Goraksha

National Daily

सुन्दर शाहसहित ६ जनाद्धारा नेकपा परित्याग

दाङ,२१ असार । दाङका ६ जनाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी परित्याग गरेका छन् । एकजना वडा सचिवालय सदस्य सहित ६ जनाले पाटीृ परित्याग गरेको उनिहरुले विज्ञप्ती जारी गरेर जानकारी गराएका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर ९ का नेकपा सचिवालय घोराही ९ बकुलाहीका सदस्य सुन्दर शाह, पार्टी साधारण सदस्यहरु मनश शाह,कमला शाह,सरस्वती शाह,मनकुमार शाह र बिष्णु शाहले आँफूहरु नेकपाको कुनै पनि पद वा जिम्मेवारीमा नरहने गरि राजीनामा दिएको उल्लेख गरेका छन् ।

‘कार्यव्यस्तता र तटस्थ रहने निर्णय सहित राजीनामा दिने निर्णयमा पुगेका हौँ,’ उनीहरुद्धारा जारी बिज्ञप्तिमा भनिएको छ–‘हामीहरु आजदेखि नेकपाको कुनै पनि पद र जिम्मेवारीमा नरहेको जानकारी पनि गराउँदछौँ ।’ वडा सचिवालय सदस्य सुन्दर शाहले पार्टीप्रति कुनै पनि पूर्वाग्रह नरहेको तर कार्यव्यस्तताका कारण आँफू उक्त पार्टीमा रहन नसक्ने वताए ।

‘म तटस्थ बनेर आफ्नो जीवनयापन गर्ने निर्णयमा पुगेँ, तर पार्टी प्रति मेरो कुनै पूर्वाग्रह भने छैन,’ उनले भने,‘मैले वडा सचिवालय सदस्यबाट मात्रै हैन, पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट बिदा लिने निर्णयमा पुगेको छु ।’