नल राजा दमयन्ती रानीको कथा

  •   
  •  

राधेश्याम उपाध्याय

राजा ऋतुर्पण पनि समय निकै कम र सय योजन टाढा भएकाले अलि चिन्तित भए र आफ्ना सारथी बाहुकलाई बोलाएर स्वयम्बरको निमन्त्रणा आएकाले अयोध्या जानका लागि तयार हुन आदेश दिए । भोलिपल्ट बाहुकले पनि राम्रा-राम्रा घोडा छानेर रथ तयार पारे ।

सारथी बाहुकले पनि एक जना आफ्नो विश्वास पात्र बाठो साथी वाष्णर्ेयलाई पनि साथमा लिई राजा ऋतुर्पणका साथ हावाका गतिले विदर्भ देशतर्फ लागे । जब हावाका गतिमा रथ दौडन लाग्यो सबै आश्चर्यमा परेर हेरिरहे । जब बाहुक सारथीले हावामा घोडा सञ्चालन गरेको पराक्रम देखे वाष्णर्ेयजीले यी नलराजा नै हुन भनी शंका गर्दै थिए, घोडाको गति झन् दोब्बर भयो ।

त्यही समयमा राजा ऋतुर्पणको मनपरेको दोसल्ला जमिनमा खस्यो । राजाले सारथीलाई रथ रोक्न भने । वाष्णर्ेयलाई दोसल्ला ल्याउन भने । राजाले तत्काल रथ रोक्न भने पनि रथको वेगले गर्दा चार कोष अगाडि गइसकेकाले सारथी बाहुकले हामी चार कोष टाढा आइसकेको र समय पनि नभएकाले राजालाई दोसल्लाको माया मार्न अनुरोध गरे ।

राजालाई रथमा राम्रोसँग बस्न आग्रह गर्दै रथ तीब्र गतिमा वनजंगल, पर्वत काट्दै दौडाउन थाले । रथ हाँकेको देखेर राजा ऋतुर्पण अत्यन्त खुशी भए र भने ‘हे बाहुक ! मानिस कोही पनि पूणर् हुँदैन मैले द्य्रुत विद्या तथा गणितको राम्रो विद्या जान्दछु, नपत्याए त्यो रूखको पातहरु नै कोटी एक सय पाँच छन् गन’ भने सारथी बाहुकले पनि अचम्म मानेर रथ एकातिर राखी रूखका सबै पातहरु गने र राजालाई हात जोडेर विन्ति गरे ।

हजुरलाई मैले माने मलाई यो विद्या सिकाइदिनुहोस् भन्दा राजाले अश्वविद्या जान्ने इच्छा राखेकाले राजालाई अश्व विद्या सिकाई राजाबाट द्य्रुतका सबै छल विद्या र गणित विद्या प्राप्त गरे । जब नलराजाले द्यु्रतका सबै छल विद्या प्राप्त गरे तब कली पनि डराएर नलराजालाई छोडी भाग्यो र नलराजा खुशी भए । दुवै खुशी साथ रथमा बसे र छिट्टै नै विदर्भ देश पुगे ।

अयोध्याका राजा ऋतुर्पण आएको समाचार विदर्भ देशका राजा भीमले थाहा पाए र सेवा सद्भावका साथ राम्रो सत्कार गरेर श्रद्धापूर्वक दरबारमा बसाए । के कामले आउनुभयो, देशवासी त सबै खुशी छन् । मैले गर्नुपर्ने कुनै सहयोग भए आफ्नो हितैषी मानेर आज्ञा होस् भन्दा राजा ऋतुर्पणले स्वयम्बरको कुरा झुठा रहेछ भनी केही थाहा नपाएको जस्तो गरी केही काम त थिएन सबै प्रजाहरु खुशी नै छन् तै पनि हजुरलाई भेट्न आएको हँु भनी औपचारिकता निभाए । यसबाट भीम खुशी भए र आदरपूर्वक बसाए तर राजा ऋतुर्पण भने केही चिन्ता र शंकामा बसे ।

रथको ठूलो शब्द र घोडाको कर्कस आवाज सुनेर दमयन्तीले नलराजाको शंका गर्न लागिन् । यस्तो ठूलो आवाजमा रथ हाँक्नसक्ने अरु कोही छैन र सय योजन टाढाको लामो यात्रा कसरी चारघडीमा यहाँ आइपुगे भन्नेमा पनि शंका लाग्न थाल्यो । राजा ऋतुर्पण र वाष्णर्ेय बाहेक कोही देखिँदैन । यी वाष्णर्ेय किन आए ? यिनलाई कसले बोलायो र आए । बाहुक सारथी को हो ? उनी कस्ता छन् ? भनी चिन्तित भईन् र सखी केशिनीलाई बोलाएर बाहुक को हुन् ? किन आए ? भनी सोधेर आउ ।

मलाई शंका लाग्दछ, उनी नै नलराजा हुनु पर्दछ । केही नबुझेजस्तो गरी चतुर भएर सबै बुझेर आउ भनी पठाइन् । दमयन्तीको आदेशानुसार केशिनी पनि बाहुक नजिक गइन् र स्वागत गर्दै किन आउनुभएको हो ? कुन समयमा प्रस्थान गर्नुभयो ? भनी सोधिन । बाहुकले पनि कुनै ब्राह्मणले स्वयम्बर हुने निमन्त्रणा दिए र स्वयम्बर हेर्न आएको हँु आज नै वेगवान रथमा चढेर चारघडीमा आइपुग्यौँ भने ।

केशिनीले फेरि सोधिन हजुरले पणर्द ब्राह्मणलाई पन्छीले नल राजाको वस्त्र हरण गरेको कुरा भन्नुभएछ तर त्यो कुरा नलराजा दमयन्ती रानीलाई बाहेक अरु कसैलाई थाहा छैन । त्यसैले हे बाहुक रानी दमयन्तीले सोद्धछिन् तपाईले यो कुरा कसरी थाहा पाउनुभयो र तपाईं को हुनुहुन्छ नढाटेर आफ्नो पुरा परिचय दिनुहोस् । रानी दमयन्ती अन्न त्याग गरी एक वस्त्रमा तपस्विनी अवस्थामा बसिरहेकि छन् भन्दा राजा केही बोल्न नसकेर खाली मुसुमुसु हाँसिरहे । केशिनीले पनि खुशी भई दमयन्तीकहाँ गई सबै कुरा विस्तारमा भनी ।

यसले दमयन्तीको मनमा झन् उत्सुकता बढायो र पुनः केशिनीलाई लुकेर तिनी के-के गर्दछन् सबै हेर्न पठाइन् । अर्को मानिस पठाएर बस्नलाई मानिस छिर्न नसक्ने सानो कोठा दिनु । खाना आफै पकाएर खानु भनी भाँडा दिनु तर आगो र पानी नदिनु भनी सिकाउँछिन् । मानिसले पनि ल आफ्नो भात आफै पकाउ भनेर सानो होचो ढोका भएको मानिस छिर्न नसक्ने कोठा सिकाइदियो तर बाहुक भने शिर नन्युरी ठाडै पसे खाली भाँडाहरु पानीले आफै भरियो र चुलामा दाउरा राख्नेबित्तिकै आगो आफै बल्यो ।

तिनले त्यहाँ जे-जे काम गरे सबै आश्चर्य लाग्दा काम गरे । यो सबै केशिनीले लुकेर हेरिरहेकी थिइन् र सबै कुरा दमयन्तीलाई सुनाइन् । यो सबै सुनेर मनमा पक्का भई दमयन्तीले फेरि सखी केशिनीलाई आफ्ना छोराछोरी दिएर पठाइन् । जब राजाले छोराछोरी देखे तब खुशी साथ मेरा छोराछोरीजस्तै रहेछन् भनी खेलाउन थाले । खाने चीज पनि सबै पाकेर तयार भयो र केही खाने चीज यी बच्चाहरुलाई खान देऊ भनी केशिनीलाई दिए ।

केशिनी चलाक थिई, उसले पनि त्यो खाने वस्तुबाट पनि केही बचाएर लुकाएर दमयन्तीलाई ल्याएर दिइन् र सबै कुरा सविस्तारले सुनाइन् । दमयन्तीले पनि ती खाने कुरा चाखिन र त्यसको स्वादका कारण राजा यिनै हुन भनी ढुक्क भइन् र आफ्नी आमालाई सविस्तारले भनिन् र बाहुकलाई दरबार बोलाउने आज्ञा मागिन् । आमाले पनि राजाको सल्लाहमा दरबारमा बोलाउने अनुमति दिए । एउटा मानिस पठाएर बाहुकलाई दरबारमा बोलाइन् र बाहुक पनि मनमा ससङ्कित हँुदै दरबार आए । दुवैमा देखादेख भयो, दुवैका आँखाभरि आँसु भरिए, शोकाग्नीले व्याकुल भए । केही बोल्न सकेनन् ।

दमयन्तीले शाहसका साथ सोधिन ‘हे बाहुक ! तिमीले नलजस्ता प्रजापालक भए तापनि निर्दोष पत्नीलाई ठूलो जंगलमा एक्लै छोडेर जाने निष्ठुर राजा अरु पनि छन् कि देखेका छौ ?’ भनिन् र नलले पनि ‘हे सुमुखी साध्वी सतीहरुले दमयन्तीलेजस्तै दुर्मती लिए जसरी दोस्रो विवाह गर्ने गर्दैनन् र दूतहरुले चारैदिशामा गएर प्रचार गर्दैनन्, म त्यही प्रचार सुनेर चिन्तित भई सारथी भएर दौडेर हेर्न आएको हुँ’-भनी आफ्नो सबै हालखबर विस्तारपूर्वक सुनाए र आफूलाई कलीले ब्यर्थैमा दुःखकष्ट दिएको पनि भने ।

दमयन्तीले पनि आफ्नो सारा कुरा विन्ति गरिन् र यो सबै हजुरलाई यहाँ बोलाउनका लागि गरिएको प्रपञ्च हो । यसमा कुनै दुःख तथा शंका नमान्नुहोस् । म पहिलेजस्तै निर्दोष छु, सूर्य, वायु, अग्नि यी देवहरु साक्षी छन् भनी रुँदै भनिन् । देवताहरुले पनि आकाशवाणीमार्फत् हे राजन दमयन्तीले भनेका सबै कुरा साचा हुन् कुनै शंका नमानी सहर्ष स्वीकार गर भने । पहिले मेरो शरीरमा कलीले बास गरेको थियो, त्यसैले मेरो मति भ्रष्ट भएकाले यस्तो हुन गएको हो ।

अहिले मेरो शरीरबाट कली भागिसकेको छ । भनी कर्कोटक नागले दिएको कपडा ओढे र आफ्नो पुरानो स्वरुपमा आए । सबै खुशी भए र सबैसँग भलाकुसारी भयो । यो सवै कुरा अयोध्याका राजा ऋतुर्पणले पनि थाहा पाए । उनले आश्चर्य माने र नलसँग सारथी भई बस्दा नचिनेर केही अपमान हुन गयो होला भनी क्षमा मागे । दुवैमा वार्तालाप भयो र ऋतुर्पण स्वदेश फर्किए ।

केही दिनपछि नलराजाले केही सम्पत्ति र सैन्य लिएर आफ्नो निषेध देशमा गए र भाइ पुष्करलाई प्रशस्त धन जम्मा गरेर ल्याएको छु, आऊ सर्वश्व थापेर जुवा खेल्न तयार छु, जुवा खेलौँ, नत्र मेरो राज्य फिर्ता ल्याउ या युद्ध गर, जसले जित्छ उसैको राज्य हुन्छ भने । यो नलको फुर्ति देखेर पुष्करले पनि खुशी हुदै म त शत्रुसँग जुवा खेल्न रमाइलो मान्दछु अब दमयन्तीलाई जितेर दासी बनाउने छु भने र दुर्वाच्यहरु बोल्दै गयो ।

नल केही बोलेनन् र दुवैमा जुवा सुरु भयो । सबै धनसम्पत्ति साम्राज्य वैभव नलराजाले जिते र खुशी साथ नलले भने ‘हे भाइ पुष्कर ! पहिला मेरो शरीरमा कलीले प्रवेश गरेर यो सबै भएको रहेछ, त्यो सबै मैले बुझेँ । तिमीसँग म रिसाएको छैन । तिम्रो पहिलेको अंश जति सबै म तिमीलाई फिर्ता दिन्छु लगेर जाउ भने र राज्य फिर्ता दिए । यो सुनेर अफूले पहिले बोलेको दुर्वाच्य सम्झेर पुष्कर लज्जित हुँदै आफ्नो राज्यतर्फ लागे ।

नल राजा पहिलेझैँ चारैतिर सुकीर्ति चलाउँदै सारा प्रजालाई सुखी र खुशी बनाउँदै धेरै यज्ञयागादि गरी धेरै वर्षसम्म पृथ्वीमा राज्य गरे । यति भन्दै ज्ञानी वृहदश्वले युधिष्ठिरलाई सम्झाउँदै दुःख नमान जसरी नल राजाले राज्य फिर्ता गरे त्यसरी नै तिमीले पनि आफ्नो राज्य फिर्ता गरी खुशी हुने छौ, चिन्ता लिनु पर्दैन भनी उपदेश दिए र आश्रमतर्फ फर्किए ।

-क्रमशः