Goraksha

National Daily

राजनीतिमा : मानिस नै ठूलो कि ?

डा.कृष्णराज डी.सी.

 

राजनीतिशास्त्रका पिता प्राचीन युनानी दार्शनिक ‘अरस्तु’ले ‘जुन मानिस राजनीतिबाट आफू छाढा छु भन्छ त्यो कि पशु हो कि त देवता हो’ भनेका छन् । भन्नुको अभिप्राय के हो भने पशुचेतना र देवचेतना वाहेक मानवचेतना कदापित राजनीतिबाट अलग रहन सक्दैन । तर, राजनीतिज्ञहरुले वा देवताहरुले पशुपक्षीलाई आ–आफ्नो वाहनको रुपमा प्रयोग गरेको भने देखिन्छ ।

उदाहरणस्वरुप देवदानवबीच भएको समुद्रमन्थनबाट प्रापत ‘ऐरावत हात्ती’ इन्द्रको वाहन, घोडा भगवान् कृष्णको अश्वयान चलाउने वाहन, ‘साँढे’ महादेवको वाहन, ‘सिंह’ देवीको वाहन, ‘मुसो’ गणेशजीको वाहन, ‘हाँस’ सरस्वतीको वाहन, ‘भैँसी’ यमराजको वाहन आदि । यो त देवलोकको कुरा भयो । मानवलोकमा पनि ‘हात्ती’ र ‘घोडा’लाई राजामहाराजाहरुले आफ्नो यातायातको साधनको रुपमा प्रयोग गर्दै आएको देखिन्छ ।

आज पनि मानवअधिकारवादी संघसंस्थाहरु यथेष्ट मात्रामा खोलिएका छन् तर त्यसको सापेक्षतामा पशुअधिकारवादी संघसंस्थाहरुको सर्वथा अभाव नै देखिन्छ । तर, आजको नेपालमा अभिनव चिन्तनको कारणले होला गिद्ध संरक्षण, बाघ संरुक्षण, हात्ती, घोडा, अर्ना, गैँडा आदि जनावरहरुको संरक्षणतर्फ सबैको चासो बढेको देखिन्छ । तर मानव संरक्षणतर्फ कसैको ध्यानाकर्षण भएको देखिँदैन बरु उसको विनाशको चिमित्त विविध हात हतियारहरु निर्माण गरिँदै छ । घोडा सालिक, बाघ सालिक, सिंह सालिक, हात्ती सालिक, गोरु सालिकहरुलाई पूजा गरिन्छ तर मानव सालिकहरुलाई डोजरले भत्काइन्छ, किनभने हामीमा आज नयाँ विनिर्माणिक चेतना हावी हुँदै छ ।

     ‘नयाँ युगबोध राष्ट्रि दैनिक’को ४४ अंक : ६२, २०७७ असार ५ गतेका दिन विशिष्ट समाजसेवी एवं प्रौड व्यक्तित्व श्री एकराज शर्माको ‘तुलसीपुर चोकको घोडा’ शीर्षकको लेखले मेरो ध्यानाकर्षण गरायो । प्रस्तुत लेखमा लेखक शर्माले घोराही बजारको नामकरणको ऐतिहासिक पक्षलाई समेत केलाएर आफ्नो विचार प्रस्तुत गर्नुभएको छ । मेरो मानसपटलमा दाङका केही आदर्श व्यक्तिहरुको नाम सेटिङ भएको छ, जसमध्ये समाजसेवी एवं पूर्व माननीय श्री एकराज शर्मा पनि एक हुनुहुन्छ ।

     इतिहास जान्ने विविध स्रोतहरुमध्ये समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुले बोलेका तथा लेखेका कुराहरुलाई पनि आधारसामग्रीको रुपमा प्रयोग गर्ने गरिन्छ । त्यसैका आधारमा हामी ऐतिहासिक सत्य तथ्य विषयवस्तुलाई केलाई निष्कर्षमा पुग्ने गर्दछौ, अग्रजले बोलेका कुराहरु नै कानुनका दफाहरु पनि बन्न सक्दछन् भन्ने कुराको पुष्टि बेलायतको मौखिक संविधानले गर्दछ । प्रजातन्त्र (म्झयअचबअथ) को जननी मानिने उक्त देशमा कुनै लिखित संविधान नै छैन । बरु, त्यहाँका विशिष्ट व्यक्तिहरुले बोलेका कुराहरु नै कानुनसरह मान्य हुन्छन् । तसर्थ, कानुनमा लेखेर मात्र पुग्दैन बरु त्यसलाई हामीले व्यवहारमा कति लागू गर्नसक्यौँ भन्ने कुराले बढी महत्व राख्दछ । त्यस दिशातर्फ हामी सबैको ध्यान जानु नितान्त जरुरी छ । लेखक शर्माको उपर्युक्त लेखले घोराहीमा ‘तुलसीपुर चोक’ र तुलसीपुरमा ‘घोराही चोक’ नाम राखिनु आफैँमा विरोधाभाषापूर्ण कुरा भएको छ । यस किसिमको नामाकरणले पर्यटकहरु जो पहिलोपटक दाङमा आएका छन् तिनीहरुलाई अलमल पार्दछ । उनीहरु, तुलसीपुरमा ‘घोराही’ र घोराहीमा ‘तुलसीपुर’ खोज्न विवश हुन्छन् । हुन त कहाँ पुल, बाटो, चोक, गल्ली, बजार, विद्यालय, अस्पताल, पिउने पानीका धारा÷टङ्की, बिजुली, नहर, कुलो आदि के–के बनाउने जिम्मा सम्बन्धित निकायको हो, अन्य गैरजिम्मेवार निकाय÷व्यक्तिको किन चासो ? भन्ने प्रश्न उठ्नसक्छ । तर, सर्वसम्मतिले गरिएको कुनै पनि काम दीर्घकालीन हुन्छ भन्ने स्वेच्छाले गेको काम अल्पकालीन हुनजान्छ । तसर्थ, अग्रज व्यक्तित्वहरुको सुझावलाई पनि सम्बन्धित निकायले गहन रुपमा मनन् गर्ने छ भन्नेमा हामी आमजनसमुदाय आशावादी छौँ । संविधान निर्माणार्थ पनि धेरै सुझावहरु सङ्कलन गरिएका थिए । जसका आधारमा नेपाल र नेपालीले वर्तमान संविधान दीर्घ साधनाबाट प्राप्त गरेको हो । लेखक शर्माको सुझाव यस्तो छ ‘… दार्जिलिङ, सिक्किममा राखिएका भानुका सालिककहरु कति सम्मानित र सुन्दर ढङ्गले राखिएका छन् । जसमा औपचारिकता मात्र देखिँदैन । सालिक राख्ने सोच उपमहानगरपालिकाले सोचेको छ कि छैन ? थाहा भएन । जहाँसम्म घोराहीको व्याख्या छ पुरानो नाताले मलाई पनि लेख्ने मन लागेकोले विचार प्रस्तुत गरेको हुँ । घोडा पनि राख्ने ठाउँ सङ्केत गर्ने बोडमा ‘भानुचौक घोराही’ लेख्दा राम्रै हुन्छ ।’ उपर्युक्त विचार उपयुक्त नै देख्छि तर मेरो लेखनको मूल प्रयोजन ‘घोराहीचौक’ वा ‘भानुचौक’को सन्दर्भमात्र होइन बरु समग्र नेपालीमा कसरी राष्ट्रियताको भावना जगाउन सकिन्छ भन्ने सन्दर्भमा गहन विमर्श गर्नु प्रस्तुत लेखनको मूल प्रयोजन हो । यसको साथै जबजब भारतीपुत्रहरुप्रति राज्यले उपेक्षा गर्दै जान्छ तबतब राष्ट्रिय चिन्तनको मूलधारबाट अलि टाढिएर राष्ट्र विखण्डनको दिशातर्फ जाला कि ? भन्ने चिन्ता पनि हो ।

के हो राष्ट्र ?

     हामी सङ्कीर्ण अर्थमा राष्ट्र भन्नाले भौगोलिक साँधसिमालाई मात्र बोध गर्दछौँ । तर, व्यापक अर्थमा राष्ट्र भनेको भौगोलिक साँधसिमामात्र होयन बरु कुनै पनि मुलुकको प्राज्ञिक वा बौद्धिक वैभवलगायत त्यहाँको कला, साहित्य, संस्कृति, भाषा, धर्म, चाडपर्व, रीतिरिवाज आदि पनि हुन् । यतिखेर नेपालको सीमाङ्कनसम्बन्धी सबैबीच राष्ट्रिय सहमति कायम गरी एक कदम अघि बढ्ने जुन काम भएको छ, त्यो प्रशंसनीय पक्ष हो । अब उप्रान्त सबै भाषा, धर्म, संस्कृति आदिलाई एकाकार गरी राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनु आवश्यक छ । यसको लागि सर्वप्रथम नेपालको बौद्धिकवर्ग (मानवपुँजी) लाई संस्थागत रुपमा अगाडि बढाउनु आजको मूल आवश्यकता हो । जुन काम विकसित राष्ट्रहरुले गरिसकेका छन् । बौद्धिक सम्पत्ति कुनै जाति विशेष, दल विशेष, सिद्धान्त विशेष, वर्ग विशेष, लिङ्ग विशेष, क्षेत्र विशेष, धर्म विशेष हुनु हुँदैन । यदि भयो भने त्यो अस्तितवहीन हुन्छ । तसर्थ, यो राज्यको साझा सम्पत्ति बन्नुपर्छ र राज्यले पनि त्यसलाई महङ्खव प्रदान गर्न सक्नुपर्छ । नेपालमा आज पनि भारतीपुत्रहरु (राज्यका सम्पत्तिहरुबीच) फुट गराई दलीय र वर्गीय स्वार्थको निमित्त प्रयोग गर्ने प्रचलन बढेको छ । यसर्थ, स्वयम् भारतीपुत्रहरु(स्रष्टार्व) आफैँ पनि कसैको वहकाउमा नलागी स्वाभिमानी बन्न सक्नुपर्दछ । जसरी टुक्राटुक्रा बनेको नेपाललाई पृथ्वीनारायण शाहले एकीकरण गरी विशाल नेपालको निर्माण गरे र उनको सपना बहादुर शाहले पूरा गरे । त्यसैगरी संस्कृत भाषाको प्रभावबाट अलग गराई समग्र नेपालीलाई भाषिक एकीकरण गर्ने कार्य आदिकवि भानुभक्तले गरे । उनले नेपालका सबै भाषिकवर्गलाई एकताको डोरीमा गाँसेर एउटै भाषा (समृद्ध नेपाली भाषामा) आबद्ध गराए । नेपाली सो लोकशैलीको प्रयोग गरी समग्र नेपालीबीच राष्ट्रिय एकताको भावना दरिलो बनाए । आज उनी राष्ट्रिय भिूतिमा दरिए । भानुपछिका अन्य कविलेखकहरु पनि निरङ्कुश राज्यसत्ताबाट सधैँ अपमानित मात्र बनेन प्राणको बलिदान समेत दिए । उनीहरुलाई राज्यले देशनिकालाको सजाय पनि दियो । नागरिक हक र जनताको सार्वभौमसत्ता तथा राजकीय सत्ताको निमित्त उनीहरु आजीवन लडे सो प्राप्त पनि भयो तर खोई त उनको सम्मान् ? कहाँ छ आज भानुप्रतिष्ठान ? कहाँ छ पारिजात र भूपीप्रतिष्ठान ? कहाँ छ रिमाल प्रतिष्ठान अनि लेखनाथ र महाकवि देवकोटा प्रतिष्ठान खोई कहाँ छन् ? यो देशका विभिन्न गल्लीहरु र चौकहरुमा ती महापुरुषहरुका शालिक राख्ने निर्णय गर्दा किन कसैको टाउको दुख्छ ? उनीहरुप्रति हामी किन यति असहिष्णु ? हाम्रोभन्दा यो देशको निमित्त उनको योगदान कुन अर्थमा कमी भो ? अझ आदिकवि भानुभक्त आचार्यले त संस्कृतका सिमित विद्वान् पण्डितहरुबाट विद्वङ्खव खोसेर सरल दूधमुखे नेपाली भाषामार्फत् आम नेपाली जनसमुदायलाई शिक्षा प्रदान गरे । तत्कालीन संस्कृतका विद्वान् पण्डितहरुको दृष्टिमा उनी ठूला अपराधी बने । आजको लोकतान्त्रिक गणतन्त्रको संविधानले यद्यपि सबै भाषालाई राष्ट्रभाषाको सम्मान प्रदान गरे पनि अड्डाअदालतहरुमा अभिलेख रान्ने साझा माध्यम भाषाको रुपमा नेपाली (राष्ट्रभाषा)लाई नै मान्यता प्रदान गरेको छ । यसको जस भानुभक्त आचार्यले पाउने कि नपाउने ?

राजनीतिमा मानिस नै ठूलो कि ….?

     ‘राजनीति’ भन्नाले राज्यसञ्चालन प्रणालीलाई बोध गराउँछ । यसको अभिन्न अङ्ग भनेको मानिस नै हो । तसर्थ, मानिसलाई राजनीतिक प्राणी भनिएको हो । धेरै लामो निरङ्कुश राज्य व्यवस्थापछि नेपालमा पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानुनी राज्यको अवधारणा, जनताको सार्वभौमसत्ता र राजकीय सत्ता, आवधिक निर्वाचन, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, वालिक मताधिकार र लोकतान्त्रिक मान्यताप्रतिको पूर्ण प्रतिबद्धतासहितको अधिकार नेपाली जनताले नेपालको संविधान (२०७२ मार्फत् प्राप्त गरिसकेको छ । तर, यस अवस्थामा पनि मानिसलाई गौण महङ्खव दिई गैरमानवप्राणीलाई यदि सरकारले बढी महङ्खव दिन थाल्यो भने सचेत मानवसमुदायले जनताले सरकारलाई कसको मूल्याङ्कन गर्ला ? स्वतः सिद्ध हुन्छ ।

     तसर्थ, गैरमानवप्रणीभन्दा मानवप्राणी (नेपाली जनताप्रति) यतिखेर सरकार संवेदनशील बन्नु नितान्त आवश्यक छ । विद्वान्वर्गका कलमहरु पनि मानवीय पात्रभन्दा मानवेतर पात्रहरुप्रति बढी उदार भएको देख्दा आश्चर्य लाग्दछ । यस्ता विचार सम्प्रेषण गर्नु एक प्रकारको अप्रिय काम हो । किनभने, यतिखेर स्वयम् प्रकृति नै मानव सभ्यताको विरोधमा ‘कोरोना’ नामक जीवाणु (भाइरस)ले निर्मम प्रहार गर्दैछ । यस स्थितिमा पनि हामी गिद्ध, बाघ, गैँडा, हात्ती, घोडा, कस्तुरी, मृग आदि मानवेतर प्राणीप्रति दयालु बन्ने तर स्वजातिय मानवप्राणीमाथि यदि अनुदार बन्दै जाने हो भने हामी मानिसको हालत के होला ? अनि मानिसले कसमाथि राजनीति गर्ने ? तसर्थ, राजनीतिमा मानिस नै ठूलो हो कि …? भन्ने मलाई लाग्दछ ।