक लगाउनु उदाहरणको रुपमा लिन सकिन्छ ।

सिङ्गो प्रहरी संगठनलाई नै असफल बनाउने उद्देश्य बोकेको त्यो हो संगठित अपराध र अपराधीका समूह नै बलियो देखिएको कुरासँग मेल खाएको छ । त्यसभित्रका सडेका पोखरीका माछाले गर्दा सिङ्गो सुद्ध पोखरीको पानी दूषित भएजस्तै नेपाल प्रहरी संगठलाई नै दूषित बनाइएको छ । तर पनि नेपाल प्रहरीको संगठनको शाख जोगाइराख्ने दायित्व कार्यरत प्रहरीहरुको नै हो ।

नेपाल प्रहरीको नेतृत्वमा अवसर र चुनौती सँगसँगै खडा भएको छ वर्तमान समयको संगठित अपराधको प्रकृति तथा स्वरुप, शक्तिशाली कार्यजालो र विश्वव्यापीकरणले मुलुकको आर्थिक, राजनीतिक, सामाजिक विकास एवं राष्ट्रिय सुरक्षामा पर्ने प्रतिकुल प्रभावको मापन र मूल्याड्ढनबाट यसको गम्भीर्यतालाई आँकलन गर्न सकिन्छ । उदाहरणका लागि व्यक्ति विरुद्धका अन्तर्राष्ट्रिय, अन्तरदेशीय, संगठित अपराधहरु यौनशोषण तथा बेस्यवृत्ति, अपहरण, हत्या र फिरौती, जबर्जस्ती रकम अशुल गर्ने काम स्वयम् प्रहरी संगठनकै मान्छे संलग्न रहेको आरोपित समाचारहरु विभिन्न मिडियामा बाहिर नआएको होइन ।

त्यस्ता घटनामा संलग्न एउटा प्रहरीको जवानदेखि अधिकृतसम्मका कर्मचारी रहेको आरोप लगाइएको समाचारहरु पनि पढियो । वहाना अनेक हुनसक्छ तर अपराध त अपराध नै हो होइन र ? प्रहरीले सुरक्षा दिने हो, त्यही प्रहरी आफै अपराधमा संलग्न हुनु कतिसम्मको सर्मनाक कुरा हो ? यस्ता घिनलाग्दा कार्यशैली या आजको संगठन प्रमुखले त्यस्ता सडेका माछा हटाएर संगठनलाई शुद्ध पोखरीको रुपमा निमाणर् गर्नुपर्ने प्रमुख दायित्व हुनसक्छ ।

होइन भने ती नालायकहरुको समूहले संगठनको हितभन्दा आप्mनो र आप्mनाको हितको संरक्षण गर्नतिर मात्र लागियो भने संगठनको लागि त्यो भन्दा ठूलो अभिशाप अरु के हुनसक्छ र ? सडेका माछा हटाएर शुद्ध पानीको पोखरीजस्तो प्रहरी संगठनलाई आम नागरिक समाज, नेपाली जनताले विश्वास गर्ने वातावरण तयार गर्नुको विकल्पै छैन । नेपाल प्रहरी संगठनको छवि अछुन्न राख्नको लागि नेतृत्ववर्गले कठोरभन्दा कठोर कदम नचालेसम्म सडेका हिलोमा गडेका माछाजस्ता निकम्माहरुको छानविन गर्दै सार्वजनिक नगर्ने हो भने स्वच्छ छवि भएका प्रहरी कर्मचारीको छवि समेत धमिलिन सक्छ ।

त्यस्तै सेवाबाट वाइज्जत अवकास प्राप्त पूर्व प्रहरीहरुले समाजमा मुख कसरी देखाउने हो ? आप्mनो पहिचान निर्माण गर्ने जमर्को गरेकाहरुसमेत संगठनमा लाग्दै आएको असक्षमताका कारण देशैभरि छरिएर बसेका पूर्ज प्रहरी संगठनको समेत मनोबल घटेर जाने छ । बरु संगठनको लागि हामीले के त्याग्नुपर्ने हो हामी तयार छौँ ।

तर यो प्रहरी संगठनलाई केही नालयकहरुको कारणले लागेको दाग नेपाली जनताको सामू छिट्टै मेटाउनुको विकल्प छैन । जस्तै रञ्जन कोइराला जस्ताले गर्दा प्रहरी संगठनमा पर्न गएको पचाउन नसकिने व्यवहारलाई समेत आज न्यायालयले आफ्नै खिल्ली उडाउनु हाम्रो लागि हीनताबोध हुँदै छ ।

आम नागरिकको अभिलाषा आजको दैनिक पत्रपत्रिकाहरुले उठान गर्दै आएको निर्मला पन्तको हत्याको दुई वर्ष पुग्दा समेत वास्तविक तथ्य सार्वजनिक नहुँदा सिङ्गो प्रहरी संगठनप्रति प्रश्न उठेको छ । देशमा दुइतिहाईको मजबुत सरकार रहेको परिप्रेक्षमा बलात्कारका दोषी उम्कने अवस्था आउनु ज्यादै चिन्ताको विषय हो ।

चाहे जे जोसँग सम्बन्धित होला आम नागरिकले सरकारप्रति गुनासो गर्ने अधिकार पनि होला । तर मेरो भनाई अलग्यै छ । नेपाल प्रहरी हाम्रो मातृ संस्थाप्रति कमजोरीको बिल्ला भिराउने त्यसभित्रका असक्षम व्यक्तित्वको नालायकीपनको खरो रुपमा सिङ्गो संगठन उत्रनु पर्दछ भन्ने मेरो भनाइ हो । नेपाल प्रहरी संगठन विश्वमा अनुसन्धानमा पछाडि छैन भन्ने छवि बनाएको संगठन हो ।

तर नेपाल प्रहरी दैनिक रुपमा आलोचना खेप्न वाध्य भएको छ, यो कसको कराणले हो ? अब नेपाल प्रहरी संगठनका सम्पूणर् युनिटका प्रमुखदेखि केन्द्रीय प्रमुखले एकीकृत रुपमै आम नागरिकको मनमनमा पस्ने खालको अनुसन्धानको निष्कर्ष बाहिरियो भने मात्र प्रहरी संगठलाई सबैबाट स्याबासी आउला र प्रहरी संगठनमाथिको विश्वास रहिहला ।

नेपालका धेरै सुरक्षा विज्ञहरुबाट राष्ट्रिय, अन्र्राष्ट्रिय, अन्तरदेशीय संगठित अपराध नियन्त्रण र अनुसन्धानको सम्बन्धमा विश्वका सबै गुप्तचर सेवा र कानुन कार्यान्वयन गर्ने निकायहरुको चासोको र सरोकारको विषय बन्न पुगेको हुन्छ । तर हामी हामै्र देशको घटनाको अनुसन्धान गर्न असफल हुनुमा क-कसको हात छ ? यो पहिला थाहा हुन आवश्यक होला ।

यो घटना पक्कै पनि एकल अपराध होइन, संगठित अपराधको परिभाषामा परिणत भएको कारण अनुसन्धानले बाटो फैलाउन नसकेको होइन । पक्कै पनि यसभित्रको राजनीतिक संगठित अपराध संस्था बलिय भएको कारण अवैध कार्यहरुबाट फाइदा उठाउने किसिमको सुनियोजित कार्य निरन्तर भइरहन्छन् ।

शक्ति प्रयोग र सार्वजनिक सेवाका कर्मचारीहरुको भ्रष्टारको माध्यमद्वारा अपराधीहरुले आफ्नो अस्तित्व कायम गरिरहेका हुन्छन् । नेपालमा अपहरण, लुटपात, बलात्कार, हत्याजस्ता संगठित अपराधकै रुपमा सानातिना पकेटमारी, लुटपात, फिरौती लिने र डकैती गर्ने क्रियाकलापहरु हुँदै आएका छन् । यस्ता अपराधहरु यात्राका समयमा र ग्रामीण तथा सहरी परिवेशमा बढी हुने गरेको भय तापनि अपराधको अनुपातमा आजको अवस्थामा यस उपर कारवाही भई पीडितलाई राहत उपलब्ध गराउनसकेको अवस्था छैन ।

आम नागरिकले भन्ने गरेका छन्- अब हामी कसको विश्वास र आधारमा सडकमा हिड्डुल गर्ने ? कसको आधारमा रातिमा आफनो घरमा ढुक्कले निदाएर रात काट्ने ? सबैको सहारा प्रहरीले नै त्यस्तो अपराधीलाई भेट्टाउन सकेन किन ? जनताको आत्ममा प्रवेश गर्न किन सकेको छैन ? अब आम नागरिक कसको भरोषामा आफूलाई सुरक्षित ठान्ने ? यो प्रतिक्रियाको लागि अब नेपाल प्रहरी संगठनको भावि रणनीति र योजनामा फेरबदल हुन आवश्यक छ ।

राम्रोले पुरस्कार पाओस्, नराम्रो र संगठलाई दाग लगाउनेहरु दण्डित होऊन्, तब मात्र नेपाल प्रहरी संगठनको छवि प्रशंसनीय हुने छ । नेपाल प्रहरी संगठनले विश्वमा आफ्नो सफलताको पहिचान गराइसकेको अवस्थामा आज फेरि आप्mनै देशको संगठित अपराधको अनुसन्धानको वास्तविक परिणाम बाहिर ल्याउन किन सकिरहेको छैन ? कसको दबाबमा र कुन तत्वले सिङ्गो संगठनको छविमा कालो धब्बा लागाउने प्रयास गरियो ? यसको अब नेपाल प्रहरी संगठनका सातै प्रदेश प्रमुखज्युहरु र प्रहरी माहानिरीक्षज्यू समेतले समस्यामाथि समस्या किन थपिन्छ भन्नेतर्फ गम्भीरतापूर्वक सोच्नुपर्ने बेला भएको छ ।

हालैको कोरोना भाइरसको संकटमा आम सुरक्षाकर्मीहरु आप्mनो ज्यानकै बाजी थापेर देश र जनताको स्वास्थ्याको खातिर रातदिन खटेका छन् भनेर भनिरहनु पर्दैन । तापनि उही प्रहरीले उसैको स्वास्थ्यको लागि दुई हात जोडेर कृपया मास्क लगाउनुहोस् भन्दै हिडेको छ । त्यसैमा केही वास्ता नभएको भान देखाउने बुख्याँचाहरुले उल्टै प्रहरीलाई उ अब डाक्टर पनि बन्न लाग्यो भन्नेसम्मका अभिव्यक्ति दिँदै हिडेका हुन्छन् ।

यो संकटमा देशका स्वास्थ्यकर्मीहरु र सुरक्षाकर्मीहरुले मात्र आम नागरिकको पक्षमा मरिमेटी लागिपरेका छन् तर उनीहरुकै लागि आफू सुरक्षित रहनुपर्ने सेवासुविधाबाट सरकार वेखबर देखिन्छ । यो बेलामा सरकार आप्mनै कुर्सी वरिपरिबाट एउटा कुर्चीलाई पाँच/पाँच जनाले तानातान गरिरहेका छन् ।

कुन दिन त्यो कुर्सीको खुट्टा भाँचिने हो ? समस्या कहाँ छ, के हो देसको अवस्था तर गैरजिम्मेवारीका साथ दैनिक दोहोरी साँझ बालुवाटारमा आयोजना गरिरहेको अवस्था आम नागरिकका लागि सामान्य भइसक्यो । कोभिड-१९ को संकेत नेपालमा गत माघ महिनादेखि नै देखिएको जानकारहरुले सार्वजनिक गरिसकेको अवस्था छ ।

यस्तो गम्भीर समस्यालाई स्वयम् सरकारले समाधानको बाटो भेट्टाउन नसकेको आजको परिणामले देखाएको छ । तर आम नागरिकको जीवन ठूलो कि व्यापारीको व्यापार ? जीवन ठूलो कि गाडी मालिकको र तिनका कर्मचारीको व्यवस्थापन ?

यदि जीवन रहेमात्रै सबैथोक गर्न सकिन्छ । जीवनै नरहे केको व्यापार ? कसको लागि व्यापार बिज्नेस ? खोई सरकारले कुरा बुझेको ? सरकारमा आसिन्न नेताहरुको वरिपरि नजिकमा कोरोना देखिँदा साथ उनको परिवार र उनलाई सधैँ घेरा हालेर बस्नेहरुको परीक्षण गर्ने हतार हुन्छ भने जनताको परीक्षण ओझेल परिसकेको अवस्था छ ।

किन यस्तो भइरहेको छ देशको व्यवस्था ? कहिले हो आम नागरिकको स्वास्थ्योपचारमा ध्यान जाने ? देशको क्वारेन्टाइनको अवस्था र त्यहाँ हुँदै आएका आपराधिक घटना जस्तै आत्महत्या, क्वारेन्टाइनमै बलात्कार हुँदा समेत त्यसप्रति सरकार बेखबर जस्तो सधैँ किन हुन्छ ? यी र यस्ता घटना तथा परिघटनाहरुमा आखिर सुरक्षा निकायमा खटिएको प्रहरी मुछिन जान्छ । तर सरकारको यसप्रति कुनै चासो राखेको अवस्था छैन ।

देसको प्रहरी संगठनको आफ्नो नियमावली छ, त्यसअनुसार प्रहरी संगठनले काम गर्न पाइरहेको अवस्था छैन । प्रहरी संगठनको आफ्नै नियमावली, आफ्नै कार्यशैली, आफ्नै व्यवस्था हुँदाहुँदै पनि सरकारमा हालिमुहाली गर्ने नेताहरुको बलबुता तथा आपराधिक संगठनको मिलोमतोमा प्रहरीमाथि दबाब लादिरहेको अवस्था छ । यो कहिले अन्त्य होला र सरकारले प्रहरी संगठनलाई कहिले साथ देला ? सोचनीय विषय खडा भएको छ ।

लेखक अवकास प्राप्त प्रहरी नायव निरीक्षक हुन् ।