Goraksha

National Daily

जलवायु परिवर्तन र मानव सम्बन्ध

भूपेन्द्र सुवेदी

जलवायु परिवर्तनका कारण देखिँदै आएका विश्वव्यापी समस्यहरुलाई सम्बोधन गर्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धि नेपालमा लागू भएको करिब साडे दुई दशक भइसकेको छ । यद्यपि जलवायु परिवर्तनसम्बन्धी ज्ञानलाई देशको सबै भेगका समुदायहरुमा पु¥याउन सकिएको छैन । यस सम्बन्धमा सामुदायिक वन उपभोक्त महासंघको अगुवाईमा केही वर्ष पहिलेदेखि नेपालमा दर्ता भएका सामुदायिक वन समूहहरुमा सञ्चालनको सुरुवातसम्म भएको छ । यसको मुख्य कारण भनेको जलवायु परिवर्तनका बारेमा बुभ्mनका लागि पर्याप्त सामग्री नहुनु र तयार गरिएका सामग्रीहरु काठमाडौं वा नजिकका सुगम स्थानहरुसम्म मात्र उपलब्ध हुने हो । जलवायु परिवर्तनसम्बन्धी ज्ञानलाई स्थानीय स्तरसम्म पु¥याउन विभिन्न कार्यक्रमहरु आयोजना गर्ने सम्बन्धा यसका विज्ञहरुको नेपाल जलवायु परिवर्तन ज्ञान व्यवस्थापन केन्द्रले पनि यस्तो समस्या रहेको महशुस गरेको उल्लेख छ । त्यसैले जलवायु परिवर्तनसम्बन्धी विभिन्न आधारभूत ज्ञानको भण्डार विशेष गरी ग्रामीण क्षेत्रका विद्यालय तहसम्म लक्षित गरी जलवायु परिवर्तनका बारेमा बुभ्mन र बुझाउन स्थानीय स्तरमा सरकारले योजना तर्जुमा गर्दा जलवायु परिवर्तनका बारेमा बुझ्नुपर्ने आधारभूत ज्ञानका लागि उलब्धताको आवश्यकता छ ।
नेपालका प्रायः सबै जिल्लाहरुका सामुदायिक वन र जलवायु परिवर्तनसम्बन्धी छलफल गर्ने र वनको दिगो व्यवस्थापन र सामुदायिक बन उद्यम विकासमा जोड दिने र सामुदायिक बन लैङ्गिक समता र समावेशीकरण, कार्यन्वयनमा सामुदायिक वन अधिकार र सुशासनजस्ता क्रियाकलाप हुँदै आएको छ । अन्य क्षेत्रका संघसंस्थामार्फत जलवायु परिवर्तनको बारेमा खासै उपलब्धिमूलक कार्यक्रमहरु उल्लेख भएको पाइँदैन । जलवायु परिवर्तनको कारण सुख्खा, खडेरी, असामान्य हावा, पानीका स्रोतको अभाव दूषित पानी प्रयोगले मानव तथा पशुचौपाय समेतलाई विभिन्न खाले रोगहरुको प्रवेशको कारण नयाँ–नयाँ रोगका लक्षण देखापर्ने अवस्था सिर्जना भएको छ । उदाहरणका लागि लिने हो भने हामीले सन्दै नसुनेको, भोग्दै नभोगेको कोरोना भाइरसको संकटलाई लिन सक्छौँ । यो पनि एउटा जलवायु परिवर्तनको असर नै हुनसक्छ ।
जलवायु परिवर्तन अनुकूलन र समानुकुलन अनुकुलनले विभिन्न विधिहरुलाई अपनाई परिवर्तित जलवायुका कारणले प्रभावित नहुन वा कम प्रभावित हुन चालिने क्रियाकलापहरुलाई बुझाउँछ । जलवायु परिवर्तनको प्रभावहरुको प्रतिक्रिया स्वरुप क्षतिमा सम्यमता अपनाउनु एवं अवसरहरुको सिर्जना गर्न प्रतिक्रिया तथा मानवीय प्रणालीले अपनाउने विधिहरुलाई आइपिसिसीले जलवायु परिवर्तन अनुकूलन भनेको छ । अनुकूलनका गतिविधिहरुलाई पूर्वानुमानित वा प्रतिक्रियात्मक हुन सक्छन् । यी दुवै गतिविधिहरुलाई मानव समुदायले आवश्यकतानुसार निजी वा सार्वजनिक रुपमा कार्यान्वयन गर्न सक्दछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी नीति तथा कार्यक्रमहरु सिर्जना गरी योजनाबद्ध ढङ्गले पनि अनुकूलनका क्रियाकलापहरु सञ्चालन गर्न सकिन्छ ।
विश्वव्यापी चुनौतीका रुपमा देखापरेका जलवायु परिवर्तनको प्रभाव सामना गर्दै जीवन यापन सहज बनाउनका लागि अनुकूलनका उपायहरु अपनाउनुपर्ने हुन्छ । पृथ्वीमा भइरहने विभिन्न किसिमका परिवर्तनसँग सम्पूर्ण जीव र वनस्पतीहरु अनुकूलित भएका कारण नै यिनीहरुको अस्तित्व रहेको छ । परिवर्तनसँग अनुकूलित हुन नसकेमा जीव वा वनस्पतीहरु लोप हुने निश्चित प्रयाः हुन्छ । त्यसैले सम्पूर्ण प्राणीहरुले नै आप्mनो अस्तित्व जोगाउन जलवायु परिवर्तनका प्रभावहरुसँग समयमै अनुकूलित हुँदै जानुपर्ने हुन्छ । नेपालजस्तो विकासोन्मुख मुलुकमा जलवायु परिवर्तनका प्रभावहरुबाट बच्नका लागि अनुकूलनका उपायहरु अपनाउने वाहेक अन्य विकल्पहरु छैनन् । त्यसैले समुदायका स्थानीय र राष्ट्रिय स्तरबाटै यसमा प्रयासहरु हुन अत्यन्त जरुरी छ । यसरी अनुकूलनका लागि अपनाइने विधिहरु बच्ने स्थान विशेष हुन सक्दछ । उदाहरणको लागि अब हामी माझ आइरहेको अवीरल वर्षतको प्रकोपबाट बाढी, पहिरो, डुबान प्रमुख जलवायुजन्य समस्याका रुपमा देखापरेका स्थानमा बाँध निर्माण, वायोइञ्जिनियरिङ आदि अनुकूलनका उपायहरु हुन सक्दछन् । खानेपानीका मुहानहरु सुक्दै जानथालेका स्थानहरुमा भने वर्षेपानी संकलन, पानी भकारी निर्माणजस्ता अनुकूलनका उपायहरु अपनाउन सकिन्छ । जलवायु परिवर्तनका प्रभावसँग जुध्नका लागि क्षेत्रगत रुपमा विभिन्न अनुकूलनका उपायहरु अवलम्बन गर्न सकिन्छ । जस्तै आकाशे पानीको जलभण्डारण, कृषि अन्नबाली लगाउने समायोजन मौसम तथा जलवायु अनुसारको उपयुक्त बाली प्रणाली, स्थानीय भौतिक संरचनाको बनोट, पर्या प्रयाटकीय क्षेत्रको विविधिकरण गर्ने । यातायात सडक पुनः रेखाड्ढन, स्थानान्तरण सडकको मापदण्ड सुधार आदि । ऊर्जा प्रभावकारितासँ समेत नेपालले जलवायु परिवर्तनका प्रभावसँग जुध्नका लागि तत्कालै कार्यान्वयन गर्नुपर्ने अनुकूलनका उपायहरु पहिचान गर्न सन् २०१० मा राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरेको हामी विभिन्न पत्रपत्रिकामार्फत् पढ्न पाएका थियौँ ।
विश्वजगतमा जलवायु परिवर्तनको विषयले राजनीतिक मुद्दाका रुपमा प्रवेश गरेको करिब अढाईदशक भइसकेको छ । हुन त वैज्ञानिकहरुले सय वर्ष पहिले नै भूमण्डलीय तापमान बृद्धिको सम्भावनाबारे चेतावनी दिएका थिए । हरितगृह सिद्धान्त प्रतिपादन गरेअनुसार कार्बोनिक अम्लको मात्रा ज्यामितीय ढङ्गमा बृद्धि भयो भने तापक्रम अंकगणितीय ढङ्गमा बृद्धि हुने छ भन्नेमा विज्ञहरुको भनाई छ । उनीहरुले यो पनि प्रतिपादन गरेका छन् कि कार्बन्डाइअक्साइडको मात्रा दुगुणा बढेको अवस्थामा पृथ्वीको धरातलीय तापमान पाँचदेखि छ डिग्री सेल्सियससम्म बढ्ने छ । वैज्ञानिकहरुको यस्तो तथ्यगत कथनमा मानिसहरुले त्यति चासो राखेनन् । किनकि सबैलाई सुखसुविधाको जीवन यापन चाहिएको छ । सरकारहरु पुँजी उन्मुख विकासमा जोडदिन्छन् । जुन कुराको लागि ऊर्जा चाहिन्छ । प्रचलित ऊर्जाका अधिकांश स्रोत भनेको जीवावशेष इन्धन (फोलिस फ्युल)नै हो । सुविधा र विकासको प्रतिस्पर्धामा त्यस्तो इन्धनको दहनबाट निस्कने हरितगृह ग्यासको असरबारे मतलवै गरेनन् भन्नेमा विज्ञहरुले भन्दै आएका छन् । हरितगृह ग्यासले पृथ्वीको तातोलाई रोकेर राख्छ । जस्तो शिरकले जाडोमा शरीरलई न्यानो बनाइराख्दछ । पृथ्वी तातिएपछि हिउ र हिमनदीहरु पग्लिन थाल्दछन् । पग्लिएका हिउले समुद्र सतहलाई उठाउने त छँदैछ खोलानाला, ताल सबैमा असर पु¥याउँछ र समग्रमा जलचक्रमै धावा लाग्दछ । वायुमा बढेको तापक्रम अनि जलमा आयको असर अर्थात् जलवायु परिवर्तनले त्यसपछि हाम्रो जीवनका आधारहरुलाई हल्लाउन थाल्दछ । जस्तो माथि नै उल्लेख भइसकेको छ, बाढीपहिरोमा बृद्धिका कारण जनधनको नाश, खडेरीका कारण कृषि उत्पादनमा ह्रास, रोग किराहरुको विगविगी भई मानिसलगायत बोटविरुवाहरुको स्वास्थ्यमा नराम्रो असर, वनजंगल र अन्य पारिस्थिक प्रणालीमा परिवर्तन भई जैविक जातिहरुको लोप आदि । यी सबै भोगाइहरु मन्दविषका रुपमा फैलिँदो छ र जलवायु परिवर्तनका नकारात्कम प्रभावहरुलाई अब ढिलो नगरी आत्मसात गर्नु जरुरी भएको छ । होइनभने मानव जातिको सभ्यता जलवायु परिवर्तनको पछिल्लो वियोगान्तका रुपमा अन्त हुन बेर छैन । जसरी डाइनोसोरहरुको भयो भन्ने वास्तविक भनाई विज्ञहरुको सुझाव हामीले स्वीकारेनौ भने हाम्रा पछिल्ला पुस्ताले निकै समस्या भोग्न बाध्य हुने छन् । विश्वलाई बन्धक बनाएको कोरोना भाइरसभन्दा कम भयावह हुनेवाला छैन । देशको आजको बदलिँदो परिवर्तनशील अवस्थामा नेपालमा मात्र नभएर विश्वको इतिहास नै पहिलो बनेको छ । यो कोरोना भाइरसको प्रकोपको मारमा परेका आम नागरिकको आ–आप्mनै गुनासो र सरकारले गरेको व्यवस्थापनको झारा टार्ने कामबाट आम नागरिक चिन्तित् छन् । सरकारले जनताको स्वास्थ्योपचारमा दश अर्ब खर्चेको आर्थिक गतिविधि सार्वजनिक भएको सुन्दा एकादेशको कथा जस्तो लाग्छ । क्वारेन्टाइनका अवस्थाबारे अब नेपालमा दोहो¥याइराख्न जरुरी छैन । सरकारको कान पनि छैन जस्तो भयो र आँखा पनि नदेखेको जस्तो स्वास्थ्यमन्त्रीको भनाई सुन्दा यस्तो गैरजिम्मेवार भाष प्रयोग हुन्छ भने कसको आश गर्ने जनताले ?
नेपालमा एउटा उदेकलाग्दो परिस्थिति भित्रिएको हुन्छ, एउटा जटिल घटनाको जटिल प्रोसेसमा प्रवेश गर्नै लाग्दा अर्को जटिलताले ओझेलमा पार्दै आएको हुन्छ, तर त्यस्ता जटिलताका काममा एकअर्काले आकाशको बादलले घाम छेकेजस्तै छेक्दै आएको छ । जस्तै नेपालको सुन तस्करको प्रोसेस सुरुवात के भएको थियो, तुरुन्त कैलालीकी निर्मला पन्तको बलात्कार केशले सुनकाण्डलाई छेक्यो । निर्मलाको बलात्कार केश दुवै आकाशको बादल हराएजस्तै हरायो । त्यस्तै नेपाल भारत सीमाना विवाद सँगसँगै एमसिसीको केशले उही कुहिरोमा हराएको कागजस्तै हुने त होइन ? यसैलाई सर्वोपरी राखेर भारतले कूटनीतिक नियोगको भारत नेपालबीच नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेकको गम्भीर छलफलले परिणाम निकाल्ने आशामा पर्खिएको नेपालीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको अन्त्यपछि मात्र नेपाल भारतबीच कूटनीतिक छलफल गर्ने भन्ने जस्तो सन्देश दिनुले के अब हामीले उठाएको भूमि मुद्दा ओझेलमा पर्ने त होइन ? केरोनाको कहरको अन्त्यपश्चात भन्नुको तात्पर्य के हो ? नेपाली जनताले बुभ्mने भाषामा नेपाल सरकारले बुझाउनु पर्ने पो हो कि ?