Goraksha

National Daily

तरकारी खेती गर्ने किसानको वेदना

युवराज शर्मा
नेपालीहरुले खेतीपाती र पशुपालन गर्छन् । उनीहरुको मुख्य पेसा कृषि व्यवसाय नै हो । हुनतः विश्वमा खेतीपाती र पशुपालन गर्ने किसान धेरै संख्यामा, चीनमा छन् । विश्वमा धेरै धान खेती गर्ने किसान चीनमा भएको एक सर्वेक्षणले देखाएको छ । वास्तवमा चीनले प्रगति गरेको पनि खेतीपातीबाट नै हो भन्छन्–अर्थ विज्ञहरु ।

नेपालीहरुले खेतीपाती गर्न जोश र जागर देखाउँछन् तर तीन तहका सरकारले वास्तविक किसानलाई प्रोत्साहित गरेको पाइन्न । देशमा गणतान्त्रत्मक सरकार भए पनि नेतृत्व वर्गले नाता गोतालाई किसान भन्ने गर्दा वास्तविक किसानलाई नेतृत्व गर्नेहरुले चिन्दैनन् । उनीहरुलाई कृषि व्यवसायमा प्रोत्साहन गर्न सकेको अवस्था छैन । धेरै तरकारी खेती गर्ने घोराही–२ सुर्केडाँगी र नयाँ गाउँका किसान निराश भएको व्यथा दर्शाउँन् ।

घोराही–१ का ईश्वर खत्रीले तरकारी खेती गर्छन् । उनले तरकारी वेदना व्यक्त गर्नुहुन्छ । तरकारी खेती लामो समय भयो । सरकारी प्रोत्साहन पनि नपाएको वेदना व्यक्त गर्नुहुन्छ । तरकारी खेती गर्ने किसानलाई प्रेरणा सरकारबाट हुनुपर्छ भने प्रोत्साहन गर्न उत्पादित वस्तुको बजार बिक्री व्यवस्था मिलाई दिनुपर्छ । तबमात्र गणतान्त्रात्मक पद्धतिको महत्व देखिन्छ तर नेपालका नेतृत्व वर्गमा समझदारी, संयमितता र धैर्य धारण क्षमताको अभाव बढिरहेको छ । जसले गर्दा जनता सामु नेतृत्व वर्गमा पछौटेपन बढेकी छ भन्छन्–नागरिक ।

स्थानीय तहको सरकारसँग जनताको सिधा सम्पर्क हुन्छ । आफ्ना समस्याहरु सुनाउँछन् । त्यस्ता समस्याको समाधान गरिदिन पनि भन्छन् । स्थानीय तहका स्थायी सरकार कर्मचारीहरु हुन् । उनीहरुमध्ये धेरैजसो भजन कीर्नतेहरु छन् भने कतिपयले वडा अध्यक्षको थाप्लोमा समस्या राख्छन् । वडा अध्यक्ष भन्छन्– मेरो काम किसानलाई प्रोत्साहन गर्ने होइन । पालिकाबाट मात्र हुन्छ भन्छन् र आफ्नो भनाई टार्छन् । किसानको माग हुन्छ– रासायनिक मल, उन्नत बिउ बिजन, किटनाशक ओखती, उत्पादित वस्तुहरुको बजारीकरण र उचित मूल्य निर्धारण जस्ता मागहरु हुन्छन् तर कुनै तहको सरकारले सुन्दैन । उनीहरुका मागहरुको समाधान पनि हुँदैन । उनीहरु निराश बन्छन् । आफ्नो वेदनाहरुको सुनुवाई नभएकोमा निराश बन्छन् ।

किसान भएकोमा हिनता बोध गर्छन् । उनीहरुले आपसमा भन्छन्– पेसामा दुखारी, व्यक्तित्वमा हिनता, रुचीमा घृणा मात्र पाउँछन् । किसानप्रति दया, माया, श्रद्धा र आस्था गर्नेहरु कुनै दलको नेतृत्वमा पाइन्न । त्यसैले होला नेपालमा कृषि व्यवसायमा काम गर्ने किसानले यो व्यवसाय छोडिरहेका छन् । नयाँ पुस्ताहरुमा तरकारी खेती गर्ने युवा छैनन् । अहिले खेतीपाती गर्ने जातिहरुमा थारू अगाडि छन् तर उनका वंशाजहरुका युवा वर्गहरुले यान्त्रिक कार्य, निर्माण कार्य, मेसिनरीको प्रयोग, गाडि चालक, गाडि मर्मत जस्ता काममा लाग्छन् । खेतीपातीलाई खाई खेती भन्छन् ।

पैसाको महत्व बढेको समय भएकोले तरकारी खेतीबाट नगद पैसा हुने भएको हुँदा धेरै युवाहरु यसतर्फ आर्कषित छन् तर बजारीकरणको समस्या व्यक्तिगत प्रयासबाट हुँदैन भन्छन् । सरकारको ध्यान कृषि व्यवसायीहरुलाई आर्थिक, सामाजिक शैक्षिक र नैतिक ज्ञानको सहयोग गर्ने नीति छैन भन्छन्– युवाहरु ।नेपालमा जिल्लागत र पालिकागत कतिजना युवाहरु तरकारी खेतीमा छन्, त्यसको रेकर्ड कुनै तहको सरकारसँग छैन भन्छन्– दलहरुका कार्यकर्ताहरु तर अनुदान बाटेको रेकर्ड पनि छैन कस्तो सरकार हो ? भन्न सकिन्न । भनिन्छ– जनताको सरकार ।

उद्यमी र उद्यमशिलतालाई प्रोत्साहन गर्न आवश्यक पछिल्लो समयमा विभिन्न पालिकाले उद्यम र उद्यमशिलतामा धेरै थोरै लगानि गरेका छन् । लगानि अनुरुप केही उपलब्धी पनि भएका छन् । सोचे जस्तो उद्यमी र उद्यमशिलतालाई प्रोत्साहन हुन सकेको अवस्था छैन । नेपालमै आफ्नो गाउँमै उद्यमशिलताको विकास गरी आयआर्जन गर्न सकिन्छ भन्ने कुरालाई सबैले ध्यान दिन आवश्यक छ ।
अहिले विभिन्न पालिकादेखि उद्योग वाणिज्य संघ, संघसंस्थाले विभिन्न सिपमूलकका तालिम दिएर स्थानीय स्रोत साधनको प्रयोग गरेर विभिन्न वस्तु उत्पादन गरिरहेका छन् । वस्तु उत्पादन गरेर मात्र हुँदैन ति वस्तुको बजारीकरण र त्यसलाई निरन्तरता दिन पनि त्यत्तिकै आवश्यक छ ।

नेपालमा धेरै युवा बेरोजगार छन् । सक्रिय युवाको बाहुल्यता देशकै ठुलो मेरुदण्ड हो तर धेरै युवा वैदेशिक रोजगारीमा छन् । बर्सेनि लाखौँ युवा श्रम बजारमा प्रवेश गर्छन् । ती मध्ये केही प्रतिशत मात्र स्वदेशमा नै रोजगारीका अवसर प्राप्त गर्छन् । रोजगारीको प्रमुख क्षेत्र निजी व्यवसाय हो जसले करिब ८० प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्छ । त्यसमा पनि घरेलु, साना तथा मझौला उद्योगको योगदान अझ बढी छ ।

सरकारी क्षेत्रमा थोरैले मात्र प्रवेश पाउने अवस्था छ । नेपालमा युवा बेरोजगारीको अवस्था गम्भीर छ । विभिन्न अध्ययन र सर्वेक्षणले पनि त्यो समस्या उजागर गरेका छन् । यो समस्या समाधान गर्न दीर्घकालीन रोजगार सिर्जना, सिप विकास र उद्यमशीलता प्रवर्धनमा ध्यान दिन आवश्यक छ । नेपालमा रोजगारीका बहुआयामिक विषय भए पनि त्यसको पहिचान गरी त्यसमा आवश्यक बजेटको व्यवस्थापन गरेको देखिँनैन् ।

रोजगारीका विषय पहिचान नगरी यही अवस्थामा नेपालमा सबै युवाका लागि रोजगारी सिर्जना हुन सम्भव छैन । यसले दक्ष, अर्धदक्ष र अदक्ष सबै प्रकारका युवालाई रोजगारीको खोजीमा देशबाटै पलायन हुनु पर्ने बाध्यता सिर्जना भएको छ । अहिले सबैभन्दा धेरै रोजगारी दिने निजी क्षेत्रको लगानिमैत्री वातावरण हुने नसकेको भनेर व्यवसायीले भनिरहेका छन् । अर्थतन्त्र ओरालो लागेको अवस्थामा नीति क्षेत्रलाई प्रोत्सहन दिने खाले कार्यक्रम ल्याउनु पर्ने हुन्छ । यसमा सबै तहका सरकारले विशेष ध्यान दिनु पर्ने देखिन्छ ।

पछिल्लो समयमा केही आशा लाग्दो र नेपालमा उद्यम व्यवसायको वातावरण क्रमिक रूपमा सुधार हुँदै गएको अवस्था छ । अफै सबै तहका सरकारले स्वदेशमै उत्पादन र रोजगार, स्थानीय तहमा उत्पादन र प्रवर्धन कार्यक्रम सञ्चालन गरी लघु तथा साना उद्योग सञ्चालन गर्नु पर्ने हुन्छ । अहिले पनि धेरैजसो जमिन बाँझो छन् । धेरैजसो वस्तु आयात धेरै हुने गरेको छ । बाँझो र उपयोगविहीन जमिन उपभोग गरी उद्यमी बन्न प्रोत्साहन गर्नु पर्ने हुन्छ ।

स्वदेशी कच्चा पदार्थमा आधारित लघु, घरेलु, साना र मझौला उद्योगलाई प्रशोधन र प्रविधि स्तरोन्नतिका साथै भण्डारण र बजारीकरणलाई सहयोग गर्नाले गाउँ–गाउँमा सञ्चालन भइरहेका र बन्द भएका साना तथा घरेलु उद्योग पुनः सञ्चालनमा आउने वातावरण निर्माण गर्नुका साथै युवा उद्यमी र रोजगार उन्मुख गर्ने नीति ल्याउन पनि आवश्यक छ ।
अहिले कृषिजन्य साना तथा मझौला व्यवसायलाई लगानीमा प्रोत्साहन गरेर आर्थिक रूपान्तरणमा प्रवर्धन गर्नु पर्ने प्रभावकारी नीतिको आवश्यक छ । कृषि उत्पादनमा युवाको आकर्षण बढाउनुका साथै स्थानीय उत्पादनलाई व्यावसायिक विकास, र युवाको आत्मविश्वास बढाउन सक्नु पर्ने हुन्छ । त्यसका लागि राज्यले नीतिगत रुपमा केही समस्या भए त्यसलाई सच्याई युवा उद्यम र उद्यमशिलतालाई बढावा दिन आवश्यक छ ।