Goraksha

National Daily

सहिद दिवस

सुभाष न्यौपाने
सहिदको नाममा बाटो शिक्षा, स्वास्थ्य सहिदलाई ।
देशको ढुकुटी पनि यी ज्यँुदा दरिद्रलाई ।।
उनैको नाममा यिनले बाँकी ढुकुटी सिध्याउने ।
के गरी यिनका हातले पहिराएको माला लगाउने ।।
त्यसैले अचम्मित छुँ म नभन सहिद मलाई ।
सहिदको नामै थाहा नहुनेले के गरी श्रद्धाञ्जली देलान् मलाई ।।
सहिद दिवस मनाउँछन् पार्टीले आ–आफ्ना ।
तिनकै सहिदलाई सम्मान तिनैलाई शुभकामना ।।

सात सालको प्रजातान्त्रिक आन्दोलनको सफलता पश्चात नेपालमा सहिद दिवस मनाउँदै आई राखिएको । त्यसपछि मुलुकभित्र घटेका घटना र परिवर्तन पछि नेपालमा हरेक माघ सोह्रमा सहिद दिवस मनाउँदै आइएको छ । हरेक घटना र परिवर्तन पश्चात सहिदहरुको संख्या पनि बढ्दै गइरहेको छ । हाम्रा सहिदहरु गंगालाल, धर्मपन्त, शुक्राराज र दशरथहरुले लाज मान्न थालिसके, उनीहरुलाई त खरबारीको झाडी थापा थिर बम मल्ल जस्ता सिपाही जो मुक्ति सेनाको नेतृत्व र कमाण्ड गरेर राणा सुरक्षा जस्ता माथि आक्रमण र विजय प्राप्त गर्न सफल थिए ।

ती मुक्ति सेनाका कमाण्डरहरु पर्दा भित्र हुँदै गइरहेका छन् भने खास निहत्या जनता माथि खान र बस्न नपाएको आवेगमा विभिन्न आरोप लगाउँदै जाई लाग्ने र त्यसका विरुद्ध खुकुरी बन्चरो पनि खानेहरुको ठुलो झुण्ड अहिले पिएलएको नाममा भारी संख्यामा सहिद घोषणा गरिदिएका छन्, जनयुद्धको नाममा । यो सुन्दा र देख्दा नेपालको सम्बोधन हासिरहेको छ र भन्छ पनि नेपालमा कहाँ जनयुद्ध भयो ? कांग्रेस, एमाले भन्नेहरु भन ? नेपालमा त शसस्त्र विद्रोह भएको थियो, के झगडा गरेर बिना उद्देश्य गरिएको भिडन्तमा ज्यान फाल्ने सबै सहिद ? अब फेरि पनि जनयुद्ध भन्दै त्यसको नाममा ज्यादति गर्न लाग्यौ भने तिमीहरु माथि अर्को कुनै शक्तिले फेरि आक्रमण गर्ला त्यसलाई कुन नामले सहिद बनाउँछौ ?

नेपाली राजनीतिले साच्चै भन्ने हो भने हाम्रा सहिदहरुको अपमान गरिरहेको छ, अब मूल्यन गरिरहेको छ । जहाँ सहिदको कुनै सम्मान गर्नु पर्दैन नेपाल जस्तो देश नेपाल त्यहाँ पैसा अर्थात् क्षतिपूर्तिको आधारमा सहिदवरण गर्न असाध्य सजिलो छ । त्यसमा पनि बहत्तरको सम्बोधन जारी भएपछि जति सरकार बने ती सबै सरकार जनताका नभएर गठबन्धनका बने, तिनीहरुको नियति नै सस्तो लोकप्रियताको रह्यो । उनीहरु हरेक सरकारले आफ्नो आवश्यकता र आधार हेरेर सहिद बनाउन थाले । मुलुकका सहिदहरुको सम्झनामा काठमाडौँको लेनचौरमा रहेको सहिद स्मारक तथा काठमाडौँ भद्रकाली अगाडिको सहिद गेटको प्रवेश द्वारमा रहेको तस्वीरमा माला मैले पनि धेरै वर्ष लगाए ।

करिब डेढ दशक त मैले पनि सहिदको सम्झना, माला र मायामा खासै फरक पाएको अनुभूत गरिन, २०३८ सालदेखि । त्यसपछि सहिदहरुको सालिकमा कुरुपता देख्न थाले, सहिदहरलाई लगाई दिने मालामा रहेको सुगन्ध हराएर दुर्गन्ध सलबलाएको जस्तो देखियो, सहिदलाई लगाई दिने टिका रक्त चन्दन फिका देख्न थाले । त्ययसपछि मलाई सहिद दिवस मनाउने शासक प्रति भ्रम शंका र आक्रोश उत्पन्न हुन थाल्यो । त्यो भ्रम, त्यो शंका, त्यो आक्रोश अहिलेसम्म पनि मेटिएको छैन, के भन्नु त्यो परिस्थिति अहिले त झन बढ्दै पो गइरहेको छ । ती शासकहरुप्रति सोही अनुसार घृणा र छैस बढ्दै गइरहेको छ । लोकतान्त्रिक पद्धति भन्ने शासकहरु त सहिदको नाममा सहिद माथि सहिदका परिवारलाई शासन गर्न आएको जस्तो देखियो । भन्नुस् यस्तो व्यवस्थामा कसरी सहिद दिवस मनाइन्छ ?

सहिदको नाममा धेरै लुट्नु चोर्नु डकैत रे ?
सहिदको नाममा राष्ट्र बिखाउन पु¥याउँदै छ रे ??

जति गठबन्धन हुन्छन्, उनीहरु सहिदको सपना पूरा गर्न र सहिदको सम्मानको लागि हुन्छ रे तर सहिद सन्तती देशमा सिटामोल नपाएर छटपटाइरहेका छन् । यिनलाई सहिद दिवस मनाउने अधिकार छ सहिदलाई देखावटी सम्मान गर्ने अधिकार छ ? सहिद के हो र सहिदको उघाउनी के हो भन्ने हामीले बुझ्नु पदर्छ । जति मुलुक लोकतन्त्र हाम्रो मुलुकको लोकतन्त्र विभेदपूर्ण भएको छ, लोकतन्त्रको व्याख्या आ–आफ्नै किसिमको छ ।

सहिदको साहदत र बलिदानीबाट प्राप्त लोकतन्त्र किन लोक विपरितको तन्त्र हुनपुग्यो ? कतै बलिदान दिनेहरुले नै गल्ती त गरेनन् ? बलिदानीको उत्सर्गको आवश्यकता बिना नै आहुती दिएर यस्तो भएको त हैन ? हैन भने मुलुकमा सहिदको बलिदानी किन खेर गयो ? सहिद दिवस र अन्य सन्दर्भ पारेर अर्थात् कहिले त सत्ता आरोवहता गर्दा पनि सहिदलाई माला र टिका पनि लगाउने गर्छौ, त्यो कतै सहिद र मुलुकको लागि दुर्भाग्य त हैन ? तिनले लगाइदिएको टिका एलर्जी भएर जाने त हैन । कतै इन्फेक्सन बढ्दै ? साइड इफेक्टतिर, जाने त हैन ? जसले गर्दा सहिदका घाँटी गर्दन आदि सबैतिर घाउ बढ्दै र पाक्दै जाने त होइन ?कवि भुपि शेरचनको लेख भनोया भनाई–

हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए ।
बन्दैन देश दुईचार सपुत मरेर नगए ।।।

यही दृष्टान्तलाई सहिदहरुले पच्छाएका मात्र हुँदा सहिदको त्यो योगदानलाई जसले जसरी बुझेको छ त्यसलाई सकारात्मक रुपमा व्याख्या र विश्लेषण गर्नु पर्नेमा राजनीतिले दलीय व्याख्या गर्न थाल्यो । यो मुलुक कुनै अमुक अधिनायक वादीहरुबाट लोकतन्त्रको व्याख्या होला भनेर सहिद भएका हैनन् नि, केटाकेटी आए गुलेली खेलाए भने जसरी निहत्या नागरिकलाई तर्साएर दम्काएर असहमत पक्ष भएसुराको आदिको नाममा जनतालाई तर्साउलान् भनेर सहिद भएका थिएनन् । सहिद त उनीहरु राष्ट्र, राष्ट्रियता र स्वाधिनताको नाममा भएका थिए, खै त्यो कुरा लोकतन्त्रवादीहरुले बुझेको ?

न लगाउ टिका माला नदेखाउ सम्मान है ।
तिनलाई सुप्दैन माला देखावटी नराख है ।।

जसले सहिदका अगाडि कसम खाएर माला लगाएर राज्यसत्ताको ढुकुटीको साँचो हात पार्न सफल हुन्छ, त्यही सत्ताबाट बाहिरिँदा ढुकुटी रित्याएर बाहिरिएको हुन्छ । सहिदको नाममा कसम खाएर सरकारको नेतृत्व गर्न गएको नेता ढुकुटी रित्याएर बाहिरिनु भनेको कतिसम्म उपयुक्त र सान्दर्भिक हो, त्यो त जनताले खुट्याउँछन्, जनताले छुट्याउँछन् । तिमीहरु जति नै फुईँ गर । जबसम्म मुलुकमा तिमीहरुको स्मरण र स्मृति नागरिक सम्वत रहँदैन तबसम्म सहिदको आशिष तिमीहरुलाई लाग्ने छैन । नेपाली वन बुतालाई अर्काको राजलाई आफ्नो राज बनाउन । नेपालको कुनै पनि राज्य इतिहास र कालखण्डको बारेमा बुझ्दा र बुझाउँदा हामीले देखेको राजनीति किमार्थ देखिएन नित्ता व्यक्तिवादी र निजी अवसरवादको रुपमा दलटप देखिएका छन् ।

माथिका सबै कुरलाई बुझ्न सक्ने र बुझाउन सक्ने राजनैतिक दलका केन्द्र हुन् । नेपाली राजनीति त त्यस रुपमा जनता अगाडि देखिन सकिएन । किनभने जनता राज्यको निम्ति सहिद राष्ट्र निम्ति भन्ने विषय किन आझेल र अन्योलमा प¥यो ? पवित्र मन र तनले सहिदलाई जसले जति सम्झे पनि हुन्छ तर विशाक्त र कलुसित मनले जति नै पटक सहिद सम्झे पनि केही अर्थ छैन । न त त्यसलाई कर्म नै मानिन्छ, न त पुण्य नै मिल्दछ । त्यसैले हरेक देशमा सहिदको मान, स्थानको बारेमा राज्यले अकाट्य निर्धारण गरेको हुनुपर्छ । जसको परिमार्जन भनेको अब मूल्यनका लागि नभई आत्मसम्मान र अभिमानको लागि गरिएको हुनुपर्छ ।

सहिद कोही लेखिएर आएको हुँदैन । सहिद त घटना र परिस्थितिले निर्माण गरेको उपज हो । त्यसैले सहिद शब्दप्रति जुन शासकले अवज्ञा गर्छन् उनीहरुले जतिनै वर्ष राज्यसत्ता सन्चालन गर्ने अवसर प्राप्त गरे पनि उनीहरु राज्यप्रति र सहिदप्रति उदाशिन देखिनु भनेको नै सहिदहरुको अभिषाप हो । आकर्षणका मिठा र अमूर्त कुुरा जति गरे पनि जहाँ सहिदको छायाँ परेको हुन्छ त्यहाँ न्याय र निस्वार्थ राज्य सत्ता सन्चालन भएको हुन्छ । नेपालमा सहिदहरुको छायाँ आर्शिवाद प्राप्त गर्ने खालको राज्य सत्ताको सञ्चालन कुनै पनि राजनैतिक दलले गरेको देखिएन । उनीहरु त केवल सहिद नाममा, सहिदको आवरणमा देश र जनतालाई ठग्ने र ढाँट्ने भन्दा अर्को काम रहेन, त्यसैले हाम्रो मुलुक पनि विकास र शान्तिको मार्गमा अघि बढ्न नसकेको देखिन्छ ।

सहिदको सम्मानको नाममा रमउाने अपमान र अब मूल्यन गर्छौ । त्यसैगरी तिम्रो पनि सत्ता रोहण र सत्ता राजगजि जतिनै आडम्बर युक्त रहे पनि विडम्बनापूर्ण रहन्छ यो पक्का निश्चित हो । तिम्रा दलका कार्यकर्ता जो, जसरी लुटपाट र हत्या प्रकरणमा मारिए उनीहरु चाँही ठुला सहिद ? गंगालाल, धर्मभक्त, शुक्रराज र दशरथ चन्द चाहीँ उनीहरु भन्दा पछिल्लो दर्जाका भए ? सहिद भनेका पूर्वज हुन जसले पूर्वजको जति अपमान गर्न खोज्छन्, उति नै उनीहरुको बुद्धि नास हुन्छ र अकर्मज्य बन्छन्, त्यसैले जुनसुकै समयको जुनै शासक भए पनि दुर्मती हुनेहरु कहिले पनि सकारात्मक सोच राख्दैनन् । तिनीहरुको दुर्भावनाको न त कहिले असान नै हुन्छ, न त सुधार नै ।

त्यसैले सहिद शब्दप्रति कत्ति पनि दुर्भावना नराखी आफू सचेत र सहृदई बनेर काम गर्न सकेमात्र मुलुकको र सरकारको उत्थान र उन्नती हुन्छन् त्यसैले बुझ्नु सहिदको सम्मान गर्नसके राज्यसत्ता सञ्चालनकर्ताले सहजै आफ्ना विग्न बाधाहरु पार गर्न सक्छन् । सहिदको नाममा ढाँटी, छलि गर्न चाहे भने कुनै पनि शासक निस्कलंकित रहन सक्दैन, त्यसैले सहिदको सम्मान राष्ट्र सम्मान हो, सहिदको सम्मान मुलुकको स्वाभिमान हो भन्ने मूल मन्त्रलाई आत्मसाथ गरेर अघि बढ्न खोज्यौ भने सहिदको पनि सम्मान हुन्छ । हाम्रो आत्म गौरव बढ्छ, सहिद सप्ताह पनि गौखान्वीत रुपमा सम्पन्न हुन्छ ।