रोटरीको अन्तर क्लव स्तरीय प्रशिक्षण घोराहीमा

  •   
  •  

घोराही, १७ साउन । सामाजिक क्षेत्रमा काम गर्दै आएको रोटरी क्लवहरुको अन्तर क्लव स्तरीय प्रशिक्षण कार्यक्रम घोराहीमा सुरु भएको छ । रोटरी क्लव अफ दाङको आयोजनामा रोटरी क्लव अफ तुलसीपुर, रोटरी क्लव अफ लमही र रोटरी क्लव अफ धनगढी विच अन्तर क्लव स्तरीय प्रशिक्षण कार्यक्रम घोराहीमा भएको हो ।

रोटरी क्लव अफ दाङका अध्यक्ष डा. चेतनारायण पाण्डेको अध्यक्षता एवं डिष्ट्रक गभर्नर राजिव पोख्रेलको प्रमुख आतिथ्यता र डिष्ट्रक टे«निङ कमिटी चियर म्यान राजेन्द्र शाक्य र कार्यक्रम संयोजक टोपलाल पोख्रेलको विशिष्ट आतिथ्यतामा कार्यक्रमको भएको हो ।

कार्यक्रममा प्रमुख अतिथी पोख्रेल र विशिष्ट अतिथी शाक्यले रोटरीलाई सामाजिक विकासको सहयात्री बनाएर अघि बढाउन आग्रह गरेका थिए । समाजका अनेक पक्षलाई सवल र सक्षम बनाउनु रोटरीको प्रमुख दायित्व भएको भन्दै उनले सहकार्यबाट अघि बढ्न सुझाब दिएका थिए ।

रोटरीको मूल्य मान्यता भनेकै सामाजिक विकास, रुपान्तरण भएको भन्दै उहाँहरुले समाज सेवालाई केन्द्रमा राख्न आग्रह गरे । कार्यक्रममा प्रशिक्षकहरु लक्षण ज्ञवाली, राजकुमार गुप्ता, खिमबहादुर कार्की, राजेन्द्रबहादुर जिसी र नरबहादुर श्रीसले चार वटै क्लवका पदाधिकारीहरुलाई रोटरीको काम, कर्तव्य र सामाजिक उत्तरदायित्वका बिषयमा प्रशिक्षण दिने छन ।

संस्थाको चिनारी, आन्तरीक सञ्चालक विधी र समाजमा गर्नुपर्ने काममा समन्वयकारी भूमीकाका बिषयमा तालिम दिईएको हो । रोटरी क्लव अफ दाङका क्लब एडमिनिष्ट्रेशन कमिटी चियर पदमकुमार केसीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सह सचिब रोशन दाहालले गर्नुभएको थियो ।