महिलाको सम्मान र शक्तिहीन न्यायालय

  •   
  •  

भूपेन्द्र सुवेदी

नेपालको न्याय क्षेत्र न्यायालय कस्को बक्यौता होला ? आज टेलिभिजन र पत्रपत्रिकामा जताततै कोलाहल छ । महिला हिंसा र बलात्कारका खबर दिनानुदिन आएकै छन् । आम नागरिकको मन आक्रान्त छ, दुखेको छ, पटक-पटक प्रश्न उठ्ने पनि गर्छ किन भइरहन्छ यस्तो ? नेपालमा महिला हिंसा र बलात्कार रोक्न किन सक्षम छैन यो दुनिया ? यस्ता घटना दिन प्रतिदिन बढेको बढ्यै वा सञ्चार माध्यमको पहुँच बढेको हुँदा सार्वजनिक हुनथालेका मात्र हुन् ? गाउँबस्तीका घटनालेभन्दा सहरमा भएका घटनाले बढी महत्व पाएको देखिन्छ ।

यस्ता घटना निन्दनीय र दुत्कारलायक छन् । जसको नियन्त्रण गर्न समाज, राज्य र सरकार अझ कडा हुनु त छँदैछ, न्याय सम्पादनको प्रभावशाली व्यवस्थामा किन तुषारापत हुँदै छ ?

पूर्वीय संस्कार, संस्कृतिअनुसार चल्दै आएको चलन भाषाभित्र नर र नारी प्रकृतिका सिर्जना हुन् । जसको संगमले जीवनले निरन्तरता पाउँछ, वंश चल्छ । संगम जैविक आवश्यकता पनि हो । तर मानव जातिको हकमा नर नारीको सम्बन्ध जैविक आवश्यकताभन्दा अगाडि छ, पुज्य मानिन्छ । सुन्दरता, आकर्षण, सन्तुष्टि पुजनीय सम्बन्धका आयाम हुन् । यौवन महत्व पाउने विषय पनि हो । टेलिभिजन एवं पत्रपत्रिकाहरुमा सेक्स बिकेको हुन्छ ।

जस्तै विगत ०५९।०६०को बीचमा जस्तो लाग्छ नेपालकै चर्चित दैनिक पत्रिकामा एक वाक्यमा भनिएको थियो, ‘विश्कै सेक्सी डिजे काठमाडौंमा ।’ त्यस्ता विज्ञापनमा यौन सन्तुष्टि, यौन शक्तिजस्तो विज्ञापन सधैँ आएको आय्यैहुन्छ । तर यस्ता उच्छृङ्खल खाले प्रचारप्रसारमा सरकारको मौनता रहेको छ, किन ? यी सबै कारणले नै हिंसा र बलात्कारका अपराध बढेको बढ्यै छ भन्ने तर्क सायद यसका विज्ञ तथा समाजशास्त्रीय हिसाबले ठिक होइन । सबैतिर यस्ता आपराधिक विकृति हुन्छन् ।

त्यस्तै चर्चित पत्रिकामा उल्लेख भएको थियो-‘भारतको नयाँ दिल्लीकी दामिनी नाम दिएकी युवतीको जघन्य बलात्कार र मृत्युले आन्दोलनको आँधी ल्याएको थियो । आन्दोलनमा त्यहाँका महिला लेखक कलाकार, सामान्य नागरिकलगायत सबै तह र तप्काका सहभागी थिए । हामी सबै आक्रान्त बनेका छौँ । फिल्म हेरेर घर फर्कने क्रममा गुडिरहेको बसभित्रै युवतीलाई पुरुष भनिने अपराधीहरुले दिएको यातना अकल्पनीय थियो । ती मनुष्यका रुपमा त थिए तर पशुभन्दा तल्लो तहमा पुगेका । विवेक नभएको हुँदा पशुले पशुजस्तै व्यवहार गर्छ तर विवेक गुमाएको मनुष्य पशुभन्दा तल्लो स्तरमा पुगेको हुन्छ ।

यस्तो अपराधमा हाम्रा छिमेकी देसहरु पनि अछूतो छैनन् । विभिन्न पत्रपत्रिका, सञ्चार, मिडियाको सन्सनीपूणर् समाचार सम्प्रेषणको फल हुनसक्छ । पाकिस्तानी मलाला युसुफ जईलाई महिला शिक्षाको ज्योति फैलाउने धृष्टता गरेको भन्दै तालीवानीले उनको अनुहारमा गोली हाने । बंगालादेशमा युवतीका मुहारमा तेजाब फाल्ने कूकृत्य गर्छन्, कुन्ठित प्रेमीहरु । हामी मात्र किन पछाडि हुन्थ्यौँ र ? जस्तै शिक्षा आर्जन गर्ने इच्छा बोकेर ट्यूशन पढ्न गएकी निर्मला पन्तको बलात्कार पछि हत्या गरेर वास्तविक घटना स्थल कुनैको घर थियो तर त्यहाँबाट लाशलाई उँखुबारीमा ल्याएर सबुत-प्रमाण नष्ट गर्न लगाउने त्यस्ता वीरहरुको पनि नेपालमा कमी छैन ।

यस्ता घटना धेरै छन् तर घटनाको अनुसन्धानकर्मीको फाइल र उसले समातेको कलम समेत न्यायालयले जफत गर्ने गरेको हुन्छ । विदेशबाट रगत पसिना बगाएर मिहिनेत गरी जीविकोपार्जन् पश्चात् केही आम्दानी लिएर घरमा फर्केकी महिलालाई नागरिक सुरक्षाको जिम्मा लिएका रक्षक कलङ्कहरु हेवान भन्दै चिथोरेछन् । जस्तै पूर्व डिआइजी रञ्जन कोइरालाजस्ताको सबुत-प्रमाण समेत सरकारको न्यायालयको लापरवाही र कानुन, न्याय क्षत्र समेत खरिद विक्रीमा जानु निकै कहालिलाग्दो अवस्था छ ।

जसमा राज्यको प्रतिनिधि भई दायित्व निर्वाह गरेका व्यक्ति शक्तिशाली छौँ भन्दै जघन्य अपराध गर्छन् । यस्ता कूकृत्य रोक्न राज्यलाई दबाब दिनु सचेत नागरिकको कर्तव्य हो । सञ्चार माध्यमले आजको अवस्थामा आपराधिक घटनाहरु सशक्त रुपमा उठाएर समग्र समाजलाई झक्झक्याउन भूमिका खेल्दै राज्यलाई दबाब दिन, नागरिकलाई प्रेरित गरेको छ । महिलाप्रति हुने गरेको हिंसा महिलाप्रति मात्रै केन्द्रित छैन । यो महिला अधिकारवादीको मात्र चासोको विषय पनि होइन ।

बरु सभ्यतामाथिको प्राहार मान्नुपर्छ । यस्ता कुराले पुरुषहरुलाई अझ धेरै छुनुपर्छ । किनभने महिलाको आदर घरपरीवारको श्रीपेच जस्तो पुजीहो । यो निरन्तर राखन सस्कार, अरुप्रति, आदार एवं संवेदनाजस्ता विषयको सान्दर्भिकता, सम्झनु अत्युक्ति नहोला ? यस्ता मान्यताले फक्रेको शिक्षाले घरपरिवार र समुदायलाई सुन्दर मालामा उन्दै जीवन सुखमय र समृद्धि बनाउन सहयोग गर्दछ ।

मान्यता र भावना मात्र पूणर् हुँदैनन् । अपराधी प्रवृत्ति हुँदै नभएको युटोपिया, सम्भव छैन । हरेक समाज र कालखण्डमा अपराधी हुन्छन्, यसका जानकारहरु र अग्रजहरुले भन्दै आयको कथा मानव सिर्जनाको साथसाथै अपराध पनि सिर्जना भएर आएको हो । तर अपराध हुन नदिनु अपराधीलाई पक्रनु, सजाय दिन, न्याय व्यवस्था चुस्त पार्नु राज्यको कर्तव्य हो । अझ आशा गरौँ न्याय मोरेको छैन भनेर, राज्यले हिंसा घटाउने कार्यलाई प्राथमिकतामा राखी आफनो दायित्व निर्वाह गर्न आवश्यक विधिविधानको व्यवस्था गर्नुपर्ने छ । कार्यान्वयनको कुरा गर्दा उही फर्केर जान्छ, राजनीतिक पार्टीको छेउछाउ पुगिन्छ ।

किनभने आजको सरकारको व्यवहारले तिनकै अगुवाईमा राज्यशक्ति आज सञ्चालन भएको छ । पार्टीका नेता अगुवा त हुन् तर तिनले समाजका विभिन्न समूहको प्रतिनिधित्व गर्ने हुनाले प्रश्न समाजतिर पनि अंकित गरेको हुन्छ र अबको जटिल समस्या भनेकै महिला हिंसा रोक्ने चुनौती सभ्यताको स्तरमा भरपर्ने छ ।

नेपालमा सालैपिच्छे विभिन्न संघसंस्थाहरुले १६ दिने महिला हिंसा विरुद्धको अभियान एनजिओहरुबाट सञ्चालन गर्दै आएको अवस्था छ । ती कार्यक्रमहरु कार्यक्रममै सीमित रहने गरेको नागरिकको गुनासो यथार्थ हो । तर दिल्लीको आन्दोलन र काठमाडौंको विरोध स्वच्छ समाज निर्माण चनहनाको अभिव्यक्ति मात्रमा सीमित भएको छ । यस्तो चाहनालाई विधि कार्यान्वयन् गर्ने जिम्मा सरकारी तप्काको हो । तर सरकारले गर्नु पर्‍यो भनेर मात्रै पुग्दैन, सिर्जनात्मक दबाब नै चाहिन्छ ।

किनभने कतिपय स्थितिमा वास्तविकता के पनि छ भने सरकारले हात हालेका विषयहरु पनि सबै सफल रहेनन् र बिग्रे भत्केका पनिछन् र काम नलाग्नेसम्म बनेका छन् । सरकारी प्रणाली भित्र नसुन्ने र सिर्जना नगर्ने चरित्र हाबी भएको भेटिन्छ । त्यो मेरो जिम्मा होईन, मभन्दा माथिकोले गर्छन् भन्ने व्यवहार व्याप्त छ ।

जनताका छोरा, भतिजा, राज्यको उच्च तहमा पुग्दा पनि हाम्रो राज्यको यस्तो संस्कारमा परिवर्तन आएको अनुभूति गर्न नागरिकले सकेका छैनन् । यस्तो अवस्थामा त नागरिक तहबाटै जनदबाबको झनै खाचो छ । नेपालमा जघन्य अपराधीलाई राज्यले समातोस् र कानुन प्रयोग गर्दै कडाभन्दा कडा सजाय देओस् भन्ने पीडित र आम नागरिकको आशा र भरोषा रहेको हुन्छ तर आज त्यो हुँदैन । हुन्छ त केवल ठिक उल्टो मात्र । सरकारका राजनेता पार्टीहरुले एकै स्वरमा सभ्य समाज निर्माणको यज्ञमा चारु हाल्न आजैबाट सिर्जनशील नागरिक सबैको पहल होस् ।

किन नेपालका राजनेताहरु र पार्टीहरुले आ-आप्mनो पार्टीको विधान र सिद्धान्त विपरित काम गर्दै हिड्छन् र बोल्दै हिन्छन् ? यति ठूलो जिम्मा जन्ताबाट पाएर सरकारमा गएका र जन्ताले नै विपक्षको जिम्मा दिएका नेताहरुको व्यवहार किन राष्ट्र र राष्ट्रियता, नेपाली जनताको खिल्ली उडाएर हिड्दैछन् । आजको विश्वको कहालीलाग्दो अवस्था कोरोना भाइरस एक छ भने अर्को नेपाली भूमिको अतिक्रमण, कृषि क्षेत्रको रोगको र सलहको चपेटा देशमा व्याप्त भ्रष्टाचार, यसको नियन्त्रणको पक्षमा खोई कसको जिम्मेवारी हो ? खालि राष्ट्रिय समस्या र जनताको स्वास्थ्यमा खेलाँची गर्दै बस्नु सरकारको कुर्सीको लागि गिद्धले सिनो लुछजस्तो व्यवहार देखेर नै हो, नेपालका नेताहरुलाई सबैभन्दा तल्लो दर्जामा राखेर व्यवहार गरेको छिमेकीले किन पत्याओस् ।

अबको देशको जटिल समस्या के हो ? पहिचान गरी समस्याको सामाधानतर्फ लागौँ । तब मात्र जनताको विश्वास सरकारले पाउनसक्ला नत्र विभिन्न घटना आधाबाटैमा छाडेर सफलता मिल्ने आश गर्नु व्यार्थ हुनेछ ।