Goraksha

National Daily

बटौलीको बास

युवराज शर्मा

नेपालका हाटबजार निश्चित थिए । पहाडी भूभागडमा बस्नेहरुले वर्षभरि सरसामानहरु जोहो गर्न हाटबजार जानु पर्दथ्यो । बटौली बजार हाटबजार गर्ने ठाउँ थियो । जसलाई आजभोलि बुटवल बजार भन्छन् । हुन त खस्यौली तिनाउ खोलापारि थियो भने बटौली तिनाउ वारि पर्दथ्यो । खोला तरेर पार गर्नु पर्ने थियो ।

धेरै वर्षपछि राणा शासनकालमा झोलुङ्गे पुल बनाइदिएपछि तिनाउ तर्नु पर्ने समस्या हटेको हो । जो झोलुङ्गे पुल यद्यपि छ । चालु हालतमै छ । खस्यौली बजारलाई बुटवल बजार भन्छन् । खस्यौलीको नाम वर्तमान समयमा सुनिन्न । बटौली बजार सुनसान जस्तै छ तर बगर एरियालाई मैनापोखर भन्छन् ।

जहाँ पहिले महिना बगर भन्थे । अहिले त्यस ठाउँलाई गाडीहरु मर्मत एरिया बनाएका छन् । ग्यारेज एरिया भन्छन् तर सडक उत्तरको खुम्चिएका बजारलाई पुरानो बुटवल भन्छन् । जो हटारुहरुको हाट गर्ने थलो हो । जहाँ पहिले समयमा नूनदेखि सूनसम्म पाइन्थ्यो । हाटबजार गर्ने हटारुहरुको भिडभाड हुन्थ्यो । धेरै भारतीय मूलका व्यापारहीले बसेर व्यापार गर्थे । हटारुहरुका आवश्यक सरसामानहरुको आपूर्ति गर्थे । उनीहरुलाई सन्तुष्ट पार्थे । फेरि अर्को साल भेटौँला भन्थे ।

पहाडका जडिबुटी, घ्यू, बेसार, अदुवा, तोरीको तेल, चिउरीको वनस्पति घ्यू बेचेर सामानहरु खरिद गर्ने चलन थियो । नगद धनपैसा लिएर आउनेहरुले गाउँघरका साहूमहाजनबाट ऋण कर्जा लिएर ल्याएको रकमले सामानहरु खरिद गर्नेमा कम मात्र व्यक्ति हुन्थे । गाउँका साहुमहाजनहरुले सामान बोक्ने भरियाहरु लिएर बटौली आउँथे । साहुको भरिया भएर बटौली बजारमा जान पाएपछि रमाउने युवायुवतीहरु हुन्थे । दुवैले मायाप्रिती जोड्थे । साँझमा बास बस्दा थकाइ कम गर्न नाचगान गर्थे ।

भात खाने थाल ठटाएर बाजाको स्वर र धुन पनि दिन्थे । जवानीको रहर नाचगानबाट युवायुवतीले शान्तिको महसुस गर्थे । भरियाको थकान शान्त हुन्थ्यो । नाचगान गर्नेहरुले मायाको अनुभूति गर्थे । नूनका लागि यति कष्ट भोग्नेहरुलाई ७ दिनदेखि ४५ दिन सम्मको हटारु हुँदा सम्झना गर्नेहरुको आत्मकथा रोचक छ । बटौली बजारमा हाटबजार गर्नेहरुमा अधिकांश पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, भैरहवा, कपिलवस्तु, शिवपुर जस्ता पहाडी भेकका बासिन्दाहरुको हाटबजार गर्ने ठाउँ नै बटौली बजार थियो ।

पहाडबाट बजार हेर्न आउनेहरुले भन्थे – बस्न राम्रो रहेछ बटौली बजार । खान मिठो पाइने बटौली बजार, आफ्नो त कर्म खोटो रहेछ । पहाडमा जन्म भयो । नून खान पनि बटौली बजार हाट गर्न आउनु पर्ने बाध्यता छ ।

करिब १५ दिनको यात्रामा भरिया बनेर बटौली आएका युवकलार्य यतै काम गरेर बाँच्न सकिने अवस्थाको आँकलन गरेका थिए तर पराई ठाउँमा दुःख बिरामी र अशक्त भएका समयमा इष्टमित्रहरुको सहारा चाहिन्छ । त्यसकै अभावमा एक्लै जीवन जिउन समस्या भोग्नु पर्ने बाध्यताले आफ्नै समाज बनाएर बसाइँ सर्ने चल भएको रहेछ । उनको गहिरो अध्ययनले स्पष्ट पारेको थियो । त्यसैले होला तराईमा मधेसीहरु भारतबाट व्यापार गर्न आए र यतैतिर बसोबास गरे । उनीहरले चलाएको व्यापार, उद्योगहरु यद्यपि छन् ।

अहिलेको परिवर्तीत राजनैतिक सोचाइको नेपालमा पनि व्यापार र उदोगमा मधेसीहरुको पहुँच धेरै छ । त्यसमा पनि खुला सीमानाका, व्यापार र उदोगमा उनीहरकै बाहुल्यता भएकाले तीनै तहका नेपालको सरकारले मौनता देखाउँछ । भारतसँग तीनतिरको खुला सीमानाले आउजाउमा रोकतोक छैन भने नेपाल पनि भारतको परनिर्भरतामा रहेको देश भन्न सकिन्छ । त्यसैले होला नेपाली रोजगारका लागि भारत जान्छन् । धनपैसा कमाएर ल्याउँछन् । भारतबाट आयातीत उपभोग्य सामानहरु किन्छन् । उनीहरुबाट पाएको ज्यावामजुरीवाफतको रकम उनीहरुलाई फर्काइदिन्छन् । अन्त्यमा भारतका वफादार नोकर बन्नु परेको व्यथा र कथा नेपालीको छ ।

नेपालमा राजनीतिक परिवर्तन जति पटक भए पनि नेपालीको जीवनस्तरमा परिवर्तन सामाजिक अवस्थामा देखिएन । नामको परिवर्तनले अवस्थामा सुधार आउन सक्दैन । नागरिकको जीवनमा परिवर्तन गर्न गराउन प्रणाली, व्यवस्थापन र नीतिनियमहरु दरिलो हुनु पर्छ । शिक्षाको विकासले चेतनामा अभिवयसद्ध गर्छ । जीवन स्वस्थ बनाउन खानपिन, आहारविरहार नै हो तर नेपालीमध्ये धेरैले नूनको धुलोसँग कोदाको रोटी खानु पर्ने समस्यामा गाउँलेहरुको जीवन माथि उठ्न सकेको छैन । नाङ्गो शरीर भएर बाँच्नु परेको छ । नाना र चाचाका लागि तड्पिरहेको अवस्था । जडिबुटी, घ्यू बेचेर पैसा जुटाउनु परेको छ ।

त्यो पनि बेच्नका लागि बटौली बजार जानु पर्ने बाध्यता छ । धेरै नागरिकले देशविदेशबाट आर्जेको सम्पत्ति, धनपैसालाई भारतीय बजारमा लैजाने गर्छन् भने आर्थिक स्रोतको अभावमा तड्पिरहन्छन् । यस्तो अवस्थामा यद्यपि सुधार भएन । पहिलेको बटौली बजार हेर्दा बुढापुरानाहरु भन्छन्– नयाँलाई सबै नागरिकले राम्रो ठाउँ ठान्छन् । उजाड देखिने बटौलीमा बसोबासको सम्झना ताजै छ । उनको बटौली बास बस्दा खाना पकाउने ठाउँ नै तिनाउ बजर थियो ।

तीन दिन २ रातको बासको इतिहास दोहो¥याउने माइलाबा बर्सेनि हाटबजार गर्न आउँथे । नूनको भारी बनाएर भरियाहरुसँग नून ल्याएर आउने चलन थियो । बटौली बासको सम्झना सुनाउँदै माइला बा भन्छन् – दिसापिसाव गर्ने ठाउँ पनि तिनाउ खोला थियो । खानेपानिीका धारा थिएन । कुवाहरु थिए । इन्धनका रुपमा दाउरा बोकेर साथमा ल्याउनु पथ्र्यो । त्यसले नपुगेपछि जङ्गलमा दाउरा खोज्न जानु पर्दथ्यो । बटौलीमा बास बस्दाको अनुभव बाटोमा बास बस्दा फरक थियो । बाटोमा एक छाक खानका लागि व्यवस्था गरिन्थ्यो तर बटौलीमा दुई रात तीन दिन बस्ने व्यवस्था गर्नु पथ्र्यो । बटौली बासले किनमेल गर्दा हतारिनु हुन्न भन्ने ज्ञान नागरिकलाई थियो ।