कविता : अभिव्यक्ति
खगराज न्यौपाने
वगैचा देखेँ रंगी र चंगी फूलले हाँसेका
सुस्तरी हावा चलेको हुँदा फूल थे नाचेका ।।
(१)
अपरिचति मानिस देख्दा टिप्छ कि भनेर
मलिन भई बसेका हुन्थे मानिस देखेर ।।
(२)
पोखरी हेर्न डिलमा गए माछा थे नाँचेका
वर र पर दौडेका हुन्थे पानीमा बाँचेका ।।
(३)
हेर्दैथे मैले पोखरीभित्र माछाको तमासा
ठूलोले साना खाएको निलेको माछा देखेको अवस्था ।।
(४)
वगैचाभित्र पसेर हेरे हवाथ्यो सितल
देखेर शान्त वातावरण म भए हर्षित ।।
(५)
क्यैबेर बसे आनन्द लाग्यो एक्कासि वाजले
आएर त्यहाँ बसेको चरा मोरथ्यो दुष्टले
(६)
घरमा आए लगाए छि.वि. मृगको हुलमा
बाघले मा¥यो दुष्टता ग¥यो त्यो घोर वनमा ।।
(७)
दर्शन गर्न मन्दिर गए लिएर प्रसाद
बाँदर आई खोसर लग्यो म भए हतास ।।
(८)
गाउँमा गए सुन्तली लग्यो सन्तेले भन्दैथे
महिना तीन सँगैमा राखि पु¥यायो भन्दैथे ।।
(९)
जागिर खान बम्मबइ गयो लिएर सुन्तली
कोठीमा उतै बेचेछ कस्तो रहेछ दुर्मती ।।
(१०)
मान्छेले मार्छ मानिसलाई कस्तो हो निष्ठुरी
अन्याय गर्छ दुष्टता गर्छ मान्छे अविवेकी ।।
(११)
मै जान्ने भन्छ मै ठूलो भन्छ छ आफू खराब
कसरी उठ्ला यो खाल्टोबाट आजको समाज ??
(१२)
