Goraksha

National Daily

शिक्षा, स्वास्थ्य, अर्थतन्त्र र राजनीति

सुभाष न्यौपाने
शिक्षा, स्वास्थ्य, अर्थतन्त्र र मूलतन्त्रका आधार
राजनीति भन्ने मियो, हात र पाउका आधार
उच्च हिक्षा स्वस्थ राष्ट्रको जीवनस्तर हो
यी सबै नीतिका मुख्य नीति राजनीति हो ।
राजनीतिकै कारण शिक्षा, स्वास्थ्य खराब भो
अस्वस्थ राजनीतिले मुलुक नै धराप भो ।

हरेक मुलुकमा बलियो राष्ट्र नीति तयार पर्ने मुख्य आधार नै शिक्षा, स्वास्थ्य नीति हो भने यी सबैको नेतृत्व गर्ने नीति राजनीति हो । त्यसैले नै मुलुकमा शिक्षा, स्वास्थ्यसागै अर्थतन्त्रको उत्पादनको बाटो देखाउँछ । अथतन्त्रको उत्पादनका लागि स्वस्थ र शिक्षित नागरिक चाहिन्छ तर अहिलेका राजनीतिज्ञहरु जस्तो नकारात्मक शिक्षा, चेतना र उर्जा भएको होइन कि मुलुक र मुलुकबासीको हितका निमित्त समर्पित शिक्षा, स्वास्थ्य र चेतना हुनु पर्छ ।

शिक्षानीति जतिसम्म राजनीतिले गिजोल्दै जान्छ उति उति चेतनामा आउने सकारात्मकताको ह्रास आउनुका साथै गलत सोच विकसित भएर जान्छ । शरीरमा उत्पन्न हुने उर्जा पनि नकारात्मक रुपमा तरङ्गीत भएर जान्छ । अहिले नेपालको शिक्षा, स्वास्थ्य, अर्थतन्त्र र राजनीति त्यही प्रवृत्तिमा अगाडि बढिरहेको छ । यो अत्यन्तै दुर्भाग्य र विडम्बनापूर्ण छ । यो मुलुकको शिक्षालाई जसरी राज्य पषले लावारिस छोडिदिएको छ, आफूले तलव सुविधा दिएर शिक्षक नियुक्त गरेकोछ त्यो शिक्षा सेवा आयोग त्यस्ता शिक्षकले किन पठाउँदैनन् ? शिक्षामा विद्यालय निर्माण, शिक्षकको तलव सुविधा र निर्माणमा लगानी गर्ने तर राज्यको लगानीको नियमन नगर्ने ? यस्तो पनि शिक्ष नीति हुन्छ । तिम्रो शिक्षा नीति त मुलुकको शिक्षालाई नै तहसनहस पार्ने खालको छ । यसरी त तिम्रो शिक्षाले फड्को मारोस् न त अन्य स्वास्थ्य तथा निर्माणले ।

हरेक मुलुकमा नयाँ आयामको थालनी नयाँ संरचनाको निर्माण तथा पुनरुत्थान जीर्णोद्धारका लागि चेतना चाहियो । चेतनाको लागि ज्ञान चाहियो, ज्ञानको लागि शिक्षा चाहियो अनि मात्र सम्पूर्ण अभियान तथा पुनरुत्थान तथा निर्माण कर्या सम्पन्न हुन सक्छ । जुन मुलुकमा राजनीतिले शिक्षालाई तहसनहस बनाउँछ त्यो देशको न त शिक्षाले राम्रो ज्ञञानको जनशक्ति उत्पादन गर्न सक्छ न त राजनीतिले देश निर्माणमा गत्तिलो भुमिका निर्वाह गर्न सक्दछ । त्यसैले हरेक राजनीतिज्ञ जसले मुलुकको राजनीति गर्छन् उनीहरुको देशमा शिक्षाको अवस्था पनि स्तरइि हुन्छ । जुन देशका नेता, राजनीतिज्ञले मुलुक र जनताको राजनीति गर्दैनन् त्यहँ न त शिक्षा गुणस्तर तथा उपयुक्त हुन्छ न त त्यहाँको राजनीति नै स्थिर रहन्छ ।

अहिले हेर्दा नेपालको राजनीतिक अवस्था पनि त्यस्तै देखिन्छ । सायद त्यसकै परिणति होला हाम्रो देशको राजनीतिमा स्थिरता नदेखिएको किनभने जनताले पनि बुझिसकेका छन्, को नेपाली राजनीतिका नेताहरु विदेशी चाटुकार हुन् भनेर । जुन मुलुकको राजनीतिक नेतृत्व विवेक शून्य हुँदै विवेकहीनतातर्फ उन्मुख हुन्छ त्यहाँ जति नै राम्रो तथा गुणस्तरयुक्त शिक्षा र स्वास्थ्यमा काम गर्ने कर्मशील नागरिक भए पनि अविवेकी नेतृत्वकर्ताहरुकै कारण मुलुकको अस्तित्वमाथि पनि प्रश्न उठ्न सक्छ ।

राजनीति बिग्रिए देशमा केही पनि सप्रन्न । देशको राजनीनि लरखराउँदै गयो भने मुलुकमा सबैभन्दा पहिले असर पार्ने विषय हो, अर्थतन्त्र । त्यस सम्बन्धमा नेपालको प्रत्यक्ष प्रमाणको रुपमा रहेको विषय हो एनसेल प्रकरण र ठुला उद्योगी व्यवसायीले प्रयोग गरेको ठुलो राशीको विद्युत महसुल । मुलुकको प्रधानमन्त्री एउटा राष्ट्रसेवकका विरुद्ध सञ्चारमा बोल्न जानु भनेकै कमजोर राजनैतिक अवस्था र कमजोर राजनेतिक धरातल हो । जुनसुकै तहको भए पनि एउटा कर्मचारीसँग प्रधानमन्त्रीको दोहोर प्रश्नोत्तर (वादविवाद)को स्थिति राम्रो हो त ? यसमा सरकार र मातहतको बारेमा जनताको सोचाइ कस्तो रहला ? जनताले सरकारको मूल्याङ्कन कस्तो गर्लान् ?

विद्युत महसुल सम्बन्धमा यदि कुलमान घिसिङले बदमासी नै गरेका हुन भने उनलाई चेतावनी दिएर स्पष्टीकरण सोध्न सक्छ, सरकारले, स्पष्टीकरण पदीय दायित्व अनुसार आचरण गरेको नपाइएमा सरकारले तुरुन्त बर्खास्त पनि गर्न सक्छ तर त्यस विषयमा जनतालाई पूर्ण जानकारी हुनु पर्छ । किनभने विद्युत प्राधिकरणसम्बन्धी विषय सतहमा विवादमा आइसकेको विषय हो । यसको निरुपण न्यायिक रुपमा गरिनु पर्छ । दजोहोरो विवादले हुँदैन । त्यसले त वैमनस्यता मात्र बढाउँछ । दुस्मनी बढाउँदै गए क्षति बढ्दै जान्छ । किनभने आफ्नो तागतले परिवर्तन गरेको राजनीति सञ्चालन गर्न किन अर्काको बलबुँता चाहिने होर ?

जबसम्म तिमीहरु अर्कको बलबुँदातमा आफ्नो आन्दोलनको सार्थकताबाट प्राप्त परिवर्तनको नेतृत्व पनि आफूले सम्हालन नसकेर अर्काको हातमा थमाउँछौ तबसम्म तिमी, तिम्रो मुलुक र तिम्रो राजनीकि अवस्था यस्तै अवस्थामा गुज्रन्छ । चेतनाहीन नेतृत्व र दास मनोवृत्तिका कार्यकर्ताबाट चेतनशील समाजको निर्माण हुन सक्दैन ।

शिक्षाको गुणस्तर खस्कियो भने चेतनाको पनि स्तरहीन भएर आउँछ । जसले गर्दा नागरिकले सही र गलत छुट्याउन वा विश्लेषण गर्न नसक्ने अवस्थामा हुन्छन् । उनीहरुले मुलुक र मुलुकबासीको अवस्थाको बारेमा न त अध्ययन नै गर्न सक्छन् न त चेतनाको बारेमा जानकारी नै गराउन सक्छन् । शिक्षामा गुणस्तरहीनता ल्याएर नेतनामा कमी ल्याउन सके मात्र मुलुक नागरिकविहीन बन्छ ।

कारण अर्थतन्त्र अर्थात् रोजगारीको लागि सिप सहितको उत्पादनमूलक जनशक्ति देशबाट बाहिरिन पुग्छ भने अशक्त र वृद्धवृद्धाहरु मात्र मुलुकभित्र रहने अवस्था आउँछ अनि मुलुकभित्रको राजनीतिले मुलुकबासीलाई शिक्षा र स्वास्थ्य बेच्न थाल्छ । उनीहरुको चेतनाबिनाको शिक्षाले जनतासँग जनताको स्वास्थ्य बेच्न सहज हुन्छ । राजनीतिज्ञहरुको चेतनाविहीनको शिक्षा नीति नै नेपालको शिक्षा गोलमटोल बन्दै गइरहेको छ ।

जबसम्म विवेकहीन राजनीतिज्ञहरुको हातमा मुलुक रहन्छ तबसम्म कुलुकमा विकृत राजनीति हाबी भइरहन्छ । उसले जनताको शिक्षा र स्वास्थ्य तथा अर्थतन्त्रलगायत राजनीतिमा समेत भाँडभैलोमा परिणत हुन सक्छ । वर्तमान राजनीति र त्यसले उब्जाएको भ्रष्टाचारको रणनीतिले मुलुकका सबै क्रियाशील अङ्गहरुलाई गाँजिरहेको छ । क्रियाशीललाई अयोग्य बनाउँदै छ । अयोग्यलाई निस्तेज पार्दै छ । वर्तमानमा मुलुकको अर्थनीति नै ऋणात्मक रुपमा गइरहेको छ । त्यो सबै वर्तमन राजनीतिको उपज हो । राजनीतिकै विकृतिका कारण नेता, नेतृत्व, मन्त्री, सचिवलगायतका पदहरु बिक्रीमा रहेका छन् ।

जनताले देखेको र बुझेको कुरा हो पैसाले पद अर्थात् मन्त्री पद समेत बिक्री वितरण गर्न मिल्ने र पाउने समेत व्यवस्था नेपाली राजनीति त सौताको रिसले पोइको काखमा ‘सु’ गर्ने कम गराइहरेको छ । राजनीतिले नै मुलुकमा भ्रष्टाचार पन िबढाउँदै गइरहेको छ । नागरिककको साथ र सहयोगबाट राजनीतिले आन्दोलनमार्फत् पटक–पटक विजय प्राप्त गर्दै राजनीतिक दललाई राज्य सत्ता हस्तान्तरण गर्ने गरेका छन् । तिनै राजनीतिक दलका नेताहरु तिनै योद्धा जसले आन्दोलनमार्फत् प्राप्त विजयलाई राजनैतिक दललाई जिम्मा लगाए उनैको र उनका सन्ततीको शिक्षा, स्वास्थ्य र वृत्ति विकास जस्ता विषयमा राज्य उदासीन मात्र होयन अपराधी बन्दै गइरहेको छ । हरेक पटकको सत्ता समीकरण होस् वा सत्ता गठबन्धन होस् त्यो सबै कार्य जनविरोधी कार्य भइरहेको छ ।

यो मुलुकमा जनताले जति नै राजनीतिलाई साथ दिए पनि राजनीतिले जनतालाई धोका दिइरहेको छ । नागरिककै तागतमा अङ्ग्रेजविरुद्धको भारत छोडो आन्दोलनले परिवर्तन ल्यायो तर भारतमा क्रियाशील राजनीति र भारत सरकारले नागरिक सचेतनाका निम्ति नागरककै सल्लाह र सुझाव अनुसार उनीहरुको शिक्षा, स्वास्थ्य र अर्थ व्यवस्थाको सम्बन्धमा नागरिक सम्मान र स्वास्थ्य, शिक्षाको विषयमा कम गर्दै र छलाङ मार्दै आए । यो अन्य मुलुकमा पनि छ । त्यस्तै आन्दोलनबाटै सत्ता परिवर्तन गरेका मुलुक नेपाल, बङ्गलादेश आदिमा भने जनताले जसलाई विश्वास गरे र सत्ता परिवर्तनसँगै सत्ता सञ्चालनको जिम्मा दिए उनीहरु जनतामारा भएर निस्किए ।

यो सबै राजनीति र राजनीज्ञिहरुको अकर्मण्यताकै कारण हो । दुई महिना पहिलेको बङ्गलादेशको घटना पनि राजनैतिक अकर्मण्यताको कारण नै थियो । नेपाली राजनीति पनि त्यही प्रवृत्तिको घटनाबाट गुज्रिरहेको छ । वर्तमानमा नेपालको शासन सत्ता सञ्चालनहरु लुटेरा र अपराधीको नाममा परिचित छन् । त्यो कति उचित र सान्दर्भिक होला ? त्यो पहिले उनीहरुले बुझ्ने कि अरुले बुझ्ने ? जब नेतृत्वमा गलत सोच विस्तार हुँदै जान्छ तब उनीहरुमा अराजकता, भ्रष्टाचार, अनियमितता र अपराध बढ्दै जान्छ र नेतृत्व नागरिक विरोधी गतिविधिमा उत्रन्छ । त्यतिबेला आफ्ना आसपासी तथा झुण्डहरुको घेराभित्र घेरिइसकेका छन् । उनीहरु त्यो बलियो जालो तोडेर अगाडि बढ्न सक्ने अवस्थामा पनि छैन । त्यसैले यो मुलुकको राज्य सत्ता सुध्रिने अवस्थामा देखिँदैन ।

हिजो आन्दोलनको बेला नागरिक अगुवाहरु जसले आन्दोलनमा नागरिकको आन्दोलनको अगुवाइ गरेका थिए, उनीहरु पनि राज्य सत्ताको मियो चोखो चाट्न र खान पाएपछि राज्य सत्ताकै हिस्सेदार बनेर सत्ताकै वरिपरि घुम्दै जनतामाथि नै बरबरताको आदेश दिन सुझाउने भइसके । जसले गर्दा सत्ता गठबन्धन र समीकरणकर्ता सबै जनताविरोधी गतिविधिमा संलग्न भएर जनतालाई ठग्ने र ढाँट्ने गतिविधिमा लागिसके । त्यसैले पनि यो मुलुकका श्रमजीवी जनताले श्रम गर्ने थलो समेत मुलुकभित्र नपाउँदा विदेश पलायनको सङ्ख्या बढाइरहेका छन् ।

हरेक मुलुकले विकास र उत्थानको निम्ति सदैव ससोझो राख्नु पर्ने विषय हो राजनीति तर त्यही राजनीतिका नेतृत्वकर्ता नै राष्ट्रद्रोही परे भने जनताले के गर्ने ? जुन नीितले मुलुकमा सबैभन्दा बढता र सबैभन्दा पहिला शिक्षा क्षेत्रलाई लरखराउने गराउँछ । जसले चेतना वृद्धिको साटो अचेत बनाउँछ । विकृति विवेकहीन र भ्रष्टाारले जबसम्म मुलुक झाँगिँदै रहन्छ तबसम्म मुलुकमा न त न्याय न त सुशासन, न त दण्डहीनता, मुलुक सुधार्न र कानुी राज्य स्थापित गर्ने हो भने विकृति विवेकहीनतापूर्ण शासक र भ्रष्टाचारी शासकलाई किनारा लगाउनै पर्छ ।

होइन भने यो मुलुकको न्याय त खोरभित्र कुनामा बसेको बाघलाइृ नदेखेर वा त्यहाँबाट बाहिर बाघलाई नधपाउँदासम्म जति बाख्रा खोरमा हाले पनि बिहान खोर त्तिै हुन्छ भने जस्तै अवस्थाबाट मुलुक पार पाउने अवस्थामा छैन । त्यसैले खोरभित्र बसेको बाघलाई खोरबाट न निकालेर खोरमा बाख्रा हाल्ने कम नगरौँ । यी सबै कुराहरु भ्रष्टाचार र अनियमितततासँगै जोडिएका छन् । जबसम्म अनियमितता र भ्रष्टाचार भन्ने शब्द तिननीहरुको मानसिकताबाट हट्दैन तबसम्म केही पनि हुँदैन । न त उत्दानमा मन जान्छ न त सकारात्मक सोच नै बन्छ ।