भारतीय आक्रमण र चिनिया प्रत्याक्रमको राजनीति
सुभाष न्यौपाने
राम अयोध्या विश्वनाथ कैलाश मानसरोबर
दुवै तिम्रा भक्त हुन् है देऊ आशीष बरोबर ।
सत्ताधारी राजनीतिक दलका दुई खेमा अर्थात् दुई अध्यक्षहरुबीच जति नै सम्वाद भएइ पनि अझै घ्यू लाग्ला जस्तो देखिएको छैन । वर्तमान पार्टीको दुई खेमाबीचको द्वन्द्व चर्काउने कामा भारतले गर्देको भनेर पार्टीको सत्ताभितर पक्षले आरोप लगाइरहँदा पार्टी इतर पक्षलाई थुम्थुम्याउन नेपालका लागि चिनिया राजदूत हु यान्छीले सबैलाई भित्रशक्ति बनाएर समस्याको समाधान गर्दै छिन् रे ।
पार्टीको पहिलो र दोस्रो परियताका अध्यक्षहरुबीच जति सम्वाद भए पनि उनीहरुको निक्र्योल भनेको समस्या समाधानमा लागि सहमति गर्न सहमति गर्छन् रे । मुलुकमा एउटा विपत् िकोरोनाले सबैलाई गाँजिरहेको अवस्थामा नेपालमा मनसुनको आगमनसँगै भित्रिएको वर्षाका कारण निम्तिएको बाढी, पहिरोले नेपालको पूर्वदेखि पश्चिमसम्मका कतिपय जिल्लाहरु प्रभावित भएका छन् भने जनधनको ठूलो क्षति भइरहँदा पनि सत्ताधारी दल र सरकार राम्रोसँग उद्धार, राहत र व्यवस्थापनमा जुट्न सकिरहेको छैन ।
तत्काल उद्धार चाहिने ठाउँमा पठाइएका सुरक्षाकर्मीहरु ७–८ घण्टा, १० घण्टासम्म पैदल उद्धार क्षेत्रमा पुगने गरेका छन् । तरकारी किन्न र केक बोक्नलाई प्रयोग गरिने हेलिकोप्टर नागरिकको उद्धारका निमित्त प्रयोग गर्न सरकार ठूलै नोक्सानी व्यहोर्नुपरेझैँ अनुभव गर्छ ।
कहाँ गयो सरकारले गठन गरेका उपप्रधानमन्त्री संयोजक रहेको सिसिएमसी ? त्यसले डिसीएमसीलाई उद्धारका निमित्त उचित प्रबन्ध सहितको आदेश किन नगर्ने ? सरकारका मुलपुजारी प्रधानमन्त्री वलीले सपनामा पनि भारतै देख्छन् कि क्या हो ? झस्को पनि भारतकै आउँछ केर उनलाई अलिकति फुर्सद पायो कि प्रचण्डको टाउकोमा हान्ने र माकुने, झलनाथलाई एउटा कुनामा कोचार्ने तथा बामदेव गौतमलाई आफ्नो झोला बोकाएर हिडाउनेभन्दा अरु सोच नै आउँदैन । सीमा विवाद सुल्झाउनलाई त सम्वाद पो गर्ने हो । त्यससँग जोरी खोज्दै तथानाम गालीगलौजमा उत्रेर त समस्याको समाधान हुँदैन ।
हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलका नेताहरुलाई उक्साएर भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोजेकोले मेरो सत्ता जोगाउनलाई सहयोग चाहियो भनेर कैलाश मानसरोबर निवासी भगवान सदाशिवलाई गुहारेको हुँदा चीन नेकपाको आन्तरिक दरारलाई मिलाएर ओलीजीको सत्ता जोगाउन सकिन्छ कि भन्ने अभिप्रायले राष्ट्रपतिलगायत नेकपाका नेताहरुको घरघरमा चिनिया राजदूत हु यान्छी पुगेकी हुन् ।
नेपालको समस्या समाधान गर्नका लागि भारतसँग लड्न आएको चाहिँ होइन । विश्व अर्थतन्त्रको सन्दर्भमा उदियमान शक्तिको रुपमा परिचित चीन त्यसै आधुनिक शक्तिको रुपमा परिचित भएको होइन । चीनले जसरी आफूलाई आर्थिक रुपमा सवल बनाउन, उत्पादन बढाउने प्रविधिको विकास ग¥यो ती उत्पादित वस्तुको बजार त चीन होइन नि । त्यसको बजार एसिया, युरोप, अमेरिका महादेशमा रहेका विभिन्न मुलुकहरु हुन् ।
भारतले मात्र चीनसँग वर्षमा खर्बौंको कारोबार गर्छ । त्यस्तै युरोप, अमेरिकालगायतका देशहरुमा पनि प्रशस्त कारोार रहेको छ, चीनको । आर्थिक महाशक्तिको रुपमा चीनलाई चिनाउने त्यत्रो कारोबार सबै त्यागेर चीन भारतका विरुद्ध नेपालको पक्षमा उभिन्छ ? होइन । त्योभन्दा धेरै र बलियो आम्दानीको स्रोत नेपालमा भेटाएको छ भने त चीन नेपालको तर्फबाट भारतको विरुद्धमा उभिनसक्छ । उत्पादन गर्दैमा आम्दानी हुँदैन । आम्दानीको लागि त बजार जानु पर्छ ।
यदि भारतलगायत युरोप, अमेरिकासँगको व्यापारिक सम्बन्ध बिग्रियो र आम्दानीको स्रोत घट्यो भने न त समुद्रमा पुल बन्छ न त महाशक्ति राष्ट्रको रुपमै उदियमान भइन्छ । स्थानीय बजारकै हेर्नुस् । लाखौा करोडौँको समान थुपारेर सहर खोल्नेहरु त धेरै छन् । तर जसले धेरै माल बेच्छ जसका धेरै ग्राहक हुन्छन् उसैले धेरै माल बेच्छ, उसैले कमाई, कजाईँ गर्छ । त्यसैले हामीले बुझ्नुपर्ने कुरा आफ्नो गर्दनमा खुकुरी थापेर अर्काको टाउको जोगाउनेवाला कोही छैन ।
आफ्नो व्यापार र बजार घाटामा गएर आफूलाई आर्थिक रुपमा कमजोर बनाएर चीन–भारत र अमेरिकाको विरुद्धमा नेपालको पक्षमा लागेर बहस गर्ने कुरामा अलि कमै विश्वास गर्दा राम्रो होला । अर्काको बललाई आफ्नो ताकत सम्झेर हामी बलिया छौँ भनेर बस्यौँ भने हामी सधैँ निर्मल र दुर्बल हुन्छौँ । एउटाको रिसले बाख्रो कहिले पनि अर्को बाघको नतिजा जाँदैन ।
त्यसैले नेताजीहरु जात र वर्णको आधारमा आफ्नो कित्ता कायम लाग्यौँ भने तिम्रा खुट्टा तिनैले काट्ने छन् । त्यसबेला जनताले तिमीहरुमाथि कठै ! पनि भन्ने छैनन् । मुलुकले भोग्नुपरेको महामारीको संकटलाई शब्दान्तर गरेर राज्यले जनतालाई ढाँट्न खोजिरहेको छ । अयोध्या नगरी नेपालको हो । मर्यादा पुरुष श्रीराम नेपाली नागरक हुन् भनेर ।
राम, कृष्ण, शिव आदि नामहरुलाई हामीले देवनामको रुपमा लिएर त्यही अनुसार शब्दको अर्थ पनि लगाउने गरिन्छ । उनीहरुलाई स्थान विशेष र कृडाविशेषको आधारमा उनीहरुलाई विशेषणयुक्त नामले सम्बोधन पनि गर्ने गरिन्छ । आपसी किचलोमा रुमलिएको सत्ताधारी दलको असार १० गतेदेखि बसेको बैठक असार बितिसक्दासम्म पनि कुनै घ्यूलाग्दो निर्णय नभएकोमा नेपाली जनता आश्चर्यमा छैनन् ।
जुन दललाई जति मत दिएर बलियो बनाएर पठाए पनि उनीहरु आफ्नो खुट्टामा आफै बन्चरो हानेर लङ्गडो बन्दै आफूलाई कमजोर देखाएर जनताबाट दयाको भिख माग्ने नाटक यसपालि नेकपाले गरिरहेको छ । सम्वादबाट समस्या समाधान नहुने अवस्था देखिएपछि दुई खेमामा नेताहरु अहिले आएर आफ्ना कटाक्ष पूर्ण अभिव्यक्तिहरु सञ्चार माध्यमद्वारा सार्वजनिक गर्ने ।
तर प्रत्यक्ष सम्वादलाई भने सम्वादहीनतातर्फ लगिसकेका छन् । सम्वादको नाममा नेकपाका दुवै पक्ष जबर्जस्ती नेतृत्व हत्याउने पक्षमा छन् । यो नेकपाको दर्शनीय स्कूल पनि हो । एक साताभन्दा बढी समय अवरुद्ध भएको ओली, दाहालबीचको अस्ति मंगलवार भएको सम्वादमा ओली प्रचण्डलाई भन्दिसके कि अध्यक्ष हुने भए आउँदो महाधिवेशनसम्म पर्खनुस् ।
यदि प्रधानमन्त्री हुने हो भने आगामी निर्वाचनसम्म पर्खने । यति भनेपछि दाहालको मुखमा फेरि बुजो लागेको छ । तर छोड्ने मानसिकतामा दुवै पक्ष छैनन् । सरकारको भितरपक्ष समूह दुवै पद नछोड्ने अडानमा पहिलेदेखि नै थिए भने अहिले पनि त्यही सोचमै भएको बुझिएको छ । यदि छोड्नुपर्ने अवस्था आएमा दल विभाजनका निमित्त तयारी गरिरहेको पनि सार्वजनिक भइरहेको छ ।
ओली पक्षधर नेताहरुले पनि भनिरहेका छन् कि यदि पार्टीको कुनै पनि निकायले ओली पक्षको विपक्षमा निर्णय ग¥यो भने उक्त विषयमा एउटा अध्यक्षको उक्त निर्णयप्रति असहमति रहेमा उक्त निर्णय बदर हुने भन्ने कुरा समेत बाँकी राखेका छैनन् । त्यो पनि निर्णय भइसकेपछि थाहा हुन्थ्यो । निर्णय गराउने क्षमता पार्टीको इतर पक्षसँग छ कि भन्ने विषय पनि निर्णय बिना मुल्तवी भइरहन्छ कि जस्तो पनि छ ।
जे होस् सत्ताधारी पार्टीका ठूला नेताहरुको सडक नाटक पनि राम्रोसँग हेर्न पाए नेपाली जनताले । तैपनि जनताको आँखामा हत्केलाले छोपेर केही–केही विषयमा विमति होला, होइन भने हाम्रा सबै विषयमा सहमति छ, पार्टी एकजुट नै छ भन्दै लाज मानेर बोल्छन् ।
प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र तथा नेपाल सरकारले गठन गरेको वर्तमान सरकारका संकट निवारण समितिका संयोजक समेत रहेका नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेललाई केही प्रश्नहरु राखेर स्वास्थ्य सामग्री खरिद प्रकरणमा जवाफ दिन बोलाएको छ । ती सामग्री खरिद प्रकरणमा उच्च स्तरीय समितिको निर्देशनमा भनेर स्वास्थ्यमन्त्रीको आदेश अनुसार सामान खरिद गरिएको भन्ने जवाफ तत्काल स्वास्थ्य सचिव यादव कोइरालाले सार्वजनिक गरेका छन् ।
त्यसैगरी मन्त्रीज्यूबाट तत्काल खरिद गर्न आदेश भएअनुसार उपलब्ध हुने स्रोत र सामानको मूल्य समेत एकिन नहुँदै आदेशको आधारमा स्वास्थ्य सामाग्री खरिदको प्रक्रिया अगाडि बढाउनुपरेको तत्कालीन स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ बताउँछन् ।
यी सबै घटनाहरु घट्नुको पछाडि अर्थात् घट्नुका कारण जो–जो मन्त्री र सचिवहरु सरकार र पार्टीभित्र परिआउने जस्तोसुकै संकटमा पनि प्रधानमन्त्री केपी ओलीलाई साथ दिने परमभक्तका रुपमा चिनिने पात्रहरु भएकोले पनि सोही आडमा ती मन्त्री तथा अन्य व्यक्तिहरुले ओमन कम्पनीसँग मिलेर मुनाफायुक्त कार्यको सुरु गरेको बुझिन्छ ।
उनीहरुले ती स्वास्थ्य सामग्रीहरु कुन अवस्थाबाट मुलुक र जनता आक्रान्त छन् भन्नेतर्फ हेक्का राख्न सकेनन् । त्यतिबेला उनीहरुका त्रिनेत्र खुले । जसको कारण संसार हल्लाउने कोरोनालाई साक्षी राखेर कोरोनाको कारण संक्रमण भई उपचार गराइरहेका विरामीको उपचारको नाममा स्वास्थ्य सामग्री खरिद गर्न उद्धत रहे ।
त्यसैगरी कोरोनाको कारण मृत्यु वरण गर्ने नेपाली नागरिकको कात्रोमा समेत मुनाफाको रकम राख्ने गोजी बनाउन थाले । यी सबै घटनाहरु घट्नुको मुख्य कारण सत्ताधारी राजनैतिक दल नेकपाभित्र देखिएको आन्तरिक कलहको भुसको आगो थियो ।
जुन आगो प्रधानमन्त्री ओलीको नेतृत्वको सरकार र उनकै नेतृत्वको नेकपाभित्र चलिरहेको नेतृत्वको लुछाचुँडीमा ती आदेशकर्ताहरु प्रधानमन्त्रीकै सहयोगी नेताहरु भएकोले पनि प्रधानमन्त्री ती बीचमा प्रश्न उठ्दा प्रधानमन्त्री ओली नै उनीहरुभन्दा पहिले उनीहरुको बचाउमा सार्वजनिक रुपमा जवाफा दिनेसम्म भए । जसको प्रमुख कराण भनेकै नेकपाभित्रको अन्तरकलह हो । जसको जिम्मा अहिले चीन र भारतलाई लगाएको छ, नेकपा र उसको वहुमतको सरकारले ।
स्वास्थ्य सामग्री खरिद प्रकरणमा ओमनी ग्रुपसँगको मिलेमतोको आशंकामा सार्वजनिक लेखासमितिले पत्र काटिरहेको छ भने त्यही विषयबाट प्रयाश्चित हुनको लागि नै होला उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले प्रधानमन्त्री ओलीको बेलगाम बोलीको विरुद्धमा आएको जनआजावको विरुद्धमा उक्त प्रकरणको रक्षकको रुपमा अभिव्यक्ति दिइरहेका छन् ।
त्यस्तै वर्तमान नेकपाको आन्तरिक कलहमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विपक्षी समूहले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा नआउँदासम्म समस्याको समाधान नहुने भनेर तुरुन्त राजिनामा देऊ । होइन भने पार्टी निर्णयबाट हटाउने काम गरिन्छ ।
यस्तो चुनौती दिइरहेको बेला ईश्वर चाहिँ अध्यक्ष र प्रधानमन्त्री कुनै पदबाट पनि केपी ओलीको राजिनामा आउँदैन । आउनु हुँदैन र आउन दिइन्न भनेर सार्वजनिक रुपमै कस्सिएका छन् । यसपालि नेपाली जनताले मजासँग नेकपाले मञ्चन गरेको सडक नाटक हेर्न पाएका छन् । त्यस पार्टीका सबै नेताहरुको कडा नरम र मध्यम सबैखाले स्वरको विश्लेषण र तौल समेत गर्न भ्याएका छन् । सबै नेताहरुको राजनीतिक तौलको ओजन सहितको टाँचा पनि तयार पारेका छन् ।
त्यो टाँचा नेताहरुमा लगाइदिन मात्र बाँडिन्छ । नेपालको सम्बन्धमा नेपाली राजनीतिज्ञहरु भन्छन् भारतले जसरी नेपालमाथि आक्रमण ग¥यो त्यसको विरुद्धमा प्रत्याक्रमण जनाउँदै चीनले दिएको जवाफमा आफूलाई वायाँ अभिन्न मित्रको रुपमा चिनाउन खोज्नेहरु खुशीले आत्मरतिमा रमाइरहेका देखिन्छन् भने आफूलाई दक्षिण हिमायतीको रुपमा प्रस्तुत गर्न चाहनेहरु केही चिन्तित मुद्रामा देखिन्छन् । तर यी देखिने दुवै मुद्राहरु गलत छन् ।
अर्को फेरि उही प्रसंग आउँछ । प्रधानमन्त्रीको अयोध्या अभिव्यक्तिमा परराष्ट्रले दिएको टालटुले मन्तव्यले पनि के पुष्टि गर्छ भने उनीहरु यस विषयमा विज्ञप्ति जारी गर्न इच्छुक थिएनन् । तर पुजारीले त आफ्ना देवताको भक्ति प्रदर्शन गर्नैप¥यो । यसलाई सोही अनुसारको विज्ञप्ति बुझेका छन्, नेपालका जनताले ।
हामी हरेक शासक जानकार भन्नेहरु सांस्कृतिविद भन्नेहरुले नेपाली जनताको आकांक्षा भनौँ या जनमनोभावनालाई नबुझेर एउटा धरातलीय सम्बन्धको रुपमा मात्र लिएर त्यही अनुसारको व्याख्या गरेर जनसम्बन्धको वर्गीकरण गर्न खोजियो भने त्यो पनि विडम्बना हुन्छ ।
श्रीरामको अयोध्या नगरी र कैलाश मानसारेबर भारत र चीनमा रहेको विश्वसम्पदा सूचीमा समेत स्पष्ट छ । त्यस्तै लुम्बिनी बुद्ध जन्मस्थल पनि स्पष्ट छ । यिनी विषयमा विवादित भएर मुलुकको कार्यकारी प्रमुख बसेर समस्यालाई डाइभर्ट गर्न खोजिएको मात्र हो वा आफू वेवकुफ बन्ने कार्य गरेको हो ? गौतम बुद्ध भारतमा जन्मिएका हुन् भन्ने मोदीलाई जसरी मूर्ख विद्वान्को रुपमा चिनिए त्यसैगरी हाम्रा प्रधानमन्त्रीले पनि मोदीकै विरुद्धमा भनेर अयोध्या नेपालको भन्ने अभिव्यक्ति दिएका हुन् भने उनी पनि शुद्धि हराएका हुन् ।
के त अब भारतको अयोध्या नगरी नेपालमा ल्याइदिन चीन आउँछ ? भारत र चीनका प्रतिनिधिको रुपमा नेकपाका दुई अध्यक्षहरु आपसी वार्तामा जति पटक जुटे पनि उनीहरुले वार्ताका चुरो पत्ता लागाउन नसक्ने हुँदा अब एकपटक यिनीहरुको मुद्दा मिलाउन सोझै चीन र भारतलाई नै आफ्ना भक्तहरुको धार्मिक अधिकारको रक्षा गर्न सोझै आएर वार्तामा बस्न आग्रह गरेका छन् अब नेपाली जनताले ।
