विश्वकै अग्लो त्रिशुल भएको मन्दिरबाट विश्व शान्तिको कामना
दाङ,१ साउन । विश्व कल्याणको कामना गर्दै पाण्डवेश्वर धार्मिक धाम धारापानीमा धार्मिक अनुष्ठान गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणको कामना गर्दै विश्वकै अग्लो त्रिशुल भएको पाण्डवेश्वर धार्मिक धाममा साउने संक्रान्तिको अवसर पारेर विहिवार धार्मिक अनुष्ठान गरिएको हो ।
नेपाल ज्योतिष परिषद जिल्ला शाखा दाङको आयोजनामा घोराही उपमहानगरपालिका वडा नं. ५ धारापानीमा गरिएको धार्मिक अनुष्ठान कार्यमा रुद्री, चन्द्री, बेद, मन्त्रजपसाथै होमआदी कार्य गरिएको नेपाल ज्योतिष परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष डम्वरुप्रसाद निरौलाले जानकारी दिएका छन् । उनका अनुसार सामाजिक दुरी कायम राख्दै २१ जना भन्दा बढि ब्रहमणद्धारा धार्मिक अनुष्ठान गरिएको थियो ।

नेपाल ज्योतिष परिषद जिल्ला अध्यक्ष गिरिराज अधिकारीको अध्यक्षतामा तथा गोरक्ष सिद्धरत्ननाथ मठका पूर्व मठाधिस योगी देवनाथको प्रमुख आतिथ्यता एव पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद अधिकारीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको थियो ।
