Goraksha

National Daily

भूमि अतिक्रमणको शृंखला र नेताजीहरू

भूपेन्द्र सुवेदी

नेपालमा प्रजातान्त्रिक समाजवाद र राष्ट्रवाद केहीले प्रजातान्त्रिक समाजवाद हाम्रो सन्दर्भ र प्रजातान्त्रिक राष्ट्रवादको अवधारणा राष्ट्रियता भन्ने शब्दबाटै सुरु गनुपर्ने हुन्छ । राष्ट्रियता राष्ट्रसँग गाँसिएको हुन्छ भन्ने राष्ट्र भन्ने शब्द निश्चित् सीमानाभित्र बस्ने जनताको चेतना र अस्तित्वसँग जोडिएको हुन्छ । नेपालका प्रजातान्त्रिक, समाजवाद र राष्ट्रवादका राजनीति अनुयायी तथा राजनीतिक विश्लेषक विद्वान् स्व वीपी कोइरालाको राष्ट्रिय राजनीति र वाह्य स्वार्थ उहाँ भन्नुभएकोछ ।

राजनीतिमा एकअर्कासँग मिल्न नदिने पार्टी–पार्टीभित्रै फुटको चलखेल गर्ने नेपालको राजनीतिमा रोगको रुपमै वाह्य शक्तिको रसमा फसेका नेपालकै राजनेता र कर्मचारीहरु समेत दोहोरो रोल खेल्ने सिलसिला विगतकै हो । त्यसैले एकअर्काको विश्वासमा रहन नसक्ने भएका कारण उहाँले ती चारजनाको नाम उल्लेख गर्नुभएको छ ।

महामानव वीपी कोइरालाले भन्नुभएको छ– राष्ट्रिय राजनीति र वाह्य स्वार्थको सिसिलामा मैले दशैंको उपलक्ष्यमा विशुद्ध सामाजिक मेलजोलको दृष्टिले पार्टी दिँदाखेरि त्यस पार्टीलाई चारजनाले बाइकट गरेका छन् । जसमा टंकप्रसाद आचार्य, सूर्यप्रसाद उपाध्याय, डा केसरजंग रायमाझी र डिल्लीरमण रेग्मी दुई वर्षको दसैं मिलन भोजमा म आफैले टेलिफोन गरे, उनीहरु अएनन् भन्ने पार्टी–पार्टी भित्रको र स्वयम् आप्mनै पार्टीभित्रको इगोको कारण वीपीले उल्लेख गरेको अक्रान्त मनोवृत्तिको व्यवहार ठ्याक्कै आज नेकपाका प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचनामा स्वयम् आफनै स्थायी कमिटीका सदस्यहरु चार जना, माधव नेपाल, झलनाथ, खनाल, बामदेव गौतम्, पुष्पकमल दाहाल चारजना केपी विरुद्ध देखिएको अवस्था छ ।

यसले वीपी कोइरालाले इंगित गरेको चारजनाको व्यवहार र आज नेकपामा देखापरेको आक्रोश वीपीले उतिबेलै उल्लेख गरेको विषयले मेल खाएको छ । यो व्यथा नेपालको राजनीतिमा आजसम्म कुनै नेताले उपचार गर्नै नसक्ने व्यथा लागेको रहेछ । त्यसैले नेपालमा २०४६ पछिको नेकाको वहुमतको सरकार विघटन गर्ने पुरुसार्थी नेतामा गिरिजाबाबु ठहरिएका थिय भने आजको दुइतिहाई वहुमतको सरकार नेकपाका केपी ओलीले आप्mनो पुरुसार्थीपन कस्तो देखाउने हुन् हेरम ! आश गराम भर चाहिँ नपरम ।

त्यस्तै अवस्था आजसम्म आइपुग्दा पनि सुधारिनुको साटो झन बढी टुट र फुट ध्रुर्वीकरणको सिलसिला रोकिने अवस्था रहेन । एकआपसमा मिल्न नसक्दा पार्टीभित्रै एकअर्काको बीच आलोचना हुनुको फाइदा दातृ निकाय भनाउँदा, छिमेकी राष्ट्र भारत भनाउँदाहरुले सधैँ आफू दाजु भन्ने र नेपाललाई भाइ भनेर हेपाहाको भाषा प्रयोग गरिरहेको छ । नेपालको पत्रकारसँगको सीमासम्बन्धी सम्वादमा शब्दैपिच्छे ‘अरे भाइ’को मात्र श्ब्द उच्चारण गरेको सुनियो । नेपालले कडा शब्दमा प्रस्तुत् हुन नसक्नुको कारण नेपालका राजनेताहरु सधैं भारतको आशिर्वाद नलिए कुर्सीमा जान नपाइने परिपाटी आफै बनाइएको हो, सबै आजजस्तो राष्ट्रियताको अभियानमा एक भइरहेको भए किन आज भारतले हेप्ने थियो र ? भाइ फुटे गवाँर लुटेको कहानी बनेको हो ?

प्रजातान्त्रिक, समाजवाद र राष्ट्रवादका विश्लेषकहरुको निष्कर्ष राष्ट्रियतासम्बन्धी चेतना मानव समाजको विकासको लागि ठूलो शक्तिको रुपमा प्रयोग भएको छ । तर इतिहासमा यसको दुरुपयोग पनि भएका प्रशस्त उदाहरण छन् । राष्ट्रियतासम्बन्धी अवधारणा जब केही खास बुँदामा सीमित रहन्छ र त्यसको विपरित कुनै पनि सूचना र तथ्यलाई अगाडि राख्न दिइँदैन, त्यसबखत राष्ट्रियताले मानिसलाई एउटा लगाएको घोडाजस्तो बनाउन सक्छ र यसको दुरुपयोग अरु देशमा अरु सभ्यता या आफूमध्यकै समूहलाई दबाउन पनि प्रयोग हुनसक्छ । यो नकारात्मक सम्भावना कम गराउन राष्ट्रियताको जगमा अडिएको हुनु पर्दछ । त्यहीँ नै कारण हामीलाई राष्ट्रवाद र समाजवाद मात्र भएर पुग्दैन, हामीलाई लोकतान्त्रिक राष्ट्रवादको आवश्यकता पर्दछ ।

विगत राणाहरुको शासनकालदेखि नेपाल सरकारको सल्लाकार तथा मुख्य सचिवको रुपमा सिंहदरबारमा भारतीय दूतावासले खटाएको व्यक्तिले नेपालको प्रशासन चलाउँथ्यो भन्ने हामीले सुनेका थियौँ । यसै कारण नेपालमा नेपालका राजनीतिक दलहरुलाई मिल्न नदिएर दिल्ली बोलाएर भारतीय सरकारका सल्लाकार वकिल, राष्ट्राध्यक्ष र त्यहाँका प्रभुत्ववर्गहरुले नेपालका नेताहरुको कान फुके भने हिजो हुन्छ भनेको कुरा आज हुँदैन भन्ने मन्त्र सिकेको कारण हाम्रा नेताहरुको बोली र व्यवहारमा भर पर्ने खालको कोही नभएको हुँदा भारतले सबैको नारी छामिसकेको छ ।

यसैको परिणाम आजको नेपालको भूमि कालापानी, लिपुलेक, लिम्पियाधुराजस्तो क्षेत्र आफैले अधीकरण गरेको छ । नेपालको कुनै सल्लाह, बना सोधपुछ सडक निर्माण गर्ने आँट कसरी ग¥यो भारत सरकारले ? यसको मतलव नेपालमा आज स्थापित सरकार र प्रतिपक्ष समेतलाई उसले अब कुन दर्जामा सम्झिएको छ ? के यहाँका नेता सबै भारतको चाहना विपरित जान नसक्ने हुन त ? तर इतिहासमा राष्ट्रियताको सवालमा पनि दुरुपयोग भएको छ भन्ने तात्पर्य, राष्ट्रियतासम्बन्धी कुनै पनि सूचना र तथ्यलाई अगाडि राख्न दिइँदैन, यो सम्बन्धमा मानिसलाई सलाटे लगाएको घोडाजस्तो बनाउनसक्छ भन्ने उदाहरण नेपालाई भारतले गर्दै आएको व्यवहारमा मेल खान्छ ।

हाम्रो कमजोरी हो भन्दा फरक नपर्ला । जस्तै विगतमा राणाहरुकै पालादेखि नेपालका राजनेता राजा, व्यूरोक्रेसी, सबैलाई आजको कोरोना भाइरसको डरले अनिवार्य मास्क प्रयोग गर्न बाध्य पारेजस्तो भारतले नेपाललाई सधै हाम्रो विपक्षमा बोल्न पाइने छैन भने जस्तो मुख बन्द गरिदिएको त छैन ? त्यसैले नेपालको सूचना तथ्यको समाचार भारतलाई पाच्य नभएको सिद्ध भएको छ र उसले नेपालले पटक–पटक वार्तामा बोलाउँदा समेत वास्ता नगर्नुले कतै हाम्रै नेताहरु भारतसँग चुकेका त छैनन् ?

सीमाविद र विज्ञ समूह र अग्रज व्यक्तित्वहरुबाट हामीले सुन्ने गरेको सञ्चार माध्यम र पत्रपत्रिकाहरुको समाचारमा २०४६ साल अघि सीमा सुरक्षा र यसको नाप, नक्सा र स्तम्भ व्यवस्थापन, निर्माण जस्ता काम नेपाली सेनाको जिम्मा थियो, जब २०४६ सालपश्चात यसको जिम्मा वहुदलीय व्यवस्थाका नेता र निजामति कर्मचारीको जिम्मा लगाइएको कारण आज भारतले नेपालको भू–भागमा अतिक्रमण गर्दै दिन प्रतिदिन मिच्दै आएको अवस्था हो भन्नेजस्ता गुनासाहरु समेत बाहिर आएका छन् र त्यहाँ तत्पश्चात खटिँदै आएका सीमाविद समेतको टोलीले एक त उनको विरोध गर्नै सक्दैनन् गरिहाले पनि उनीहरुले नेपालीको कुरै सुन्दैनन् ।

यहाँनेर हाम्रा नेताहरुकेमा चुकेका छन् ? यसैको परिणाम आज नेपालले भोग्न वाध्य छ । हुन पनि नेपालमा २०४६ सालपछिको सरकार चाहे जो–जो पार्टीको नेतृवमा बनोस उदाहरणीय काम खासै भएको छैन । खाली सडक निर्माणको काम ग्रामीण स्तरमा भएका छन्, पहाडि जिल्लाहरुमा सडक पुगेका छन् तर नेपालमा नेपाली युवा जमातलाई स्वदेसमै श्रम गर्न पाउने र स्वदेशकै सेवामा रहेर आप्mनो आत्मसन्तुष्ट हुने काम के भयो खोई ? नेपालमा विगतमा स्थापना गरिएका उद्योगहरुलाई निजीकरणको रुपमा विक्री नगरेको भए आज ती उद्योग १०, १२, उध्योगमा कति नेपाली युवाहरुको जनशक्तिले श्रमिकको रुपमा स्वदेशमै बसेर काम गर्ने अवसर पाउने थिए ।

आज विदेशको खाडी मुलुकमा श्रमको नाममा वाध्य भएर जाँदा आकासमा आउँदा बाकसमा लाश बनेर आएको नेपाल सरकार सामू तथ्य सबुद छ । नेपालमा दातृ निकायको सहयोगबाट निर्मित ती हाम्रा उद्योगमा आज नेपालका युवायुवतीहरुले आप्mनो घरको मानो खाएर आफ्नै देशमा बसेर उद्योग सञ्चालन गर्ने थिए र नेपालको कायापलट हुने थियो । अरुको सिको गर्ने राम्रोलाई अझ राम्रो बनाउने र नराम्रालाई विस्थापित गरेर अघि बढ्ने र विकासको कामलाई सहयोग हुने कामको लागि निरन्तरता दिनुको सट्टा, विगतको सरकारले निर्माण गरेको संरचना सबै बेची खाने र सबै ध्वस्त पारेर नयाँ प्रवृत्ति भिœयाउनेको नाममा राज्यको सम्पत्ति कति नष्ट भयो ? पुराना संरचनाको प्रयोग गर्दै नगर्ने हो भने महेन्द्र राजमार्ग सट्टा कुन सडक प्रयोग गर्ने ? पृथ्वी राजमार्गको सट्टा कुन सडक प्रयोग गर्ने गरिएको छ ? सिहंदरबार कसले निर्माण गरेको हो ? यस्ता संरचनाहरुको अब मूल्याड्ढन गर्नेहरु आज किन सांसद भवनमा जान परेको त खोई आफै निर्माण गरेका भवनहरुमा बसेको निर्माणको साटो ध्वस्तको बाटो रोज्नेहरुले सोच्नु पर्छ । अब हिजो आन्दोलनमा भारतीय विस्तारवाद, अमेरिकन साम्राज्यवादको हवाला दिँदै आन्दोलन गर्नेहरुले आज भारतले आप्mनो भूमि मिचेर सडक निमार्ण गर्न थालेको करिब १२ वर्ष भइसके छ । यो अवधिका सरकारले हिजो किन नउठाएको यस्ता विषयमा ? भारतको विरोध गरे सरकारमा जान पाइँदैन, भरतको विरोध गर्न हुँदैन भन्ने भारतले बनाइदिएको जस्तो बनेका हाम्रा पार्टी नेताहरुलाई भारतले नपत्याउनुको परिणम यही हो ।

नेपालले २०४५ साल पश्चात के उपलब्धि ग¥यो त ? खाली अगुवाहरुको अवस्था बदलियो, गाउँबाट स्थानीय सहर आए अलि ठूलाबडाहरु काठमाडौंको राजधानीमा ठूल्ठूला महल बनाए र आप्mना सन्ततीहरुलाई विदेशमा पढ्न पठाए, तर हिजो आफू सँगसँगै नारा लगाएर आफ्नो आँगनमा बोलाएर आप्mनो प्रभूत्व देखाउन नाचलाउने आफूहरुलाई मत दिएर माथि पु¥याउने जनता जनार्दनहरु त उही एक दिन आँगनमा नाँच्दाको दिन सबैभन्दा सस्तो मासु र ठर्राको भरमा एकछिन् उफ्रिए माछो–माछो हातमा भ्यागुतो भोलि हिजो सँगै मकैको रोटी बाँडेर आधा–अधा खाने ठुल्दाइ त अविरजात्रापछि सबैलाई बाइबाई गरेर आफनो दुनो सोभ्mयार आप्mनै प्रगतितिर लागे ।

विचरा ! हिजोको भाइ उही पुरानै आमाबाबाको कमाईको थाङनामा चित्त बुझाउन वाध्य हुनुप¥यो के गर्ने ? तत्पश्चात अर्को जुनी सुरु भयो २०५२ साल चैतदेखि अब ०४६ सालको व्यवस्थाले रुष्ट भएका भाइहरुलाई फेरि यिनी बजारका सेता घर सबै हामी कब्जा गर्छौं र सबैलाई बाँड्छौँ भने र जातजातिको सबैको नेतृत्वमा सरकार बन्छ । यहाँका खेतका फाँटहरु सबै कब्जा गरिन्छ, जग्गा नहुने सुकुमबासी कोही रहने छैनौँ । सबैको ससम्मान रुपमा हाम्रो पार्टीको सरकारले सम्पम्पूर्ण जनताको लागि सेवासुविधा पु¥याउनेछ भन्दै मीठा–मीठा सपना बाँडेर तत्कालको माओवादीका नेताहरुको पछि खाई नखाई आप्mना बालबच्चाको गास काटेर आफू भोकै बसेर माओवादीका नेताहरुलाई खाना खुवाए, आफू सत्ने विस्तरा छाडिदिए, कसैले त आफनो पुख्र्यौली सम्पत्ति समेत बेचेर पार्टीको नाममा समर्पण गरे ।

उनीहरुलाई सरकारमा पु¥याउन लड्दालड्दै १७ हजार नागरिक मरे तर उही कहानी सबै जोगी मर मेरै भूमिभर भन्ने जस्तो बनाए । आज उनीहरु सरकारमा छन् नेतृत्व सबै पालैपालो प्रधानमन्त्री, मन्त्रीको बाँड्फाडमा व्यस्त भए । हिजो आफनो गास काटेर दिने, आफनो विस्तारा छोडेर उनैको सुरक्षामा उनलाई वरिपरि घेरा हालेर रात बिताएका जनता आज जहाँको त्यहीँ छन्, जस्ताको तस्तै छन् । तर उनीहरु त आज नेपाल सरकारमा परिवारै हुलेर सबैलाई भुलेर देशविदेशका बैंकहरुमा ढुकूटी थन्क्याएका छन् । राजधानीमा आलिशान महलको झ्यालबाट हिजो आफूसँगै भोकै दौडेका गरिब नागरिकको कष्टकर जीवनलाई तमासे भएर हेरेका छन् । धन्न राजनीति नेपालको सतीले सरापेको देश भन्ने उखानमा सबैले पालैपालो कमाएको देख्ने मात्र खाने अरु जोत्ने गरु ।