कविता : जीवनचक्र
खगराज न्यौपाने
छोरा जन्मे खुशी लाग्यो
मन साह्रै रमायो
ताते–ताते गर्नेबेला आयो
औंला समाई ताते–ताते गराएँ
अपार खुशी लाग्यो
पढाए लेखाएँ
सर्वस्व यै हो भन्ठाने
झनै रमाए
छोराको गृहस्थी बसालिदिएँ
बुहारी आइन्
लक्ष्मीले प्रवेश गरिन् भन्ठाने
क्रमशः समय बित्दै गयो
घरगृहस्थीका कुरा सिकाए
निपुण गराए
घरको दायित्व उनैलाई सुम्पे
अहिले हामी बृद्ध भयौँ
कामकाज गर्न असमर्थ भयौँ
छोराबुहारी दुवैले
बृद्धाश्रम जानोस्
त्यहाँ बसी–बसी खान पाइन्छ
भन्न थाले
मन विरक्त भयो
मैले के गरेँ !
स्वयम् आफैलाई प्रश्न गरे
मनमा कुरा खेलिरह्यो
गाल्ती कसको हो ? ठम्याउनै सकिन
भन्नेस्, तपाईंहरु नै बरु ।
